Monday, June 08, 2015

सबै भन्दा ठुलो व्यवधान

संघीयता बिनाको संविधान जारी गर्दिने? अनि संविधान सभा को म्याद सकिने? अनि त्यो सभा संसद बन्ने? This makes me suspicious. ६ महिना पर्खिये के बिग्रिन्छ? संघीयता को सीमांकन सहितको संविधान जारी गरे पछि बल्ल संविधान सभा को म्याद सकिने गरे हुँदैन?

केपी ओली लाई मधेसी राष्ट्रपति र उप राष्ट्रपति नपचेकोले संविधान सभा ले सीमांकन सहितको संघीयता वाला संविधान जारी नगर्दै बाई बाई गर्दिने?

संविधान सभा को नामले नै स्पष्ट हुन्छ। संविधान सभा को काम हो संविधान जारी गर्ने। जुन मुद्दा को छिनोफानो नभएको ले पहिलो संविधान सभा बाट दोस्रो संविधान सभा सम्म पुग्नु पर्यो, त्यस मुद्दा लाई ज्युँ का त्यूँ छोडेर संविधान जारी गर्ने भनेको के?

अहिले भएको सम्झौता देशमा मधेसी राष्ट्रपति र मधेसी उप राष्ट्रपति भएको नपचेका हरु बीचको सम्झौता हो। त्यो भन्दा बढ़ी के हो?




८ प्रदेश



  • ७५ जिल्ला कायम राख्ने, जिल्ला सरकार रहने 
  • राज्य सभामा प्रत्येक राज्यको उपस्थिति त्यस राज्यको जनसंख्या समानुपातिक हुने 
  • तराई का सबै जिल्ला समेटने गरी ४ राज्य बनाउने 
  • तराई का चार प्रदेश ले प्रतिनिधि सभा मा जनसंख्या समानुपातिक सीट पाउने 
यति गर्ने हो भने मैले नया सम्झौता मान्न सक्ने बाटा हरु खुल्न सक्छ। 

भारत मा त्यस्तै छ --- राज्य सभा मा राज्य हरुको उपस्थिति जनसंख्या समानुपातिक छ। One person one vote भनेको non negotiable हो। संघीयता पनि लोकतंत्र पनि एकै चोटि गायब पार्ने षड्यंत्र भइ राखेको त छैन?