The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Wednesday, July 22, 2015
सुधारिएको पंचायती व्यवस्था र पानी हालिएको दुध (संघीयता)
यो संविधान मस्यौदा ले दूधमा पानी हाल्ने काम गरेको छ। २०३६ मा तथाकथित सुधारिएको पंचायती व्यवस्था आयो। १० वर्ष पछि ढल्यो। अहिले संघीयता लाई disfigure र dilute गर्ने प्रयास भइराखेको छ। संविधान मस्यौदा मा रहेको संघीयता लाई मैले त चिन्नै सकिन।
लोकतंत्र भनेको एक व्यक्ति एक मत हो। संघीयता पनि एक व्यक्ति एक मत हो।
क्या प्रहरी के दमन, हिंसा और मनमानी से ही देश चलायेगें हमारे जिम्मेदार मंत्रीगण?
लोकतंत्र भनेको एक व्यक्ति एक मत हो। संघीयता पनि एक व्यक्ति एक मत हो।
क्या प्रहरी के दमन, हिंसा और मनमानी से ही देश चलायेगें हमारे जिम्मेदार मंत्रीगण?
देश का एक छोर से दूसरा छोर रक्ताम्भ है, जनता विचलित है, उग्र है किन्तु गृहमंत्री वक्तव्य दे रहे हैं कि संघीयता के बिना भी देश चलेगा, संचारमंत्री कह रहे हैं कि मसौदा फाड़ने या जलाने से कुछ हासिल नहीं होगा । तो क्या प्रहरी के दमन, हिंसा और मनमानी से देश चलाने की इच्छा रखे हुए हैं हमारे जिम्मेदार मंत्रीगण ? ये किस देश की बात कर रहे हैं ? जिस देश की आधी से अधिक आबादी इनके विरोध में खड़ी है, जहाँ इनकी उपस्थिति सहन नहीं की जा रही है, जहाँ इन्हें इनके क्षेत्र से ही भगाया जा रहा है, क्या ये इनका देश नहीं है ? या ये जनता इनके नहीं हैं ?मधेशी शिर्ष नेता मधेस की ओर, आन्दोलन प्रभावकारी बनाने का निर्णय
सोशल मीडिया दमन चक्र की कहानियों से रंगा हुआ है किन्तु राष्ट्रीय संचार माध्यम जनता के उत्साह की कहानियाँ सुना रहा है
........ सुझाव संकलन का तमाशा समाप्त हो चुका है । सुझाव संकलन के नाम पर एक गरीब और प्राकृतिक आपदा से जूझता देश करोड़ों के बारे न्यारे कर चुका है । आठ साल के निचोड़ के रूप में आया मसौदा जनता नकार चुकी है किन्तु यह न तो प्रधानमंत्री को नजर आ रहा है और न ही गृहमंत्री को और न ही सम्भावित प्रधानमंत्री जी को । ....... मधेश जग चुका है, वहाँ की मिट्टी पहले भी आन्दोलित होकर निर्दोषों के खून से रंगी जा चुकी है, आज फिर उसी पुनरावृत्ति की सम्भावना स्पष्ट नजर आ रही है ।
मोर्चा के चारों अध्यक्ष द्वारा विरगंज, भैरहवा, जनकपुर और विराटनगर की आमसभा मे सामुहिक रुप से सम्बोधन करने का भी निर्णय लिया गया है ।प्रत्यक्ष कार्यकारीमा मत आयो, कांग्रेसले निर्णय पुनर्विचार गर्नुपर्छ : योगेश भट्टराई
७ गते विरगंज, ८ गते भैरहवा, १० गते जनकपुर और ११ गते विराटनगर
