Wednesday, August 02, 2006

माओवादीको संविधान मस्यौदा


Proposed Constitution
Interim Constitution Draft

माओवादीको संविधान मस्यौदा


माओवादीको संविधान मस्यौदा

प्रस्तावना

नेपालमा अठारौं शताब्दीको उत्तरार्द्धदेखि कायम रहँदै आएको निरंकुश राजतन्त्रात्मक केन्द्रीय सामन्ती राज्यसत्ताविरुद्ध जनताले सन् १९५० आसपासदेखि सञ्चालन गर्दैआएको सशस्त्र तथा निःशस्त्र लोकतान्त्रिक आन्दोलन र मुख्यतः सन् १९९६ देखि नेकपा -माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्धको जग तथा माओवादी-सात पार्टी १२ बुँदे समझदारीको आडमा अपि्रल २००७ मा गणतन्त्रात्मक राज्यव्यवस्था संस्थागत गर्ने ऐतिहासिक जनआन्दोलनको जनादेशअनुरूप सामन्ती राजतन्त्रात्मक राज्यसत्ता अन्त्य गरी पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था संस्थागत गर्ने ऐतिहासिक आवश्यकता मध्यनजर गर्दै देशको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको संरक्षण र सम्बर्द्धनमा पूर्ण प्रतिबद्ध रहँदै, राज्यको सम्पूर्ण शक्तिको स्रोत नेपाली जनतामात्र हुन् भन्ने मान्यतालाई दह्रोसँग आत्मसात् गर्दै, देशका बहुसंख्यक शोषित, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका समस्यालाई दीर्घकालीन ढंगले सम्बोधन गर्ने गरी राज्य र समाजको अग्रगामी पुनर्संरचना गर्नुपर्ने आवश्यकतालाई बोध गर्दै, पहाड, उपत्यका र मधेसका विविध उत्पीडित जाति र क्षेत्रहरूको आत्मनिर्णयको अधिकार र स्वायत्त शासनको नीतिका आधारमा राज्यको पुरानो एकात्मक ढाँचाको अन्त्य गरी नेपाली विशेषता अनुरूपको संघात्मक राज्य प्रणाली कायम गर्नुपर्ने तथ्य ध्यानमा राख्दै, सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको समानुपातिक र समावेशी प्रतिनिधित्व हुने गरी निर्वाचित संंविधानसभामार्फत अर्काे लोकतान्त्रिक संविधान निर्माण नभएसम्म लोकतान्त्रिक आन्दोलनकारी शक्तिहरूको बृहत् राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता स्वयंले विगतमा कायम रहँदै आएको नेपाल अधिराज्यको संविधान, २०४७ खारेज गरी यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अन्तरिम संविधान, २०६३ जारी गरी लागू गरेका छौं ।

भाग १

राज्यका निर्देशक सिद्धान्त

-१) राजतन्त्र र सामन्ती निरंकुशताका सबै अवशेष पूर्णरूपले अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था कायम गरिनेछ ।

-२) बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, वालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, मानवअधिकार, मौलिक हक आदि सर्वस्वीकृत लोकतान्त्रिक मूल्य र मान्यताप्रति पूर्ण प्रतिबद्धता रहनेछ ।

-३) सामन्तवादी र साम्राज्यवादी शोषण-उत्पीडनका सबै रूप अन्त्य गरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गरिनेछ ।


-४) आर्य-खस उच्च जातीय अहंकारवादमा आधारित सामन्ती एकात्मक राज्य प्रणालीको अन्त्य गरी उत्पीडित जाति र क्षेत्रको आत्मनिर्णय अधिकार र स्वायत्त शासनमा आधारित नेपाली विशेषता अनुरूपको संघात्मक राज्यप्रणाली कायम गरिनेछ ।

-५) राज्य पूर्णरूपले धर्मनिरपेक्ष हुनेछ ।

-६) कृषि क्षेत्रमा सबैखाले सामन्ती भूमिसम्बन्धको अन्त्य गरिनेछ र 'जमिन जोत्नेको' सिद्धान्तका आधारमा प्रगतिशील भूमिसुधार कार्यान्वयन गरिनेछ ।

-७) मजदुर, गरिब किसान, सुकुम्बासी, कमैया, हरुवा, चरुवा आदिको हितमा राज्यले विशेष व्यवस्था गर्नेछ ।

