Tuesday, June 16, 2015

समाधान


  • नामांकन र सीमांकन सहितको संविधान न आएसम्म यो संविधान सभा कायम 
  • कोचिला, मिथिला, भोजपुरा, थरुहट, कोशी, बागमती, गण्डकी, कर्णाली ८ प्रदेश 
  • राज्य सभामा प्रत्येक राज्य को जनसंख्या समानुपातिक प्रतिनिधित्व --- जम्मा ४५ 
१६ किन? ३ बुंदा काफी छ। 

राज्य सभामा ४५ मध्ये ५ वाला प्रावधान राम्रो छ। सचिन तेंदुलकर जस्तो मान्छे लाई राज्य सभा मा पुर्याउने तरिका। तर नेपालमा भने त्यै पनि बेचबिखन हुने डर। बिजय गद्दार ले पाए बेच्छ त। त्यो ५ सीट पार्टी एफिलिएशन नभएका देश का रत्न हरु लाई --- कलाकार कवि वैज्ञानिक आदि लाई दिएको राम्रो। रिटायर्ड खिलाड़ी। 


हामी ९०% हौं भन्ने पार्टी हरुले, दम्भ गर्ने हरुले नामांकन र सीमांकन पनि गरिहाल्ने। इ यसरी।


पहिचानका चार, भुगोल/सामर्थ्य का चार। 

उपेन्द्र को नया पार्टी मा शंका गर्नु पर्ने एक बुंदा

उपेन्द्र यादव को नया पार्टीको मेनिफेस्टो मैले पढ़ें, त्यहाँ वाम एकता को कुरा छ। आफ्नो ठाउँमा राम्रै हो। तर एउटा बुंदा छ जुन सार्है नै गलत छ। राज्य सभामा प्रत्येक राज्यले बराबर संख्यामा सीट पाउने। त्यो उपेन्द्र ले नपढेको कि नबुझेको कि बुझ पचाएको? That is a departure from one person one vote democracy. त्यसले मधेस माथिको उपनिवेश लाई परमानेंट गर्छ, संस्थागत गर्छ। कि त पहाड़ तराई दुबै मा बराबर संख्या को राज्य हरु हुनुपर्यो। त्यस्तो अवस्थामा पनि कोचिला ले मिथिला लाई ठग्छ। तर उही सात अंचल टाइप नक्शा आयो भने राज्य सभामा एक जना पनि मधेसी नपुग्ने अथवा एक दुई जना वेदानन्द झा हरु आक्कल झुक्कल पुग्ने अवस्था को सिर्जना हुन्छ। पहाड़ी हरु का लागि लोकतंत्र, मधेसी हरु का लागि पंचायती व्यवस्था।

कुनै बिल प्रतिनिधि सभा मा पास भए पछि त्यो बिल राज्य सभामा पनि पास गर्नु पर्ने हुन्छ। राज्य सभा मा राज्य हरुको जनसंख्या समानुपातिक प्रतिनिधित्व छैन भने मधेसी हरुले प्रतिनिधि सभा मा जति सुकै उछलकूद गरे पनि केही लाग्दैन।
अहिलेको अवस्थामा मधेसी हरुले सबै भन्दा बढ़ी शंका गर्नु पर्ने कुरा नै राज्य सभाको बनौट हो। त्यहाँ त उपेन्द्र यादव मजा सँग चुकेको छ।

उपेन्द्र यादव फेरि ठगिन लागेको हो?
दुई गाउँ को कथा
१० बढ़ी पार्टी एकीकरण गर
१% थ्रेसहोल्ड

भारत मा जस्तै राज्य सभामा राज्यहरुको जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्छ ----- that is what one person one vote democracy means.