Thursday, October 01, 2015

In The News (3)



मानव सांग्लोमा सहभागी एकको बेहाेस भएर मृत्यु
मोर्चाहरुको आव्हानमा सबैभन्दा ठूलो मानव सांग्लो
मधेशवादी मोर्चाहरुको आह्वानमा मेचीदेखि माहाकालीसम्म हुलाकी राजमार्गमा मानव साङ्गलो बनाउन पर्सा र बारामा सबै उर्लिएका थिए। बिहीबार दिउँसो १ बजेदेखि २ बजेसम्म उनीहरु एकअर्काको हातमा हात जोडेर सांगलो बनाउँदै एक घण्टा प्रदर्शन गरे। ..... सांग्लोमा गाउँगाउँबाट किसान, महिला र किशोर किशोरीदेखि शहरका डाक्टर, इन्जिनियर, प्रध्यापक, शिक्षक, ब्यपारी बुद्धिजीवि सबैको सहभागिता थियो। ...... वीरगन्जमा यस प्रदर्शनमा सामेल हुन आइपुगेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले यसलाई अन्तिम लडाइको लागि यो किर्तिमानी मानव सांग्लो खडा गरिएको बताए। ‘यो साँगलो सत्तामा रहेकाहरुको लागि मधेशी र थारु बिचको एकता र शक्तिको प्रतीक हो,’ महतोले भने ‘यो मानवपर्खाल राज्यसात्ताको लागि चुनौति हो।’ उनले करिब

१५ लाख निहत्था सर्वसधारणले करिब ११ सय किलोमिटर यस मानव सांग्लोमा सहभागि भएको

बताए।
मधेसी मोर्चाको हुलाकी राजमार्गमा मानव साङ्लो
तीन दल र महन्त ठाकुरबीचको वार्ता सकारात्मक, भोलि फेरि बस्ने
बालुवाटार बैठकमा प्रमुख तीन दलको बैठकले मधेशी मोर्चासँग सहमति भएमा समावेशी समानुपातिक र निवार्चन क्षेत्र निर्धारणको माग संविधान संशोधन मार्फत तत्काल पुरा गर्न सकिने निष्कर्ष निकालेको थियो।
सहमति भए संविधान संशोधन गर्न प्रमुख तीन दल तयार
पटकपटक नाकाबन्दी!
वि.सं. २०२७ मा हल्का नाकाबन्दी गरिएको थियो भने २०४५–४७ मा कडा आर्थिक नाकाबन्दी भएको थियो। काठमाडौंबाट उडेको इन्डिएन एयरलाइनको हवाईजहाज भारतीयले अपहरण गरी अफगानिस्तानको कन्दहार पुर्‍याइँदा २०५६ पुस १० देखि २०५७ असोज १५ सम्म नेपालमा हवाई उडान नभरी भारतले नेपालमाथि हवाई नाकाबन्दी गर्‍यो। त्यसैले भारतद्वारा गरिएको वर्तमान नाकाबन्दी नौलो होइन। नेपालले यसभन्दा पहिले पनि नाकाबन्दी भोगिसकेको छ। थाहा छैन नेपालले अझै कति नाकाबन्दी खेप्नुपर्ने हो। ...... वि.सं.२०२७ मा नेपालमा भारतले नाकाबन्दी गर्नुको कारणचाहिँ भारतको खटनपटन नेपालले मान्न हिचकिचाउनाले हो। यसका परिप्रेक्षमा नेपालमाथि पर्न आएको दबाबका कारण दुई देशबीच राजनीतिक सम्बन्धमा तनाव आएको थियो। नेपालको पञ्चायती राजनीतिक परिस्थिति जस्तो भए तापनि नेपालले घुँडा टेक्ने मनसाय देखाएन। फलतः भारतले नाकाबन्दीको नीति अख्तियार गर्‍यो। तर यो नाकाबन्दी लामो समय रहेन। आपसी कुराकानीद्वारा सल्टियो। यस नाकाबन्दीबाट नेपाललाई खास नकारात्मक असर परेन। त्यस बखत नेपाल खाद्यवस्तु उत्पादनमा आत्मनिर्भरजस्तै थियो। नून र मसलाजस्ता पदार्थमा परनिर्भर रहेको थियो। पेट्रोलियम पदार्थ नभएर जनजीवनमा खास असर पर्ने अवस्था थिएन। नेपालीको क्रयशक्ति त्यस्तो बढेको थिएन र खर्च गर्ने बजार पनि सीमित थियो। त्यसैले कसैलाई वास्तै भएन। नेपालीले ती दिन बिर्सिए। ....... वि.सं. २०४५ को नाकाबन्दीचाहिँ निकै कडा थियो। २०४५ चैत १० देखि नेपालको भारतसँग जोडिएको पारवहनका मूल १० नाका र अन्य ११ नाकामा भारतले एकाएक नाकाबन्दी गर्‍यो। यात्रु वारपार गर्न समेत लगभग मुस्किल परेको थियो। केही महिनापछि जोगबनी–बिराटनगर र रक्सौल–बीरगंज नाका हल्का गरियो, स्वविवेकीय पद्धति अपनाइयो।