-८) तीव्र तथा व्यापक राष्ट्रिय औद्योगिकीकरणको नीति अवलम्बन गरिनेछ र राष्ट्रिय उद्यमी, व्यापारीको संरक्षण निम्ति उपयुक्त वित्तीय नीति-नियम तर्जुमा र कार्यान्वयन गरिनेछ ।

-९) पञ्चशीलका आधारमा सबै मुलुकसँग दौत्य सम्बन्ध कायम गरिनेछ र दुई प्रमुख छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलित र सुमधुर राख्न विशेष प्रयत्न गरिनेछ

-१०) सबै असमान सन्धि-सम्झौता खारेज गरिनेछन् र समानता तथा परस्पर हितका आधारमा नयाँ सन्धि-सम्झौता गरिनेछन् ।

-११) राज्यले दसवर्षे जनयुद्ध र जनआन्दोलन क्रममा सहिद हुनेको समुचित सम्मानका निम्ति आवश्यक व्यवस्था गर्नेछ । बेपत्ता हुनेको खोज अनुसन्धान गरी त्यसका अपराधीलाई उचित दण्ड दिनेछ । सहिद परिवार, बेपत्ता हुनेको परिवार र घाइते तथा अंगभंग हुनेको सुरक्षा र सहुलियतका निम्ति राज्यले विशेष व्यवस्था गर्नेछ ।

-१२) वृद्धवृद्धा, अनाथ, अपांग र दीर्घ रोगीको संरक्षण राज्यले गर्नेछ

भाग २

नागरिकता

-१) प्रत्येकको नागरिकता प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि बिनाकुनै उचित कारण वञ्चित गरिने छैन ।

-२) बाबु वा आमामध्ये कुनै एकका नाताले सन्तानले नागरिकता प्राप्त गर्न सक्नेछ ।

-३) लामो समयदेखि नेपालमा बसोबास गर्दैआएका तर नागरिकताबाट वञ्चित विशेषतः मधेसका सबै जनतालाई संविधानसभा निर्वाचन अगावै उच्चस्तरीय नागरिकता आयोग गठन गरी स्थानीयरूपमा सर्वदलीय समितिको सिफारिसमा तत्कालै नागरिकता वितरण गरिनेछ ।

-४) नागरिकता प्राप्ति र समाप्तिलगायतका अन्य विषय कानुनद्वारा निर्धारित भएबमोजिम हुनेछन् ।

भाग ३

मौलिक हक र कर्तव्य

१. मौलिक हक

नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । जाति, वर्ग, लिंग, भाषा, संस्कृति र विचार तथा आस्थाका आधारमा कसैमाथि कुनै भेदभाव गरिने छैन । नागरिक विचार अभिव्यक्त गर्न, प्रकाशन गर्न, संघसंस्था खोल्न, चुन्न र चुनिन, आवातजावात गर्न, भेला वा जम्मा हुन, कुनै पनि पेसा गर्न स्वतन्त्र हुनेछन् । कानुनबमोजिमबाहेक कसैको वैयक्तिक स्वतन्त्रता अपहरण हुनेछैन । शिक्षा, स्वास्थ्य, आवास र रोजगारी हरेक नागरिकको जन्मसिद्ध अधिकार हुनेछ । नागरिकलाई छुवाछूत, सामाजिक भेदभाव र शोषणविरुद्धको हक हुनेछ । महिलामाथि पितृसत्तात्मक शोषणका सबै रूप अन्त्य हुनेछ छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान हक हुनेछ । विवाह, सम्पत्ति बेचबिखन, सम्बन्ध-विच्छेद वा गर्भधारण वा गर्भपतन सम्बन्धमा महिलालाई पूर्ण स्वतन्त्रता हुनेछ । राज्यसत्ताका अंगमा प्रतिनिधित्वलगायत सबै क्षेत्रमा महिला निम्ति विशेष अधिकार ग्यारेन्टी गरिनेछ । दलित छुवाछूतलगायत सबैखाले मनुवादी शोषण-उत्पीडनका रूप अन्त्य हुनेछ र सबै क्षेत्रमा दलितलाई विशेष अधिकार सुनिश्चित गरिनेछ । भूमिमाथि वास्तविक जोताहा र किसानको अधिकार हुनेछ । कुनै पनि प्रकारको विभेद र उत्पीडनविरुद्ध माग राख्ने, सामूहिक सौदाबाजी गर्ने, हडताल गर्ने हक श्रमिक र मजदुर वर्गलाई रहनेछ । मातृभाषामा शिक्षा, सरकारी कामकाज गर्ने अधिकार हुनेछ । प्रत्येक नागरिकलाई आपmनो सम्पत्ति भोगचलन गर्न पाउने हक हुनेछ । कसैले पनि कानुनद्वारा तोकिएभन्दा बढी सम्पत्ति राख्ने पाउनेछैन । प्रत्येक नागरिक आस्थाअनुसार धर्म मान्न वा नमान्न स्वतन्त्र रहनेछन् । स्थानीय जल, जमिन, जंगल, खानीलगायतका प्राकृतिक स्रोत साधनमा स्थानीय जनताकै प्राथमिक हक रहनेछ । नागरिकलाई हक प्रचलनका लागि सक्षम अदालतबाट प्रभावकारी उपचार प्राप्त गर्ने हक हुनेछ ।

