मधेसी क्रांति ३ को पहिलो फेज मा हामी विजय सम्म पुग्न सकेनौं। त्यो कुरा स्वीकार गर्नै पर्छ। तर जनता अझ बड़ी दृढ निस्चय मा पुगेका छन। ११ बुँदे को रुपमा एउटा स्पष्ट गंतव्य आँखा अगाडि छ। फागु पछि आंदोलन को दोस्रो फेज मा जाने मुड देखिन्छ। अहिले शक्ति संचय को समय पनि हो। भावी रणनीति कोर्ने समय पनि हो। आत्म समीक्षा को समय पनि हो। शत्रु को व्यवहारको लेखाजोखा गर्ने समय पनि हो।
अहिलेसम्म के देखियो भन्दा:
अहिलेसम्म के देखियो भन्दा:
- मधेस मा जेसुकै भए पनि काठमाण्डु अर्कै ग्रह, अर्कै दुनिया भएर बस्दो रहेछ। नाकाबंदी एक मात्र कारगार अस्त्र सिद्ध भयो। तर त्यो नाकाबंदी पुर्ण/कड़ा र छोटो बनाउनु पर्ने थियो। नाकाबंदी अधकल्चो हुँदा के देखियो भन्दा: (१) मधेस मा ठ्याक्कै नदिने, सबै तेल र ग्यास काठमाण्डु लगियो (२) सरकार नै पूरै कालाबाजारी मा लिप्त भयो, अनि त्यो सरकारले किन निकास खोज्छ? कमाइ भइरहेको छ।
- पहिलो निष्कर्ष त यही हो कि अब दोस्रो फेज मा जाँदा नाकाबंदी १००% हुनुपर्छ र रघुवंश प्रसाद सिंह को सहयोग ले उतै बाट गर्नु पर्छ। आखिर यो बेटी को पनि त लड़ाई हो, बेटी को बाउ सहभागी हुनु त पर्यो नै।
- १००% नाकाबंदी ले मात्र काम गर्छ अरु केहीले पनि काम गर्दैन।
- त्यसका अलाबा यस आंदोलन लाई अब काठमाण्डु नै पुर्याउनु पर्छ। १५ लाख मधेसी जनजाति बसेको शहर काठमाण्डु। जगाउन सक्नुपर्यो। १० लाख थप लाने जल थल वायु मार्ग बाट। मटिहानी बाट पदयात्रा निस्कन्छ काठमाण्डु पुग्छ। शिवरात्रि मा नदेखिएको भीड़ देखिन्छ। सिंह दरबार र बालुवाटार घेर्ने काम हुन्छ।
- तर यो असीमित समय का लागि हुन सक्दैन। दुई देखि तीन हप्ता हो। त्यति समय मा ११ बुँदे मा न आए, एक मधेस प्रदेस मा न आए माग संविधान संसोधन रहिरहन सक्दैन।
- त्यस पछि सरकार ढालेर देशलाई अंतरिम सरकार अंतरिम संविधान को बाटो लानु पर्ने हुन्छ।
- पहिला को अंतरिम संविधानमा यो सात प्रदेश को नक्शा थपेर देशमा नया मधेसी जनजाति क्रांतिकारी अंतरिम सरकार स्थापना गर्नु पर्ने हुन्छ। संघीय गठबंधन छँदैछ।
- कुरा त्यहाँ पनि अड्किने देखिन्छ भने मधेस अलग देशको बाटो मा जानुपर्ने हुन्छ। हात्ती लाई झोला मा राख्न सकिएन भन्ने निर्णय लिनु पर्छ र नया बाटो खोज्नु पर्छ। आंदोलन सीमित समय का लागि हुनुपर्छ।