यो नाकाबन्दी नेपालमा पुनः प्रजातन्त्र प्राप्तिपछि २०४७ असार १७ देखि खुलेको थियो।

...... पशुपतिनाथमा मूलभट्टले रावलाई चन्दनको टीका र रुद्राक्षको माला लगाइदिएर अब प्रधानमन्त्री भएर दर्शन गर्न आउनुहोस् भनेका थिए। यसपछि भारतीय राजनीतिमा पहिलोपटक गैरनेहरु परिवारका राव पहिलो प्रधानमन्त्री बने।' ..... राव प्रधानमन्त्री भएपछि फेरि पशुपतिनाथको दर्शन गर्न आएनन्। यसैकारण उनको ख्याती पनि जति जम्नुपर्ने हो त्यति मात्रामा झाँगिन नसकेको पनि हो कि! यिनै दृष्टान्तका कारणले नरेन्द्र मोदी सत्तामा टिकिरहन र प्रख्याती जमाइरहन उनले साउने सोमबार परेको महाशिवरात्रीको शुभमुहूर्तका दिन पशुपतिनाथको दर्शन गरेका हुन् कि! ..... नेपालको मैदानी भागमा तनावको गतिविधिले बिहार राज्यको निर्वाचनमा प्रभाव पार्छ भनी गरिएको विश्लेषण।


अन्तरजातीय विवाहको पीडा
मृतककी श्रीमती चमार जातकी भए पनि स्थानीय चमार अगुवाले ‘धोबीसँग विवाह गरेकीले हामी छुँदैनौ’ भनेपछि सासूबुहारी मिलेर दाहसंस्कार गर्न बाध्य भएका हुन् । .... सासूबुहारी मिलेर गरिएको दाहसंस्कारपछि पनि मृतकका नाममा गरिने भोजका विषयमा कचिङ्गल भइरहेको छ । चमारको जातीय संस्कारअनुसार मृत्यु भएको चार, ११, १२ र १३ औँ दिनमा गाउँले र आफन्तलाई भोज खुवाउनुपर्ने भए पनि चमार अगुवाले भोजमा सामेल हुँदैनौ भन्दै मृतक परिवारलाई थप मानसिक यातना दिइरहेका छन् । .... मृतकका एक्लो छोरो मागैन रामसमेत वैदेशिक रोजगारीका क्रममा डेढ वर्षदेखि कतारमा छन् । मृतकले चमार युवतीसँग अन्तर्जातीय विवाह गरेलगत्तै घरबाट निकालिएपछि पछिल्लो २५वर्षदेखि मुसहर्नियास्थित ससुराली गाउँमै छुट्टै घर बनाएर बस्दै आएका थिए ।

भावनात्मक होइन तार्किक बहस गरौं संविधानको बिषयमा कस्ले भम्र फैलाउन खोजेकको हो आफै छताछुल्ल हुन्छ । संविधानमा भएका राम्रा...

