Friday, November 13, 2015

सीमांकन आयोग पनि र सीमांकन फेरबदल पनि

सत्ताधारी ले सीमांकन को छिनोफानो सीमांकन आयोग बनाएर गरौं भन्ने, मधेसी मोर्चा तातो दुधले मुख पोलेको बिरालो जस्तो होइन हामी नगद मा लिन्छौं, मधेस मा दुई प्रदेश अहिले चाहिन्छ भन्ने। कुरा त्यहाँ अड्कियो।

गणतंत्र मा जाने कि संघीयता मा जाने भनेर झगड़ा गरे जस्तो। गणतंत्र मा पनि जाने संघीयता मा पनि जाने। सीमांकन फेरबदल अहिले गर्ने र संघीय आयोग पनि बनाउने। यो सीमांकन नामांकन अंतिम होइन भन्ने स्पष्ट सन्देश पनि जान्छ। बरु आयोग को अवधि प्रशस्त दिने। म त भन्छु ५ वर्ष। ३ वर्ष मा आयोग ले संसद लाई आफ्नो पहिलो ड्राफ्ट बुझाउने, अनि संसद र देश ले ६ महिना त्यस बारे बहस गर्ने। त्यो फीडबैक आधारमा आयोगले दोस्रो ड्राफ्ट ल्याउने ६ महिना लगाएर। अनि फेरि ६ महिना संसद र आम जनता ले फीडबैक दिने। अनि अर्को ६ महिना लगाएर आयोगले तेस्रो ड्राफ्ट ल्याउने अनि त्यस का आधारमा संसदमा दुई तिहाई खोजिने।

तर यस आयोगले प्रदेस हरुको मात्र सीमांकन नामांकन हेरे के पो मजा भो र! स्थानीय स्तरमा बढ़ी मा १,००० इकाई कसरी कोर्ने ---- आयोग को प्रमुख काम त्यो हुन्छ। अहिले स्थानीय स्तर मा बड़ो अवैज्ञानिक रेखा हरु कोरिएका छन। आयोग ले विशेष क्षेत्र हरु पनि बनाउनु पर्ने हुन्छ। तर यो विशेष क्षेत्र भनेको जिल्ला होइन। एउटा मैले कता हो नक्शा देखेको थिएँ --- देश भरि लटरम्म विशेष क्षेत्र हरु। त्यो होइन। वडा, गाउँ/नगर/महानगर, प्रदेश र केंद्र ---- देशका १२५ जात जाति अधिकांश लाई यी चार तहमा समेट्न सकिन्छ। केही छुटेछन् भने बल्ल विशेष क्षेत्र।

तर अहिले लाई यो सात प्रदेश को सीमांकन नामांकन राम्रो छ शशि ठरूर वाला। यति गर्ने, स्थानीय स्तरमा सीमांकन नामांकन साबिक नै हुन्छ। तर स्थानीय स्तरमा बजेट चाहिँ अब टन्न हुन्छ। म त भन्छु एक तिहाई। मलाई त कहिले काहीं लाग्छ यो सात प्रदेश लाई नै परमानेंट गर्दिने। एक नंबर दुई नंबर भनेको वैज्ञानिक संघीयता। गणित को प्रयोग विज्ञानं मा हुन्छ।


सीमांकन को छिनोफानो गरेर देशलाई चुनावमा लानु बड़ा जरुरी छ। प्रदेश चुनाव पनि र स्थानीय चुनाव पनि। संसद को म्याद पनि दुई वर्ष त छ नि अब।