मे आमसभा का आयोजन होने की जानकारी मोर्चा ने दी है । आमसभा सम्पन्न करने के बाद विराटनगर से ही थप आन्दोलन के कार्यक्रम घोषणा करने की रणनीति मोर्चा की है । मधेस मे आन्दोलन को कैसे प्रभावकारी रुप से आगे ले जाना है इसपर नेताओं ने अपना गृहकार्य सुरु कर दिया है ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले मस्यौदा आएका जनताको सुझावलाई संबोधन गर्न चार दलवीच भएको १६ बुँदे सम्झौता परिमार्जन गर्नुपर्ने अवस्था आएको बताएका छन् । ..... उनले ८० प्रतिसत भन्दा बढी जनताले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा सुझाव दिएकोले नेपाली काग्रेसले आफ्नो निर्णयमा पुर्नविचार गर्नु पर्ने आवश्यकता औल्याएका हुन् । ...... केन्द्र, राष्ट्रिय सभा र प्रदेशसभामा सदस्यहरुको संख्या बढी भएको, स्थानीय निकायको अधिकार कम भएको, धर्मनिरपेक्षताको ब्याख्या हुनु पर्ने, प्रेस सम्बन्धी अधिकार संसोधन गर्नु पर्ने सुझाव ....... संविधानम पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गर्नु पर्ने
In The News (17)
भारतले बिजुली दिए उज्यालो, नत्र अँध्यारो
प्राधिकरणले चालू आवमा लोडसेडिङ न्यून गर्न भारतबाट ३३७ मेगावाट विद्युत ल्याउँदैछ । गत वर्ष २३७ मेगावाट आयात गरेको थियो ।मधेसको मनदुखाइ– ‘नागरिकता’
हेल्मेट लगाएर सुझाव संकलन
‘मेरो हजुरबुवा वंशजका आधारमा नागरिक। हजुरआमा अंगीकृत। बुवा वंशज। आमा अंगीकृत। म वंशज। मेरी श्रीमती अंगीकृत,’ जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साहलाई यतिबेला चिन्ता छ, ‘मेरा छोराछोरीले अब कतै अंगीकृत हुनुपर्ने त होइन?’
..... ‘नेपाली नागरिकका सन्तानलाई अंगीकृत बनाउने र अंगीकृत व्यक्तिले राज्यका उच्च ओहदामा पुग्न नपाउने विभेदकारी नीति हटाउनुपर्यो,’ तमलोपाका केन्द्रीय सदस्य बलराम कुँवरले भने, ‘चाहे कुनै व्यक्ति मधेसको होस् वा पहाडको कन्दराको किन नहोस्, समान अधिकार पाउनुपर्छ। हामीले संविधान बिथोल्न खोजेको होइन। संविधान सबैलाई चाहिएको छ। विभेदकारी नहोस् भन्ने मात्र हो।’ ....... धनुषाका कांग्रेस सभासद चन्द्रमोहन यादवले भने मस्यौदामा नागरिकतालाई लिएर कुनै क्षेत्रमाथि भेदभाव नगरिएको बताए। ‘बुझाइमा मात्र समस्या हो,’ उनले भने, ‘नबुझेको कुरा एकबाट अर्को, अर्कोबाट अर्को हुँदै बृहत् रूप लिइरहेको छ।’ ...... धारा १३(३) .... ‘विदेशी नागरिकसँग विवाह भएको नेपाली नागरिकबाट नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको र विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको स्वयं घोषणा गर्ने व्यक्तिले कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्नेछ।’ .......... ‘बाबु नेपाली हो भने वंशजका आधारमा नागरिकता दिने मस्यौदाकै अर्को ठाउँमा भनिएको छ,’ उनले भने, ‘फेरि कुनै व्यक्ति विदेशस्थित मावलमा वा विदेशका प्रसूतिगृहमा जन्मियो भने नेपालको नागरिकै हुन नपाउने? नेपालमा जन्म भई किन लेख्नु? नेपाली नागरिकको कोखबाट जन्मिएको लेख्दा पुग्दैन?’ ..... एमाले नेता माधवकुमार नेपालले मस्यौदाको नागरिकता प्रावधानमा मधेसका प्राय:ले चासो राखेको बताए। ‘आपत्तिजनकै त छैन,’ उनले भने, ‘तर एक ठाउँमा महिला/पुरुष नखुलाउँदा अस्पष्ट भएको रहेछ। त्यसलाई मिलाउनुपर्ने मैले पनि महसुस गरेको छु।’ .....मस्यौदामाथि अन्तक्र्रिया हुँदा मधेसमा सबैजसोले उठाउने सवाल नै नागरिकता बनेको छ।