Posted by Dipendra Jha on Thursday, October 1, 2015

For those interested in Nepal and bilateral ties, I will be on Al Jazeera sometime between 6.30 and 7.30 pm, Rajya Sabha TV at 8.30 pm and India Today with Rajdeep Sardesai at 9 pm.

Posted by Prashant Jha on Wednesday, September 30, 2015

कसले भन्छन् मधेसी-थारूहरुसंग कुनै अन्याय- भेदभाव भएको छैन ।वास्तवमा नै मधेसी-थारु हरुसंग राज्यले अन्याय-अत्याचार-भेदभ...

Posted by Alisha Koirala on Wednesday, September 30, 2015

Don't get distracted by the noise. In the past week, state hasn't killed Madhesis, set up a talks team, tried to reach...

Posted by Prashant Jha on Thursday, October 1, 2015

इन्साफ़ के डगर पेबच्चों दिखाओ चलकेए देश है तुम्हारा, नेता तुम्हीं हो कलके- बिश्व कृतिमान मानव साँग्लो#notmyconstitution

Posted by Upendra Mahato on Thursday, October 1, 2015

Posted by Brikhesh Chandra Lal on Wednesday, September 30, 2015

कसले भन्छन् मधेसी-थारूहरुसंग कुनै अन्याय- भेदभाव भएको छैन ।वास्तवमा नै मधेसी-थारु हरुसंग राज्यले अन्याय-अत्याचार-भेदभ...

Posted by Alisha Koirala on Wednesday, September 30, 2015

Posted by Brikhesh Chandra Lal on Wednesday, September 30, 2015

लहानमा तमरा अभियानको रैली

Posted by Jay Prakash Gupta on Thursday, October 1, 2015

म स्यानो हुँदा अर्थात् ५०-५५ वर्ष अगारी भक्तपुर देखिका कृषकहरु हाम्रो गाउ 15-20 दिन बस्ने गरि आउथे र भैसी किनेर जान्थे |...

Posted by Er Satya Narayan Shah on Wednesday, September 30, 2015

संधिय गणतन्त्र नेपालको संबिधान जारी भए पश्चात छिमेकी मुलुक भारतले गरेको अनाश्यक हस्तछेपको बिरूधमा संयूक्त राष्ट्र सघं अग...

Posted by Pramod Sitaula on Tuesday, September 29, 2015

ए लास कहि टिकापुर का तो नहि?सन्चारमाध्यमने काहा था २३ प्रहरी का मृत्यु लेकिन कुछ हि देर मे गृहमन्त्री के दवाम मे काहा ८ ...

Posted by S.k. Sah on Thursday, October 1, 2015

Posted by Pramod Sitaula on Thursday, October 1, 2015

I wish Indian blockade continues for AT LEAST another 6 months. Nepal will b forced to find ways to end Indian monopoly, assert sovereignty.

Posted by Dinesh Prasain on Tuesday, September 29, 2015

Indian refusal to accept Nepal's sovereignty is uniting non-extremist Nepalis in unimaginable ways, n forcing us to b creative. Great!

Posted by Dinesh Prasain on Tuesday, September 29, 2015

Retweeted Neil Nepal (@neilpande):.@ramsmahat .@mofnepal बिजुलीबाट चल्ने वाहनमा भन्सार हटाई पाऊँ। देश र जनताको अग्रगामी हीत यसैमा छ। यदि सहमत हुनुहुन्छ भने Retweet...

Posted by Dinesh Prasain on Tuesday, September 29, 2015

आज कस्तो अचम्मको सपना देखेको ! अमेरिकाबाट फर्किएपछि महामहिम मोदीले मित्रराष्ट्र्का नाममा संबोधन गर्दै रहेछन्, 'प्यारे भा...

Posted by Manoj Gajurel on Tuesday, September 29, 2015

दासत्व की अंतिम कडी से निजात पाने के लिए बहुत सारा हिसाब किताब चुकाना पडता है, अपना ही नहीं, अपनों का भी । रैथाने मधेशी...

