Monday, December 01, 2014

Bad Politics, Poor Nepal, Untapped Water Resources

नेपालमा एउटा घातक political class छ जसले नेपाललाई अहिलेसम्म गरीब बनाएर राखेको हो र त्यसै रुपमा राखि रहन चाहन्छ। नेपालको नदी जब भारत पुग्छ, त्यो नदी र त्यो पानी भारतको भयो। त्यो अन्तर्राष्ट्रिय मान्यता र कानुन हो। तर भारतले त्यस्ता आफ्ना नदी नालाका बारे योजना बनाउँदा शंकाको दृष्टिले हेर्ने? नदी नालाको देश हुँदैन। देश बनाएको मान्छेले हो। बिजुली उत्पादन, बाढ़ी पहिरो नियन्त्रण, सिंचाई का लागि योजना बनाउँदा comprehensive किसिमले हेर्नु पर्ने हुन्छ। बिहार मा flood control गर्न नेपालको सीमाना भित्र नै केही गर्नु पर्ने हुन्छ। त्यो नेपालका लागि समस्या कसरी भयो? त्यस्ता परियोजनाबाट नेपाल का लागि पनि सकेसम्म कसरी फाइदा लिने, त्यता तर्फ सोच्ने हो। बार्गेनिंग गर्ने हो, लिंडे ढिपी नगर्ने हो। नेपालको गरीबीलाई नेपालको राष्ट्रियता ठान्ने तत्व हरु बाट सावधान।

दिल्ली र बेइजिंग का मानिस दिन भरि नेपाल बारे सोंचेर बस्छन् भन्ने भ्रम फाल्ने हो। त्यो यथार्थ होइन। दिल्ली र बेइजिंग दुवै एक अर्का को अर्थतंत्रमा योगदान पुर्याउन खोजेका ताकत हुन। दुबैको समस्या गरीबी भन्ने कुरा दुबैलाई थाहा छ। नेपाल काले पनि थाहा पाउनु पर्ने कुरा त्यही नै हो। विकासको काममा बाधा नबन्ने। Thank You भन्न सिक्ने, appreciate गर्ने।

१००% पूँजी लगाउने, १००% काम गर्ने प्राइवेट कम्पनीले त्यो परियोजना बाट उत्पादन हुने बिजुली १००% नेपाल लाई दिने कुरा त आउँदैन। १००% नेपाललाई दिन पर्यो भनेर तर्क सार्ने हरु पनि देखिएका छन।

नेपालमा गार्हो पर्यो भने भारतीय कंपनी भुटान जान्छ, गएको पनि छ। FDI देश भित्र ल्याउन compete गर्ने हो। आउन लागेको FDI लाई पनि धपाउने होइन।

Modi Noticed A "Trust Deficit"
नेपालको नदीहरुमा भारतको गिद्दे दृष्टि

South Asia’s hydro-politics Water in them hills Bad politics should no longer prevent Nepal and its neighbours making the most of some amazing geology




Himalayan rivers, fed by glacial meltwater and monsoon rain, offer an immense resource. They could spin turbines to light up swathes of energy-starved South Asia. Exports of electricity and power for Nepal’s own homes and factories could invigorate the dirt-poor economy. National income per person in Nepal was just $692 last year, below half the level for South Asia as a whole. ...... South Asian Association for Regional Co-operation ..... Governments think the normally rudderless body could find a purpose in energy integration ....... Research done for Britain’s Department for International Development suggests four big hydro projects could earn Nepal a total of $17 billion in the next 30 years—not bad considering its GDP last year was a mere $19 billion. ...... All Nepal’s rivers, if tapped, could feasibly produce about 40GW of clean energy—a sixth of India’s total installed capacity today. Add the rivers of Pakistan, Bhutan and north India (see map) and the total trebles. Bhutan has made progress: 3GW of hydro plants are to be built to produce electricity exports. The three already generating produce 1GW out of a total of 1.5GW from hydro. These rely on Indian loans, expertise and labour. ....... In Nepal projects were once scuppered by local politics, a ten-year civil war, suspicion of India and a lack of regulation that put off creditors. ...... the terms of the projects look generous to the host. For Upper Karnali, GMR will set aside 12% of electricity production, free, for Nepali consumers. It will also give Nepal a 27% stake in the venture. After 25 years of operation the plant will be handed to Nepal. ........ radical change that opened India’s domestic power market a decade ago. Big private firms now generate and trade electricity there and look abroad for projects ...... South Asia will have to triple its energy production over the next 20 years. Integrating power grids and letting firms trade electricity internationally would be a big help. It would expand market opportunities and allow more varied use of energy sources to help meet differing peak demand. Nepal could export to India in summer, for example, to run fans and air conditioners. India would export energy back uphill in winter when Nepali rivers dry and turbines stop spinning. ..... Governments that learn to handle energy investments by the billion might manage to attract other industries, too. Nepal’s abundant limestone, for example, would tempt cement producers once power supplies are sufficient. In the mountains, it is not only treks that are rewarding.