सिमांकनलाई राजनीतिकरुपमा सम्बोधन गर्न सत्तारुढ दल तयार
•अनौपचारिक वार्ता गर्न अर्को टोली •ठाकुर, यादव र कर्ण सकारात्मक रहेको रिपोर्टिङ •महतोचाँहि अझै उग्र
मधेस आन्दोलनलाई सहज अवतरणका लागि सरकारले लचिलो भएर सबै विकल्पमा छलफल गर्ने निर्णय भएको छ । त्यसका लागि अनौपचारिक वार्ता गर्न एमाओवादी अध्यक्षसमेत रहेका उच्चस्तरीय समितिका संयोजक पुष्पकमल दाहाल, सरकारी वार्ता टोलीका संयोजक कमल थापा र एमालेका तर्फबाट एक जना प्रतिनिधि हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका तर्फबाट एक जना प्रतिनिधिको नाम पठाउनेछन् । ..... अन्तर्राष्ट्रिय दबाब, राष्ट्रसंघ महासचिव बान कि मुनको धारणा, लन्डनको विरोध, बिहारको चुनावमा भाजपाको लज्जास्पद हारले पनि समस्यामा समझदारी होस् भन्ने पक्षमा रहेको प्रधानमन्त्रीको भनाइ थियो । ...... दाहालले पनि आफूले गरेको अनौपचारिक वार्तामा मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण वार्ताबाट समस्या समाधानको पक्षमा रहेको रिपोर्टिङ गरेका थिए । दाहाल र सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री थापाले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अझै पनि उग्र रहेको बताएका स्रोतले जनाएको छ । ..... बैठकमा दाहालले सरकारका मन्त्रीहरुले भारतविरुद्ध दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए । उनले पदमा रहेका व्यक्तिहरुले कुटनीतिक मर्यादाभित्र रहेर बोल्नुपर्ने धारणा राखे ।
नाकाबन्दी हुन्छ भन्ने विश्वास नै थिएन: प्रधानमन्त्री
•‘तराई मधेसको विकासमा विशेष योजना ल्याउँछु’ •तराईको भावना भड्काउने प्रयास भएको आरोप
‘यस्तो परिस्थिति (चाडबाड)मा पनि दु:ख पाएका छौं, नाकाबन्दी जसरी भएको छ, यसरी अप्ठ्यारामा पारिन्छ, भन्ने विश्वास नै थिएन,’ उनले भने,

‘नपत्याएर के गर्नु, सडक खाली छन्, उपचार सामाग्रीको अभाव छ, पत्याउनु नपत्याउनु बेग्लै हो, बिरामी उपचार गर्न पाएका छैनन् ।’

..... प्रधानमन्त्रीले अहिलेको अवस्थाले तराईका जनताले असाधारण कष्ट पाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘तराईकै नाममा यस्तो भएको छ, तराई भावनामा भड्काउने कुरा गरिए पनि

तराई नेपाल हो, तराईवासी नेपाली हुन्

, जो जहाँ सुकै बसे पनि दु:ख कष्ट हटाउनुपर्छ हामी लाग्छौं,’ उनले भने, ‘तराईको विकासमा विशेष जोजना नीतिसहित अघि बढ्छु ।’
सरकारको विकल्प कल्पना गर्न सकिंदैन: दाहाल
कांग्रेसको पार्टी महाधिवशेनपछि सहमतिको सरकार गठन गर्ने वा अन्य विकल्पमा जाने बातावरण बन्ने उल्लेख गरे । ..... दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एमाओवादी काग्रेससँग मिल्ने कुरा गलत भएको स्पष्ट पारे । ‘मलाई प्रधानमन्त्री वा राष्ट्रपति बन्नु भन्दा मैले म दावेदार होइन,’ उनले भने, ‘अहिले जे गर्दैछु त्यही ठिक छु ।’ एमाओवादी सरकारको विकल्पमा लाग्यो भन्ने कुरा सरकारमा गएको मन नपराउनेहरुले आविस्कार गरेको हल्लामात्रै भएको बताए । ..... दाहालले पर्सिभित्र सत्तारुढ दलको तर्फबाट मुलुकको यथार्थ अवस्थाको विषयमा संयुक्त बक्तब्य आउने जानकारी दिंदै मधेसको समस्या समाधान गर्न मधेस र कांग्रेससहित सबै एकै ठाउँमा उभिने बताए ।
जायज माग सम्बोधन गर्न सरकार तयार छः प्रम ओली
कांग्रेसलगायत अन्य दललाई सरकारमा सहभागी हुन आह्वान

Thursday, November 12, 2015

In The News (35)

I'm becoming a big fan of this guy. He even predicted the ratio of Modi's loss long beforehand, while the 'paid media'...

Posted by Prasanna Parajuli on Wednesday, November 11, 2015

What an excellent thing to know. #MadheshAndolan reaches Chinese cities. Great!

Posted by Subhash Chandra Shah on Thursday, November 12, 2015

Nepali are not the only ones.....

Posted by Prasanna Parajuli on Thursday, November 12, 2015

People abstain from abusing me the way the government is getting away with the reference of 'Others' but it has not made...

Posted by Khushbu Dhoti Mishra on Wednesday, November 11, 2015

more destructive than the Earthquake.....

Posted by Prasanna Parajuli on Thursday, November 12, 2015

This is too perfect an analogy...

Posted by Emily LaDouceur on Thursday, November 12, 2015

यतिबेला नेपाली जनताले भोगिरहेको सास्ति भारतले गरेको अघोसिक नाकाबन्दी प्रधान कारणले हो या मधेस तथा थारु आदिवाशि जनताले गर...

