सन २००७ को मधेसी क्रांति १ को सम्पुर्ण जस लिन चाहने तर मधेसवाद त कुनै सिद्धांत नै होइन भन्ने, आफुलाई समाजवादी भन्न रुचाउने उपेन्द्र यादव ले एमाले का वर्गीय लांछना हरुको प्रतिवाद किन नगरेको? के यो मधेस आंदोलन जमीन्दार हरुको आंदोलन हो? के उपेन्द्र यादव जमीन्दार हो? जमीन्दार कुन चाहिं पर्यो? महन्थ पो हो कि? को पर्यो जमीन्दार? सारा देशलाई एउटै ठुलो कालोबाजार बनाइदिएको मान्छे ले जमीन्दार भन्दा किन तैं चुप मैं चुप? के यो मधेसका गरीब लाई गुमराह पार्न गरिएको आंदोलन हो? उपेन्द्र यादव को समाजवाद मा गरीब का लागि ठाउँ छ कि छैन? उपेन्द्र यादव ले एमाले को प्रतिकार किन नगरेको? एमाले भनेको मधेस संहार पार्टी। त्यसलाई बेनकाब गर्न नसक्ने कस्तो समाजवादी? भुमिहीन नागरिकता विहीन गरीब मधेसी को स्थायी शत्रु एमाले लाई बेनकाब गर्न कति पो गार्हो छ?
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Friday, January 08, 2016
मधेसमा एक जना पनि कोही काँग्रेसी बाँकी रहनु हुँदैन
मधेसको शत प्रतिशत काँग्रेसी ले पार्टी छोड्नु पर्छ। मधेसमा एक जना पनि कोही काँग्रेसी बाँकी रहनु हुँदैन। सबैले आ आफ्नो पद र सदस्यता परित्याग गर। परित्याग गर, र कि त राजनीति बाट सन्यास लेउ, कि त कुनै मधेसी पार्टी ज्वाइन गर, कि त आफ्नै पार्टी खोल, तराई काँग्रेस।
५० जना मधेसी शहीद भएको, देशलाई १५ बिलियन डॉलर घाटा लागेको --- यो सबको कारक तत्व नै काँग्रेस पार्टी हो। राणा को जी हजुरी गर्ने ले राणा शासन सँग लडन मिल्छ? राजाको हजुरी गर्ने ले राजा शासन सँग लडन मिल्छ? २०४६ देखि चल्दै आएको काँग्रेस शासन अन्तय गर्ने बेला आइसक्यो। बहुदल र लोकतंत्र ले मधेसी लाई नपुग्ने। मधेसी लाई चाहिने संघीयता र समावेशीता, त्यो त भनेको भनेकै छ त काँग्रेस ले, एक दिन्न, दुई दिन्न, तीन दिन्न।
काँग्रेसी पनि आंदोलन मा आइसक्यो भनेको के? काँग्रेसी आंदोलन मा आउनु कसरी संभव छ? यो आंदोलन नै काँग्रेस का विरुद्ध हो। यो आंदोलन नै मधेस बाट काँग्रेस लाई सफाचट गर्न का लागि हुँदैछ। काँग्रेसी पनि आंदोलन मा आइसक्यो भनेको के? जला दो चार तारे झंडे को। बहुत भारी पड़ गया कंधे पर।
Subscribe to:
Posts (Atom)