सदभावना पार्टीद्वारा अलग्गै आन्दोलनका कार्यक्रम सार्वजनिक
०७२ सालभित्रै नयाँ शक्ति पार्टी बन्छ : भट्टराई
एमालेका वरिष्ठ नेताहरुले नै गरे सरकारको आलोचना
महतोको मेदान्तमा मेडिकल परीक्षण जारी
उनको थप स्वास्थ्य परीक्षण जरुरी रहेको भन्दै सद्भावना पार्टीको पहलमा शुक्रबार अपरान्ह दिल्ली ल्याइएको हो ।
बाँडेरै सकियो ५० करोड
भूकम्पपछिको राहतमा अनियमितता
सीमांकन हेरफेर एक महिनामा टुंग्याउने नयाँ प्रस्ताव
मोर्चाले उठायो संयन्त्रको क्षेत्राधिकारबारे प्रश्न
आज सहमति नभए मोर्चाको आसय अनुसार परिमार्जन गरी अघि बढ्छौं : दाहाल
वार्ताको लागि दाहालले फोनबाटै डाके उपेन्द्रलाई
संवाददाताहरुले राजेन्द्र महत्तो त दिल्लीमा छन् नि भन्ने प्रश्नमा अध्यक्ष दाहालले भने, ‘महन्थ जी, उपेन्द्र जीसँग कुरा मिलेपछि आन्दोलन सकिन्छ जस्तो लाग्छ । राजेन्द्र राजी दिल्लीमा भएर केही फरक पर्दैन भन्ने लाग्छ तर यदि कसैले निहुँ नै खोज्छन् भने मधेसका जनताले बुझ्छन् तर हामीलाई त्यस्ता अवस्था आउँछ जस्तो लाग्दैन ।’ ..... आज सहमति भएन भने सविधानको संशोधन प्रस्ताव के हुन्छ भन्ने संवाददाताहरुको प्रश्नमा अध्यक्ष दाहालले भने, ‘सकेसम्म मधेसी दलसँग समझदारी बनाउने हो । यदि उहाँहरुसँग सहमति हुन सकेन भने उहाँहरुको आसय अनुसार प्रस्तावमा परिमार्जन गरी पारित हुन्छ । आजबाट प्रक्रिया अघि बढ्छ । सैद्धान्तिक छलफल टुङगिएपछि पनि ७२ घण्टा रहन्छ त्यसबेलासम्म प्रयास गर्छौ ।’ ..... ‘इन्केस सहमति भइ हालेन भनेपनि उहाँहरुको आसय अनुसार संशोधन गरी पारित गर्छौं । संशोधन प्रस्ताव पारित भएपछि नाकाको अवरोध खुल्छ भन्ने विश्वास छ,’ उनले भने, ‘तिन महिनाका लागि राजनितिक सहमतिबाट सिमांकनको हेरफेर गर्ने भन्ने सहमति भएको छ । संशोधन प्रस्ताव पारित भएपछि नाका खुल्छ भन्ने विश्वास छ ।’
साझा धारणा बनाउन प्रमुख तीन दलको बैठक
सद्भावनाले वार्ता बहिष्कार गर्यो
तीन दल–मोर्चा वार्ता बिनानिष्कर्ष सकियो, बैठक ‘कर्मकाण्डी’: त्रिपाठी
तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी सीमांकनका विषयमा मोर्चाको मागबारे तीन ठूला दलको अझै प्रष्ट धारणा नआउदा वार्ता ‘कर्मकाण्डी बन्न पुगेको’ आरोप लगाए । ...... ‘हामीले ११ बुदे मागका बारेमा उहाँहरुको प्रष्ट धारणा माग्यौं, तर आजको वार्तामा पनि उही पुरानै कुरा दोहोरियो,’ त्रिपाठीले भने, ‘यो त कर्मकान्डी भयो ।’ ..... बैठकमा तीन दलका तर्फबाट प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा उपस्थित रहे । ..... सद्भावनाले शनिबार पत्रकार सम्मेलन गर्दै छुट्टै आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको थियो । महासचिव सुमनले मधेसी मोर्चासँग आफ्नो दल रुष्ट भएको भनी सार्वजनिक समाचारहरु गलत भएको भन्दै मोर्चाकै कार्यक्रमलाई सघाउने गरी थप कार्यक्रम आएको प्रष्टीकरण दिए ।
मधेसी मोर्चाको माग पूरा गर्न सरकारले गर्यो कार्यदलको प्रस्ताव
मोर्चामा विवादः उपेन्द्र यादवविरुद्व खनिए लक्ष्मणलाल कर्ण
मधेशवादी दलहरु बीच निर्माण भएको मोर्चा आन्दोलनका लागि मात्र नभई दीघकालका लागि गठन गरिएको र यसलाई थप बलियो बनाउन अन्य मधेशवादी दललाई समिलित गरी महागठबन्धन निर्माणको तयारी भई रहेको बताए ।
मैले चिनेका बाबुराम : प्रचण्ड
