नेपाली काँग्रेसको संवैधानिक राजतन्त्र प्रतिको रटान बड़ो अवैज्ञानिक थियो। चाहे राजाले जेसुकै गरुन तर राजतन्त्र नफाल्ने। जति सुकै चरम सीमाको दमन शोसन गरुन तर राजतन्त्र नफाल्ने। बीपी ले लोकतंत्र बुझेको संघीयता नबुझेको, लोकतंत्र पनि आंशिक मात्र बुझेको। बीपी को संवैधानिक राजतन्त्र प्रतिको रटान ले देश लाई दशकों पछाडि धकेलयो। राजा गयो देश छ। यो संभावना बीपी को गिदिमा नछिरेको। बीपी को नारा लोकतंत्र-राष्ट्रियता-समाजवाद भन्ने थियो। लोकतंत्र र समाजवाद चाहिँ उ तर राष्ट्रियता चाहिँ राजा -- त्यो थियो बीपीको सोंच। गलत थियो। यसै अंध विश्वास ले गर्दा he never saw the coup coming --- नत्र ५०० सशस्त्र मान्छे ले रोक्न सक्ने महेन्द्रको कु। प्रधान मंत्री ले ५०० सशस्त्र मान्छे राख्न नसक्ने होइन। तर राख्ने उसलाई जरुरत महसुस भएन। गल्ती गर्यो बीपीले ३० वर्ष गुमायो देशले।
बीपी को संवैधानिक राजतन्त्र प्रतिको रटान गलत थियो --- it was the emotional dependence of the abused upon the abuser.
पहिले कृष्ण प्रसाद भट्टराई को कुरा गरौं। बीपी कोइराला को कुरा अलि पछि गरौं। महेन्द्र नारायण निधि को कुरा गरौं अनि त्यस पछि बीपी को कुरा गरौंला। नेपालमा लोकतंत्र मारेको गोलीले होइन, बीपी र सुगरले हो। बीपी बीपी, सुगर चाहिं गिरिजा।
कृष्ण प्रसाद भट्टराई लाई बहुदल पुनर्बहाली को पहिलो चुनाव मा हरायो गिरिजाले चमक्यो मदन भण्डारी। कति गलत निर्णय! निरक्षर हरुको देशमा गिरिजा SLC Pass नै हो कि चाहिने, लोकतंत्र भनेको त्यही हो कि?
कृष्ण प्रसाद भट्टराई मेरो आइडियोलॉजी मा गलत मान्छे हो तर सानो मान्छे होइन। मेरो आइडियोलॉजी संघीयता हो। कृष्ण प्रसाद (अर्को केपी) आजीवन संघीयता विरोधी मान्छे। बीपी को शिष्य जो ठहरियो। तर राजनीतिक कुशलता भएको मान्छे चाहिं हो। त्यो कृष्ण प्रसाद लाई फिर्ता नल्याए सम्म पार्टी फेरि माथि पुग्दैन भन्ने निर्णयमा पुगे पछि गिरिजाले विष पियेर केपी लाई फिर्ता ल्यायो, कृष्ण कन्हैया फेरि प्रधान मंत्री बने --- तर त्यस पछि के भयो त्यो कुरा बड़ो महत्वपुर्ण छ।
माओबादी को हिंसा शुरू भइसकेको अवस्था थियो। १०-१५ हजार मान्छे मरेर वार्ता गर्नु भन्दा अहिले नै वार्ता गर्नु राम्रो भन्ने निर्णय मा केपी भट्टराई पुगिसकेको। त्यसलाई भनिन्छ राजनीतिक कौशलता। त्यो थियो उसमा। देश शायद दरबार हत्या काण्ड अगाडि नै संविधान सभा मा जान्थ्यो, गृह युद्धमा होइन।
तर दरबारको इशारामा गिरिजाले कृष्ण प्रसाद लाई फेरि फाल्यो। गिरिजाले संवैधानिक राजतन्त्र नबुझेको। संवैधानिक राजतन्त्रमा राजदरबार ले त्यसरी देशको राजनीतिमा चासो लिन पाउँदैन। अंततः १५-१७ हजार मान्छे मरे। आखिर देश संविधान सभा मै गयो। त्यो गिरिजा लाई शांति दुत भन्छन काँग्रेसी हरु।
Girija did not know that he did not know.
त्यो एउटा उदाहरण हो। गृह युद्ध चर्काउने नै गिरिजा हो।
गिरिजा पहिलो पटक प्रधान मंत्री भए पछि १-२ वर्ष मै उसले पार्टी को स्पष्ट बहुमत हुँदा हुँदै संसद मा विश्वास गुमायो। त्यस पछि लोकतान्त्रिक संस्कृति मानने ले के गर्छ भने राजीनामा दिन्छ अनि उसको पार्टीको संसदीय दल ले अर्को नेता चुन्छ, त्यो नेता प्रधान मंत्री बन्छ। मार्गरेट थैचर पछि जॉन मेजर त्यसरी नै आएको।
त्यो अर्को व्यक्ति महेन्द्र नारायण निधि थियो। तर गिरिजा को मधेसी समुदाय प्रतिको racist hatred यति सार्हो तीव्र थियो कि उसले गर्न नहुने कुरा गर्यो। संसद विगठन गर्दियो। पार्टी बरु ध्वस्त होस् तर कुनै मधेसी प्रधान मंत्री नबनोस् --- उसको त्यो चरम गैर लोकतान्त्रिक व्यवहार। गैर लोकतान्त्रिक सोंच नभनौं। उसले सोंचेर गरेको कुरा होइन। It was his knee jerk reaction.
यस घटना पछि नेपाली काँग्रेस र मधेसी समुदाय बीच खड़ा भएको फाटो कहिले पुरिन्न्न।
अब कुरा गरौं बीपी को। बीपी लाई फेरि फर्किन दरबार लाई सघाएको नंबर एक सिविलियन सुर्य बहादुर थापा। बाउ महेंद्र लाई सघायो, छोरा वीरेंद्र लाई सघायो। तर त्यो सुबथा द्वारा सधैं प्रयोग हुन तैयार गिरिजा। The entire fucking time.
सुगर गिरिजा।
बहुदल आए पछि गिरिजाले जुन पटक पटक बदमाशी गर्यो त्यो नगरेको भए नेपाल नया शताब्दीमा आर्थिक क्रांतिको बाटो मा अग्रसर भइ सकेको हुने।
नेपाली काँग्रेस भित्र आज आतंरिक लोकतंत्र को पुर्ण अभाव जुन छ त्यसको नंबर एक कारण नै गिरिजा हो।