Friday, November 13, 2015

बाबुराम भट्टराई र मधेसी मोर्चा बीच आगामी चुनावमा सीट तालमेल

१६५ सीट मध्ये ८३ मधेस मा अर्थात २ नंबर र ५ नंबर मा र ८२ बाँकी प्रदेश हरुमा हुने भए। त्यो ८२ का आधारमा प्रत्येक जिल्ला मा कमसेकम एक सीट हुन्छ, अंतरिम संविधान ताका भएथ्यो।


८३ मध्ये ५० सीट शायद २ नंबर मा हुने होला। चार मधेसी पार्टी ले १०-१० सीट का आधारमा बाँड्न सकिन्छ। फोरम, तमलोपा, सद्भावना १०-१० सीट, अनि ५ सीट महेंद्र राय यादव, १ सीट अनिल झा, १ सीट शरद सिंह भंडारी, ३ सीट त्यस्तै अन्य। ३ सीट सीके राउत को मधेस स्वराज पार्टी लाई। बाबुराम का १० सीट मध्ये रामचन्द्र झा लाई धनुषा मा एक सीट। अरु झापा र चितवन मा।

५ नंबर का ३३ सीट मध्ये १० सीट लेखी जस्ता लाई, थारु पार्टी हरु लाई, नया थारु पार्टी हरुलाई। १३ सीट मधेसी पार्टी हरु लाई, विशेष गरी अवध क्षेत्रमा, एउटा पार्टी ले ४ सीट लिए भो। १० सीट बाबुराम लाई, विशेष गरी कंचनपुर, कैलाली तिर।

१, ३, ४, ६, र ७ का ८२ सीट मध्ये ५० सीट बाबुराम लाई र ३२ सीट उपेन्द्र/अशोक को पार्टी लाई जान सक्छ। उपेन्द्र/अशोक लाई अधिकांश सीट १ नंबर प्रदेश मा दिन सकिन्छ। ३, ४, ६ र ७ मा मुख्य रुपले बाबुराम लाई। बाबुराम ले काठमांडू मा एक सीट उज्वल थापा लाई। विवेकशील।

मधेसी पार्टी हरु समानुपातिक का लागि वोट बटुल्ने इच्छा ले सबैले सबै सीट मा लड्ने गरेका छन। समानुपातिक मा ३०,००० वोट का आधारमा एक सीट पाउने हुन्थ्यो। प्रत्यक्ष मा ८,००० वोट पाएर मान्छे जितेका छन। समानुपातिक को लोभ नगर्ने।

एक पद एक उम्मेदवार मा गए इलेक्शन वेव, अर्थात चुनावी लहर बनाउन सकिन्छ। त्यो गर्न सके समानुपातिक मा पनि सीट बढ़ी आउँछ।

यस अनुसार जाने हो भने भर्खर नितीश ले बिहार मा स्वीप दिए जस्तै बाबुराम-मधेसी ले देश स्वीप दिन्छन् अनि देश आर्थिक क्रांति को दिशामा बढ्छ। औपचारिक रुपले संघीय मोर्चा बनाउनु पर्छ। अनि साझा मेनिफेस्टो का आधारमा चुनाव लड्नुपर्छ।

संसदीय चुनाव अगाडि प्रदेश र स्थानीय चुनाव हुन्छ होला। मोटामोटी यस्तै फोर्मुला मा मिलेर गएको राम्रो। संघीय मोर्चा ले स्वीप दिँदै जानुपर्छ।

नेपालमा आर्थिक क्रांति गर्नु पर्ने किन र कसका लागि

नेपालमा आर्थिक क्रांति गर्नु पर्ने किन र कसका लागि