२. कर्तव्य

नागरिकले संविधान र कानुनको पालना गर्नुपर्नेछ । राज्यको सम्पत्ति रक्षा गर्नुपर्नेछ । सेनामा भर्ती हुने र देशको रक्षा निम्ति राज्यले आह्वान गरेबमोजिम काम गर्नुपर्नेछ ।

भाग ४

अन्तरिम व्यवस्थापिका

-१) एक सर्वशक्ति सम्पन्न अन्तरिम व्यवस्थापिका रहनेछ । देशको व्यवस्थापकीय अधिकार यसै संविधान र यस संविधानमुताबिक बनेको कानुनबमोजिम प्रयोग हुने गरी यसै अन्तरिम व्यवस्थापिकामा निहित हुनेछ ।

-२) यसको गठन अन्तरिम अवधिमै एक बृहत् राष्ट्रिय राजनीतिक सम्मेलनले गर्नेछ । त्यस सम्मेलनको सहभागिता र त्यसको आधार नेकपा -माओवादी) र सात राजनीतिक दलबीचको वार्ताद्वारा टुंगो लगाइनेछ ।

-३) बृहत् राष्ट्रिय राजनीतिक सम्मेलनले देहायबमोजिम अन्तरिम व्यवस्थापिका गठन गर्नेछ ः

-क) सात दलबाट एक तिहाइको संख्यामा जम्मा १०१ प्रतिनिधि -ख) माओवादीका तर्फबाट एक तिहाइको संख्यामा जम्मा १०१ प्रतिनिधि -ग) लोकतान्त्रिक आन्दोलनमा सहभागी नागरिक समाज, जनवर्गका संगठन र देशका विशिष्ट व्यक्तित्वमध्येबाट एकतिहाई संख्यामा जम्मा १०१ प्रतिनिधि तिनीहरूको छनोट सात दल र माओवादीको आपसी सहमतिमा निश्चित गरेबमोजिम हुनेछ । यसरी प्रतिनिधिहरूको छनोट गर्दा वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय र अन्य समुदायको समुचित समावेशीकरणमा ध्यान दिनुपर्नेछ । यस हिसाबले अन्तरिम विधायिकाको कुल सदस्य संख्या ३०३ हुनेछ ।

-४) पुनःस्थापित प्रतिनिधिसभा यो संविधान जारी भएकै दिन भंग हुनेछ र उक्त प्रतिनिधिसभाले प्रयोग गरिआएको सम्पूर्ण अधिकार यसै संविधानबमोजिम हुने गरी यो अन्तरिम व्यवस्थापिकाले प्रयोग गर्नेछ ।

-५) अन्तरिम कालमा राज्यको सर्वाेच्च अंग यही अन्तरिम व्यवस्थापिका हुनेछ । यसले मन्त्रिपरिषद्को गठन, संवैधानिक पदहरूमा निर्वाचन, कानुन निर्माण, संशोधन र खारेजी, परराष्ट्र सम्बन्ध र सन्धि-सम्झौता अनुमोदन, युद्ध र शान्तिको घोषणा, बजेट पारित, संविधानसभाको निर्वाचनसम्बन्धी काम आदिबारे आवश्यक कार्य गर्नेछ ।

-६) अन्तरिम व्यवस्थापिकाले पहिलो बैठकमा एक अध्यक्ष र एक उपाध्यक्षको निर्वाचन गर्नेछ ।