त्यसमा कसैले के, कसैले के प्रावधानमाथि प्रश्न राख्छन्। आपत्ति जनाउँछन्। आक्रोश पोख्छन्। छलफल बहिष्कार गरेका उनीहरूका जम्मा माग छन्– नागरिकताको प्रावधान बुझिने र खुकुलो पार्नुपर्यो, प्रस्तावनामा ‘मधेस आन्दोलन’ शब्द थप्नुपर्यो र प्रदेशहरूको सीमांकन/नामांकन संविधानसभाले नै टुंग्याउनुपर्यो। ..... रौतहटका अधिवक्ता आफ्ताब आलमले भने नागरिकताको प्रावधानमा कहीं–कतै संशोधन गर्न आवश्यक नै नरहेको टिप्पणी गरे। ‘बुझाइमा मात्र समस्या हो,’ उनले भने, ‘अथ्र्याउनेले गलत अथ्र्याएका कारण समस्या बढिरहेको हो।’ ..... मधेसवादी नेताहरूले मस्यौदाको प्रस्तावनामा आन्दोलनहरूका नाम लेखिएका ठाउँमा ‘मधेस आन्दोलन’ पनि थप्नुपर्ने माग राखेका छन्। उक्त प्रस्तावनामा भनिएको छ, ‘राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं सहिदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै।’ ..... तमलोपाका सिंहले माओवादीको ‘ऐतिहासिक जनआन्दोलन’ लेखिएको तर मधेस आन्दोलनलाई पूरै बिर्सिएको टिप्पणी गरे। ‘मधेस आन्दोलनकै कारण अन्तरिम संविधानलाई संशोधन गरी संघीय गणतान्त्रिक लोकतन्त्र नाम दिइएको हो,’ उनले भने, ‘त्यो योगदान र मधेस आन्दोलनको महत्त्वलाई चटक्कै भुल्न पाइँदैन।’ अन्तक्र्रियामा प्राय:ले यस्तै माग उठाउने गरेका छन्।
कार्यक्रम बिथोल्न तराई मधेस लोकतान्त्रिक पार्टिका नेता एव्म पूर्वसभासद् जितेन्द्र सोनल, सद्भावना पार्टिका केन्द्रीय सदस्य गणेशप्रसाद साहसहित मधेसी जनअधिकार फोरम नेपाल, नेकपा माओबादी बैद्य समुह, नेकपा माओबादी मातृका समुह, राप्रपा नेपाललगायतका पार्टिका सयौं नेताकार्यकर्ता सुझाव संकलन स्थल पुगेका थिए । मधेसबादी दलका नेताकार्यकर्ताले कार्यक्रम स्थलबाहिर मस्यौदाको प्रतिलिपि जलाएका छन् । ....... कार्यक्रमलाई सुरक्षा दिन नेपाल प्रहरीका एक सय २५ र सशस्त्र प्रहरीका एक सय ३५ सुरक्षाकर्मी खटिएका थिए । ....... कार्यक्रमपछि सभासद् खातुनले भित्र र बाहिर बिरोध गरेर सुझाव दिने सबैको राय आफूले संविधान सभामा बुझाउने बताईन् । मधेसवादी दलका नेताकार्यकर्ताले गरेको बिरोधलाई आफूले सामान्य रुपमा लिएको भन्दै खातुनले सबैको सहमतीमा संविधान जारी गरिने पनि दाबी गरिन् ।
Tuesday, July 21, 2015
A Case Of Police Brutality: Unlawful And Wrong
Video
This is police brutality. The right to protest peacefully is a fundamental human right. This behavior on the part of the police is wrong and unlawful.
This is police brutality. The right to protest peacefully is a fundamental human right. This behavior on the part of the police is wrong and unlawful.
