Monday, December 07, 2015

In The News (14)



Seeing Kanak Mani Dixit makes me happy. Gita Rana made the list as well !

Posted by Khushbu Mishra on Sunday, December 6, 2015

अो नाकाबन्दक मधेसी नेता हो सुषमा स्वराजले त निर्धक्क भनिन " भारतले पहिलेपनि नाकाबन्दी गरेको थियो अहिलेपनि गरेको छ।" अझै ...

Posted by Subodh Raj Pyakurel on Monday, December 7, 2015

भारतकाे संसदमा नेपाल र नेपालीले पाएकाे दुःखबारे छलफल हुन्छ। तर, हाम्राे संसद भने न चल्न दिइन्छ न नाकाबन्दीले पारेकाे असरबारे छलफल हुन्छ।

Posted by Guna Raj Luitel on Monday, December 7, 2015

भारत भ्रमणमा मधेशी नेता सेलिब्रिटी .....अहिले भारतमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरूलाई सेलिब्रिटी झै मिडीयामा ईन्टरभ्यू, बाइट, प्रतिक्रिया आदि आदि दिन भ्याई न भ्याई

Posted by Upendra Mahato on Monday, December 7, 2015

Jackson Heights New York with Xmas lights.

Posted by Tenzing K Ukyab on Monday, December 7, 2015

"निकास को लागी वहस"https://m.youtube.com/watch?v=L4XvgdaiKyQ

Posted by Manish Suman on Saturday, December 5, 2015




एबिसी टेलिभिजनमा प्रसारित भएको मेरा केही विचारहरू यहाँ राखेको छु ।

Posted by Jay Prakash Gupta on Sunday, December 6, 2015

With The Hindu reporter in Delhi

Posted by सदभावना पार्टी on Monday, December 7, 2015

A government that cannot deliver basic services to its citizens looses its legitimacy to remain in power. No cooking...

Posted by Bharati Silawal-Giri on Sunday, December 6, 2015

After #SushmaSwaraj's statement and if the facts given by her are true in RajyaSabha, few points are clear.1. The PM...

Posted by S Kumar Thakur on Monday, December 7, 2015




नयाँ अर्थ–राजनीतिको खोजी
आज विश्वको सबभन्दा ठूलो ट्याक्सी कम्पनी ऊबरसँग एउटा पनि ट्याक्सीको स्वामित्व छैन। पैसा तिराएर बास बसाउने विश्वकै सबभन्दा ठूलो कम्पनी एआरबी एन्ड बीको एउटा पनि होटल छैन। विश्वको सबभन्दा ठूलो सामान बिक्रेता अलिबाबाको एउटा पनि पसल छैन। एक अर्ब मानिसले प्रयोग गर्ने लोकप्रिय सञ्चार माध्यम फेसबुक आफैंमा नत पत्रिका हो न टेलिभिजन, जसका संस्थापक ३१ वर्षे मार्क जुकरवर्गले हालै ४८ खर्ब रुपैयाँ दान दिने घोषणा गरे। ...... सरदर सात प्रतिशतको अंकमा गणितीय चुम्बक किन छ भने निरन्तर यो वृद्धिदर कायम गर्दा १० वर्षमा अर्थतन्त्रको आकार दोब्बर हुन्छ भने औसत नागरिकको जीवनकालमै १०० गुनासम्मको उन्नति हुनसक्छ। ....... (१) ‘भिजन’ भएको बलियो नेतृत्व र विकास प्रशासन (२) उच्च बचत र लगानी (३) साधनस्रोतको मूल्यमुखी बाँडफाँड (४) समस्टिगत आर्थिक स्थिरता (५) बाह्य बजारको भरपुर उपयोग। ...... सच्चा लोकतन्त्रको मूलमर्म ‘विधिको शासन’ र ‘वैयक्तिक मौलिक अधिकार’हरूको उच्च सम्मान हो। अबको लोकतन्त्रले केवल चुनावी कर्मकाण्डमा सीमित हुँदै नागरिकप्रति अनुत्तरदायी र असंवेदनशील बन्ने सम्भावनालाई निर्मूल पार्नुपर्छ। ......

अहिलेकै सन्दर्भमा चर्चा गर्दा तराईका जिल्लाहरूमा आन्दोलन भएको महिनौं भैसक्दा पनि त्यसलाई सुल्झाउने तदारुकता देखिएको आभास हुँदैन ...... सुगम तराईका रौतहट र महोत्तरी विकट जाजरकोट र मुगुभन्दा मानव विकास सूचकांकमा किन पछाडि परे?