-७) अन्तरिम व्यवस्थापिकाले सामान्य निर्णयहरू बहुमतबाट गर्नेछ भने दूरगामी असर पार्ने राष्ट्रिय हितका विषय दुई तिहाइ बहुमत वा जनमत संग्रहबाट निर्णय हुनेछन् । यसको प्रक्रिया तोकिएबमोजिम हुनेछ ।

-८) अन्तरिम व्यवस्थापिकाको कार्यकाल निर्वाचित संविधानसभा गठन भएसम्मका लागि हुनेछ ।

-९) अन्तरिम व्यवस्थापिकाको पदावधि बाँकी हुँदै कुनै पद रिक्त भए बाँकी अवधिका लागि पदपूर्ति हुनेछ । यसरी पदपूर्ति गर्दा जुन आधारमा प्रतिनिधित्व गरेको हो सोही आधारमा पदपूर्ति हुनुपर्नेछ ।

भाग ५

अन्तरिम सरकार

-१) अन्तरिम व्यवस्थापिकाले प्रधानमन्त्रीको नेतृत्वमा अन्तरिम सरकारको काम गर्ने एक मन्त्रिमण्डल गठन गर्नेछ । कार्यकारिणी अधिकार अन्तरिम सरकार वा मन्त्रिमण्डलमा निहित हुनेछ । दैनिक प्रशासन सञ्चालन गर्ने सबै प्रकारका कार्यकारिणी अधिकारको प्रयोग मन्त्रिपरिषद्ले गर्नेछ । मन्त्रिपरिषद् सम्पूर्णरूपमा अन्तरिम व्यवस्थापिकाप्रति उत्तरदायी हुनेछ ।

-२) अन्तरिम सरकारका प्रधानमन्त्रीले अन्तरिम व्यवस्थापिकामा प्रतिनिधित्वबमोजिम प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल गठन गरी कार्य विभाजन गर्नेछन् । मन्त्रिपरिषद् सदस्य संख्या अन्तरिम व्यवस्थापिकाको सदस्य संख्याको दस प्रतिशतभन्दा बढी हुनुहुँदैन ।

भाग ६

अन्तरिम अदालत

-१) अन्तरिम कालमा न्याय सम्पादनसम्बन्धी सम्पूर्ण काम सर्वाेच्च अदालत र मातहतका अदालत र ग्रामीण इलाकामा स्थापित तथा सञ्चालित जनअदालतमा निहित हुनेछ ।

-२) प्रत्येक तहका न्यायाधीशको नियुक्ति अन्तरिम व्यवस्थापिका वा सोही तहको जनप्रतिनिधि संस्थाको अनुमोदनमा हुनेछ । हाल बहाल रहेका न्यायाधीश अन्तरिम व्यवस्थापिकाले अनुमोदन गरेमात्र बहाल रहनेछन् । अन्यथा पदमुक्त हुनेछन्

-३) प्रत्येक तहका न्यायाधीश आपmनो तहको जनप्रतिनिधि संस्थाप्रति संस्थागतरूपमा आपmनो दैनिक काममा प्रधानन्यायाधीशप्रति उत्तरदायी हुनेछन् ।

भाग ७

अन्तरिम सुरक्षा व्यवस्था

-१) १२ बुँदे समझदारी र आठ बुँदे सहमतिबमोजिम संविधानसभा निर्वाचन अवधिभरको अन्तरिम कालमा नेपाली सेना र जनमुक्ति सेना दुवै आ-आपmना ब्यारेक र क्याम्पमा सीमित गरिनेछन् र तिनको अनुगमन भरपर्दो राष्ट्रिय र अन्तर्राष्ट्रिय टोलीद्वारा गरिनेछ

-२) दुवै सेना अन्तरिम व्यवस्थापिका र अन्तरिम सरकार मातहत हुनेछन् र दुवैको परमाधिपति प्रधानमन्त्री हुनेछन्

-३) अन्तरिम सुरक्षा व्यवस्था, दुवै सेनाको रेखदेख, नियन्त्रण र परिचालनका लागि उच्चस्तरीय सैनिक आयोग हुनेछ, जसको संख्या र गठन सात दल र माओवादी सहमतिबाट तय गरिनेछ । सैनिक आयोगका एक अध्यक्ष हुनेछन्, जसको नियुक्ति अन्तरिम व्यवस्थापिकाले गर्नेछ ।

-४) परम्परागत रूपमा राजतन्त्रप्रति बफादार रहँदै आएको नेपाली सेनाको समयानुकूल लोकतान्त्रीकरण निम्ति अन्तरिम कालमा आवश्यक कदम चालिनेछ । त्यसको ठोस रूप र विधि सैनिक आयोगलेे तय गर्नेछ ।