तीन करोड़ नेपाली नेपालमा, एक करोड़ बाहिर
तीन करोड़ नेपाली नेपालमा, एक करोड़ बाहिर रहेको अवस्था छ। बाहिर रहेका एक करोड़ का लागि ऑनलाइन वोटिंग को व्यवस्था हुनुपर्छ। प्रवासी नेपाली को परिभाषामा भारतमा बस्ने नेपाली पनि पर्छ। सबैभन्दा खाँटी प्रवासी नेपाली नै भारतमा बसेका हरु हुन।
दुनिया को नंबर एक कंगाल देश, भ्रष्ट निकम्मा नेता हरुले कंगाली कायम राखेको देश। मान्छे विदेश जानु स्वाभाविक हो। परिवार हेर्नु परेन? तर देश भित्र को स्थितिमा पनि सुधार ल्याउने, देश भित्र पनि अवसर हरु सिर्जना गर्दै जाने सबैभन्दा सस्तो, सबैभन्दा राम्रो, सबैभन्दा effective तरिका प्रवासी नेपाली लाई नेपाल सँग सकेसम्म जीवन्त/ज्वलंत सम्बन्ध कायम राख्नु हो। तर अहिलेसम्म उल्टो भएको छ। राणा हरुको त्यस्तै सोंच हुने गर्थ्यो। मान्छे टाठाबाठा भए सत्ता ताक्छन् भन्ने डर हुन्थ्यो राणा हरुलाई। अहिले को नेपाल को शासक वर्ग लाई ठ्याक्कै त्यही डर छ। प्रवासी नेपाली ले फर्केर आएर देशमा शासन गर्छन भन्ने डर छ। Remittance चाहिं पठाउ, तर बढ़ी सरोकार न लेउ, देश हामी चलाउँछौं भन्ने छ।
पार्टी नीति अनुसार सुझाव दिन कार्यकर्तालाई निर्देशन
संविधान मस्यौदामा सुझाव
सर्वसाधारण भाषण सुनेर फर्किए
अखण्ड सुदूर र थारुहटबारे आआफ्ना तर्क पेश
संविधान मस्यौदामा सुझाव
गिरिजाबाबुलाई राष्ट्रपति नबनाउनु मेरो राजनीतिक जीवनको सबैभन्दा ठूलो भुल हो – प्रचण्ड
‘सबैको भावना समेट्ने गरी संबिधान जारी हुन्छ’
दुनिया को नंबर एक कंगाल देश, भ्रष्ट निकम्मा नेता हरुले कंगाली कायम राखेको देश। मान्छे विदेश जानु स्वाभाविक हो। परिवार हेर्नु परेन? तर देश भित्र को स्थितिमा पनि सुधार ल्याउने, देश भित्र पनि अवसर हरु सिर्जना गर्दै जाने सबैभन्दा सस्तो, सबैभन्दा राम्रो, सबैभन्दा effective तरिका प्रवासी नेपाली लाई नेपाल सँग सकेसम्म जीवन्त/ज्वलंत सम्बन्ध कायम राख्नु हो। तर अहिलेसम्म उल्टो भएको छ। राणा हरुको त्यस्तै सोंच हुने गर्थ्यो। मान्छे टाठाबाठा भए सत्ता ताक्छन् भन्ने डर हुन्थ्यो राणा हरुलाई। अहिले को नेपाल को शासक वर्ग लाई ठ्याक्कै त्यही डर छ। प्रवासी नेपाली ले फर्केर आएर देशमा शासन गर्छन भन्ने डर छ। Remittance चाहिं पठाउ, तर बढ़ी सरोकार न लेउ, देश हामी चलाउँछौं भन्ने छ।
पार्टी नीति अनुसार सुझाव दिन कार्यकर्तालाई निर्देशन
संविधान मस्यौदामा सुझाव
सर्वसाधारण भाषण सुनेर फर्किए
अखण्ड सुदूर र थारुहटबारे आआफ्ना तर्क पेश