...... पैसा र बाहुबलबाट चुनाव जित्ने र त्यसका लागि राज्यसत्ताको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गर्ने अनि संगठित अपराधीहरूसँग गोप्य रूपमा रकम असुल्ने कार्य सबैजसो दलका लागि स्वाभाविक भैसक्यो। चुनाव जितेपछि जनताको सेवा गर्न प्राप्त अधिकार दुरुपयोग गरी त्यही संगठित आपराधिक समूहको गुण तिर्ने र फेरि अर्को चुनावका लागि जोहो गर्नेमा केन्द्रित दलहरूले विकासका मूल एजेन्डालाई इमानदारीपूर्वक अगाडि लैजानै सक्दैनन्। ....... हाल नाकाबन्दीका कारण मौलाइरहेको कालोबजारी एउटा उदाहरण हो। केवल दोहन गर्ने, हैरान पार्ने, अड्काउने काममा मात्र सरकार लागेमा निजी क्षेत्र हतोत्साही हुनेमात्रै होइन, आफ्नो समय र स्रोत नेता, नीति–निर्माता र कर्मचारीलाई आफूअनुकूल निर्णय गराउन लगाउने अनुत्पादक मार्ग (रेन्ट सिकिङ) तर्फ उद्यत हुन्छन् र लगानी बढ्दैन। ...... खुला अर्थतन्त्र भनेको छाडा अर्थतन्त्र होइन। विधिको लगाम नलगाएसम्म उद्योगी–व्यापारीहरू ‘रेन्ट सिकिङ’ को स्वार्थी घेराबाट बाहिर निस्केर विशाल महत्त्वाकांक्षा बोक्न सक्दैनन् र राष्ट्रिय पुँजी निर्माण हुँदैन ....... नेपालको आधा जनसंख्या २१ वर्षभन्दा मुनिको छ। १८ देखि ४० वर्ष उमेर भएका मतदाताहरूको हिस्सा झन्डै दुई तिहाइ छ। वर्षौदेखि नेपालको खराब राजनीतिबाट सबभन्दा बिरक्तिएको समूह पनि यही नै हो। .......

अहिलेका दलहरूको भूमिका राजस्वबाट कार्यकर्ता पाल्ने मनोवृत्तिबाट निर्देशित छ

....... नेपालका उद्यमीहरू दिक्क छन्। अहिले उनीहरूले नेता र कर्मचारीलाई अनुचित रकम पोसेर जेजति प्रगति गरेका छन्, यदि राजनीतिक नेतृत्व सक्षम र इमानदार भैदिएको भए स्रोत नै स्रोतले भरिएको यो देशमा उनीहरूले धेरै गुणा बढी प्रगति गर्ने थिए।

भारत भ्रमण.......संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्स नेताहरूको आज मंगलवार २२ गते मंसिरको दिल्लीमा रहेको कार्यक्र...

Posted by Upendra Mahato on Monday, December 7, 2015

In The News (13)

५–७ दिनमा नेपाल–भारत तनाव अन्त्य हुने भारतीय विदेशमन्त्रीको संकेत
नेपाल बहसमा कांग्रेस, समाजवादी दल, जनता दल लगायतका १४ सांसद्ले उठाएका प्रश्नहरुको जवाफ दिँदै स्वराजले आफूहरुले मधेसीले न्याय पाउन् र नेपाली जनताले दुख नपाउन् भन्ने चाहेको बताइन् । उनले अन्तरिम संविधानले दिएको अधिकारलाई पनि कटौती गरिएकाले मधेसमा आन्दोलन भएको बताउँदै नाकाबन्दी भने भारतले नगरेको पटक-पटक दोहोर्‍याइन् । ...... करण सिंह ..... उनले अन्तरिम संविधानले दिएको भन्दा पनि कम अधिकार अहिलेको संविधानमा मधेसीलाई दिइएको भन्दै मधेसीले ‘एक मधेस एक प्रदेश’ मागेकोमा मधेसलाई कमजोर बनाउने गरी अहिले सीमांकन गरिएको पनि बताए । उनले