एकतापछि मैले नै उदारतापूर्वक उहाँलाई जिल्ला कमिटीबाट एकैचोटी पोलिटब्युरोमा लैजाने प्रस्ताव गरेँ र बाबुरामजी जिल्ला कमिटीबाट पोलिटब्युरोमा पुग्नुभयो। त्यसयताको २५ वर्षसम्म निरन्तर हामी एउटै कमिटीमा रह्यौँ। र, यो अवधिमा मुख्य नेतृत्वको हैसियतले उहाँको भूमिकालाई कहिल्यै न्युनीकरण गरिनँ। ...... सशस्त्र ग्रामीण वर्गसंघर्ष वा जनयुद्धको तयारीलाई क्रान्तिको कार्यदिशा बनाउनुपर्छ भन्ने मेरो प्रस्ताव थियो भने अहिले सशस्त्र संघर्ष गर्ने बेला होइन, वैधानिक संघर्षमार्फत नै अघि बढ्नुपर्छ भन्ने मान्यता निर्मल लामाजीको थियो। ...... यो बहसमा बाबुरामजीको खासै प्रभावकारी भूमिका थिएन। उहाँ पार्टीभित्र त्यति स्थापित हुनुभएको थिएन। एउटा सीमित प्राज्ञिक घेराभित्रमात्र उहाँको प्रभाव थियो। तर पनि उहाँ सशस्त्र संघर्षको मेरो प्रस्तावको पक्षमा उभिनुभएको थियो। ..... जनयुद्धको यो सम्पूर्ण तयारीको पुरै श्रृंखलामा बाबुरामजीले कतै विमति राख्नुभएन। प्रत्येक निर्णयहरुमा उहाँको समर्थन रहिरह्यो। ..... पोलिटब्युरो र प्रमुख नेताहरु भूमिगत जानका निम्ति क्रमशः वैधानिक मोर्चाहरु छाड्दै जाने र भूमिगत जीवनको अभ्यास र तयारी गर्ने निर्णय भयो। ...... अस्वभाविक के भयो भने जनयुद्धको तयारीको सम्पूर्ण प्रक्रियामा सहभागी र समर्थन गरेको प्रमुख पात्र बाबुरामजीले जनयुद्ध घोषणाको पूर्व सन्ध्यामा अचानक पार्टीबाट बिदा लिएर दिल्ली जाने प्रस्ताव राख्नुभयो।
पिएचडीको थेसिस विकसित गर्ने सामान्य कुराको लागि
महान जनयुद्धको ऐतिहासिक घोषणालाई छाड्ने कुरालाई मैले स्वभाविक मान्न सकिनँ। ........ म त्यतिबेला कयौँ रात सुत्न सकिनँ। पोलिटब्युरोका अन्य कमरेडहरुसँग मैले गम्भीर छलफल चलाएँ। किरणजी, बादलजीहरुसँग पनि छलफल चलाएँ अब के गर्ने? हामीले गम्भीर ढंगले उहाँको मनोविज्ञान बुझ्यौँ। कारण खोज्दै जाँदा जनमोर्चाको अध्यक्षबाट हटाएर भूमिगत जाने केन्द्रीय कमिटीको निर्देशन उहाँलाई चित्त बुझेको रहेनछ। जहाँ भए पनि आफू एक नम्बरको ठाउँमा रहिरहनुपर्ने उहाँको महत्वकांक्षा ....... यतिधेरै चरम व्यक्तिवाद बाबुरामजीमा थियो ..... आवरणमा जे सैद्धान्तिक लेपन लगाउन खोजेपनि नेतृत्व केन्द्रिकरणपछि आफ्नो स्थान के हुने भन्ने चिन्ता उहाँमा बढी थियो। ...... आत्मकेन्द्रित व्यक्तिवादको विशेषतालाई उहाँले पुनः फुन्टिवाङको बैठकमा प्रस्तुत गर्नुभयो। ..... उहाँ आफूलाई लागेको कुरा पार्टी कमिटीमा राखेर बहस गर्नुभन्दा पहिला बाहिरी प्रचार गर्न बढी रमाउनुहुन्थ्यो। ...... बैठकमा उहाँको अराजक क्रियाकलापको तीब्र आलोचना भएपछि उहाँले केही छलफल नै नगरी मञ्चमै राजीनामा दिएर मञ्च छाड्ने कामसमेत गर्नुभयो। पार्टीभित्र असन्तुष्टिहरु आउँछन्, नेतृत्वले त्यसलाई मिलाएर लैजानुपर्छ भन्ने वोध बाबुरामजीले गरेको मैले कहिल्यै महसुस गर्न पाइनँ। उल्टो उहाँको असन्तुष्टि व्यवस्थापनमा नै पार्टी नेतृत्वको समय बर्बादी हुने गर्थ्यो। दश दिनसम्म चलेको यो बैठकमा कयौँ साथीहरु दिक्क भएर भो उहाँलाई छोडिदिउँ भन्ने तहसम्म पुग्नुभएको थियो। ..... थुप्रै मध्यमवर्गीय मानिसहरु जनवादी क्रान्तिको कालमा बाबुरामजीलाई हेरेर आकर्षित भएक थिए। त्यसैले उहाँलाई सकभर सँगै लिएर जानुपर्छ भन्ने मान्यता ..... ‘हिँड्दैछ, पाइला मेट्दैछ’ भन्ने नेपाली उखानलाई बाबुरामजीले अन्तरसंघर्षको क्रममा पटकपटक चरितार्थ गर्नुभएको छ। पार्टीले गरेको निर्णयप्रति सहमति जनाउने तर कार्यान्वयन गराउने बेलामा त्यसको विपक्षमा उभिने बाबुरामजीको पद्धतिजस्तो बन्न पुगेको छ। ...... ६१ को मंसिर महिनामा असहमतिका १३ र ४ बुँदे फरकमत सार्वजनिक गर्नुभयो। ...... जनयुद्ध उत्कर्षमा भएका बेला उहाँले फरकमत पार्टी कमिटीमा नलगेर बाहिर प्रचारमा लगिदिएपछि सबैतिर एउटा ठूलो भ्रम सिर्जना भयो। युद्धको बेला पैदा गरिएको यस्तो भ्रमले एउटा ठूलो क्षति हुनसक्ने स्थिति आउन सक्थ्यो। यो सामान्य कमजोरी थिएन। जीवनमरणको लडाइँ लडिरहेको हाम्रो पार्टीभित्र बाबुरामजीको यो कदमले भयाबह अवस्था पैदा भयो। ......