Posted by Sarita Giri on Tuesday, September 29, 2015

voices in favor of solar energy and alternative energy heard everywhere post-petro crisis...it would be more than practical to promote electric vehicles now by reducing the taxes.

Posted by Kosmos Biswokarma on Tuesday, September 29, 2015

In The News (2)

भारतका नेपालीभाषी भन्छन् नाकाबन्दी तत्काल हटाऊ
भारतीय नेपालीभाषी साहित्यकार, पत्रकार, तथा राजनीतिक दलका अगुवाले ‘असल छिमेकी’ बन्न आफ्नो देशलाई सुझाएका हुन् । ..... ‘नेपालको आन्तरिक समस्यामा भारतले हस्तक्षेप नगरेकै जाती,’ सिलिगुडीका साहित्यकार सुकराज दियालीले भने, ‘इमानदार छिमेकीको भूमिका निभाउनुपर्ने बेलामा नाकाबन्दी गर्नु असान्दर्भिक हो ।’ ..... र्णभूमि दैनिकका सम्पादक अशोक छेत्रीले नेपालमाथि लगाएको नाकाबन्दी तत्काल हटाउनुको विकल्प नभएको बताए ।’ भूपरिवेष्टित देशमा नाकाबन्दी गर्न नहुने अन्तर्राष्ट्रिय कानुनलाई भारतले उल्लंघन गर्न मिल्दैन,’ छेत्रीले भने, ‘यसको नकारात्मक असर भारतले नै बेहोर्नुपर्छ ।’ सुरक्षाको कारण देखाउँदै भारतले नाकाबन्दी गर्दा ८ दिनदेखि सीमावर्ती भारतीय बजार पानीटयांकी अस्तव्यस्त छ । दसैंको पूर्वसन्ध्यामा नेपाली उपभोक्ताको भीड जम्मा हुने उक्त बजार अहिले नेपाल छिर्न नपाएर थन्किएका ट्रक तथा कन्टेनरहरूले भरिभराउ छ । .... प्रधानमन्त्री भएपछि दुई पटक नेपाल भ्रमणमा गएका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताप्रति सधैं आफ्नो मुलुकको सहयोग र सद्भाव रहने बताएको स्मरण गर्दै पाठकले थपे, ‘मोदीजीको बोली र व्यवहार फरक देखियो ।’ नाकाबन्दीले भारततिरका व्यवसायी र सर्वसाधारणसमेत असन्तुष्ट छन् । नेपालमा गएर मजदुरी गर्ने श्रमिकदेखि ठूला व्यापार/व्यवसायमा संलग्न भारतीय नागरिकले नाकाबन्दीले व्यवसाय डामाडोल बनेको उल्लेख गरे । पानीटयांकीका व्यवसायी बप्पी सिंहले भने, ‘यस क्षेत्रले मात्रै दैनिक लाखौं घाटा बेहोरिरहेको छ ।’ सीमावर्ती उक्त बजारका अधिकांश ग्राहक नेपाली हुन् । भारतीय सुरक्षाकर्मीले थोरै सामान किनमेलमा समेत कडाइ गरेको छ । चिनी किनेर घर फर्कंदै गरेका स्थानीय अन्जन मिश्रले सुरक्षाकर्मीबाट अनावश्यक सास्ती पाए ।

‘एक किलो चिनीको २० भारु घूस दिनुपर्‍यो,’