-५) अन्तरिम अवधिमा राज्यको कानुनी व्यवस्था नियमित गर्न र संविधानसभा निर्वाचनको व्यवस्थापन गर्न दुवै पक्षको सहमतिमा मिलिसिया निर्माण गरिनेछ । मिलिसियाको परिचालन प्रधानमन्त्रीले गर्नेछन् ।

-६) संविधानसभा निर्वाचनपछि त्यसको परिणामका आधारमा आपसी सहमतिले दुवै सेनाको पुनर्संरचना गरी नयाँ राष्ट्रिय सेना निर्माण गरिनेछ ।

भाग ८

संवैधानिक निकायहरू

लोकतान्त्रिक राज्य व्यवस्थामा जरुरत पर्ने निर्वाचन आयोग, आर्थिक नियन्त्रण तथा अनुशासन आयोग, लोकसेवा आयोग आदि संवैधानिक निकायको गठन र आयुक्तहरूको नियुक्ति अन्तरिम व्यवस्थापिकाले गर्नेछ र उनीहरू अन्तरिम व्यवस्थापिकाप्रति उत्तरदायी हुनेछन् ।

भाग ९

राष्ट्राध्यक्ष

राजतन्त्र अन्त्य भएको र निर्वाचित संविधानसभाले अर्काे व्यवस्था नगरेको अन्तरिम अवधिमा अन्तरिम व्यवस्थापिकाका अध्यक्षले देशको राष्ट्राध्यक्षको समेत भूमिका निर्वाह गर्नेछन् ।

भाग १०

स्वायत्त गणतन्त्र तथा स्थानीय निकाय

-१) नयाँ संघात्मक ढाँचा अनुसार देशलाई किरात गणतन्त्र, मधेस गणतन्त्र, तामाङ गणतन्त्र, नेवाः गणतन्त्र, तमुवान गणतन्त्र, मगरात गणतन्त्र, थारुवान गणतन्त्र, भेरी-कणर्ाली गणतन्त्र र सेती-महाकाली गणतन्त्र गरी नौ वटा स्वायत्त गणतन्त्र प्रदेशमा विभाजित गरिनेछ र ती प्रत्येकमा अन्तरिम स्वायत्त गणतन्त्र सरकार गठन गरिनेछन् । अन्तरिम स्वायत्त गणतन्त्र सरकार गठन सम्बन्धित प्रदेशका सात दल र माओवादीको सहमति अनुसार हुनेछ ।

-२) स्वायत्त गणतन्त्र प्रदेशभित्रका जिल्ला र गाउँ तथा नगरमा अन्तरिम स्थानीय सत्ता गठन सम्बन्धित प्रदेश र जिल्लाका सात दल तथा माओवादीको सहमतिबमोजिम हुनेछ ।

-३) स्वायत्त गणतन्त्र र स्थानीय निकायमा अन्तरिम सत्ता गठनपछि माओवादी नेतृत्वमा सञ्चालित हुँदै आएका जनसरकारहरू विघटित हुनेछन् ।

भाग ११

संविधानसभा

-१) अन्तरिम सरकारले निर्णय गरेबमोजिम संविधानसभा निर्वाचन यो संविधान लागू भएको एक वर्षभित्र सम्पन्न हुनेछ ।

-२) संविधानसभामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्दै नौ वटा स्वायत्त गणतन्त्र प्रदेश निमित्त १०-१० का दरले ९०, बाँकी दुई लाख जनसंख्या बराबर १ सिट गरी १२५ जना प्रत्यक्ष निर्वाचनबाट र लोमोन्मुख, सीमान्तीकृत जाति र विशेषज्ञ १० जना मनोनीत गर्ने गरी जम्मा २२५ जनाको हुनेछ ।

-३) संविधानसभा सदस्यमा महिला, उत्पीडित जाति, दलित, अन्य अपांग आदिलाई जनसंख्याको अनुपातमा समावेश गरिनेछ ।

-४) संविधानसभाले एक वर्षभित्र नयाँ संविधान निर्माण गर्नेछ ।

भाग १२

विविध

-१) देशका महत्त्वपूर्ण राजनीतिक, आर्थिक, सामाजिक विषयमा जनमत संग्रहद्वारा निर्णय लिइनेछ ।

