Sunday, July 12, 2015

In The News (9)

कांग्रेस सत्तामा तीन कोइरालाको लडाईं
बिपीपुत्र शशांक, शेखर नोनापुत्र शेखर र गिरिजापुत्री सुजाताबीच होडबाजी र लडाईं हुने देखिएको छ । ...... १३ औं महाधिवेशनमा सभापति सुशील कोइराला अघि नबढ्दा संस्थापनबाट कसलाई सभापतिको उम्मेदवार बनाउने भन्ने प्रष्ट नभइरहेका बेला कोइराला खानदानको अबको नेतृत्वकोको लागि यी तीनै जनाले कोइरालाले दाबी र दबाब बढाइरहेका छन् । ..... संस्थापनबाट शेरबहादुर देउवालाई टक्कर दिन की सभापति सुशील कोइराला नै अघि सर्नुपर्ने होइन भने कुनै गतिलो र सबैलाई मान्य हुने उम्मेदवार खोजी गर्नु पनि चुनौति रहेको छ । सभापतिमा उपसभापति रामचन्द्र पौडेललाई उठाइए देउवाले सोझै बाजी मार्ने बुझाई सबै कोइरालाहरुको छ । यस्तो हुँदा कोइराला खानदानबाट कांग्रेसको सत्ता सधैंका लागि अर्को पक्षमा जाने डरले पनि सबै ग्रसित छन् । ...... यस्तो हुँदा कोइराला खानदानबाट योग्यता पुग्ने गरी कसलाई अघि सार्ने भन्नेमा आन्तरिक बहस भइरहेको हो । विकल्पमा देखिएका तीन जना कोइरालामध्ये बिपीपुत्र सशांकलाई सुशीलले नजिकबाट माया गरी जिम्मेवारी दिने इच्छा देखाएका छन् । तर, गिरिजाको उत्ताराधिकारीको रुपमा स्थापित हुन सफल सुशीलको यो तयारीलाई शेखर र सुजाताले पनि नजिकबाट बुझेका छन् । ...... ‘सभापतिले सशांकलाई नै बढी माया गरेको देखिन्छ अरु कोइरालालाई पनि यसको आभास भएको छ’ कांग्रेसका एक नेताको टिप्पणी छ, ‘सशांकलाई सके पार्टी सभापतिमै लडाउने इच्छा सभापतिमा छ तर, आफ्नो योग्यता नपुग्ने भएकोलेले सशांक तयार छैनन् ।’ ...... डाक्टरी पेशाबाट आएका शशांक कोहीप्रति पनि नराम्रो र रुखो बोल्दैनन् । त्यसैले सुशीलले उनलाई रुचाएको चर्चा कांग्रेसभित्र छ । सशांकको आफ्नो भित्री इच्छा पनि सके उसभापति बन्ने नभए महामन्त्रीसम्म अर्को पटकका लागि सभापतिमा लड्नका लागि आधार तय गर्ने रणनीतिक भएको ती नेताको टिप्पणी छ । ‘सभापति जित्ने भए मात्र लड्ने सशांकको इच्छा हो र तर, सुशील नै एकपटक अघि बढेर बरिष्ठ उपसभापतिमा मनोनित हुने वा नभए महामन्त्री बनेर अर्को महाधिवेनसम्म कोइराला खानदानबाट स्थापित हुने बुझेका छौं ।’ ...... डाक्टरी पेशाबाट आएका भए पनि शेखरको राजनीतिमा बढी लगानी छ । विषयवस्तुको प्रस्तुतिका हिबासले पनि शेखर राजनीतिक बढी लाग्छन् । उनले गिरिजलाई अप्ठ्ेरोमा साथ दिंदै पनि आए । आफ्नो लगानी धेरै रहेको भन्दै उनको पनि खानदानको नेतामा दाबी छ तर, माग भन्दा दिनुपर्नेपक्षमा छन् । ‘शेखरको राजनीतिमा बढी लगानी छ गिरिजालाई अप्ठ्यारा दिनमा साथ दिएका छन् वैचारिक नेतृत्व क्षमता पनि छ’ कांग्रेस एक नेता भन्छन्, ‘तर, माग्नेभन्दा आफूलाई नेतृत्व दिनुपर्ने पक्षमा उनी छन् ।’ मन नपरेको विषयमा जो कसैको पनि आलोचना गर्न सिपालु शेखरको शैलीलाई सुशीलले मन पराउँदैनन् । ....... गिरिजाको छत्रछायाँमा राजनीतिमा छाएकी सुजाताको पनि कांग्रेसको नेतृत्व अब आफ्नै पोल्टामा आउनुपर्ने भन्ने छ । यसका लागि उनले सभापतिलाई निरन्तर दबाब दिंदै आएकी पनि छन् । उपप्रधानमन्त्री भएको लामो समयसम्म पार्टी क्रियाशील रहेको भन्दै गिरिजापुत्रीका रुपमा उनले कोइराला खानदानको नेताको रुपमा आफू नै भएको बताउने गरेकी छिन् । तर, सुशील उनलाई पत्याउने अवस्थामा छैनन् । सुशीलसँग उनको सम्बन्ध नराम्रो पनि छैन् आत्मीय पनि होइन भन्छन् एक कांग्रेसी नेता । सुजाताको सम्बन्ध शेखरसँग खासै राम्रो छैन । तर, सशांकसँग नराम्रो छैन । उस्तै लाग्ने तर, एक जना कसलाई अघि लगाउने भन्नेमा सुशीललाई सहज छैन । १३ औं महाधिवेशनमा आफैं अघि बढे पनि अर्को पटकको नेतृत्वको लागि कसलाई पारिवारिक सत्ता सुम्पने भन्ने सामञ्जसमा सभापति कोइराला छन् ।
ओली-भारतीय राजदूत भेट 'विरोधले संविधान रोकिंदैन'
एमाले अध्यक्ष केपी ओलीले संविधानसभाभित्रको अधिकतम सहमतिमा साउनभित्र संविधान जारी हुने बताएका छन् । ..... अध्यक्ष ओलीले १६ बुँदे सहमति ऐतिहासिक भएकाले यसकै आधारमा अघि बढ्ने बताएको

