झापा का बाहुन र धनगढी का क्षेत्री लाई कसैले खेदेको छैन, खेदने कुनै छाँटकाँट छैन। घर छ। जिल्ला छ। केंद्र सरकारमा पहुँच छ। संघीयता आएकै मधेसी र जनजाति का लागि हो। तर फेरि बाहुन क्षेत्री ले त्यहाँ हरण गर्न चाहन्छन्। यो बेबी किंग व्यवहार हो। गणतंत्र मा जानै नमान्ने। खुट्टा घिसार्दै बस्ने। संघीय सीमांकन को प्रश्नमा झापा का बाहुन र धनगढी का क्षेत्री को कुरा त्यसै कारणले सुनिन्न जस कारणले गणतंत्र को निर्णय का बेला ज्ञानेन्द्र सँग सोधपुछ गरिएन। एक मधेस दो प्रदेस को सवाल मा झापा का बाहुन र धनगढी का क्षेत्री भनेका गणतंत्र को मुद्दाका ज्ञानेंद्र हुन। केंद्र मा उनीहरूले पाउनुपर्ने भन्दा तीन गुणा बढ़ी पाएकोले मधेसी र थारु एक मधेस दो प्रदेस मा जान लागेको हो। चित्त दुखाएर बस्ने भनेको के? मधेसी र थारु को अधिकार को कुरो हो। बाहुन क्षेत्री नेता र समुदाय मिलेका छन। त्यो हामीलाई थाहा न भा कुरो हो र? ओली लाटो ताल ले बोलेको होइन। कहिले आप त कहिले झिंगा भनेको ताली पिटने मान्छे छन, जमात छ भनेर नै भनेको हो। हाम्रो संघर्ष त्यो जमात सँग पनि हो। त्यो ताली पिटेर बसेको समुदाय सँग पनि त हो।
कति greedy हुन सकेको? झापा का बाहुन र धनगढी का क्षेत्री। अझ एक मधेस दो प्रदेस मा घर खेत खोसिने जस्तो। न मताधिकार खोसिन्छ न सर संपत्ति खोसिन्छ। सरकारी कामकाज को भाषा हिंदी थपिने हो तर नेपाली हटाउने होइन। आरक्षण त्यसै ताली पिटने समुदाय लाई चाहिने। सीमांकन उसै लाई एकलौटी रुपमा चाहिने।