-२) देशका प्राकृतिक स्रोत र साधन बाँडफाँड गर्ने वा देशलाई गम्भीर ढंगले दीर्घकालीन असर पार्ने खालका विदेशी मुलुकहरूसँग सन्धि-सम्झौता व्यवस्थापिकाको दुईतिहाइ बहुमत वा जनमत संग्रहमार्फत मात्र पारित गरिनेछ ।

-३) यस अन्तरिम संविधानमा लेखिएका विषयमा यसैबमोजिम र नलेखिएका विषयमा यसै संविधानबमोजिम स्थापित अन्तरिम व्यवस्थापिका र अन्तरिम सरकारले निर्णय गरेबमोजिम हुनेछ ।

-४) यो संविधान व्यवस्थापिकाबाट अनुमोदन गराई अन्तरिम सरकारले जारी गर्नेछ ।

-माओवादीले अन्तरिम संविधान मस्यौदा समितिसमक्ष पेश गरेको आफ्नो सुझाव ।)

Critiquing Pitambar Sharma's Federalism





Pitambar Sharma's Federalism
Federalism: Competing Maps
RPP For Federalism Ahead of UML, NC And NC(D)
My Federalism Is Economic, Scientific, Not Ethnic
UML Inching Towards Federalism
Monarchy, Army, Federalism

My Three State Proposal: Plus Points
  1. The demarcations are not ethnic.
  2. The current district boundaries are kept intact.
  3. It is assumed in my proposal that people will move around for ethnic reasons.
  4. There will be no water disputes between the states.
  5. The districts are given a lot of power. The district chairperson is directly elected by the people. That is the level where all the hitherto ethnic minorities will shine as a first step. Some of them will go on to become Governors and Presidents.
  6. The real challenge is to do with linguistic diversity, and the way they impact social institutions like the schools, the workplaces, the government offices, the parliaments.
  7. I believe my Proposed Constitution seen in its totality is the best deal for the DaMaJaMa as well as the others. It has been written with the goal of having universal appeal. The basic principles can be applied elsewhere as well.
Pitambar Sharma's Federalism
  1. The good news is that he sees the need for federalism. That is an important, big, first step in the right direction. The unitary state idea has been a disaster in Nepal.
  2. This Bahun has managed to realize decentralization just will not cut it. There are many others who are not there yet.
  3. Sharma wishes to redraw the district lines as well. I have not taken that step, and think it unnecessay administrative extra homework.
  4. Sharma refuses to recognize the Madhesi identity. He recognized Yadav, but not Madhesi. It is a divide and rule Pahadi mentality.
  5. The Panche Pahadi mentality is to recognize the castes in the Terai, but not the Pan Madhesi identity. Sharma subscribes to that.
  6. Only 14 of the 75 districts are such that any one caste is a majority. That is a good thing.
  7. 32% of all village units have one or other caste or group in majority. So the rest are much more mixed. That is a good thing.
  8. There are 92 languages, of which 12 are spoken by more than 1% of the people.
  9. Sharma says 55 of the districts are majority Nepali speakers.
  10. 20 of the districts are non Nepali dominated. But then those 20 might be some of the most populous.
  11. 84% of the village units have linguistic majorities of one or the other language.
  12. Less than half the Magars speak the Magar language.
  13. Maithili dominates the eastern Terai.
  14. There has been a tendency among all hill groups to migrate to the Terai. Another movement trend has been from the villages to the towns.
  15. Sharma's proposal is one for six states and 19 districts. The districts are too big. In the case of the Terai the districts are too big and populous. They might as well be called states and not districts.
  16. The largest district will have a population of 3,600,000. That is a state, not a district.
In The News

Prachanda meets PM Koirala NepalNews mainly focused on how a consensus could be forged regarding management of arms and armies of the state and the Maoists. ..... over two hours
UN Mission consults with Nepali Army, PLA officials in western Nepal
Reach consensus on alternative to parliament: ICDC; Govt. Maoist to reach consensus on arms mgmt. the committee has already completed the draft of the constitution and will finalize it once the government and Maoists reach consensus on the alternative parliament issue....... would be able to come up with a common understanding on the issue of arms management of both sides by tomorrow ..... the rebels’ army will be managed as per the constitution formed after the election of the constituent assembly. .. the armies from both the sides should be treated equally
RPP demands provision of constitutional monarchy in interim constitution Rastriya Prajatantra Party led by Kamal Thapa ..... party also demanded protection to the women, Janajatis, Dalits and Madhesi in the interim constitution...... party has also demanded to make a constitutional basis to provide citizenship certificates to all Nepalis.
NC submits suggestions to ICDC eight-point suggestion ...... the fate of monarchy will be decided by the constituent assembly polls ...... the provision of an interim parliament and involving the Maoists in the interim constitution........ the election to the constituent assembly should be mixed and inclusive. The party decided to work out how the interim constitution can be made inclusive and the possibility of transforming the current parliament into an interim one.......