Saturday, November 29, 2014

नक्शा कोर्ने नेताले होइन

नेताहरुले संघीयताको सिद्धान्तमा सहमति निर्माण गर्ने हो। त्यसपछि नक्शा भनेको नेता अथवा पार्टीले कोर्ने नै होइन। नेता अथवा पार्टीले सर्जरी गर्ने होइन भने जस्तो। सर्जरी त डाक्टरले गर्छ। नक्शा कोर्ने काम त्यस सम्बन्धी टेक्निकल ज्ञान भएका बिज्ञहरुले गर्ने हो।

सहमतिका सिद्धांत भनेको के? सबैभन्दा विवादित विषय संघीयतामा सबैभन्दा ठुलो सहमति भइसकेको विषय पनि संघीयता नै हो। त्यो मधेसी क्रान्तिको आदेश हो जसलाई यस संविधान सभाले दुई तिहाइ होइन शत प्रतिशत मतको आधारमा पनि फालन सक्दैन। थुप्रै नेताजीहरुले दुई तिहाई के हो भन्ने नै नबुझे जस्तो देखियो। यस संविधान सभाले शत प्रतिशत मतको आधारमा पनि वाक स्वतन्त्रता खोस्न पाउँदैन। भने पछि दुई तिहाई भनेको के? 

हाम्रा नेताजीहरुले सर्जरी गर्छु भनेर तम्सिने हो भने साधारण रुघा खोकी लागेको बिरामी पनि मर्छ। थाहा नभाको कुरो। भने पछि नक्शा कोर्न आफै किन तम्सिएको? सहमति खोज्ने भनेको राजनीतिक सिद्धांतमा हो। 

पहिलो सहमति हो संघीयता। हामी सबै संघीयताको पक्षमा छौं भने पछि ८०% झगड़ा त्यहीं सकिन्छ। किनभने जे कुराहरु संघीयता हुँदै होइन तिनलाई पनि संघीयता भन्दै विवादमा ल्याउने क्रियाकलाप बन्द हुनेछन्। 

दोस्रो सहमतिको कुरो स्वायत्त मधेश नै हो। त्यसलाई अहिले आएर मान्दैनौ भन्न पाइयेन। भित्री मधेश यदि मधेश न हुँदो हो त त्यसको नाम नै भित्री मधेश न हुँदो हो। भने पछि त्यो स्वायत्त मधेशमा भित्री मधेश त स्वतः पर्ने भो। माओवादी सँग भएको १२ बुँदे समझौता अहिले आएर माँदिन भन्न पाइयेन। नमान्ने भए के फेरि गृह युद्धमा फर्किने विचार छ? १४,००० नेपाली मरेर पुगेन? २४,००० मर्नु पर्ने भो? 

मधेसी क्रान्तिसँग गिरिजाले होइन राज्यले, नेपाल सरकारले समझौता गरेको हो, अहिले Upper कर्णाली, अरुण तेस्रो जस्तो। त्यो समझौता नमान्ने हो भने १८१६ र १८६० लाई मधेशले पनि अब नमान्ने बाटाहरु खुल्छन्। संघीयता, जनमत संग्रह आदि इत्यादिमा जानै पर्दैन। भने पछि सम्झौतालाई मानने हो। 

संघीयता र स्वायत्त मधेशमा सहमति। सारा मधेश एक राज्य हुने हो भने पहाड़ र हिमालमा दुई भन्दा बढ़ी राज्य अबैज्ञानिक होला। आर्थिक रुपले धान्न पनि पर्यो। तर जातीय राज्यको कुरो देशका प्रमुख १०-१५ समुहमा प्रबल छ। त्यहाँ समस्या कहाँ बाट आयो भन्दा खेरी ------  पञ्चेहरुले कोरेको विकास/विनाश क्षेत्रको सीमाना मेट्ने, पञ्चेहरुले कोरेको १४ अञ्चलको सीमाना मेट्ने, तर पञ्चेहरुले कोरेको ७५ जिल्लाको सीमाना भने नमेट्ने ---- यो निर्णय लि सकिएको छैन ---- तर हाल आएका अधिकांश नक्शामा ७५ जिल्लालाई कायम राखिएको छ। र समस्या नै त्यही हो। ७५ जिल्ला का सीमाना मेटिनदा "जातीय" विवादका लगभग सबै झगड़ा समाप्त हुन पुग्छन्। 