नेपालको समस्या आन्तरिक भए पनि भारतले हल गर्न सघाउनु पर्ने पनि बताए ।

..... उनले काठमाडौं र अन्य भागमा चिसो सुरु भइसकेको बताउँदै भूकम्पका कारण भएको विनासले मानवीय संकट उत्पन्न भइसकेको बताए । ‘औषधि र अन्य आवश्यक चिजको कमीले नेपालमा मानवीय संकट उत्पन्न भएको छ, भारत सरकारले सैनिक विमानबाट भए पनि औषधि पठाउन सक्छ,’ उनले भने । ..... भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा ठूलो वाहवाही पाएको तर अहिले त्यो गायब भएको पनि उनले स्मरण गराए । ‘काठमाडौंबाट निस्किने सबैजसो पत्रिकामा भारतविरोधी समाचारले भरिने गरेका छन्,’ उनले भने । ..... भारतीय सेनामा ५० हजार गोर्खा जवान रहेको उल्लेख गर्दै उनले दुई देशको सम्बन्धलाई विशेष ढंगले हेर्नुपर्ने उल्लेख गरे । ..... राज्यसभामा बोल्दै जनता दलका अध्यक्ष शरद यादवले नेपालमा अहिले सरकार र मधेसीको मतभेद आन्तरिक मामला भए पनि दुई पक्षबीच वार्ता गरी समाधान निकाल्ने प्रयासमा भारतले सहयोग गर्नुपर्ने बताए । .....उनले पनि नेपालमा मानवीय संकट उत्पन्न भएको उल्लेख गर्दै अहिलेको जटिल परिस्थितिमा कुनै दल वा नेताले आफ्नो फाइदा हेरेर काम गर्न खोजेमा ठूलो गल्ती हुने पनि बताए । ..... उनले भारतको अन्य देशसँग भन्दा नेपालसँग बेग्लै सम्बन्ध भएको बताए । ‘भारतमा समस्या परेका बेला नेपालले जहिले पनि सहयोग गरेको छ । जयप्रकाश नारायण, राममनोहर लोहियादेखि कर्पुरी ठाकुर र जर्ज फर्नान्डिसजस्ता नेताले अप्ठ्यारो पर्दा नेपालमा सहारा लिएका थिए,’ उनले भने । ....... उत्तर प्रदेशका समाजवादी पार्टीबाट सांसद रविप्रकाश शर्माले नेपालमा भारत विरोधी अभियान चलाउन कतै अन्य मुलुकले त भूमिका खेलिरहेको छैन भनेर आशंका व्यक्त गर्दै ..... उनले

नेपालको समस्या समाधानमा भारत सरकारले सहयोगी भूमिका खेलोस भनेर पूरा सदन र पूरा हिन्दुस्तान आशभरी नजरले सरकार तिर हेरिरहेको

उल्लेख गरे । ....... उनले नेपालका मधेसील नै सीमामा गरेको 'ब्लकेड' लाई भारतले गरेको भनि विश्वमा प्रचार गरिएकामा त्यसको खण्डन सरकारबाट हुनुपर्नेमा जोड दिए । उनले मधेसको आन्दोलन यथार्थ मुद्दाका लागि भइरहेको भन्दै त्यसको सम्बोधनमा जोड दिए । मधेसी र नेपाल सरकारबीच छिटो भन्दा छिटो वार्तामा भारत सरकारले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । ....... उत्तरप्रदेशबाट बीएसपीका सांसद सलिम अन्सारीले भारत आजाद भएको ६५ वर्षमा पहिलोपटक नेपालसँगको मित्रता संकटमा परेको भन्दै त्यसलाई छिटो भन्दा छिटो सहज अवस्थामा ल्याउनुपर्नेमा जोड दिए । उनले मधेसी र नेपाल सरकारबीच मध्यस्थता गरी भारतले समस्या समाधानमा सघाउनुपर्ने विचार राखेका छन् । उनले नेपाललाई भारतसँग टाढा बनाउन चीनले भूमिका खेलिरहेको तर्फ भारत सरकार सजग हुनुपर्ने उल्लेख गरे ।


दिल्ली आएर नेपालको समस्या सुल्झिन्न : त्रिपाठी
उपचारका लागि दिल्ली आएका त्रिपाठीले सीमांकनसहितको माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताए । ....... ‘हामीलाई दिल्लीले केही दिने होइन’, उनले भने,‘मधेस आन्दोलनबारे रहेको भ्रम हटाउन आएका हौं ।’ ....... मुम्बईमा आयोजित कार्यक्रममा सहभागी भएर उनी हिजो दिल्ली पुगेका हुन् । उनले मधेसी मोर्चाका नेता बसेको होटल ताजमानसिंह पुगेर अन्य नेताहरुसँग भेटघाट गरेका थिए ।