Nepal probe summons army chief for questioning Hindustan Times, India
Nepal's 5-star hotel resumes service in Kathmandu People's Daily Online, China
Nepal's bodyguard opens fire, 19-yr-old killed; investigation ... Kantipur Online, Nepal UML General Secretary Madhav Kumar Nepal’s ..... Assistant Sub-Inspector (ASI) Man Bahadur Adhikari opened fire at a group of teenagers "who attacked the UML general secretary’s vehicle." ..... Sanogaucharan, Gyaneshwor at around 9 pm when Adhikari and driver Govinda Uprety were returning to Baluwatar after dropping Nepal at his residence at Koteshwor...... “The assailants tried to stab the vehicle’s occupants after forcing open the driver’s side window. The knife was found still lodged into the driver’s seat” ...... Uprety had sustained knife wound in the ear...... Adhikary, who attempted to escape, was chased by the knife-wielding assailants. He then fired three shots from his 9 mm automatic pistol "in an attempt to thwart his pursuers." ...... Deceased Gurung was a Karate player and a recent SLC graduate whose father Rambahadur is a karate instructor.
Head of UN mission to Nepal expresses optimism on peace ... UN News Centre
Maoists Threaten Indians Working at Nepal Casinos Casino City Times, MA
Lest we forget Nepal Asia Times Online, Hong Kong While war unfolds in Lebanon and India's and Pakistan's nuclear-backed dispute over Kashmir dominates news from South Asia, monumental changes are under way in Nepal ....... There is more at stake than replacing monarchical rule in the small, impoverished Himalayan kingdom. No less than in the neighboring Middle East, in South Asia causes and effects of armed insurgency versus democratic nation-building are regional and global, with profound implications for regional powers such as India, the "war on terror" and even nuclear politics. ....... Throughout South Asia, further progress toward stability and democracy requires a political process that can somehow unite disparate elements including traditional elites, armed insurgents and millions of landless poor. In this sense, with insurgent violence in Pakistan, Bangladesh, Sri Lanka, and most recently bomb blasts on Mumbai's commuter rail, Nepal's tenuous peace process is an important laboratory for finding regionwide solutions. ....... CPN-Maoists long advocated total land reform - giving millions of subsistence farmers title to land they tilled for generations ....... Now, UN political observers arrive at a pregnant, delicate moment, in which the ostensible conflict resolves, only to enter a new and difficult phase of trying to reintegrate armed insurgents into the political process, with terrorism and insurgency on the rise regionwide. ........ one general lesson to draw from Latin American and African post-conflict zones is "don't rush"....... Elections, and even intermediate steps toward democracy such as truth and reconciliation commissions, may have to wait until the Maoists buy into the process and all Nepal's stakeholders have more confidence in political procedures.The more immediate task is to convene a constituent assembly to draft a new constitution that can unite its various factions. ..... The UN's monitoring role and its current reporting mission are key. International civil society can also help by keeping Nepal's transition in the spotlight and by keeping humanitarian aid flowing. ...... No stranger to factional violence, India has relevant experience doing everything Nepal now must do: convening a constituent assembly, creating a constitution, achieving open public debate and building social consensus on intractable issues such as caste, and bringing disparate elements together into a workable democratic framework. India has also addressed its own feudal past by instituting successful land reforms in Kerala and West Bengal. ....... The most evolved democracy of South Asian countries, India

