Wednesday, December 03, 2014

सगुन, न्यु यर्कका नेपाली, र Anti Dilution Clause को बखेड़ा


सगुनको राउंड १ मा पैसा हाल्ने तर anti dilution clause छ भने मात्रै भनेर अडान लिरहेका नेपाली केही छन न्यु यर्कमा।

जुन दिन सगुन न्यु यर्क आयो त्यो दिन अगाडि मैले कहिले सगुनको नाम सुनेको थिएन। तर म अहिले औपचारिक रुपले नै सगुनको Advisor छु, मैले सगुनको राउंड २ fundraising गर्ने जिम्मेवारी लिएको छु।

मजाको कुरो यो छ कि यो anti dilution clause जुन छ त्यो न्यु यर्कको नेपाली समुदायमा पसाउने मान्छे नै म हुँ। मेरो आफ्नै tech startup छ, मेरो टीमले एउटा Augmented Reality Mobile Game बनाउँदैछ। हामी पनि राउंड १ मैं छौं। हामी चाहिं अहिलेलाई pre-launch हो, सगुन चाहिं post launch हो।

मेरो tech startup मा anti dilution clause छ। हाम्रो अहिले valuation १ मिलियन डॉलर हो, त्यस valuation मा हामीले राउंड १ मा 50K उठाउन लागेको। भने पछि 50K हाल्नेले ५% स्वामित्व पाउने कुरा छ। 10K हाल्नेले १% पाउने भो। र त्यहाँ anti dilution clause छ। अर्थात पछि राउंड २, राउंड ३, राउंड ४ जति सुकै राउंड fundraising भए पनि अहिले १% स्वामित्व पाएको इन्वेस्टरको १% कायम रहने छ। IPO हुँदा पनि त्यही हो।

तर नाक छुने दुई तरिका छन भन्छन। र सगुनले अर्को बाटो रोजेको छ। र बहुसंख्यक tech startup ले मेरो होइन सगुनको बाटो नै लिएको देखिन्छ। सगुनले २ मिलियन valuation मा 350K उठाइ सक्यो र अर्को 150K उठाउन लागेको छ। यो 500K हाल्नेले समग्रमा २५% पाउने भन्ने छ तर anti dilution clause छैन। र त्यो समस्या होइन। यो राउंड १ को २५% dilute हुँदै गएर राउंड ५ मा आखिर ५% हुन सक्छ। तर त्यो समस्या होइन। अहिले २ मिलियन valuation मा रहेको कम्पनी राउंड ५ मा ५०० मिलियन valuation मा पुगेछ भने २५% बाट झरेर ५% मा पुगेको स्वामित्वको डॉलर value कति भयो? २५ मिलियन भएन? 500K इन्वेस्ट गरेको र झिक्दा २५ मिलियन भएर आउने कुन मम पसल छ? कुन किराणा दोकान छ? कुन अख़बार छ? कुन घर छ? कुन रेस्टोरेंट छ? कुन अपार्टमेंट छ?

परसेंटेज ओनरशिप मा नअल्झिने। डॉलर value हेर्ने हो। २५% र ५% को मतलब भएन।

तर कम्पनी डुब्यो भने २५% पनि जीरो हो, ५% पनि जीरो हो। तर यो सफल कम्पनी हो। सबै आतंरिक कुरा मैले publicly भन्न मिल्दैन, तर मैले सगुनलाई नजिकबाट अध्ययन गरेको छु। त्यही गरेर न मैले बिज़नेस डील गरेको हो। Advisor बनें म। मैले सगुनको राउंड २ fundraising गर्ने हो। त्यसो गरेर मैले पाउने लगभग सबै कुरा fundraising गरे पछि पाउने हो। महिनौ मैले समय लगाउनु छ। सगुनको मैले promise नदेखेको भए मैले किन त्यसरी समय इन्वेस्ट गर्नु पर्यो?

तर मैले हिजो कवीन्द्रजीलाई भनें, तपाईंले राउंड १ का इन्वेस्टरलाई २५% दिएर त्यहाँ anti dilution clause राख्नु हुन्छ भने सबभन्दा पहिला म भाग्छु। किनभने त्यस पछि राउंड २ fundraising का सबै बाटाहरु बन्द हुन्छन्। कम्पनी डुबछ, शुरुको 350K डुबछ, अब आउने 150K डुबछ। सब चिलिम।

परमेन्द्र भगतको कम्पनीको जस्तो anti dilution clause पनि खोज्ने अनि गोविन्द गिरी, कवीन्द्र सिटौलाको कम्पनीको जस्तो २५% पनि खोज्ने! त्यो कसरी हुन्छ? परमेन्द्र भगतको कम्पनीमा anti dilution clause छ तर त्यहाँ राउंड १ काले जम्मा ५% मात्र पाएका छन। नाक छुने दुई तरिका छन। दुवैले नाक नै छुने हो।