Posted by Luisang Waiba on Wednesday, November 11, 2015

Dear friends, Please drop your comments on BBC news on Mr Modi’s visit to London. Please share in the comment box all...

Posted by Jiba Lamichhane on Thursday, November 12, 2015

नेपालीहरुलाई भारतीय सिख समुदायले समेत साथ दिएका थिए ।

Posted by eKantipur on Thursday, November 12, 2015

अभ्यास मधेश सरकारको ......अहिले नेपाल सरकार मधेशलाई कुनै बिदेशको भूभाग कब्जा गरेर त्याहाँको संपदाको दोहन र नागरिकको शो...

Posted by Upendra Mahato on Wednesday, November 11, 2015

सबै नेपालीले एकपल्ट पढनै पर्ने हो कि ?

Posted by Nandu Prasad Tharu on Thursday, November 12, 2015


उकुसमुकुसमा मधेस
‘मधेसीहरुले संविधानमा अपनत्व होइन, ठगिएको महसुस गरेका छन्’
ओली , नेपाली नाजीवाद र बालापना !
राष्ट्रवादको प्रकृति र प्रकारको विषयमा आम-जनता स्पष्ट हुन आवश्यक छ | साथै झुटो नाटकिय राष्ट्रवादको विरोध गर्नु प्रत्यक राष्ट्रवादीको कर्तव्य हो अन्यथा हामी सन १९३० दशकको जर्मनी वा ईटली जस्तो हुनेछौ ।......... चरम-राष्ट्रवादको पहीरनमा सरकारको नेतृत्व गरेका केपी ओली र राष्ट्रवादी भनिएको ओली गठबन्धनले नेपालमा राज गरेको एक महिना पुरा हुदै गर्दा लगभग तीन महिना देखी मधेश बन्द छ | अघोषित भनिएको भारतिय नाका न्दीले देशका सम्पुर्ण क्षेत्र प्रभावित छन ।१९३० को दशकमा जब जर्मनी बर्बादीको बाटोमा यात्रारत थियो तर हिटलर आफ्नै प्रचार गर्दै थियो । साथै उ आफ्नो प्रचारमा सफल पनी थियो । जर्मन राष्ट्रवादको नायकको रुपमा आफुलाइ कायम गराउन हिटलरले कुनै पनी अस्त्र बाकी राखेन । ..... ठिक हिटलर उदयकै दृश्य देखिने गरी नेपालमा केपी ओलीको नेतृत्वमा सरकार गठन गरीयो | अनेक प्रचारबाजीका बिच ओलीको देवत्वकरण भयो | अस्पतालहरुमा अक्सीजन र रगतको अभाव थियो -बिरामी वाहनहरुमा तेल थिएन ओलीले प्रधानमन्त्री बनेको उपलक्ष्यमा भोजहरु आयोजना गरे । एमालेका आसेपासेलाइ आफ्नो प्रचारमा खटाए साथै गोएबल्स शैलीकै प्रोपगाण्डाका खातीर बहुरुपी भाषणबाज उप-प्रधानमन्त्रीको जमात तयार गरे ,ओली गठबन्धन नाबालीका नया संविधानको खिल्ली उडाउदै दीन-प्रतीदीन मन्त्रीको सङ्ख्या थप्दो छ ।

हिटलरको उदय सगै जसरी जर्मनको बर्बादी सुरु भयो ठिक त्यसै गरी ओली आगमन सगै देश झन झन बर्बाद हुदैछ ।

....... हिटलरले आफ्नो प्रचारका खातीर पुस्तक सगै आम-सञ्चारमाथी नियन्त्रण कायम गर्यो । छापा-सञ्चारलाइ –आफ्नो मुखपत्र बनायो |जसरी ओली सहित एमालेले आफ्नो प्रचारमा छापा-अखबारको प्रभावकारी प्रयोग गर्दै आएका छन । अनेक मार्गबाट आम-सञ्चारमा चौतर्फी प्रभाव विस्तार गरेको छ । पुरै ओली गठबन्धन लोकप्रियताको भोकमा निर्वस्त्र सडकमा लम्पसार परेको छ , यो नग्नता सग नेपाली समाज आकर्षित हुनुलाइ नौलो नमान्दा हुन्छ जसरी सडकमा एक कामुक युवतीले पदयात्रा गर्दा दर्शकको भिड लाग्दछ । ....... दोस्रो विश्व युद्ध सुरु हुदा प्रत्यक जर्मनको घरमा रेडियो पुगी सकेको थियो ।रेडियो प्रसारणको माध्यमबाट उत्तेजक विचार वा समाचार प्रसार गर्न गोएबल्स सफल भयो । ठिकै यसैगरी ओलीको टोली देशभरका आम-सञ्चार माध्यम बाट अनेक प्रोपगाण्डा गर्न व्यस्त देखिन्छन । जस्तै सरकारका उपप्रधानमन्त्री जस्तो गरीमामय पदमा विराजित जनप्रिय वामनेताले एक टेलिभिजन अर्न्तवार्तामा नेपाल भारत सम्बन्धमा गम्भीर असर पर्ने टिप्पणी गरेका थिए , क्रमैसग सिपी मैनाली ,भिम रावल थपिए । ....... कुनैपनी प्रभावकारी कदम नचाल्ने तर भाषणबाजीमा मात्र व्यस्त ओलीको टोलीको एक महिने अर्कमण्यता “नहुने बिरुवाको खस्रो पात” र “नया जोगीको ज्यादा खरानी घसाइ ” सिद्ध भएको छ । ........

