PM KP Sharma Oli
Posted by Setopati on Monday, November 2, 2015
एकादेश मा एउटा कबीला (tribe) थियो। त्यस कबिलाका मानिस सबै का दुईटा मात्र हात थिए। ती दुई हातमा जम्मा १० वटा मात्र औंला थिए। त्यस कारणले ती मानिसले बढिमा १० सम्म गन्न सकथे। १० बाट ११ जानै नसक्ने। २५, ५०, १००, १००० त के हो के हो! Concept नै छैन।
एउटा अर्को देश थियो। त्यहाँ तीन जना बाहुन थिए। एउटा को नाम सुशील, अर्को ओली, तेस्रो को नाम प्रचंड। ती तीन बाहुन का दुई दुई वटा हात त थिए तर औंला भने जम्मा एउटा मात्र। अनि तिनले एक सम्म मात्र गन्न सक्ने। एक बाट दुई भ्याउँदै नभ्याउने। ६०१ त कहाँ हो कहाँ। १० लाख, १५ लाख त गन्नु असंभव।
त्यो देश हांड़ी गाउँ जस्तो। अरु देश मा एक पटक गरे पुग्ने संविधान सभाको चुनाव यहाँ दुई पटक गर्नु परेको। चुनाव पनि नौटंकी। प्रहरी, प्रशासन, सेनाले ऊधम मचाये। व्यापक धाँधली। प्रहरी, प्रशासन, सेनाले मिलेर आफ्नो जात का मानिस लाई जिताए। देशको ७% जनसंख्या भएको बाहुन पुरुष (थारु समुदाय को पनि त्यति नै हो) ले देशको स्थायी सरकारमा ९०% बढ़ी स्थान ओगटेको थियो। मीडिया पनि उस्तै, मानव अधिकार संगठन पनि त्यस्तै एकलकाँटे।
चुनाव अगाडि सुशील को पार्टी ले बजाप्ते पार्टी महासमिति को बैठक बाट एक मधेस तीन प्रदेश को नक्शा पारित गरेको। चुनाव मा सुशील को पार्टी ले ल्याएको २५ लाख वोट। तर सुशील संग औंला छ एउटा। अनि सुशील गन्न बस्यो। मेरो पार्टीले कति वोट ल्यायो त? एएएए-क। अनि अड्क्यो। त्योभन्दा अगाडि गन्न सकेन। एह, मेरो पार्टी ले एक वोट ल्याएर चुनाव जितेछ। उसले भन्यो। चुनाव जितेको मैले, अब मेरो कुरा लागु हुन्छ।
तीन जना भेला भए। संघीय नेपालको नक्शा कोर्नु पर्ने भो। संविधान सभा मा कति छन, कति चाहिने हो? ओली ले टाउको यसो घुमाए र गने। एएएए-क। अनि अड्क्यो। त्योभन्दा अगाडि गन्न सकेन। चुनाव त हामीले जितेको हो भनेर तिनले नक्शा कोरे। जनताले हामीलाई मैंडेट दिएको हो। भन्दै आफुलाई मिल्ने गरी नक्शा कोरे।
आखिर चाहिने वोट त एक वटा मात्र रहेछ, त्यो त्यति त तपाइँ सँग पनि छ र मसँग पनि। अनि विश्वव्यापी मान्यता का विरुद्ध व्हिप जारी गर्न नमिल्ने संविधान सभा मा व्हिप जारी गरे। एक एक वटा भाषण पनि गरे। प्रचंड ले बोले पछि उसको पार्टी को अरु कसैले किन बोल्नुपर्यो! चाहिएको एउटा भाषण, एउटा मत।
ओली ले ८५% र ९०% भनेको त्यो एक मत भनेको हो।