जिल्लामा आन्दोलनकारी लचिलो बन्दै
यतिखेर जिल्लामा मोर्चा निकै लचिलो हुँदै बजार खोल्न जनजीवन सहज बन्दै गएको छ । गौरका बजारहरु खुलेपछि यहाँ चहलपहल पनि बढेको छ । ..... लामो समयखिको जारी बन्द हडतालले सुनसान सदरमुकाम गौर अहिले निकै चहलपहल देखिएको छ । बिहान बेलुका बजारका पसलहरु खुलेका छन् । साइकल मोटरसाइकल समेत चलेका छन् । जनताले राहतको महसुस गरेका छन् । ........ मोर्चाले दजगजा क्षेत्रमा रिले अनशन भने जारी राखेको छ । ‘आफ्नो माग सम्बोधन नभए सम्म आन्दोलन जारी रहन्छ,’ मोर्चाका नेता अजय गुप्ताले भने, ‘बन्द हडताल लम्बिदा जनजीवन निकै कष्टकर बनेकोले हदै लचिलो भएका हौं ।’ बजार बन्दले उपभोक्तामा परेको असहजलाई खुकुलो बनाउन बिहान बेलुका पशल खोल्न दिएका छौ, गुप्ताले भने, ।
मोर्चाका नेताले भेटे पूर्वभारतीय राजदूतहरु
मधेशी बिद्यार्थीद्वारा दूतावाससामु बिरोध प्रदर्शन
दिल्ली दौडाहामा रहेका मधेस मोर्चासम्बद्ध नेताहरुले सोमबार बिहान इन्डिया इन्टरनेसनल सेन्टरमा नेपालका लागि पूर्वभारतीय राजदूतको समूहसँग भेटवार्ता गरेका छन् । भेटमा पूर्व राजदूत एवं रक्षा अध्यन मामला केन्द्र (आइडीएसए)का प्रमुख जयन्तप्रसाद, देव मुखर्जी, शिवशंकर मुखर्जी, श्यामशरणलगायतको उपस्थिति थियो । ..... मधेशी मोर्चाका नेताहरुले सोमबार अपरान्ह भारतीय जनता पार्टीका शीर्षस्थ नेताहरुसँग भेटवार्ता गर्नेछन्


तराईका २२ जिल्लाका एमाले अध्यक्ष चितवनमा
आजबाट एमाले केन्द्रिय भेला
अख्तियारले ठीक काम गरेन : एमाले नेता नेपाल
नेता नेपालले आन्तरिक समस्यालाई लिएर मधेसवादी दलका नेताहरु भारत जानु गलत भएको बताए । ‘ यो तरिका गलत हो ,’ उनले भने,‘ सरकारी प्रतिनिधि मण्डल जान्छन्, जान नहुने भन्ने होइन, नेपालको आन्तरिक विषयमा सरकारका प्रतिनिधिले छलफल गर्ने कुरा उचित होइन ।’ ....... उनले यहाँ बसेर वार्ताको माध्यमबाट समस्या हल गर्नुको साटो दिल्ली गएर समाधान खोज्नु तरिका राम्रो नभएको उल्लेख गरे । तराइमा लामो समयदेखि भइरहेको आन्दोलनले सबैभन्दा बढी समस्या तराइमा नै सिर्जना भएको बताउँदै उनले आन्दोलनका कारण विद्यार्थीको भविष्य चौपट भएको, ज्यालादारीमा काम गर्ने, उद्यमी, विरामीहरुलाई सबैभन्दा बढी मर्कामा परेको बताए । ..... उनले नेपाल तर्फका अरु नाकाहरु सहज भएपनि भारतले जानाजानी ढुवानीमा अवरोध गरेर अघोषित नाकाबन्दी गरेको र त्यसले सबैभन्दा बढी भारतकै सीमावर्ती शहरहरुको व्यापारीहरुलाई समस्या भएको उल्लेख गरे । नेता नेपाल सहित केन्द्रीय कमिटीका नेताहरु मधेसमा जारी आन्दोलन र त्यसले मुलुकमा पारेको प्रभाव बारे छलफल गर्न चितवनको सौराहा आएका छन् ।