आम-मधेशी समुदायलाइ प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसरीनै आफ्नो शत्रु ठानेका छन जसरी हिटलरले अल्पसङ्ख्यक समुदालाइ ठान्यो ,जसरी गोएबल्सले प्रचार बाजी गर्यो ।

....... प्रथम विश्व युद्ध साथै सन १९२९ को वालस्ट्रीट को नोक्सानीको कारणले जर्मनीको हालत खराब थियो जस्तै दशकौ देखिको दलिय भ्रष्टचार ,मनपरीतन्त्र र स्वार्थी राजनितीले नेपालको हाल बेहाल छ |

तत्कालिन जर्मनीको नाजुक अबस्थाको कारण हिटलर गोएबल्स समुहले यहुदीलाइ देखायो जसरी ओली गठबन्धन देशको दर्दनाक स्थीतीको लागी मधेशी समुदायलाइ आरोपित गर्दैछन ।

पक्तिँकारले ओली गलत वा मधेशी नेता सही भनेको हैन तर ओलीले देशको बेहाल हालतको पुर्ण जिम्मेवारी नलिनु र अरुलाइ मात्र आरोप लगाउनु नाजीवादीको नेपाली शैली मात्र हैन एक दुखद बालापना हो । ...... नाजीपाटीका अद्धितीय प्रचारक र झुटका बादशाह गोएबल्सको मान्यता थियो कि बिहान देखि झुट बोल बेलुका तिमी आफैलाइ त्यो झुट पनी सत्य झै लाग्दैछ । ठिक यही मान्यतामा चल्दै छन ओली सहित पुरै मन्त्रीमण्डल | राष्ट्रवादका झुटा उखान सुनाउदा सुनाउदै ओली सहितको टोलीलाइ लाग्न थाली सक्यो कि तिनीहरु राष्ट्रवादी हुन । ...... त्यो खोक्रो नारा हो ।, त्यो

नेपाली मोडेलको नाजीवाद

हो । ....... लामो पुर्व-तयारीका साथ गरीएको नाकाबन्दी सगै नेपालमा पेट्रोलियम पदार्थको व्यापारलाई निजीकरण गरीएको छ अर्थात राज्य आफ्ना जिम्मेवारीबाट पर हटदैछ । ...... जुन समाज सदा अभावग्रस्त थियो त्यो समाजले वर्तमानका अभाव र कष्टको सामना धैर्यताका साथ गर्दैछ तर

जुन समाज सुविधाभोगी र समृद्ध थियो अब त्यो नेपाली समाज पनी राजनिती प्रती सचेत मात्र बन्दै छैन | थप सक्रिय हुदैछ उदाहरणको रुपमा यो लेख लेख्दै गर्दा मधेशको मामिलामा दशकौ देखि मौन बसेको काठमाण्डौको एउटा विशाल समुह मधेशका समस्या समाधान गर ,कुम्भकर्ण जाग भन्दै सडकमा उत्रेको छ ।

आज काठमाण्डौमा देखिएको विरोध भोली देशव्यापी नहोला भन्दा स्थीतीको गलत मापन हुनेछ ।
सरकारले इज्जत जोगाउन मधेशवाट दाउरा काठमाडौं ल्याए, भोलि देखि विक्री वितरण हुने
हाथ से फिसलता नेपाल
ओली सरकार संकटमा, ओलीका मन्त्रीनै ओली विरुद्ध
How the BJP Lost Bihar
Madhesi Mahila Diaries
मधेशी शिक्षकहरुलाई कारवाही गर्ने नेपाल सरकारको तयारी
यो तिम्रो कस्तो राष्ट्रवाद ? नेपाली हुन भारत विरोधी हुनै पर्ने