Sunday, August 09, 2015

प्रदेश हरुको नाम गणितीय हुनु: यो पनि नौलो प्रयोग नै हो

प्रदेश हरुको नाम गणितीय हुनु: यो पनि नौलो प्रयोग नै हो। प्रत्यक्ष निर्वाचित प्रधान मंत्री छैन त के भो? प्रदेश हरुको नाम गणितीय त छ।



संघीयतामा सहमतिपछि शक्ति बाँडफाँडमा छलफल सुरु
प्रमुख दलहरुको सीमांकनको सहमति गर्भमै तुहिन्छ : राजेन्द्र महतो
जिल्लाहरुको नाम सुनेपछि महतोले अनलाइनखबरसँग भने-मधेस त साफ भइगायो ।’ ....... बर्दियादेखि नवलपरासीको आधा भाग रहेको यो प्रदेशमा पहाडको रुकुम, सल्यान, रोल्पा, बाग्लुङको केही भाग। प्युठान, गुल्मी, अर्घाखाँची र पल्पा छ । ....... महताले दलहरुले गरेको यो सीमांकन गर्भमा नै तुहिने र मधेसमा आन्दोलन हुने बताए । साथै उनले मधेसमा हुने अबको आन्दोलन निर्णायक हुने र त्यसमा सहमति गर्ने दलका नेताहरुकै साथ रहने दाबी गरेका छन् । ........ सहमतिप्रति कांग्रेस र एमाओवादीका मधेस केन्द्रीय सभासदहरुले समेत असन्तुष्टि जनाएका छन् ।
बाबुरामले भने- तत्काल उपलब्धी मानौं, थप अधिकारका लागि लड्दै जाने हो
बाबुराम भट्टराईले गणतन्त्रलाई संस्थागत गर्नु तत्कालीन उपलब्धी भएको बताएका छन् । अब थप अधिकारका लागि लड्दै जानुपर्ने उनले स्पष्ट पारेका छन् । ...... ‘संविधान नै नवन्ने हो कि भन्ने आशंका रहिरहेको वेला केही अपूर्णता र कमी कमजोरी सहितकै भए पनि संविधान वन्ने र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने कुरालाई तत्काल उलब्धीमुलक नै मान्नुपर्ला ! थप अधिकारको निम्ति त लड्दै जाने हो !’ ..... कैलाली, म्याग्दी आदि केही स्थान वाहेक सबैतिर जातीय/भाषिक निरन्तरता कायम गरिएको छ। ..... नागरिकतामा बाबु ‘र’ आमाको सट्टा बाबु ‘वा’ आमाको व्यवस्था गरिएको, महिलाको प्रजनन् स्वास्थ्य मौलिक हकमा थपिएको,

राज्यका अंगहरुमा महिला, दलित, अपांगको समावेसी समानुपातिक प्रतिनिधित्व थपिएको

आदि महत्वपूर्ण सुधार भएका छन्! -
छोरीलाई जात पढाउँदा
मस्यौदामा जनताका सुझावहरूमध्ये के के थपियो?

राज्य सभा को हकमा मा पहिलो मस्यौदा भन्दा पनि गड़बड़ गरियो

संघीय व्यवस्थापिकामा प्रतिनिधि सभाको हकमा धारा ८८ मा का “भूगोल, जनसंख्या र प्रादेशिक सन्तुलनको” भन्ने शब्दहरुको सट्टा “भूगोल र जनसंख्याको” भन्ने सिमित गरेको रहेछ धारा ९० राष्ट्रिय सभाको हकमा नँया व्यवस्था गरेको रहेछ प्रदेश सभाका सदस्य र स्थानीय निकायका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा कानुन बमोजिम प्रदेश सभाका सदस्य र स्थानीय निकायका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरीे निर्वाचित अठ्चालीस जना
राज्य सभा को हकमा मा पहिलो मस्यौदा भन्दा पनि गड़बड़ गरियो। ५१ जना मध्ये मधेसी कति पुग्ने भए?

मधेस का वडा हरु, ग्रामपालिका हरु बढ़ी जनसंख्याका हुन्छन्। भने पछि खप्तड, लुम्बिनी, राम चन्द्र प्रदेश, काठमाण्डु, र ओली प्रदेश हरु बाट मधेसी राज्य सभा मा पुग्ने भनेको राम भरोसे। पुग्दै पुग्दैन। पंचायत कालमा राष्ट्रिय पंचायत मा मधेसी पुगेको ratio मा अब राज्य सभा मा पुग्ने फोर्मुला हो यो। दिन दहाड़े डकैती। ५१ मा ५ सम्म मधेसी पुग्छ कि?

प्रचंड ले डुबायो। पहाड़ी लाई लोकतंत्र, मधेसी लाई पंचायती व्यवस्था। बाहुन ले आफ्नो चरित्र देखाउनु थियो, देखायो।