१% थ्रेसहोल्ड
Threshold Should Be At 1%
पार्टी एकीकरण किन नगरेको?
नेपालमा कमसेकम १० वटा यस्ता पार्टी छन जुन कि फरक फरक पार्टी हुनुपर्ने कुनै कारण नै छैन। मधेसी पार्टी हरु २ बाट फुट्दै फुट्दै २० वटा ३० वटा भइसकेको हुन्छ एक मधेस एक प्रदेश भन्न छोडेको हुँदैन। त्यस्ता पार्टी को सबै को केंद्रीय समिति पनि कस्तो जंबो जंबो। उनी हरुको स्थानीय यूनिट मा पनि पदाधिकारी छन जस्तो लाग्दैन। पार्टी का पदाधिकारी जति सबै केंद्रीय समिति सदस्य। केंद्रीय समिति किन सानो नबनाएको भन्दा, कसलाई हटाउने? कसै लाई हटाए उसले पार्टी नै फोड़दिन्छ, त्यो रिस्क हामी लिन सक्दैनम् भन्ने जवाफ आउँछ। जब कि यथार्थ उल्टो हो। एक जमाना मा माओ ले accidentally पत्ता लगाएको कुरा। पार्टी को केंद्रीय समिति बाट आधा मान्छे फाल्दियो पार्टी त ग्रॉसरूट्स मा दोब्बर भइ जाने। एक दुई वर्ष पर्ख्यो फेरि केंद्रीय समिति बाट आधा मान्छे फाल्दियो। पार्टी दोब्बर भा को, फेरि दोब्बर भइ जाने। It is like getting rid of fat. You lose fat, and you realize you can now run faster. यस्ता जंबो केंद्रीय समिति भएका पार्टी हरु एउटामा पनि आतंरिक लोकतंत्र छैन भने त्यसै थाहा हुन्छ। ३१ जना सम्म म पत्याउँछु। त्यो भन्दा बढ़ी छ भने त्यो केंद्रीय समिति को बैठक नै बस्दैन। मैले यताउती सोधेर भनेको होइन। त्यो स्वतः कुरा हो।
पहिला निर्णय गर्ने। हामी तीन पार्टी एक हुन चाहन्छौं। हाम्रो प्रत्येक को केंद्रीय समिति मा १०१ जना छन --- ३०३ जना को केंद्रीय समिति बनाउन त भएन। तीन पार्टी एक गर्दा combined १०१ जना को केंद्रीय समिति कसरी बनाउने? वोट गर्ने। निर्णय सुनाउने सबै लाई अनि वोट गर्ने। निर्णय: "केंद्रीय समिति १०१ बाट ३१ पुर्याउनु पर्ने भो, पार्टी एकीकरण का लागि। " तरिका: ती १०१ जना सबै ले ३१ वोट खसाल्न पाउने, ३१ भन्दा कम खसाले हुने बढ़ी खसाले बैलट बदर हुने। नचिनेको लाई वोट दिने कुरा आउँदैन। अधिकांश ले १०-१२ जना भन्दा बढ़ी चिनेको हुँदैन -- एउटै केंद्रीय समिति मा बसे पनि। सबै भन्दा बढ़ी वोट ल्याउने ३१ जना को नया केंद्रीय समिति बन्छ। अनि तीन पार्टी एक भयो। ५-६ महिना पर्खिने अनि फेरि वोट गरेर १०१ लाई ३१ मा झार्ने र त्यस पछि केंद्रीय समिति को बैठक प्रत्येक तीन महिना मा एक पटक गर्ने।
यो फोर्मुला मा गए तीन वटा त के ३० वटा पार्टी हरु लाई पनि एक ठाउँ मा ल्याउन सकिन्छ। एक ठाउँ मा ल्याउनु पर्ने ३० वटा पार्टी नै छ फेरि।