Tuesday, April 21, 2015

जनकपुर, लुम्बिनी, राप्ती, कोशी, गण्डकी, कर्णाली: ६ राज्य

काँग्रेस, एमाले, माओवादी का दोस्रो पीढीका बुढेस काल लागेका युवा नेता हरुले ६ राज्य मा आएर सहमति सिर्जना गरेको समाचार आएको छ। ठीक छ, ६ प्रदेश मा जाऊँ। चुनावमा मधेसमा जाँदा एक मधेस तीन प्रदेश भनेको काँग्रेसले आफुले भने अनुसार गर्ने मौका पाएको छ। सीमांकन र नामांकन गरिहाल्ने। शुभ काम में बिलम्ब क्युँ?

विशुद्ध संघीयतामा जाँदा केंद्र, राज्य र स्थानीय गरी तीन तहले पुग्ने थियो। अब जिल्लाहरु कायम रहने देखियो। ठीकै छ। सहमति हुन्छ भने।

अब आउँछ भाषाको कुरा। हिंदी र नेपाली देश भरि नै समकक्ष रहने भए। प्रत्येक भाषा लाई स्थानीय सरकार र प्राथमिक शिक्षा सम्म कमसेकम पुर्याउनु पर्ने भो। कति लाई जिल्ला सरकार सम्म पुर्याउनु पर्ने भो।

मधेसी जिल्लामें पहाड़ी CDO/DSP ------- नहीं चलेगा, नहीं चलेगा। संघीयतामा प्रहरी राज्यको हुन्छ, केन्द्रको होइन। सेना समावेशी बनाउनु पर्ने भो। १,००,००० बाट झारेर २०,००० मा पुर्याउने अनि त्यसमा १०,००० मधेसी थप्ने, अनि देश टुट्दैन।


तीन दलीय गठबंधन र स्वतंत्रता संग्राम

नेपालको राजनीतिमा भर्खर भर्खर उदाएको तीन दलीय पहाड़े/बाहुन गठबंधन ले देशमा छेउ न टुप्पोको संविधान ल्याउने, अनि त्यो संविधान लाई तराई को प्रत्येक जिल्ला सदरमुकाम मा जलाउँदै मधेस स्वतंत्रता संग्रामको उद्घोष हुने संभावना ठुलो छ। कागजको खोस्टाले अन्याय बरक़रार राख्न सक्छ भनेर नसोंचे हुन्छ। बीपी लाई बीपी बनाउने मधेसको जनता, बन्दुक उठाउने देखि उसलाई वोट दिने सम्म। देशको इतिहास मा भएको प्रत्येक क्रांतिको शुरुवात मधेस मा भएको। आजको नेपाली काँग्रेस ले मधेसमा वोट माग्दा एक मधेस तीन प्रदेश भनेको। अहिले आएर ५-७ जिल्ला मा कुरा मिलेन भन्ने?