सुझाव संकलन कार्यक्रममा सर्वसाधारणलाई विस्थापित गर्दै पार्टीकै नेता तथा कार्यकर्ताका दवदवा देखियो । जसले सर्वसाधारणले सहज रुपमा मौखिक रुपमा सुझाव दिन सकेनन् । ..... कैलालीका सबै निर्वाचन क्षेत्रमा सोमबार भएको सुझाव संकलन कार्यक्रममा ती दलका कार्यकर्ताको बाक्लो सहभागी थियो । सम्बन्धित क्षेत्रका सांसदसमेत उपस्थित कार्यक्रममा सर्वसाधारणको कमै सहभागिता देखिन्थ्यो । ....... कांग्रेसका जिल्ला नेता नारायण दत्त भट्टले सर्वसाधारणले कमै बुझ्ने बहुलवाद राख्नुपर्ने तर्क गरे । ‘नया संबिधानमा बहुलवाद प्रस्तावनामै आउनु पर्छ’ उनले थपे, ‘सुदूरपश्चिमलाई अखण्ड नै राख्नुपर्छ, त्यसले समृद्धि ल्याउछ ।’ ...... एमाले नेता चन्दले हिमाल, पहाड, तराइ जोडेर संघीय प्रदेश बनाउनु पर्ने पार्टीकै लाइन बोले । ‘उत्तरबाट दक्षिणतिर मिलेको संघीयता हुनुपर्छ‘ उनको भनाइ थियो । एमाओवादीका धामीले पहिचानका आधारमा संघीयता हुनुपर्ने भन्दै कैलालीको केही भाग थारुवानमा हुनुपर्ने तर्क गरे । राप्रपा नेपालका स्थानीय नेता हरि श्रेष्ठले पार्टीका लाइन अनुसार ‘हिन्दू राष्ट्र हुनुपर्ने’ उल्लेख गरे । ......‘मस्यौदा बुझनाइ कठिन अछि’
संविधानको मस्यौदामा असन्तुष्ट संघीय फोरम नेपालका केन्द्रीय सदस्य होरीलाल चौधरी चार दलको ब्यवहारप्रति अन्तुष्टि जनाउदै थिए । ‘यो चार दलको कार्यक्रम जस्तो छ, के सुझाव दिनु ?’ हातमा संविधानको मस्यौदा लिएका उनी भन्दै थिए, ‘चार दलका नेताको मिलेमतोमा मस्यौदा आएको छ । सर्वसाधारणको सुझाव नाम मात्र हो ।’ उनले अखण्ड सुदूरपश्चिमको नाममा थारु समुदायलाई बेवास्ता गरे अर्को द्धन्द्ध हुने बताए ।
....... ‘प्रत्यक्ष निर्वाचनमा महिलालाई धेरैभन्दा धेरै स्थान दिनुपर्छ’ उनले फारममा लेखिन् । ..... कैलालीको अत्तरियामा सुझाब दिन पुगेका एमाओवादी नेता लेखराज भट्ट भाषण गरेर फर्किए । उनलाई सुझाव दिन निम्त्याइए पनि डोटीराज्यको इतिहासबारे बहस गरे मात्र टुंगोमा पुगिने तर्क राखे । उनले सुदूर पश्चिम अझै पनि पीडामा परेकाले हुम्लासहित १० जिल्लाले सदूरपश्चिम समेट्ने प्रदेश हुनुपर्ने तर्क गरे । ..... टीकापुरमा भएको छलफलमा अखण्ड सुदुर पश्चिम र थरुहट प्रदेश कायम गर्नुपर्नेमा दुबै पक्षका अगुवाले आ–आफ्नो तर्क गरे । सहभागीमध्ये अधिकांश थारु समुदायले सुदुर पश्चिमका ९ जिल्लामध्ये कैलाली कन्चनपुरलाई छुट्याउनु पर्ने सुझाव दिएका छन् भने पहाडी समुदायको सुदुर पश्चिम प्रदेश कायम गरिनुपर्ने सुझाव छ । कैलाली १ का दुर्गौली, पथरैया, मुनुवा, नारायणपुर र धनसिहपुर गाविसमा संकलित सुझावमा पनि यी दुइ मुद्धामा बढी सुझाव आएको गाविस सचिवहरुले बताए । ........ सहभागी महिलाले महिला हिसाविरुद्ध कडा सजाय हुनपर्ने, थारु आयोग बन्नुपर्ने, दलितले प्रत्येक प्रादेशिक राज्यमा दलित आयोगको शाखा हुनपर्ने लगायतका सुझाव दिएका थिए । ...... खेतीपातीको समय भएकाले सुझाव संकलनमा खास किसानवर्गको सहभागिता देखिएन ।