उनले भने ।


हामी पहाडिया मधेसलाई समेट्न किन आवाज उठाउँदैनौँ ?
कालो छाला भएकी एउटी वृद्धा खुट्टा खोँच्याउँदै सडकछेउ हिँडिरहेकी थिइन् । उनलाई आन्दोलनका कार्यकर्ता कसैले सोधे, ‘आमा, तपाईं त घरमै बसेको भए पनि हुन्थ्यो, के फरक पर्थ्यो र ?’ वृद्धाले जवाफ दिइन्, ‘म आफ्ना लागि होइन, मेरा छोराछोरी र नातिनातिनाका लागि हिँडिरहेकी छु ।’ ..... मार्टिन लुथर किङको नेतृत्वमा नगरबस बहिष्कार आन्दोलन सुरु भयो । काला मानिसले यो आन्दोलनलाई साथ दिँदैनन् कि भन्ने मार्टिनलाई चिन्ता थियो । कम्तीमा आधाआधीले बस नचढिदिए हुन्थ्यो भन्ने मार्टिनले सोचेका थिए । तर, परिस्थिति बेग्लै भइदियो । काला जाति कोही पनि बस चढेनन्, आफ्नो मुक्तिका लागि आन्दोलनलाई साथ दिए । .... देशमा पेट्रोलियम पदार्थको संकट भएको छ । सहर–बजारमा ग्यास र मट्टीतेलको अभाव देखिएको छ । तेल नभएर निजीदेखि सार्वजनिक यातायात चल्न सकेका छैनन् । .... राष्ट्रका लागि पैदल हिँड्न तयार छौँ, दाउरा बाल्न तयार छौँ, कसैको सर्त मान्दैनौँ, सम्झौता गर्दैनौँ, आज हामी धेरै यही निष्कर्षमा पुगेका छौँ । सहरका चोक, चियापसल, सार्वजनिक यातायात, फेसबुक, ट्विटरमा यस्तै राष्ट्रवादी भावना उर्लिएका छन् । .....

अझै पनि काठमाडौंले अर्थात् सत्ताको मूल चरित्रले मधेसी दाजुभाइमा नेपालित्व देख्दैन, मधेसी देख्छ, धोती देख्छ र बिहारी देख्छ । काठमाडौंमा कपाल काट्ने, तरकारी बेच्ने तराईका दाजुभाइलाई ‘तँ वा तिमी’ भनेर सम्बोधन गर्छ । मानौँ, उनीहरु सम्मान गर्न लायकका मान्छे नै होइनन् । राज्यको मूलधार अर्थात् राज्य संयन्त्रमा मधेसी दाजुभाइले सौतेलो व्यवहार भोग्दै आएकै हुन् । नीति–निर्माण तहमा मधेसको भूमिका शून्य नै छ ।

..... आज जसरी हामीले भारतको हस्तक्षेप चाहेका छैनौँ, त्यसरी नै मधेसले सत्ताको थिचोमिचो चाहेको छैन । ..... हामी नेपाली असाध्यै कोमल मनका छौँ, पग्लिहाल्छौँ । भावनामा बहकिई हाल्छौँ । तर, स्पष्ट विचार बनाउन चुक्छौँ । वास्तवमा हामी अहिलेसम्म भावनाकै तहमा छौँ, आग्रह र पूर्वाग्रहको तहमा छौँ । समाजका कुनै पनि संकट र समस्यालाई केलाएर समाधान खोज्दैनौँ । स्पष्ट विवेक र विचारको तहमा आउने कोसिस नै गर्दैनौँ, आउनै डराउँछौँ । ...... हामी यस्तो संस्कारका छौँ– एउटा भोको भिखारीलाई बासी भात दिन मन खुम्च्याउँछौँ, हेर्दा आफूभन्दा तल्लो वर्गको देखिनेलाई पानी प्यास पनि सोध्दैनौँ, तर सुकिलोमुकिलो हैसियतदार देखिनेलाई भने खाना खाएर जान कर गर्छौं । यस्तो केले बनायो ? वर्गले । ......

मानौँ, हाम्रा भाइ पनि दिमागै नभएका छन्, मधेसमा मूर्खहरुले आन्दोलन गरिरहेका छन्, उनीहरुले विवेकपूर्ण ढंगले सोच्नै सक्दैनन्, उनीहरुको माग त मागै होइन, ठीकै छ । तर, हामी पहाडिया त सोच्न सक्छौँ नि ।

५०० ग्याँस बुलेट भारतको रक्सौलमा थन्कियो