बाबुरामलाई कारबाही : भौतिक रुपमा नै सिध्याइदिनुपर्छ भन्ने थिए
...... पार्टीले उहाँसहित कमरेड हिसिला र दिनानाथजीलाई ६ महिना साविकको जिम्मेवारीबाट हटाउने निर्णय गर्यो। तर लावाङ बैठकमा उहाँलाई यति सहज कारबाहीमा सीमित गरिनु हुँदैन भन्ने मत पनि थियो। कतिपय साथीहरुले बाबुरामको यो कदमलाई युद्धको बेला गरिएको गद्धारी र गम्भीर अपराधको रुपमा व्याख्या गर्दै उहाँलाई भौतिक रुपमा नै सिध्याइदिनुपर्छ भन्ने थिए। ...... कतिपयले उहाँलाई पार्टीबाट निष्काशन गर्नुपर्छ भन्ने मान्यता राख्दथे। तर कुनै पनि हालतमा उहाँको भौतिक क्षतिको कल्पना गर्न त सकिँदैन थियो नै पार्टीबाट निष्काशन गर्ने कुरा मैले पनि सोच्न सक्ने विषय थिएन। उहाँलाई सँगै लिएर जानुपर्छ भन्ने कुरा मलाई भित्रदेखि लागेको थियो। त्यसैले उहाँले गरेको त्यस प्रकारको गम्भीर गल्तीको लागि ६ महिनाको लागि केन्द्रीय कमिटीबाट हटाइदिँदा उहाँलाई आफ्नो कमजोरी महसुस हुन्छ भन्ने निष्कर्षमा म पुगेँ। ......
पार्टीले जिम्मेवारीबाट हटाएपछि उहाँको भौतिक सुरक्षाको व्यवस्थापन पार्टीको जिम्मेवारी थियो। त्यसो त त्यसबेला हामी सबैको भौतिक सुरक्षाको कुनै ग्यारेन्टी थिएन। तै पनि उहाँको भौतिक सुरक्षालाई प्राथमिकता दिनको लागि सम्बन्धित कमिटीलाई मैले निर्देशन दिएँ। र, कारबाहीको समयमा उहाँ र म एउटै सुरक्षा घेरा र एउटै व्यवस्थापनमा गम्भीर राजनीतिक छलफल गर्दै बस्ने गरेका थियौँ। तर कारबाहीको बेला प्रचण्डले बाबुरामलाई पेस्तोलको नोकभित्र कैद गरिराखेको छ भन्ने दुष्प्रचार गरियो।
....... कारबाहीको अवधिमा उहाँले उपचारका लागि दिल्ली जाने इच्छा व्यक्त गर्नुभयो। ...... केही कमरेडहरुले यस्तो अवस्थामा उहाँलाई दिल्ली पठाउनु हुन्न भन्ने तर्क गर्नुभएको थियो। केही बुद्धिजीवीहरुसँग वार्ता पनि हुन्छ भन्ने सोचेर मैले उहाँलाई विश्वासका साथ दिल्ली पठाएँ। बोर्डर कटेपछि उहाँले प्रोफेसर एसडी मुनीलाई ‘म बाबुराम बोलेको, आउँदैछु’ भनेर फोन गर्नुभएछ। उता मुनीजीले ‘तपाईँ जिउँदै हुनुहुन्छ? तपाईँलाई नभेटेसम्म पत्यार लाग्दैन’ भन्नुभएको थियो रे! दिल्लीसम्म यसप्रकारको भ्रमपूर्ण प्रचार भएको थियो। ..... यस्तो अवस्थामा म आफैले तयार पारेको चुनवाङको दस्तावेजलाई बाबुरामले लेखेको भनेर यसरी दुष्प्रचार गरियो, जसरी केही महिनाअघि बाबुरामजीलाई कारबाही गरिँदा प्रचण्डले जनसेना लगाएर मार्न लाग्यो भनेर दुष्प्रचार गरियो। नांगो आँखाले देख्न सक्ने यस्तो तथ्यलाई तोडमोड गर्दा बाबुरामजीको मौन समर्थन अर्को आश्चर्यको विषय बन्ने गरेको छ। यसरी चुनवाङ बैठकमा एकमतले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति पारित हुँदा वैचारिक रुपले बाबुरामजी लामो समयपछि फेरि मेरो धारमा उभिन आइपुग्नुभयो। ........ एमाले नेता बामदेव गौतम र युवराज ज्ञवालीलाई हाम्रै सुरक्षा घेराभित्र घोडा चढाएर लोसेवाङ पुर्यायौँ। उहाँहरुसँग निरंकुश राजतन्त्रको विरुद्ध संयुक्त रुपमा लड्ने पहिलो लिखित सम्झौता भयो। यो सम्झौताले एउटा नयाँ राजनीतिक महौल सिर्जना गर्यो। ...... यसको केही समयपछि गिरिजाप्रसाद कोइरालालाई रोल्पा लैजाने कोसिस गरेका थियौँ। तर उहाँको शारीरिक अवस्थाले हिँडाएर सुरक्षित रोल्पा पुर्याउन निकै ठूलो जोखिम मोल्नुपर्ने हुन्थ्यो। गिरिजाबाबु र माधव नेपाल दुबैलाई लगेर लोसेवाङमा नै १२ बुँदे सम्झौता गर्ने मेरो चाहना थियो। तर त्यो सम्भव नभएपछि ११ दिन हिँडेर बोर्डर हुँदै दिल्ली पुगेर १२ बुँदे सम्झौता गरियो। र, यही सम्झौताको जगमा शान्तिप्रक्रियाको अध्यायमा प्रवेश गरियो। यी सबै प्रक्रियामा बाबुरामजीले वैचारिक रुपमा कहीँ पनि भिन्न मत राख्नुभएन। .......