म नेपालको लोकतान्त्रिक क्रांतिमा फुल टाइम खटेको मान्छे, त्यस पछिको मधेसी क्रांतिमा फुल टाइम खटेको मान्छे, र अब आगामी ३० वर्ष नेपालको आर्थिक क्रांतिकालागि समर्पित मान्छे। सगुनलाई र मेरो tech startup लाई त्यस angle बाट पनि हेर्नु पर्ने हुन्छ।

कवीन्द्रजीले बारम्बार remind गर्नु हुन्छ, हामी नेपाली, हामी South Asian भनेर। त्यो feeling को ठुलो महत्त्व छ। त्यसै feeling को आधारमा ६ मिलियन इसरायलीले ६०० मिलियन जनसंख्या भएका देशले गर्न नसकेका कुरा हरु गरेका छन।

टेक टीम बिल्ड गर्नु भनेको fundraising भन्दा धेरै गार्हो काम हो। सगुनले गजबको टेक टीम बिल्ड गरेको छ दिल्लीमा। १००,००० user हुनु भनेको धेरै हो। मैले शुरुमा सगुनको आन्द्रा भुँडी बुझ्नु अगाडि म excited भएको त्यो एउटा नम्बरको आधारमा हो।

I do think there is space for another social network. And I think we need tens if not hundreds of successful Nepal/Nepali origin tech startups if Nepal is to hope to become a developed nation within 20-30 years. Nepalis investing in round 1 in a tech startup positions that startup to raise round 2 from professional investors. They come in with much bigger pots of gold.

Last year नवम्बर तिर म खगेन्द्रजीलाई भेट्न गएँ, मेरो टेक स्टार्टअपको बारेमा। बड़ो राम्रो गफ भयो। मेरो राउंड १ मा 5K हाल्नोस् भन्ने मेरो अनुरोध थियो। म र मेरा साथीहरु मिलेर 50K हाल्छौं तर हामीलाई ५०% ओनरशिप चाहिन्छ भन्नु भो। कुरै समाप्त भो। त्यो अनुसार मैले डील गर्ने हो भने कम्पनी पनि डुब्ने, वहाँको र वहाँको साथीहरुको 50K पनि डुब्ने --- त्यस्तो खेती किन गर्ने? (Tech Startup Equity Distribution)



सगुन र दर्शन रौनियार
सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण
सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण (२)




थारु र मधेसी



थारु भनेको मधेसी भित्रको एउटा sub group हो, यादव जस्तो। यादवहरुले हामी त यादव हो, हामी मधेसी होइन भनेर भने जस्तो, थारुले हामी मधेसी होइन भनेको त्यस्तै हो।

थारु जनजाति पनि हो र मधेसी पनि हो। तराईका दलित दलित त हो नै तर मधेसी पनि हो। दलितहरु भित्रै पनि पहाड़ी-मधेसी हुन्छ। त्यस्तै जनजातिहरु भित्र थारुलाई मधेसी भनेर हेरिरहेका हुन्छन्। नेपालको दलित समुदाय भित्र पनि पहाड़ी-मधेसी विभेद छ। नेपालको जनजाति समुदाय भित्र पनि पहाड़ी-मधेसी विभेद छ।

मुसलमानको पनि त्यस्तै हो। हामी मधेसी होइन हामी त मुसलमान हो भन्नु घातक तर्क हो। तराईमा बसेका मुसलमान मात्रको कुरा गरेको होइन, ४-५ सय वर्ष देखि काठमाण्डु उपत्यकामा बसेका मुसलमान पनि मधेसी नै हुन। मारवाडी पनि मधेसी हुन। उपेन्द्र महतो मात्र होइन, विनोद चौधरी पनि मधेसी हो।

थारु त मधेसी भैहाले। थारु त खाँटी मधेसी हो। मधेसी पहिचान एउटा सांस्कृतिक मोर्चा जस्तो हो। छ त, यादवहरुको आफ्नो छुट्टै संस्कृति छ त।

थारु भाषा र मैथिलि भाषा उस्तै उस्तै छन। भोजपुरी र मैथिलि मिले जस्तो। त्यसको कारण ऐतिहासिक सामीप्य नै हो। जति बेला ब्रिटिशले मधेश काठमाण्डुलाई दियो त्यति बेलाको मधेशमा यिनै मानिस थिए। थारु, यादव, मैथिलि, भोजपुरी सब थिए।

मधेसी भनेको बृहत पहिचान हो। त्यस भित्र थारु र यादव दुबै पर्छन।