Saturday, September 20, 2014

Boycotting The Sushil Koirala Event If CK Raut Is Not Released

यदि सीके राउतलाई छोड़िदैन भने प्रधान मंत्रीको Sunnyside मा हुन लागेको यो कार्यक्रम मैले बहिष्कार गर्ने निर्णय गरेको छु।

स्कटलैंडको जनमत संग्रहले ब्रिटेनको राष्ट्रियतालाई बलियो बनायो
राजाको अपमान, देशको अपमान

Pramod Sitaula
September 17 near New York, NY
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू

गणतंत्र नेपालका सम्माननीय प्रधान मंन्त्री सुशील कोईराला ज्यू सहित सरकारी टोली संयूक्त राष्ट्र संघको ६९ औं महासभामा भाग लिन न्यूयोर्क आउदै हुनुहुन्छ । यसै अवसरमा उहाँहरूको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरिएको हुदां निम्न मिती, समय र स्थानमा अमेरिका मा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरूलाई उपस्थितीका लागी हार्दिक अनुरोध गर्दछौ ।

मिती :- September 27, 2014
समय :- 5: 30 PM
स्थान :- Sunnyside Community Hall
41-20 Queens Blvd.
Sunnyside , NY 11104

आयोजक

नेपाली जनसम्पर्क समिती अमेरिका
प्रवासी नेपाली मंच अमेरिका
एन आर एन अमेरिका
जनजाति महासंघ अमेरिका
युथ काउन्सील अमेरिका
अधिकार
रिजउड नेप्लीज सोसाईटी

थप जानाकारी का लागी
बिष्णु सुवेदी 646-249-3482
संजय थापा 917-703-3195
कृण्ण पोखरेल 917-574-0809
लुईसाड वाईवा 347-575-2781
नर्वदा क्षेत्री 917-683-9760
सहकुल खत्री 347-265-5502
प्रमोद सिटौला 917- 683-9760

Friday, September 19, 2014

स्कटलैंडको जनमत संग्रहले ब्रिटेनको राष्ट्रियतालाई बलियो बनायो

सीके राउतले नेपालमा मधेशकालागि चाहेको जनमत संग्रह भरखर ब्रिटेनमा स्कॉटलैंडमा भयो। स्कॉटलैंड ब्रिटेनमा नै बस्नुपर्छ भन्ने विचारको जित भयो। चुनाव अगाडि चुनाव पछि आकाश खसेन।

नेपालको संसदमा प्रतिनिधित्व भएको कुनै पनि पार्टीले मधेशलाई अलग देश बनाउने एजेंडा अगाडि नसारेकोले अनुमान गर्न सकिन्छ अहिले मधेशमा त्यस एजेंडाको पक्षमा भारि बहुमत छैन।

पहिलो कुरा त सीके राउतको तुरुन्त रिहाई हो। त्यसपछि न्यायसंगत संघीयता हो। तराईको भुभाग मिच्न पाइयेन। झापा मोरंग लिम्बुवान राज्यलाई दिन भएन, कन्चनपुर कैलाली शेर बहादुरलाई  दाईंजोमा दिए जस्तो दिन भएन। चितवनलाई कुनै पहाड़ी राज्यमा गाभ्न पाइयेन। तराईमा जति जनसंख्या छ तराईले त्यस अनुसारको समानुपातिक संख्यामा संसदीय सीट पाउनुपर्यो। यी कुरालाई आदर गरिन्छ भने तराईमा एक राज्यको सट्टा दुई राज्य, अथवा दुई राज्यको सट्टा पाँच राज्य हुन्छ भने खासै फरक पर्दैन।



यो पाँच राज्यमा काँग्रेस र एमाले राजी हुन्छन् भने म भन्छु तराईको संघीयताको विवाद सक्कियो, अब तपाईंहरु यो विवाद पहाड़मा लानुस। त्यहाँ पनि पाँच राज्य बनाउनुस् र समयमा संविधान ल्याउनुस्। तराईमा यसरी पाँच राज्य बनाउने हो भने त्यसपछि जिल्लाहरुको सीमाना गायब पारे हुन्छ। चाहिँदैन त्यसपछि जिल्लाहरु। केन्द्रमा सरकार हुन्छ। राज्यमा सरकार हुन्छ। अनि स्थानीय सरकार। झगड़ा थियो भने सकियो।

यदि नेपालमा १० राज्य हुन्छ भने चाहेको खण्डमा त्यो कुनै पनि राज्यले अलग देश बन्न पाउने अधिकार हुनुपर्छ। त्यो राज्यको संसदले बहुमतको आधारमा राज्यमा जनमत संग्रह गर्न पाउने हुनुपर्छ। त्यो जनमत संग्रह् मार्फ़त बहुमतको आधारमा अलग देश खड़ा हुन सक्छ।

भनेपछि सीके राउतले नया पार्टी खोल्नुपर्ने भो। त्यो पार्टीले तराईका ५ राज्यमा बहुमत ल्याउनु पर्ने भो। बहुमत ल्याई सकेपछि बहुमतको आधारमा पाँचै राज्यमा जनमत संग्रह हुनुपर्ने भो। त्यो पाँचै जनमत संग्रह्मा विजय हासिल गरेपछि ५ देश बन्ने भो। त्यसपछि ती ५ देशले आफु आफुमा त्यस्तै लोकतान्त्रिक किसिमले एकीकरण गर्नुपर्ने भो।

यस रोडमैपमा कोही जेल जाँदैन। सबै जनताकोमा जान्छन्, वोट माग्न।

राजाको अपमान, देशको अपमान