चुनवाङले गरेको संश्लेषण अनसार यतिबेला सच्चा क्रान्तिकारीहरुले लोकतान्त्रिक गणतन्त्रलाई जनवादी गणतन्त्रमा बदल्ने प्रयत्न गर्नु हो। तर ठिक यही समयमा बाबुरामजीले पार्टी परित्यागको घोषणा गरेर यो गणतन्त्रलाई संसदीय गणतन्त्रमा बदल्ने प्रतिक्रियावादीको योजनालाई साथ दिन पुग्नुभएको छ। संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनासाथ उहाँले पार्टी परित्याग गरेपछि यसबाट अघि जान चाहनुहुन्न भन्ने आशंकालाई उहाँ आफैले प्रमाणित गर्नुभएको छ।
...... उहाँ कुनै पनि चिज र परिघ टनालाई पूँजीवादी दृष्टिकोणबाट हेर्ने र बुझ्ने गर्नुहुन्छ। म त्यही चिज र परिघटनालाई मार्क्सवादी दृष्टिकोणबाट हेर्ने र बुझ्ने प्रयत्न गर्थेँ। हाम्रो अन्तर यही विश्व दृष्टिकोणमा नै हो। ..... मार्क्सवादी दृष्टिकोण परित्याग गरेर बुर्जुवा दृष्टिकोण आत्मसाथ गर्नेहरु गणतन्त्र प्राप्तिको चरणबाट अगाडि बढ्न सक्दैनन्। ...... हजारौँको बलिदानद्वारा निर्मित हाम्रो पार्टीले कुनै पनि हालतमा मार्क्सवादी विश्वदृष्टिकोण नछाड्ने देखेपछि उहाँ आफैले पार्टी छाड्नुभयो।
हाम्रो पार्टी मार्क्सवादी दृष्टिकोणलाई दह्रोसँग पक्रिएर अर्को चरणको क्रान्तिको तयारीमा जुट्नुपर्छ भन्ने मान्यता राख्दछ।
उहाँ उदार पुँजीवादलाई समाजवादी दृष्टिकोणसँग संयोजन गरेर क्रान्तिको यात्रालाई गणतन्त्र प्राप्तिसम्ममात्र सीमित राख्न चाहनुहुन्छ। ...... संविधानसभाबाट संविधान जारी गर्ने ऐतिहासिक अभिभाराबाट अन्तिम समयमा उहाँ पन्छिनुभयो। विदेशी दबाब तीब्र हुन थालेपछि बाबुरामजी पनि संविधान घोषणा तत्काल रोक्नुपर्छ भन्ने पक्षमा उभिनुभयो। संविधान घोषणा भएपछि आफैले हस्ताक्षर गरेको संविधान जलाउन खोज्ने कित्तामा एकाकार हुन पुग्नुभयो। ...... यहाँनेर सबाल बाबुरामजी र प्रचण्डबीच भएको मतभेदको होइन। सबाल राष्ट्र र जनताप्रति को कति निष्ठावान हुन सक्यो भन्ने हो। ..... सर्वाहारावादी दृष्टिकोणले सामुहिकतामा ज्ञान देख्छ, जनसमुदायमा शक्ति देख्छ र त्यहीअनुरुपको निर्णय गर्छ। पुँजीवादी दृष्टिकोणले आफूभित्र मात्र ज्ञानको स्रोत देख्छ, आफूलाई शक्तिको मुहान ठान्दछ र त्यही अनुरुपको निर्णय गर्दछ। बाबुरामजीले पछिल्लो दृष्टिकोण अपनाउनुभयो र कम्युनिस्ट पार्टीसँगै मार्क्सवाद परित्याग गर्ने अप्रिय निर्णयमा पुग्नुभयो। ...... मानिससँग भावनाहरु हुन्छन्, कहिलेकाहीँ भावनामा बग्नु मानिसको प्राकृतिक स्वभाव हो। बाबुरामजीको हकमा अझ बढी यो कुरा लागू हुन्छ। उहाँको स्वभाव बढी नै भावनामा बग्ने र भावावेशमा आउने खालको छ। कतै पार्टी परित्यागको अप्रिय निर्णय पनि भावावेशमा आएर गर्नुभएको त होइन? उहाँले गम्भीर आत्मसमीक्षा गर्नु जरुरी छ। ......
पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण गर्न सकिन्छ भन्ने उहाँको सोचले उहाँ आफैलाई समाप्त पार्नेछ।
प्रचण्डले भनेको निर्णायक वार्ता निर्णायक नबन्ने संकेत
निर्णायक वार्तापछि सहमति हुने भनि रहँदा मधेशी मोर्चाले आजै दिउँसो बुटवलमा विरोधसभाको आयोजना गरेको छ । त्यसमा मोर्चाका तर्फबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले वक्ता रहेका छन् भने त्यहाँ नयाँ शक्ति निर्माणका संयोजक डा.बाबुराम भट्टराई, आदिवासी जनजातिका नेता पद्मरत्न तुलाधरलगायतले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ...... वृषेशचन्द्र लालले मधेशी मोर्चालाई अन्योलमा राखेर आन्दोलन कमजोर पार्ने रणनीति स्वरुप यस्तो भनाईहरु बाहिर आएको बताए । प्रचण्डले मधेशी मोर्चासँग निर्णाय वार्ता गरि सहमति गर्ने अभिव्यक्ति दिनुमा कुनै सत्यता नरहेको भन्दै उपाध्यक्ष लालले सहमति हुँदैछ भनि भ्रम फैलाएर आन्दोलन कमजोर पार्ने रणनीति मात्रै रहेको दावी गरे ।
एमाले सचिव योगेश भट्टराईलाई पूर्व राजदूत कर्णको जवाफ : पाँच बर्षभित्र देशमा हतियार उठ्छ
एमाले कांग्रेसका नेता मधेसमा जमिन्दारी कायम गर्न गएका हुन् । मधेस आन्दोलनले त्यसमा आघात परेको छ । हिजो कांग्रेस र एमाले राजनीतिमा लागेका धेरै नेता जमिन्दारका छोराछोरी थिए । ....... मधेसका त कुनै नेता जमिन्दार थिएनन् र छैनन् । महन्थ ठाकुर त्रिभुवन विश्वविद्यालयमा संस्कृतिका प्रोफेसर थिए । ०३२ सालमा कांग्रेस भएकै कारण उनलाई विश्वविद्यालयबाटै गिरफ्तार गरिएको थियो, जागिरबाट बर्खास्त गरिएको थियो । ...... राजेन्द्र महतो सामान्य व्यापार गर्थे । पछि छोडे । कृषक पृष्ठभूमिका हुन् उनी । महेन्द्र यादव १८/१९ वर्षको उमेरदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए । उपेन्द्र यादव कम्युनिष्ट पार्टीमै जीवन बिताउँदै आएका मानिस हुन् । अचम्म त यो छ कि यी नेता जतिबेला एमाले वा कांग्रेसका लागि आन्दोलनमा सहभागी थिए, त्यतिबेला जमिन्दार भएनन् । अहिले मधेसीको अधिकारको लागि लड्न थालेपछि कसरी जमिन्दार बने, मैले बुझ्न सकेको छैन । ....... पृथ्वीनारायण शाहकै पालादेखि मधेस र मधेसीलाई भारतीय देखियो । जमिनको बाँडफाँड गर्दा त्यहाँका जनतालाई विश्वास गरिएन, पहाडका मानिसलाई बाँडियो । पहाडका जमिन्दार मातहत बसेर तराईका बासिन्दाले काम गर्नुपथ्र्यो ।
