Wednesday, August 12, 2015

केपी ओली ले सर्वोच्च को निर्णय नबुझेको बिभिन्न तह हरु

उफ्रिनेहरू उफ्रिन छोड्नुपर्छ, उफार्नेले उफार्न छोड्नुपर्छ : केपी ओली
जेठी माग्छे पानी कान्छी माग्ने घाम, म कतातिर जाम ...... म आफूलाई कुनै जिल्ला वा प्रदेशमा सीमित राख्दिनँ । जन्म भएकै जिल्लाकै मैले काम सुरु गरेको जिल्लाको मात्रै प्रतिनिधि भन्ने कुरा हुँदैन । म जिविस सभापति होइन । के म वडाको कुरा गरौं, देशको कुरा नगरेर ? जनताको कुरा नगरेर के मेरो साइलो भाइ, माइलो भाइ, कान्छो भाइको कुरा गरौं ? मामा, छोराको कुरा गरौं ? ..........

केपी ओलीले मेची, कोसी, सगरमाथाका पहाडी जिल्लाहरू एक ठाउँ राख्यो भनेर । सप्तरी सिराहा पनि त्यसैमा लगिदिन पर्यो भनेर माग आइराखेको छ । जति राखियो ती राखिएकोमा किन राखियो भन्नेमा कुनै विरोध त छैन ।

...... नेताहरूको विज्ञताले काम नगरेर तल जनताहरू पनि आफू–आफू विज्ञ भएर नै सबैको हातमा रंगीन पेन्सिल कागज देखिन्छ । यसरी काट्नुपर्छ सीमा । अनि

हाम्रा स्थापित संस्थाहरूले विज्ञहरूबाट गर्नुहुँदैन भनेर फैसला ठोकिसके । आदेश ठोकिसके ।

....... म ००८ सालमा जन्मिन्छु भनेर ००७ सालमा प्रधानमन्त्री बनाउनका लागि संविधानका कुरा गरेका हुन् कि जस्तो त मलाई पनि शंका छ । ...... कहिलेबाट असन्तुष्ट हुनुभयो उहाँहरू ? .... कहाँको सोह्रबुँदे ? उहाँहरू बहुदल आएदेखि नै असन्तुष्ट हुनुहुन्छ । राजतन्त्र गएदेखि नि असन्तुष्ट हुनुहुन्छ । कस्तो असन्तुष्ट हो बुझिँदैन । जहिले पाखुरा सुर्केको मात्र देखिन्छ । हिजो माओवादीले उग्रपन्थी नीति र व्यवहार देखाउँदा मैले उहाँहरूको विरोध गरें, आलोचना गरें । उहाँहरू अहिले संविधान बनाउने कुरामा आइसक्नुभयो । म उहाँहरूप्रति खुसी छु । अब अरु किन उफ्रिएका हुन् । यसबाट तपाईंहरू राष्ट्रिय राजनीतिमा आउनुस् भन्न चाहन्छु । ...... १०/१५ दिन लाग्न सक्छ कि ! ... भदौको दोस्रो हप्ताभित्र संविधान जारी गर्छौं ।
केपी ओली ले सर्वोच्च को निर्णय नबुझेको बिभिन्न तह हरु रैछन्। सर्वोच्च ले संविधान तिमीले लेख, नक्शा तिमीले कोर भनेर भनेको होइन। विज्ञ हरु लाई बीचमा नल्याऊ भनेर भनेकै छैन। सीमांकन नामांकन नटुंगिए सम्म संविधान सभा कायम रहन्छ भनेर मात्र भनेको हो। सीमांकन बिज्ञ ले गरोस, नामांकन प्रदेश सभा ले गरोस् -- त्यो सर्वोच्च को टाउको दुखाइ होइन।



मधेशी मोर्चा र मोहन वैद्यको कार्यगत एकता : पहिलो गाँसमै ढुंगा
मोर्चाबाट महन्थ र राजेन्द्र ब्याक !
साउन १८ गते घोषणा भएको कार्यगता एकताप्रति महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीका नेताहरुले विरोध जनाएका थिए । ..... यस विषयमा तमलोपा र सद्भावना पार्टीका नेताहरु भन्छन्, ‘आजको कार्यक्रमको बारेमा जानकारी नै भएन ।’
उफ्रिनेहरू उफ्रिन छोड्नुपर्छ, उफार्नेले उफार्न छोड्नुपर्छ : केपी ओली
जेठी माग्छे पानी कान्छी माग्ने घाम, म कतातिर जाम ...... म आफूलाई कुनै जिल्ला वा प्रदेशमा सीमित राख्दिनँ । जन्म भएकै जिल्लाकै मैले काम सुरु गरेको जिल्लाको मात्रै प्रतिनिधि भन्ने कुरा हुँदैन । म जिविस सभापति होइन । के म वडाको कुरा गरौं, देशको कुरा नगरेर ? जनताको कुरा नगरेर के मेरो साइलो भाइ, माइलो भाइ, कान्छो भाइको कुरा गरौं ? मामा, छोराको कुरा गरौं ? ..........

