Wednesday, August 05, 2015

संविधान मस्यौदा मा छुटेको एउटा महत्त्वपूर्ण कुरा: राजनीतिक पार्टी बारे

संविधान मस्यौदा मा नहुनुपर्ने कुरा धेरै छन। पार्टी मेनिफेस्टो मा हुनुपर्ने कुरा हरु छन। पार्टी ले सत्ता मा पुगेर पनि गर्न नसकेका काम हरु लाई मस्यौदा मा ठुँसियेको दर्दनाक स्थिति छ। पालै पिलो काँग्रेस, एमाले, माओवादी सत्ता मा पुगेका छन। जनता लाई आवास, रोजगार दिनु थियो भने त्यति बेला दिनु थियो। आफुले गर्न नसक्ने अनि संविधान मा लेखि दिए पछि कसले आएर गर्दिने? बरु गर्न सक्ने हरु आए भने तिनको हात खुट्टा बांधिदिने किसिमको लेखाइ छ मस्यौदा मा।

तर एउटा हुनै पर्ने कुरा छ जुन संविधान मा छैन। त्यो हो राजनीतिक पार्टी सम्बन्धी। देशको विकास मा नंबर एक तगारो हो देशका राजनीतिक पार्टी हरुको ढुलमुल अवस्था।

  • राजनीतिक पार्टी हरुको आय व्यय पुर्ण पारदर्शी राख्नु पर्ने ऑनलाइन 
  • चुनाव मा वोट पाएको समानुपातिक पार्टी हरुले सरकार बाट पैसा पाउने, त्यस बाहेक अरु कतै बाट पैसा लिन नपाउने 
  • पार्टी हरु को आतंरिक संरचना मा पनि ४९% आरक्षण को व्यवस्था 
  • पार्टी को कुनै पनि पद को कमसेकम ४ वर्ष मा एक पटक निर्वाचन हुनुपर्ने 
  • मनोनित पद १/३ भन्दा बढ़ी हुन नपाउने 

संविधान मस्यौदा मा छुटेको एउटा महत्त्वपूर्ण कुरा: राजनीतिक पार्टी बारे। यति गर्दिए कति आनन्द हुन्थ्यो? होइन भने राजनीतिक पार्टी हरुको व्यवहार नवराजा हरुको जस्तो छ। अब हामी संविधान माथि भन्ने छ। चार जनाले हस्ताक्षर गरेर ६०१ लाई निस्तेज पार्न सकिन्छ भन्ने सोंच।


Tuesday, August 04, 2015

In The News (4)

दलहरुको छलफल फेरि संघीयतामा केन्द्रित
‘यदि सिमासम्बन्धि विवाद तत्काल टुंगीएन भने त्यही कारण संविधान नबन्ने स्थिती आउनु हुदैन। संविधान बन्छ।’ .... ओलीले आफूहरु अहिले तीन, चार, पाँच वा छ प्रदेश कति बनाउने भन्ने विषयमा छलफल गरिरहेको बताए। ..... मस्यौदामा जनताको सुझाव आएपछि संविधानका सबैविषयमा छलफल र पुर्नविचार गर्न खुला भएको छ। ...... नागरिकताको विषयमा मधेसवादी दल र महिला अधिकारकर्मीहरुले उठाउदै आएको विवाद र अस्प्ष्टतालाई शीर्ष नेतृत्वको छलफलबाट स्पष्ट पारी उनीहरुको शंका निवारण गर्न लागिरहेको पौडेलले जानकारी दिए। ..... विगत एकसातादेखि कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक र छलफलको निरन्तर संयोजन गर्दै आएका संवाद समिति सभापति बाबुराम भट्टराईले आफूहरु सबै विवादित विषय टुंगो लगाएरमात्रै समितिको प्रतिवेदन संविधानसभामा पठाउन लागिपरेको बताए।
जनकपुर बमकाण्डको मिसिल सर्वोच्चमा
फेरि नजिकिए दल
जनताका सुझाव समावेश गरेर परिमार्जित प्रतिवेदन तयार पार्ने जिम्मा पाएको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति भट्टराईले धेरै विषय मिलिसकेकाले बुधबारसम्म सबै विषय टुंग्याउने तयारी भएको बताए। 'हामीले धेरै विषय टुंगो लगाएका छौं,' भट्टराईले भने, 'हामी मस्यौदाको धारा–धारामा प्रवेश गरेर विवाद समाधान गर्दै अघि बढेका छौं। केही कुरा छाडेर धेरै टुंगो लगाउँदै अघि बढेका छौं।'
रेलमार्गको सर्वे बुटवल दक्षिणबाट
संसद्को पुस्तकालयमा जम्मा १२ सांसद पुगे
कांग्रेसका सभासद रमेश लेखक, गणेश कुमार मण्डल, सञ्जयकुमार गौतम र एमाले सभासद् युवराज ज्ञवाली र विकास लम्साल तथा एमाओवादीका शक्ति बस्नेत, अजय शंकर नायक, सुरेन्द्र प्रसाद जैसवाल र योगेन्द्र तामाङ घिसिङ पुस्तकालयका पुगेका छन् । राप्रपा नेपालका सभासद भक्तबहादुर खपाङगी, राप्रपाका आनन्दी पन्त, नेमकिपाका डिल्ली प्रसाद काफ्ले पनि सचिवालयको पुस्तकालय पुगेको रेकर्ड छ ।