‘मधेसीलाई खरदार, बहिदारभन्दा माथिको जागिर नदिनू, यिनीहरू मुगलानका मानिस हुन्’ भनिएको थियो ।
त्यो मनोविज्ञान राणाकालमा झनै मौलायो । ........ राणाहरू तराईका जंगलमा गएर सिकार खेल्थे । स्रोत र साधनको उपयोग र बिक्रि गर्थे । उनीहरूलाई तराईको स्रोतसाधन सत्ता बलियो बनाउने माध्यम बन्यो । उच्च पदस्थ कर्मचारी र जमिन्दारलाई जग्गा दिएर आन्तरिक रूपमा सत्ता बलियो बनाए । लकडी र जडिबुटी दिएर ब्रिटिश इस्ट इन्डिया कम्पनीलाई खुशी पारे । ...... ००७ सालको क्रान्ति होस् वा १७ देखि ०४६ सालसम्मको संघर्ष, त्यसमा धेरै मधेसीले सहादत प्राप्त गरे कांग्रेस वा कम्युनिष्टको नाममा । वि.सं. २००९ सालमा नै मधेसकेन्द्रित पार्टी ‘तराई कंग्रेस’ गठन भएको थियो । जसले त्यतिबेलै संघीयता माग गरेको थियो । तर पार्टी र मुद्दा दुवै स्थापित गर्न सजिलो थिएन । मधेसीको पक्षमा संघर्ष गर्नेहरूलाई कांग्रेस वा कम्युनिष्ट पार्टीमा मिलाइयो । मधेसीले पनि विश्वास गरे । ८० प्रतिशत विश्वास कांग्रेसमाथि देखियो, २० प्रतिशत कम्युनिष्टप्रति । ४०÷४१ सालमा ‘पपुलेसन कमिसन’को रिपोर्ट आयो । त्यसले मधेसीलाई भारतीय हुन्, भारतबाट भर्खर आएका हुन् भनिदियो । त्यसले नेपाली ब्यूरोक्रेसी, पुलिस, सेनामा सबैमा मधेसी सबै भारतीय हुन् भन्ने मनोविज्ञान बन्यो । त्यो मनोविज्ञान ०४६ सालपछि हट्छ भन्ने धेरैलाई आशा थियो । किनकि ठूलो त्याग र तपस्या गरेको कांग्रेस सत्तामा आउँदैछ भन्ने थियो । तर त्यसो हुन सकेन । ....... तर सरकारका निकाय, कर्मचारी, सेना, पुलिस सबैमा जुन संयन्त्र बन्दै गयो, त्यो राणा र शाहकालभन्दा केही फरक भएन । मधेसलाई हेर्ने दृष्टिकोणमा पनि केही वदलाव् आएन । ......
पहिलोपटक कुनै पार्टीको नेतृत्वबेगरै आफ्नो लागि संघर्षमा उत्रिए मधेसी जनता । मधेसको आन्दोलनले संघीयता घोषणा गर्न बाध्य बनायो । ०९ सालमा माग गरेको संघीयता ०६३ मा बल्ल घोषणा गर्न बाध्य भयो राज्य ।
........ यिनले उठाएको संघीयतासहित अन्य परिवर्तनको मुद्दाबाट कसरी गलाउन सकिन्छ भन्नेतिर संस्थापन लाग्यो । त्यसलाई मलजल गर्ने काम मिडियाले पनि गर्यो । पञ्चायतकालमा जसरी ‘बहुदल नेपालमा फाप्दैन, माटोपानी सुहाउँदो छैन’ भनिन्थ्यो । त्यही शैलीमा मिडियाले संघीयता, समावेशिता र समानुपातिकतालाई ब्याख्या गरिरह्यो । कहिल्यै राम्ररी प्रस्तुत गरेन । किनकि मिडियो पनि त्यही संस्थापन वर्ग, पार्टी, जाति र समुदायको हातमा छ । त्यसैले जनतामा भ्रम पैदा भइरह्यो । ......... राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति लागेर माओवादीलाई टुक्रा पारे । मधेसीलाई पनि टुक्रा पारे ।..... अब ०४७ सालकै जस्तो भएपनि संविधान लेख्नेतिर लागौं भन्नेमा प्रमुख दल लगे । समावेशी र समानुपातिकको मुद्दालाई कमजोर बनाइयो । सिमांकन र नामांकनबिनाकै संघीयता घोषणा गरियो । सर्वोच्चको आदेशपछि सिमांकन त गरियो, तर आफ्नो वर्गको हित हुने गरी ।
दुई नम्बर प्रदेश त हातखुट्टा काटेर काठमाडौंतिर फर्केर माग्ने कचौरा थाप्नुपर्ने खालको बनाइयो ।
त्यसैपछि नै मधेस आन्दोलनमा उत्रिएको हो । भावना र आवेशमा मधेसमा आन्दोलन भएको होइन । ....... जनताको मूल माग समानुपातिक, समावेशिता र पहिचान थियो, त्यसलाई समाप्त पार्ने काम संविधानमार्फत भएको छ । ...... दुई नम्बर प्रदेश हेरौं, त्यहाँ न कुनै नदीनाला छ, न निकुञ्ज छ, न कुनै प्राकृतिक स्रोत साधन । चितवन काठमाडौंसँग जोडिएको छ । किन ? त्यसको कुनै तर्क छैन । चितवन थारूहरूको वस्ती हो । विदेशी आउँदा नृत्य देखाउनमात्रै त्यहाँ थारू बसेका त होइनन् । उनीहरूलाई पहिचानबाट वञ्चित गरिएको छ । यसरी संविधानले मधेसीलाई देशको नागरिक भन्ने नै स्वीकार गरेको देखिँदैन । ....... कतिपय मुद्दामा त यो संविधान ०४७ सालभन्दा पनि पछाडि फर्किएको छ । ०४७ सालको संविधानमा मौलिक अधिकारलाई बाँधेको छैन । यो संविधानमा त मौलिक अधिकार पनि कानूनअनुसार हुनेछ भनेर लेखिएको छ । मौलिक अधिकारमा प्रश्न गर्ने अधिकार संसदलाई पनि हुँदैन । संविधानमा दिएको मौलिक अधिकार अपरिवर्तनीय मानिन्छ दुनियाँमा । नेपालको संविधानले कानूनअनुसार लागू हुनेछ भनेको छ । के कानून बनेन भने मौलिक अधिकार लागू नहुने त यो देशमा ? त्यस्तै, प्रान्तको अधिकारको कुरा गर्ने हो भने पहिले जिल्ला विकास समितिलाई जति पनि अधिकार दिइएको छैन । ......... तर अहिले राज्य सबै सम्झौताबाट पछाडि फर्कियो । त्यसैले द्वन्द्व पनि फर्किएको हो । यो नयाँ द्वन्द्व होइन । .......