खस हरुको पहिचान को शब्द ले सारा देश को नाम

नेपाली भाषा खस हरुको भाषा हो। नेपाल शब्द त्यो नेपाली भाषा सँग मिल्दोजुल्दो छ। जब खस हरुले "नेपाली मुल" भन्छन त्यो विश्व भरि छरिएका खस हरु बारे भनेको हो। अर्थात खस भन्नु र नेपाली भन्नु एउटै हो जातीयता को हिसाबले। हामी नेपाली भनेर संसार भरिका खसले भन्ने गर्छन।

नेपाली भाषा जनजातिहरुको भाषा होइन यद्यपि नेपाली भाषा पहाड़ मा लिंक भाषा भएको छ। तर जनजाति को आफ्नै पहिचान छ। २०० वर्ष अगाडि को नेपाली भाषा र अहिलेको नेपाली भाषा मा धेरै को फरक छ। राज्य (state) ले काखा गरेर अरबों खरबों को लगानी गरे पछि जुन सुकै भाषा पनि विकसित भाषा बन्न सक्छ भन्ने कुराको उदहारण हो नेपाली भाषा।

मधेसी समुदाय बिभिन्न उप समुह हरु भएको समुदाय हो। खस समुदाय मा पनि चार पाँच स्पष्ट फरक पहिचान संस्कृति रीती रिवाज बिहेबारी भएका समुदाय हरु छन। जनजाति मा पनि त्यही हो। दलित मा पनि पहाड़ी दलित र मधेसी दलित मा धेरै फरक छ।

नेपाल भन्ने शब्द खस हरुको शब्द ले सारा देश लाई नाम दिन सक्छ भने, मधेसी जनजाति सबै रहेको देश को नाम खस हरुलाई पाइक पर्ने शब्द ले दिन सक्छ भने, त्यो कुरा मधेसी र जनजाति लाई समस्या छैन भने, त्यस पछि को जुन लेवल छ संघीय प्रदेश हरुको लेवल ---- तिनका नाम मा खस, मधेसी, जनजाति लाई मिल्ने नाम प्रयोग गर्न नहुने अडान हेपुवा अडान हो।

लोकतंत्र एक व्यक्ति एक मत नै हो, अर्को परिभाषा छैन। त्यसैले प्रतिनिधि सभा मा पनि र राज्य सभामा पनि प्रत्येक प्रदेश को जनसंख्या समानुपातिक प्रतिनिधित्व मा सहमति गर्दै आठ राजयको सीमांकन को सवाल मा र नामांकन को सवालमा यो नक्शा push गर्नु पर्ने जस्तो लाग्छ। तर बाहुन संग गफ हुने पछि हो। पहिला मधेसी जनजाति ले आफु एकीकृत पार्टी निर्माण गरेर यस नामांकन सीमांकन मा आफु आउनु पर्यो। अहिले त तिमीहरुले नामांकन सीमांकन चाहेको नक्शा के भनेर सोध्दा मधेसी जनजाति सँग एउटा उत्तर नै छैन। त्यो त बाहुन बाट शक्ति खोस्ने मनस्थिति भएन, बाहुनलाई आफ्नो शक्ति दिने, बाहुनको मा गएर लम्पसार पर्ने मनस्थिति भयो। पहिला आफ्नो होमवर्क गर्ने हो।

अलिकति give and take त हुन्छ। ठीक छ तिमी बाहुन हरु को संख्या आठ सँग लव पर्यो तर ती आठको नामांकन र सीमांकन यस किसिमको नै हुनुपर्छ भनेर भन्न सक्नुपर्यो नत्र भने जनतालाई छले जस्तो मात्र हुन्छ। विरोध का लागि विरोध गरे जस्तो हुन्छ। आफ्नो कैंप मा पहिला स्पष्टता ल्याउने।


खस हरुको पहिचान को शब्द ले सारा देश लाई नाम दिन मिल्छ भने त्यस पछि अर्को लेवल प्रदेश हरु को नाम मधेसी र जनजाति को पहिचान झल्किने नै हुनुपर्छ। होइन भने देशको नाम फेरौं, कुनै neutral नाम राखौं।