केपी ओलीले मेची, कोसी, सगरमाथाका पहाडी जिल्लाहरू एक ठाउँ राख्यो भनेर । सप्तरी सिराहा पनि त्यसैमा लगिदिन पर्यो भनेर माग आइराखेको छ । जति राखियो ती राखिएकोमा किन राखियो भन्नेमा कुनै विरोध त छैन ।

...... नेताहरूको विज्ञताले काम नगरेर तल जनताहरू पनि आफू–आफू विज्ञ भएर नै सबैको हातमा रंगीन पेन्सिल कागज देखिन्छ । यसरी काट्नुपर्छ सीमा । अनि

हाम्रा स्थापित संस्थाहरूले विज्ञहरूबाट गर्नुहुँदैन भनेर फैसला ठोकिसके । आदेश ठोकिसके ।

....... म ००८ सालमा जन्मिन्छु भनेर ००७ सालमा प्रधानमन्त्री बनाउनका लागि संविधानका कुरा गरेका हुन् कि जस्तो त मलाई पनि शंका छ । ...... कहिलेबाट असन्तुष्ट हुनुभयो उहाँहरू ? .... कहाँको सोह्रबुँदे ? उहाँहरू बहुदल आएदेखि नै असन्तुष्ट हुनुहुन्छ । राजतन्त्र गएदेखि नि असन्तुष्ट हुनुहुन्छ । कस्तो असन्तुष्ट हो बुझिँदैन । जहिले पाखुरा सुर्केको मात्र देखिन्छ । हिजो माओवादीले उग्रपन्थी नीति र व्यवहार देखाउँदा मैले उहाँहरूको विरोध गरें, आलोचना गरें । उहाँहरू अहिले संविधान बनाउने कुरामा आइसक्नुभयो । म उहाँहरूप्रति खुसी छु । अब अरु किन उफ्रिएका हुन् । यसबाट तपाईंहरू राष्ट्रिय राजनीतिमा आउनुस् भन्न चाहन्छु । ...... १०/१५ दिन लाग्न सक्छ कि ! ... भदौको दोस्रो हप्ताभित्र संविधान जारी गर्छौं ।

मंसीर

नेपाली राजनीति का astronaut time traveler हरुले अब मंसीर को कुरा गर्न थाले। केपी ओली अहिले सम्म ५-६ पटक झण्डै झण्डै प्रधान मंत्री भइसकेको मान्छे।



केपी ओलीले भने, ‘महेश बस्नेत रत्नाकार डाँकुबाट बाल्मीकी बनेको होइन’
अर्की ओली भन्छिन्, ‘ महेश बस्नेतलाई म्युजिक भिडियोमा मोडल बनाउने रहर थियो’
२३ वर्षकै उमेरमा भक्तपुर गुन्डुको गाविस अध्यक्ष बनेको, युथ फोर्सको नेतृत्व गरेको तथा दुई कार्यकाल युवा संघको अध्यक्ष चलाएपछि वर्तमान सरकारमा उद्योगमन्त्री हुदाँसम्मका विभिन्न घटनाक्रमलाई शृंखलावद्ध रुपमा पुस्तकमा समेटेका छन् ...... पुस्तक विमोचनपछि कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संविधान निमार्णमा व्यस्त भएका कारण पुस्तक पढ्न नपाएको बताए –

‘महेशको पुस्तक छापियो तर म अर्कै पुस्तक छाप्नमा व्यस्त छु ।

महेशले झैँ सजिलै त्यो पुस्तक छाप्न कहाँ पाइन्छ र ? त्यसलाई पहिलो पास गराउनुपर्छ ।’– संविधान निमार्णतर्फ केन्द्रि हुदैँ अध्यक्ष ओलीले भने । ....... ‘रत्नाकार डाकूबाट एकैपटक विश्वामित्र ऋषि बनेको मान्छे होइन महेश, उसले प्रत्येक पाइलामा संघर्ष गरेको छ ।’ ........ वर्तमान समयमा

औठाछापहरु पार्टीको माथिल्लो तहमा रहेको भन्ने युवापुस्ताको आरोपतर्फ इंकित गर्दै भने, ‘तपाईहरु भन्नुहोस् गौतम बुद्धले कति पढेका थिए ।

आज गौतम बुद्धका नाममा पिएचडी गर्ने थुप्रै विद्धान संसारमा छन् । ....... पहिलो भागका रुपमा उनको बाल्यकला । दोस्रो भागका रुपमा गुन्डुको गाविस अध्यक्ष, युवा संघको जिल्ला सदस्य, केन्द्रिय सदस्य र कोषाध्यक्ष हुदैँ केन्द्रिय अध्यक्ष तथा तेस्रो भागका रुपमा नेपाल सरकारको मन्त्रीको कार्यकाल छ ।’ ........ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सुरुआतमा महेश बस्नेत मन्त्री बन्दा आफूलाई निकै आश्चर्य लागेको बताए । ‘महेश बस्नेत पनि मन्त्री भन्ने मलाई पनि लागेको थियो । तर बिस्तारै उहाँसग काम गर्दै गएपछि फरक पाएँ । यतिका उद्योगमन्त्रीहरुसँग संगत भयो । तर उहाँले जसरी आफ्ना नीति तथा कार्यक्रम व्यवसायिलाई राखेर बिफ्रिङ गर्ने मन्त्री भेटिएन ।’– बस्नेतको प्रशंशा गर्दै मुरारकाले बताए । ........ गायिका कोमल ओलीले मन्त्री बस्नेत निकै ह्यान्डसम रहेको बताइन् । .......

अर्को इच्छा छ, केपी ओली प्रधानमन्त्री भएको हेर्ने कम्तिमा पनि मंसीरभित्र त्यो कसो संभव नहोला ।