पाँच महिना भइसक्यो मधेस आन्दोलन सुरु भएको
...... तर पनि राज्य मधेसको आवाज सुन्न तयार छैन कुनै किसिमले । कसरी मधेसलाई गलाउन सकिन्छ भनेर राज्य लागिरहेको देखिन्छ । ...... कुनै व्यक्ति बन्दुक लिएर आयो भने गोली हान्न सक्ला राज्यले, तर दिमागमा विचारको रूपमा कुनै कुरा पसिसकेपछि त्यसलाई रोक्न सम्भव हुन्न । ..... वास्तवमा एमालेलाई त म कम्युनिष्ट पार्टी नै मान्दिनँ । एमालेले अहिले जुन नीति कार्यक्रम लिइरहेको छ, त्यो ठ्याक्कै पञ्चायत पार्टीको जस्तो छ । यसो भन्न मलाई कुनै संकोच छैन । कांग्रेस र एमालेभित्र को पञ्चायत पार्टी बन्ने प्रतिष्पर्धा छ । अहिले माओवादी त्यसमा पस्न कसरत गर्दैछ ।
अन्तर्विचार : अहिलेको सीमांकनलाई छोए देशैभरि आगो बल्छ
भारतले मधेसी मोर्चा र मधेस आन्दोलनलाई ढाल बनाउने र मधेसी मोर्चाले भारतलाई ढाल बनाइएको अवस्था छ । ..... पञ्चायत कालमा मधेसबाट आमहिसाबले सम्बन्धित ठाउँका जमिनदार, ठालुहरू नै जनप्रतिनिधित्वको नाममा आउँथे । चुनाव भनेको कसलाई जिताउने भन्ने हुन्थ्यो, त्यो जितेर आउँथे । त्यहाँका आम सर्वसाधारणको राजनीतिक पहुँच थिएन । त्यसमाथि मधेका महिला, दलितको प्रतिनिधित्व त शून्य थियो । ..... मेरो बुझाइमा पछिल्ला मधेस आन्दोलनको उद्देश्य मधेसमाथि कुन वर्ग र जातिको वर्चस्वलाई कायम राख्ने भन्ने नै हो । मधेसका सर्वसाधारण, तल्लो वर्ग, कथित दलितले यो कुरा बुझेका छैनन् । र, मधेसी मोर्चाका नेताले मधेसी आमजनतामाथि एक प्रकारको सेन्टिमेन्टल ब्ल्याकमेल गरिरहेका छन् । ..... भोलि देश संघीय प्रणालीमा गएपछि पिछडिएका जाति, वर्गका व्यक्ति पनि सत्तामा आउन सक्छन् । उनीहरू देशभक्त हुन्छन्, इमानदार हुन्छन्, झुक्दैनन् । तर, ठालुहरू, जमिनदारहरू सत्ता खेलका लागि पनि छिटो झुक्छन्, समर्पित हुन्छन् । यसकारण पनि भारतले आज तराई मधेसको आन्दोलनलाई साथ दिइरहेको हो । भारत एउटा पुँजीवादी मुलुक हो, अर्को देशमा श्रमजीवी मानिसहरू सत्तामा आएको उसलाई त्यति खुसी लाग्दैन । किनभने, श्रमजीवीहरूसँग स्वाभिमान हुन्छ, देशभक्ति हुन्छ । यस्ता मानिससँग डिलिङ गरेर धेरै कुरा लिन सकिँदैन भन्ने भारतले बुझेको छ र मधेसमा उच्च जाति र वर्गका शक्तिलाई उचालिरहेको छ । ...... मधेसमा जुन आन्दोलन भइरहेको वा भड्किरहेको अवस्था छ, यो वस्तुगतभन्दा बढी भावनात्मक छ । वस्तुगत कुरामा वैज्ञानिकता हुन्छ । तर्क–वितर्क, खण्डन–मण्डन हुन्छ । तर, अहिलेको मधेस आन्दोलनका मागमा कुनै तर्क, तथ्य छैनन् । यो आन्दोलन वस्तुगत धरातलबाट भएको छैन । जे छन्, यी अधिकांश मनोवैज्ञानिक र भावनात्मक छन् । .......
आजको मधेस आन्दोलन मधेसी मोर्चाका नेताले आममधेसी जनतामाथि गरेको सेन्टिमेन्टल ब्ल्याकमेलिङ हो । मूलधारका पार्टीले मधेसी जनतालाई यो कुरा राम्ररी बुझाउन सकिरहेका छैनन् ।
........ तल्लो वर्गमा हिजो जुन एमालेको पकड थियो, माओवादीको पकड थियो, त्यो गुम्यो । पार्टीहरू, नेताहरू जति रुपान्तरित हुनुपथ्र्यो, त्यति भएनन् । .....
