Monday, January 11, 2016

In The News (12)



सर्कारले आज ’नि लाखौं लिटर ‘उखान’ ...अनि कयौं सिलिण्डर ‘टुक्का’ बाँडने रे !

‘महतोजी, काठमाडौं फर्किनुहोस्’
प्रधानमन्त्रीले गरे सदभावना अध्यक्ष महतोलाई टेलिफोन
‘उहााले मेरो स्वास्थ्य स्थितिको सोधपुछ गर्नुभयो,’ नेता महतोले फोनवार्ताबारे भने—‘मैंले म आफू स्वस्थ्य भैसकें, अब तपाईले देशलाई स्वास्थ बनाउनुहोस् भनेर सुझाव दिएा । ...... भारतीय गृह मन्त्री राजनाथ सिंहसाग भेटवार्ता गर्न १७ अकबर रोडस्थित सिंह निवासमा वार्तामा रहेकै बेला प्रधानमन्त्री ओलीले महतोलाई फोन गरेका थिए । ..... दिल्लीमा नेता महतोले राजनीतिक भेटवार्ता जारी राखेका छन् । उनले यसअघि परराष्ट्र मन्त्री सुषमा स्वाराजलार्इ पनि भेटेका थिए । उनले कांग्रेस नेताहरु डा.करण सिंह, कपिल सिब्बल र सलमान खुर्सिदसँग पनि भेटवार्ता गरेका छन् । अघिल्लो महिना भारतीय संसदमा जुटेको सहमतीअनुसार नेपाल मामलामा बस्तुगत जानकारी लिन सर्वदलीय डेलिगेसन काठमाडौं पठाउने भनिएकोमा भैरहेको ढिलाइबारे भारतीय कांग्रेसले सरकारलाई दवाब दिने भएको नेता खुर्सिदले जानकारी गराएका थिए ।




मधेसको माग पूरा गरेर सहमति : कोइराला
'कांग्रेसभित्र गुटबन्दी माैलायो'
कांग्रेसभित्र पनि गुटबन्दी मौलाएको भन्दै उनले दुख व्यक्त गरे । ‘गुटबन्दी रोक्नु पर्छ, मैले गरे भने मलाई भन्नुस म रोक्छु,’ उनले भने’, ‘मैले गल्ती गरेको भए सजाय दिनुहोस् ।’ कांग्रेस एक ढिक्का भए कसैले हल्लाउन नसक्ने उनले बताए । ‘कांग्रेस हाम्रो घर हो, गुट उपगुट र व्यक्तिको पछि लागे घर कमजोर हुन्छ,’ उनले भने । ..... ‘नेताको पछाडि होइन, पार्टीको पछाडि लाग्नुपर्छ,’ उनले भने ।


हेटौंडाका उद्योगमा ८ अर्बभन्दा बढी नोक्सान
प्रधानमन्त्रीले पैसा लिएर मन्त्री बनाइरहेका छन् : उपेन्द्र देवकोटा

राष्ट्रिय जागरण अभियान नेपालका अध्यक्ष डा. उपेन्द्र देवकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा लिएर मन्त्री बनाइरहेको बताउँदै देशको सबैभन्दा ठूलो घुसखोर प्रधानमन्त्री ओली भएको बताएका छन् ।

Sunday, January 10, 2016

मधेस आंदोलन: Winter Break: आत्म समीक्षा को समय

मधेसी क्रांति ३ को पहिलो फेज मा हामी विजय सम्म पुग्न सकेनौं। त्यो कुरा स्वीकार गर्नै पर्छ। तर जनता अझ बड़ी दृढ निस्चय मा पुगेका छन। ११ बुँदे को रुपमा एउटा स्पष्ट गंतव्य आँखा अगाडि छ। फागु पछि आंदोलन को दोस्रो फेज मा जाने मुड देखिन्छ। अहिले शक्ति संचय को समय पनि हो। भावी रणनीति कोर्ने समय पनि हो। आत्म समीक्षा को समय पनि हो। शत्रु को व्यवहारको लेखाजोखा गर्ने समय पनि हो।

अहिलेसम्म के देखियो भन्दा:

  • मधेस मा जेसुकै भए पनि काठमाण्डु अर्कै ग्रह, अर्कै दुनिया भएर बस्दो रहेछ। नाकाबंदी एक मात्र कारगार अस्त्र सिद्ध भयो। तर त्यो नाकाबंदी पुर्ण/कड़ा र छोटो बनाउनु पर्ने थियो। नाकाबंदी अधकल्चो हुँदा के देखियो भन्दा: (१) मधेस मा ठ्याक्कै नदिने, सबै तेल र ग्यास काठमाण्डु लगियो (२) सरकार नै पूरै कालाबाजारी मा लिप्त भयो, अनि त्यो सरकारले किन निकास खोज्छ? कमाइ भइरहेको छ। 
  • पहिलो निष्कर्ष त यही हो कि अब दोस्रो फेज मा जाँदा नाकाबंदी १००% हुनुपर्छ र रघुवंश प्रसाद सिंह को सहयोग ले उतै बाट गर्नु पर्छ। आखिर यो बेटी को पनि त लड़ाई हो, बेटी को बाउ सहभागी हुनु त पर्यो नै। 
  • १००% नाकाबंदी ले मात्र काम गर्छ अरु केहीले पनि काम गर्दैन। 
  • त्यसका अलाबा यस आंदोलन लाई अब काठमाण्डु नै पुर्याउनु पर्छ। १५ लाख मधेसी जनजाति बसेको शहर काठमाण्डु। जगाउन सक्नुपर्यो। १० लाख थप लाने जल थल वायु मार्ग बाट। मटिहानी बाट पदयात्रा निस्कन्छ काठमाण्डु पुग्छ। शिवरात्रि मा नदेखिएको भीड़ देखिन्छ। सिंह दरबार र बालुवाटार घेर्ने काम हुन्छ। 
  • तर यो असीमित समय का लागि हुन सक्दैन। दुई देखि तीन हप्ता हो। त्यति समय मा ११ बुँदे मा न आए, एक मधेस प्रदेस मा न आए माग संविधान संसोधन रहिरहन सक्दैन। 
  • त्यस पछि सरकार ढालेर देशलाई अंतरिम सरकार अंतरिम संविधान को बाटो लानु पर्ने हुन्छ। 
  • पहिला को अंतरिम संविधानमा यो सात प्रदेश को नक्शा थपेर देशमा नया मधेसी जनजाति क्रांतिकारी अंतरिम सरकार स्थापना गर्नु पर्ने हुन्छ। संघीय गठबंधन छँदैछ। 
  • कुरा त्यहाँ पनि अड्किने देखिन्छ भने मधेस अलग देशको बाटो मा जानुपर्ने हुन्छ। हात्ती लाई झोला मा राख्न सकिएन भन्ने निर्णय लिनु पर्छ र नया बाटो खोज्नु पर्छ। आंदोलन सीमित समय का लागि हुनुपर्छ।