Prachanda meets Koirala; Sitaula says common understanding near Kantipur Publications
Maoists have links with Naxalites: India it's official in India that Indian Naxal outfits have ideological and logistic links with Nepalese Maoists. .... Indian Minister of State for Home Prakash Jaiswal told the lower house of parliament, Lok Sava, in a written reply Tuesday said, " Indian Naxals [Maoists] are reported to have ideological and logistic links with Nepalese Maoists." The Naxals, in turn, have links with Islamic organizations like Lashkar-e-Taiba .... Over 200 districts in 14 Indian states are grappling with the menace of Naxal activities such as bombings of railway and other infrastructures and attacks on security patrols. India has adopted a two-pronged approach -- counter insurgency and economic development -- to deal with the crisis described as number one threat to national security. .....
Maoist ‘donation’ drive in Bardiya In blatant disregard of the cease-fire code of conduct reached between the government and Maoist leadership, rebels here on Tuesday announced that they would start collecting "donations" from industrialists, businessmen, employees, teachers and others in Bardiya district....... "At least 300,000 rupees is the monthly expenses just for a battalion of the "People's Liberation Army (PLA)" of Bardiya" said "Sandiv" district secretary of the party at a press meet here on Tuesday, adding, "Therefore, we are planning to launch a donation campaign which is voluntary and not forced donation." ..... "The government did not allocate budget for the PLA," said Maoist leader Bala Ram Kafle, adding, "That is why, we are compelled to collect donations." ..... would collect money in Gulariya, the district headquarters, Rajapur, Bhurigaon, Mainapokhar, Basgadhi, Sanoshri and other commercial areas in the first phase of the donation drive.
Stock market loses Rs 3b in a day
Rs 1m for Tatopani victim’s family
Maoists continue abductions, intimidation, extortions Maoists continue to violate the understandings and agreements reached with the Seven-Party Alliance (SPA). .... abducted a CPN-UML member and held him captive for more than four hours in Kathmandu. .... They took him inside a carpet factory in Gongobu where there were about 15 people. They scolded him for tearing up their pamphlet and said that if it were not a "normal period", they would punish him severely........ they released me handing over six pamphlets of Prachanda to stick at my house and said that as punishment I must provide at least two rooms for them whenever they come," he said showing a roll of pamphlets. The Maoists offered him Rs 50 as bus fare saying they would recover it from him later......... The Maoists have also asked for donations and to send all employees compulsorily to attend the national conference of ANCWU...... Locals said they feel terrorized. ..... They said they were roaming around villages to interact with the public and were seeking support for the "October Revolution" in case the ongoing peace talks failed to reach a logical end .......
हतियार व्यवस्थापन
लुटेरामा सैनिक र प्रहरी पनि
माओवादीद्वारा प्रहरीचौकी पुनःस्थापना रोक
शान्ति प्रक्रिया निणर्ायक नभए भयानक दुर्घटना ः गौतम नेपालमा सुरक्षा निकायहरूको कमाण्डको बनावट पुरातन सामन्ती प्रवृत्तिको छ र अझसम्म पनि त्यहाँभित्र पूर्ण व्यावसायीकरण र प्रजातान्त्रीकरणको अभाव छ ।' सभामा कांग्रेसका रामचन्द्र पोखरेल र आनन्द बिष्ट, एमालेका कृष्ण थापा, कांग्रेस -प्रजातान्त्रिक) का चेतमान श्रेष्ठलगायतले नेपालमा जारी शान्ति प्रक्रियाबारे धारणा राखेका थिए ।
दलितमाथि कुटपिट
माओवादीका फेरिएका अडान
माओवादीको संविधान मस्यौदा

Visitors

1 August23:29Nepal (wlink.com.np)


2 August00:14University of Newcastle, Newcastle, Australia
7.2 August03:58Finland (powernet.fi)
8.2 August04:33World Health Organization, Geneva, Switzerland
9.2 August04:35World Health Organization, Geneva, Switzerland
10.2 August05:25Deutsche Telekom AG, Germany
2 August05:45Rogers Communications Inc., Canada
15.2 August06:02Mahanagar Telephone Nigam, India
16.2 August06:19Deutsche Telekom AG, Germany
17.2 August06:41Telecom Italia Net, Italy
18.2 August06:58kpnQuest, Switzerland
27.2 August08:27Telefónica SA, Spain
28.2 August08:47Universität Hannover, Hannover, Germany
29.2 August08:49FalconStream, Kuwait
32.2 August09:37Spidernet, Cyprus
33.2 August09:38TIME Telecommunications, Malaysia
34.2 August09:40Deutsche Telekom AG, Germany
35.2 August10:13Equant, France
2 August10:44Singapore (singa.pore.net)
44.2 August10:55Nepal (wlink.com.np)
45.2 August10:56Nepal (wlink.com.np)
46.2 August11:14University of Evansville, Evansville, United States
47.2 August11:18Procter & Gamble