समग्र नेपाललाई हेर्दा गरिबी बढी मधेसमा छ । जुत्ता–चप्पल लगाउन नसक्नेको, आफ्ना बालबालिकालाई स्कुल पठाउन नसक्नेको, भूमिहीन, गतिलो आवास नभएर राति राम्रोसँग निदाउन नसक्नेहरूको संख्या ठूलो छ ।
...... उनीहरू बाइमिस्टेक हाम्रो नेता त उपेन्द्र यादव पो हुन् कि, राजेन्द्र महतो हुन् कि, महन्थ ठाकुरलगायत पो हुन् कि भनिरहेका छन् । जो वर्षौंसम्म सत्तामा हालिमुहाली गरे, व्यक्तिगत हिसाबले सत्तालाई लुछ्नु लुछे, यो देशको भ्रष्ट नेताको सूची खोज्ने हो भने अधिकांश मधेसबाट प्रतिनिधित्व गर्ने, जो पटक–पटक मन्त्री भए, जसले कांग्रेस छोडे, उनीहरूकै नाम अघिल्लो पंक्तिमा आउला । ....... तराईमा छोरी बेच्ने ज्वाइँ किन्ने प्रथा छ । ज्वाइँ अलि पढे–लेखेको भेटियो भने अहिले पनि २०–३० लाख हालेर ज्वाइँ किनिन्छ र छोरी बेचिन्छ । यो छोरी बेच्ने प्रथा बेठीक हो भनेर यी मधेसकेन्द्रित दलका नेता कहिल्यै बोल्दैनन् । मधेसमा यति ठूलो छुवाछुत छ, पहाडमा पनि छ, धेरै घटिसक्यो तर यो छुवाछुत गलत हो भनेर उनीहरू बोल्दैनन् । मधेसका महिलालाई बोक्सीका नाममा मलमूत्र खुवाइन्छ, दाइजो नल्याएको निहुँमा जिउँदै जलाइन्छ, त्यसका विरुद्ध उनीहरू बोल्दैनन् । त्यहाँका गरिबका छोरीछोरीको शिक्षाका लागि उनीहरू बोल्दैनन् । यिनीहरू कसरी मधेसका नेता भए ? ....... नेपालका ६२ ठाउँमा भारतले सीमा मिचेको छ ....... एउटा ठालुहरू, तथाकथित अभिजातहरू, ऐश–आराम गर्नेहरूको मधेस छ, अर्को साँझ–बिहान हातमुख जोर्न नसक्ने गरिब, दलित र उत्पीडितहरूको मधेस छ । ..... इनार छोएको नाममा, सिनो नउठाएको नाममा गाउँ निकाला गर्ने मधेस पनि छ ..... हिजो राज्य विभेदकारी थियो, निरंकुश थियो । तर, आजका राज्यका प्रतिनिधि हिजो व्यवस्थालाई विस्थापित गरेर आएका हुन् । धर्मका नाममा विभेद नहुने व्यवस्था छ अहिले । त्यसैले राज्यको चरित्र बदलिएको छ । ...... राजनीतिक सत्ता र राज्य सत्ता फरक हो । सरकार राजनीतिक सत्ता हो । अड्डा, अदालत, कर्मचारीतन्त्र, सेना, प्रहरी यी सबै राज्य सत्ता हुन् । राजनीतिक सत्ताहरू बदलिँदै जाँदा राज्य सत्ताका यी अवयवहरू पनि बदलिँदै जान्छन् र गएका पनि छन् । हिजो कर्मचारीतन्त्रमा बाहुन–क्षेत्री अथवा माथिल्लो जाति भन्नेहरूको जुन वर्चस्व थियो । त्यो वर्चस्व क्रमशः अब हट्दै जान्छ, हटिराखेको पनि छ । कि हामीले प्रगतिशील आरक्षणको नीति लिएका छौँ । राज्यले पिछडिएको जाति, वर्गलाई उकास्न शिक्षा, स्वास्थ्यमा लगानी गरिरहेको पनि छ । यसले क्रमशः पिछडिएको जातिलाई माथि उकास्दै छ । तर, रातारात बदलिने कुरा यो पक्कै पनि होइन । राजनीतिक सत्ताहरू जति छिटो बदलिन्छ, राजनीतिक सत्ताहरू त्यति छिटो बदलिँदैनन् । क्रमशः बदलिने जाने हो । किनभने, अफिसर हुन त पढेकै चाहियो । ...... आज भारतले नेपाली मधेसीबारे खुब चिन्ता लिन्छ । भारतीय सरकारलाई मेरो प्रश्न छ– भारतीय सेनामा नेपाली युवा भर्ती गर्दा भारतीय सरकार किन मधेसी युवालाई लैजाँदैन ? उसले पनि त पहाडका जनजाति, क्षेत्री–ठकुरी खोज्दै हिँडेको छ । नेपालका मधेसी जनताप्रति त्यति अगाध विश्वास थियो त, आफ्नो सेनामा पनि लैजानुपथ्र्यो । अब नेपालको सेना–प्रहरीमा कुनै पनि जातिको निम्ति बन्देज छैन, खुला छ । ......