निवासको सिकुवामा राष्ट्रपतिका माइला दाइ स्व. रामनारायणका छोरा गणेश यादवले हामीसँग भने, ‘मस्यौदा बुझनाइ कठिन भऽ गेल।’ अर्थात्, ‘मस्यौदा बुझ्नै गाह्रो पर्यो।’ उनलाई मस्यौदाभित्रबाट ‘नैतिकताको प्रतिकूल’ को अर्थ सोध्दा भने, ‘नैतिकतासँग विचार मिल्दो।’ ...... राष्ट्रपति रामवरण यादवका जेठा दाइ रामअनुग्रह (दायाँ) र साइँला दाइ रामसुन्नर यादव आइतबार धनुषा सपही–९ स्थित पुख्र्यौली घरमा संविधानको मस्यौदा हेर्दै। मैथिलीभाषी उनीहरूले नेपालीमा लेखिएको मस्यौदा बुझ्नै सकेनन्। ..... २०६८ को जनगणनाअनुसार धनुषाको जनसंख्या ७ लाख ५४ हजार ७ सय ७७ को ४९.५६ प्रतिशत निरक्षर छन्। महिला निरक्षरको संख्या ५९.७८ प्रतिशत छ। कुल जनसंख्याकोबानेश्वरमा सुझाव संकलनस्थल बाहिर झडप
झन्डै ९० प्रतिशत मैथिलीभाषी
छन्। तिनको अधिकांशले नेपाली भाषा बुझ्न र बोल्न सक्दैनन्। राष्ट्रपतिका दुई दाइलाई परेको समस्या त्यही हो। ..... ‘घरमै गुरु राखेर मैथिली र हिन्दी पढ्यौं,’ उनीहरूले भने, ‘नेपाली बोलेको चारना आठाना मात्रै बुझ्छौं। मस्यौदामा लेखेको कुरा त झन् कहाँबाट बुझ्नु?’ उनीहरूले मस्यौदा पल्टाए। मुस्किलले पढे। तर, कुनै भाग पनि राम्ररी बुझ्न नसकेको बताए। ‘मैथिलीमा भएको भए बुझ्थ्यौं होला कि,’ थपे। ....... समस्या उनीहरूलाई मात्र होइन, सिँगै मिथिला क्षेत्रलाई परेको छ। यहाँ बोलिचालीमा मातृभाषा प्रयोग गर्ने चलन छ। ..... ‘यो संविधानमा नागरिकले स्वामित्व र निजत्व ग्रहण गर्न पाउनुपर्छ। मेरो संविधान भन्न पाउनुपर्छ। निर्माणमा उनीहरूको सक्रिय सहभागिता चाहिन्छ,’ तमलोपाका समानुपतिक सभासद विजयकुमार सिंहले भने, ‘तर
बुझदै नबुझ्ने भाषामा माइकमा सुनाइदिने काम भइरहेको छ। यो एक प्रकारले पशुवत् व्यवहार हो।’
....... यहाँको मधेसी समुदायमा नागरिकतासम्बन्धी प्रावधान भेदभावपूर्ण छ भन्ने परेको छ। ...... ‘जसबाट प्रतिक्रिया लिन मस्यौदा ल्याइएको हो, तिनीहरूले यो बुझदा पनि बुझदैनन्,’ उनले भने, ‘अलिकति समय लगाएर भए पनि मिथिलाञ्चलवासीका लागि मैथिलीमा उल्था गरेर ल्याएको भए हुन्थ्यो। सबैले बुझ्थे, विचार राख्थे। सरकार वा संविधानसभाले नसक्ने भए दलहरूले नै भए पनि त्यसो गर्नुपथ्र्यो।’ ...... ‘संविधान नेपालीमै होस्/हुनुपर्छ,’ सबैको सार छ, ‘तर जनताबाट सुझाव लिने मस्यौदा जनताले बुझ्ने भाषामा हुनुपथ्र्यो। त्यस्तो नहुँदा यस क्षेत्रमा छलफल गर्नु व्यर्थ छ।’
ब्याङ्केटमा सुझाव दिनको लागि सर्वसाधारणको बाक्लो उपस्थिति छ । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सुझाव संकलन भइरहेको छ।प्रवासीलाई मताधिकार माग
संविधान मस्यौदामा सुझाव
