Friday, November 13, 2015

In The News (37)

रौतहटमा तेली समाजको मानव सागर ओर्लियो , प्रहरी मुलढोका बन्द गर्दै भागे. Gaur goes unstoppable with massive protests of teli samaj after Yadavs and Rajputs. JAY #MADHESH. #MADHESHANDOLAN

Posted by Subhash Chandra Shah on Thursday, November 12, 2015




रौतहटमा तेली समाजको मानव सागर ओर्लियो , प्रहरी मुलढोका बन्द गर्दै भागे
मधेश आन्दोलन प्रति समर्थन र एक्यवद्धता जनाउदै तेली समाज कल्याण रौतहले गौरमा सरकार विरुद्ध कडा नारावाजी गर्दै विशाल विरोध रैली निकालेका छन् । तेली समाजका अध्यक्ष महेश साहको नेतृत्व तथा समाजका अगुवा धर्मेन्द्र कुमार साह ,उधोग्य वाणीजय संघ रौतहटका सचिव सुनिल साह र विरवहादुर साहको सक्रियतामा लगभग ४० हजारको संख्यामा उपस्थिति भई नयाँ वसपार्क गौर ७ गढवा टोलबाट जुलुस निकालिएको थियो । मधेशी एकता जिन्दावाद,

जागो मधेशी छिनो मधेश

सहित अनेकौ नारावाजी गर्दै जुलुस मितेरी पुलमा पूगी कोण सभामा परिणत भएको थियो । सकडौको संख्यामा ट्राक्टर र चार चक्का मा डिजे बाजा सहित आएका सर्वसाधारणको आक्रोश र नारावाजीले प्रसासनहरुको पसिना छुटेको देखिन्थ्यो । हात हातमा घरेलु हतियार र बासँको भटा बोकेर प्रदर्शन गरिएको थियो !

बाबुराम भट्टराई र मधेसी मोर्चा बीच आगामी चुनावमा सीट तालमेल

१६५ सीट मध्ये ८३ मधेस मा अर्थात २ नंबर र ५ नंबर मा र ८२ बाँकी प्रदेश हरुमा हुने भए। त्यो ८२ का आधारमा प्रत्येक जिल्ला मा कमसेकम एक सीट हुन्छ, अंतरिम संविधान ताका भएथ्यो।


८३ मध्ये ५० सीट शायद २ नंबर मा हुने होला। चार मधेसी पार्टी ले १०-१० सीट का आधारमा बाँड्न सकिन्छ। फोरम, तमलोपा, सद्भावना १०-१० सीट, अनि ५ सीट महेंद्र राय यादव, १ सीट अनिल झा, १ सीट शरद सिंह भंडारी, ३ सीट त्यस्तै अन्य। ३ सीट सीके राउत को मधेस स्वराज पार्टी लाई। बाबुराम का १० सीट मध्ये रामचन्द्र झा लाई धनुषा मा एक सीट। अरु झापा र चितवन मा।

५ नंबर का ३३ सीट मध्ये १० सीट लेखी जस्ता लाई, थारु पार्टी हरु लाई, नया थारु पार्टी हरुलाई। १३ सीट मधेसी पार्टी हरु लाई, विशेष गरी अवध क्षेत्रमा, एउटा पार्टी ले ४ सीट लिए भो। १० सीट बाबुराम लाई, विशेष गरी कंचनपुर, कैलाली तिर।

१, ३, ४, ६, र ७ का ८२ सीट मध्ये ५० सीट बाबुराम लाई र ३२ सीट उपेन्द्र/अशोक को पार्टी लाई जान सक्छ। उपेन्द्र/अशोक लाई अधिकांश सीट १ नंबर प्रदेश मा दिन सकिन्छ। ३, ४, ६ र ७ मा मुख्य रुपले बाबुराम लाई। बाबुराम ले काठमांडू मा एक सीट उज्वल थापा लाई। विवेकशील।

मधेसी पार्टी हरु समानुपातिक का लागि वोट बटुल्ने इच्छा ले सबैले सबै सीट मा लड्ने गरेका छन। समानुपातिक मा ३०,००० वोट का आधारमा एक सीट पाउने हुन्थ्यो। प्रत्यक्ष मा ८,००० वोट पाएर मान्छे जितेका छन। समानुपातिक को लोभ नगर्ने।

एक पद एक उम्मेदवार मा गए इलेक्शन वेव, अर्थात चुनावी लहर बनाउन सकिन्छ। त्यो गर्न सके समानुपातिक मा पनि सीट बढ़ी आउँछ।

यस अनुसार जाने हो भने भर्खर नितीश ले बिहार मा स्वीप दिए जस्तै बाबुराम-मधेसी ले देश स्वीप दिन्छन् अनि देश आर्थिक क्रांति को दिशामा बढ्छ। औपचारिक रुपले संघीय मोर्चा बनाउनु पर्छ। अनि साझा मेनिफेस्टो का आधारमा चुनाव लड्नुपर्छ।

संसदीय चुनाव अगाडि प्रदेश र स्थानीय चुनाव हुन्छ होला। मोटामोटी यस्तै फोर्मुला मा मिलेर गएको राम्रो। संघीय मोर्चा ले स्वीप दिँदै जानुपर्छ।