नक्कली मधेसीलाई नक्कली ढंगकै व्यवहार गर्नुपर्छ
........ मधेसमा सच्चा मधेसी र नक्कली मधेसी छुट्याउने बेला आएको छ । सक्कलीहरूलाई सक्कली र नक्कलीहरूलाई नक्कली ढंगकै व्यवहार हुनुपर्छ । ...... मधेसी नेताहरू भन्न लगाउँछन्— गर्व से कहो हम मधेसी छि । तर, हामी भन्न लगाउँछौँ— गर्व से कहो हम नेपाली छि, त्यसपछि मधेसी छि । पहिले हामी नेपाली हौँ, त्यसपछि मधेसी हौँ । पहिले हामी नेपाली हौँ, त्यसपछि कुनै जाति हौँ । हामी मधेसी आमसमुदायलाई ‘पहिले हामी नेपाली हौँ’ भन्ने भावना स्थापित गर्न चाहन्छौँ । ...... ०४६ सालमा भारतले आन्दोलनको समर्थन गर्दा ताली पड्काउनेहरू, ०६२÷६३ को आन्दोलनमा भारतले समर्थन गर्दा ताली पिट्नेहरू आज भारत मधेसको पक्षमा बोल्दा किन रिसाउँछन् ? मलाई के लाग्छ भने, हिजो शासन निरंकुश थियो, मान्छेले बोल्न दिइँदैनथ्यो, मानवअधिकार थिएन, स्वतन्त्रता थिएन, प्रेस स्वतन्त्रता थिएन, तब न नेपालीले आन्दोलन गर्दा अन्तर्राष्ट्रिय समुदायले समेत साथ, सहयोग र समर्थन गर्थे, त्यो स्वाभाविक थियो । किनभने, त्यो लोकतन्त्रको पक्षमा, मानवअधिकारको पक्षमा समर्थन थियो । हिजो र आजको राज्यलाई एउटै आँखाले हेर्नुहुँदैन । आजको राज्यले शोषण, दमन, विभेद गर्दैन । कानुनका दृष्टिले विभेद गर्दैन । ......
मधेसी मोर्चाको अहिलेको मागको वस्तुगत आधार नै छैन, यो खालि साइकोलजिकल ब्ल्याकमेलिङ हो । मान्नुस् कि यी माग साइकोलजिकल ब्ल्याकमेलिङ होइनन्, साँच्चै माग हुन् । यी मागमध्ये के चाहिँ संविधानमा छैन त ?
......... भोलि १५–२० वर्षपछि नेपालको मधेस नेपालमा बस्ने कि स्वतन्त्र हुने ? जनमत संग्रहका लागि आज तयारी भइरहेको छ । हिजो श्रीलंकामा त्यही गरियो, तमिल क्षेत्र स्वतन्त्र हुने कि श्रीलंकामा बस्ने भनेर कति वर्ष लडाइयो । ६० हजारभन्दा बढी मानिस मरे, त्यो औचित्यहीन आन्दोलन थियो ।
कमल थापाको डरले प्रधानमन्त्रीले मन्त्रालय फुटाएको खुलासा
‘शाहको पार्टीको घटनाले एक–एक गरेर साना दलले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा अन्तिम र निर्णायक अवस्थामा भारतीय योजनाअनुसार थापा सरकारबाट बाहिरिँदा सरकार स्वतः ढल्ने अवस्था आउने देखियो ।’ ओली निकट स्रोत भन्छ्, ‘प्रधानमन्त्रीले भारतीय योजनाको भरपर्दो सूचना पाएपछि साना दललाई खुसी पार्ने रणनीति लिनुभएको हो ।’ प्रधानमन्त्री ओलीको के बुझाइ देखिन्छ भने, ‘थापा र सरकारमा सहभागी अर्को दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले एकैपटक समर्थन फिर्ता लिँदैनन् । यस्तो अवस्थामा थापा बाहिरिए पनि साना दल र फोरमको विश्वासमा सरकार बचाइराख्न सकिन्छ ।’
सरकारबाट ‘बाहिरिने’ बारे एमाओवादी छलफलमा
‘सरकारमा रहने कि समर्थन कायम राखेर बाहिरिने भन्नेमा छलफल हुन्छ,’ एमाओवादीका एक नेताले भने, ‘कुनै पनि कोणबाट नतिजामुखी परिणाम नदेखिएमा सय दिन पुगेलगत्तै सरकारबाट बाहिरिने निर्णय हुन पनि सक्छ ।’ अध्यक्ष प्रचण्डले काठमाडौंमा भएको ३ नम्बर प्रदेशको बैठक र शनिबार इटहरीमा भएको १ नम्बर प्रदेश बैठकमा पनि नतिजा नदेखिने हो भने पार्टी सरकारमा रहिराख्नुको औचित्य नहुने धारणा दोहोर्याएका छन् ।
अन्धकार बन्दै काठमाडौंका सडक
सोलार प्यानलमा धुलो थुप्रिएर राम्रोसँग चार्ज हुन नपाउँदा बत्ती बल्न छाडेका छन् । केही सातायता काठमाडौंको सडक अन्धकार हुन थालेको छ ।
किन बढ्यो मधेसी मोर्चाको विवाद
मधेसी मोर्चामा आवद्द पाँचमध्ये चार दल वार्ताबाटै समस्या समाधान गर्ने र आन्दोलनका स्वरुप परिवर्तन गर्ने पक्षमा छन् । तर, राजेन्द्र महत्तो नेतृत्वको सद्भावना पार्टी कडा आन्दोलनको पक्षमा छ । नाकामा धर्नासहित तराई मधेस आन्दोलन गर्दे आएको मोर्चाले आइतबारपछि थप छलफल गरेर आन्दोलनको स्वरुप परिमार्जनको तयारी थालेको थियो । तर, त्यसअघि नै सद्भावानाले छुट्टै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको
चिनियाँ राष्ट्रपति नेपाल आउने
नयाँ वर्षको आरम्भसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण विषयले पुनः चर्चा पाएको छ । तिब्बत रेलमार्ग काठमाडौंसम्म विस्तार गर्ने , तेलको पाइपलाइन जोड्नेलगायत केही महत्त्वपूर्ण विषयमा भइरहेको गृहकार्य निष्कर्षमा पुग्यो भने नेपाल– चीन सम्बन्धमा ब्रेक थ्रु हुने गरी राष्ट्रपति सी जिनपिङको भ्रमण आयोजना गर्ने बेइजिङले तयारी थालेको छ ।........ बेइजिङमा गत साता विदेशमन्त्री तहमा भएको दुईपक्षीय वार्तामा उच्चस्तरीय भ्रमणको विषयले निकै महत्त्व पाएको थियो । चीनले प्रधानमन्त्री केपी ओलीलाई चाँडै चीन भ्रमण गर्न आमन्त्रण गरेको छ भने चीनबाट पनि उच्च भ्रमण हुने आश्वासन आएको छ ।