Thursday, June 18, 2015

Investigative Journalism र मधेस

झट्ट हेर्दा यो लेख investigative journalism जस्तो लाग्छ ---- होला पनि --- तर यसको फुल पिक्चर के भन्दा खेरी --- कनक ले यही magnifying glass काठमाण्डु माथि तेर्स्युन्दैन। नत्र भने यो भन्दा १०० गुणा भयावह दृश्य देखिन्छ। कनक को ५ विकास/विनास क्षेत्र वाला सोंच त्यसले बुझ्न सकिन्छ।

सीके राउत को मानव अधिकार हनन हुँदा चुइँक्क नबोल्ने मा कनक पनि हो।


प्रचण्ड र बाबुराम बीचको Dynamic

मलाई उनीहरु बीचको सम्पुर्ण इतिहास थाहा छैन, थाहा पाउनु जरुरी पनि छैन। तर प्रचण्ड र बाबुराम बीचको Dynamic को एउटा घटना: बाबुराम एक पटक प्रधान मंत्री भएको। त्योभन्दा अगाडि उ माओवादी संसदीय दलको नेता बन्नुपर्ने। प्रचण्ड भर्खर कटुवाल प्रकरण मच्चाएर देश विदेशमा बदनाम भएको मान्छे। उ तत्काल प्रधान मंत्री बन्ने संभावना थिएन। बाबुराम प्रचण्ड होइन तर पार्टी को मान्छे त हो, पदमा सीनियर नभए पनि विचारमा सीनियर शिक्षा दीक्षामा सीनियर। पढाई लिखाई ले फरक पार्छ त --- makes a HUGE difference  ------- प्रचण्ड को कटुवाल प्रकरण ले गर्दा नै हो पहिलो संविधान सभा तुहिएको। देश विदेशमा अनावश्यक माओवादी पार्टी प्रति शंका बढेर गयो त्यस पछि। त्यो एउटा strategic होइन मुर्ख कदम थियो। यो त विपक्ष मा बस्न रुचाउने मान्छे रै छ जस्तो लागेको। मुखले सबै ले प्रधान मंत्री बनने नै भनेको हुन्छ --- तर त्यति सजिलो कहाँ छ र सत्ता सम्हालन? राष्ट्रपति बने पछि ओबामाको कपाल फुल्यो। त्यति सजिलो होइन सत्ता भन्ने कुरा। प्रचंड लाई सत्ता हातमा आगो जस्तो भयो। कति गार्हो --- आम्मामा। अनि त्यो आगो हात बाट फाल्न उसले कटुवाल सँग र राम वरण सँग निहुँ खोज्यो। प्रचण्ड फेरि प्रधान मंत्री बन्नु पर्ने मान्छे होइन। देशको हितमा त्यो छैन।

तर त्यति बेला प्रचण्ड ले बाबुराम लाई सकेसम्म बाटो छेकेर बसेको। प्रचण्ड को त्यो व्यवहार मार्क्सवाद र माओवाद अथवा माओवादी पार्टी को strategic thinking मा आधारित व्यवहार हुँदै होइन। त्यो चाहिँ मह को एउटा जोक छ नि --- नेपाली भ्यागुता हरु लाई टोकरी को ढक्कन नै नचाहिने जोक। त्यो भ्यागुतावाद हो त्यो प्रचण्डको व्यवहार।


प्रचण्ड को इशारा बिना माओवादी पार्टी भित्र पात पनि हलिँदैन भनेको त्यो भ्यागुतावाद हो।

Investigative Journalism Sample: मिथिलामा माफियाराज (विस्तृत रिपोर्ट)