केंद्र, विकास/विनाश क्षेत्र, अञ्चल, जिल्ला, गाउँ/शहर थियो। अब केंद्र, राज्य, प्रदेश, गाउँ/शहर मा जाने। ५ तहबाट ४ तहमा झर्ने। एउटा देश हुने भो। र यो केंद्र सरकार संघीय नेपालमा पनि निकै ताकतवर हुन्छ। ५ विकास/विनाश क्षेत्र को सट्टा ३ राज्य, १४ अञ्चल त गायब नै हुने हो, अनि ७५ जिल्लाको ठाउँमा २५ प्रदेश। गाउँ/शहरहरुलाई पनि reorganize गर्नु पर्ने त छ तर त्यो detailed knowledge मसँग छैन। त्यो विज्ञहरुलाई थाहा होला। 

तीन राज्यको नाम स्वतः भौगोलिक हुने भो। मधेश, सगरमाथा र कर्णाली भनेर मैले propose गरेको छु। अन्न भण्डार मधेश, विश्वको शिखर सगरमाथा हिमाल, र नदी कर्णाली। त्यस पछि आउँछ प्रदेशको कुरा। २५ प्रदेश हुने हो भने, जातीय नाम हुनुले कुनै समस्या नै हुने भएन। जसरी तीन राज्यको नाम नितान्त भौगोलिक हुने भो, प्रदेशहरुको नाम राख्दा सकेसम्म बढ़ी जातीय नाम हरु राख्ने। जति नै जातीय नाम खोजी खोजी राखे पनि मलाई लाग्छ २५ प्रदेश मै पनि आधा जति त भौगोलिक नाम भएका नै हुनेछन्। तर २५ वटै जातीय नामका आधारमा राखे पनि कुनै हानि छैन। 

भने पछि नेताजीहरुले हामी निम्न सिद्धांतमा सहमत छौं भनेर एउटा लिस्ट बनाएर एउटा आयोग गठन गर्ने हो। नक्शा कोर्ने चाहीं टेक्निकल ज्ञान भएका हरु भएको आयोगले हो। 

र सहमति भनेको (१) नेपाली काँग्रेस (२) एमाले (३) एमाओवादी (४) मधेसी मोर्चा हो। यति चार शक्ति मिलेको सहमतिलाई १००% मान्नु पर्ने हुन्छ। किनभने यो संविधान सभा पैदा गरेको २००६ को अप्रिल क्रांतिले हो। त्यस क्रांतिका शक्तिले नै संविधान लेख्ने हो। दुई तिहाई होइन चार चौथाई को बलमा। 

सहमतिको लिस्ट यस प्रकारको हुन सक्छ। 
  • संघीयता 
  • स्वायत्त मधेश राज्य 
  • पहाड़/हिमालमा भौगोलिक नाम भएका बढिमा दुई राज्य 
  • तीन राज्यमा २५ प्रदेश जम्मा, जातीय पहिचान समेटने गरी 
  • गाउँ/शहर सहितको ४ तहको सरकार 
  • चार तह बीचको शक्ति बाँडफाँड: केंद्र सरकारको बजटको ५०% तीन राज्यलाई जनसंख्याको आधारमा समानुपातिक, त्यसरी नै राज्यले प्रदेशलाई, प्रदेशले गाउँ/शहरलाई। 
यति ६ बुंदामा हामी चार शक्तिको सहमति छ भनेर सही गर्ने, ल्याप्चे लगाउने अनि आयोग गठन गर्ने। नक्शा कोर्ने त्यो आयोगले हो। नक्शाको छेउ टुप्पो ज्ञान नभएको नेताहरुले नक्शा कोर्ने प्रयास नै नगर्ने हो। यदि प्रयास गरिरहन्छन् भने देशमा विकराल समस्याहरु आउँछन्। 

राज्य र प्रदेशमा धेरै फरक हुन्छ। राज्यको आफ्नै सर्वोच्च अदालत हुन्छ, आफ्नै पुलिस हुन्छ। प्रदेशको हुँदैन। देशको विदेश नीति हुन्छ, देशसँग सेना हुन्छ, राज्यको हुँदैन।