भारतसहित प्रवासमा करिब ७० लाख नेपाली रहेको अनुमान छ ..... साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनमा करिब १३ लाख नेपाली कामदार छन् । ‘प्रवासी नेपालीलाई मताधिकार र विधायन (केन्द्र, प्रदेश र स्थानीय) मा प्रतिनिधित्वको व्यवस्था हुनुपर्छ,’ रोकाहाले कान्तिपुरलाई भने, ‘प्रवासीका हक अधिकार सुनिश्चित गर्न नीतिगत तहमै प्रतिनिधित्व जरुरी छ ।’ महिला, दलित, जनजातिको प्रतिनिधित्वको सुनिश्चितता गरेजस्तै प्रवासी नेपालीको प्रतिनिधित्व हुनुपर्ने सुझाव उनको छ । संविधानसभा सचिवालयले प्रवासबाट संविधानसभाको वेबसाइट, इमेल र दूतावासमार्फत सुझाव आइरहेको जनाएको छ । सचिवालय कर्मचारीका अनुसार वेबसाइटमा प्राप्त सुझावमध्ये ३५ प्रतिशत प्रवासबाट आएका छन् । ....... विदेशमा २९ दूतावास, २ स्थायी नियोग (जेनेभा र न्युयोर्क), ४ महावाणिज्य दूतावास (ल्हासा, हङकङ, कोलकाता र जेद्दाह), एक वाणिज्य दूतावास (न्युयोर्क ) र ६१ वटा स्थानमा स्वदेशी/विदेशी नागरिक सम्मिलित अवैतनिक महावाणिज्य तथा वाणिज्य दूतावास छन् । ..... प्रवासी नेपालीलाई समानुपातिक सिटमा १० प्रतिशत आरक्षण दिन, राष्ट्रिय सभामा ५ जना राख्नुपर्ने ..... सरकारले निर्धारण गरेको न्यूनतम मापदण्डभन्दा कम पारिश्रमिक र सुविधा पाउने गरी कुनै पनि क्षेत्रमा रोजगार सम्झौता हुन नपाउने व्यवस्था गर्नसमेत जोड दिएको छ ।भैरहवामा सिके राउत र प्रहरीबीच ढुंगा हानाहान (फोटोसहित)
प्रहरीको लाठी प्रहारबाट ८ जना मधेसी कार्यकर्ता घाइते भएका छन । प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित भीडले भैरहवा भूमहि सडक अन्र्तगत धकधईमा रहेको प्रहरी बिटमा आगजनी गरेका छन ...... आगजनिपछि प्रहरीले घर–घरमा पसी स्थानीयलाई आन्दोलनकारी भन्दै लाठी हानेको थियो । धकधईको अवस्था अहिले तनावग्रस्त रहेको छ ।‘सिकिक्म विलयपछि नेपालको तराइ मर्जर प्लान बनाईयो’
इन्दिरा गान्धीले सन् १९७७ मा चुनाव हारेपछि नेपालका राजा वीरेन्द्रले राजीव गान्धी र उनको परिवारलाई नेपालमा राजनीतिक शरण दिने प्रस्ताव गरेको ....... राजा वीरेन्द्रले आफूलाई गान्धी परिवारको सुरक्षाको विषयमा चासो राखेको कुरा इन्दिरा गान्धीले नै भारतीय गुप्तर एजेन्सी रअका फाउन्डर एनआर काओलाई भनेको कुरा यादवले उल्लेख गरेका छन् । तर काओले नै मोराजीसँग कुराकानी गरेर सुरक्षाको ब्यवस्था मिलाएपछि नेपालमा शरण लिनु नपरेको ....... रअका फाउन्डर एनआर काओेले नै नेपालको तराइलाई भारतमा मिलाउने योजना बनाएको पनि भारतको बाहृय सुरक्षा मामिला हेर्दै आएका गुप्तचर संस्था रअका पूर्वअधिकारी आरके यादवले आफ्नो पुस्तक मिशन रअमा उल्लेख गरेका छन् । ....... उनका अनुसार सन् १९७५ मे मा सिक्किमको विलय गराइसकेपछि जुनमा इन्दिरा गान्धीले संकटकाल लगाइन् । त्यसपछि हिन्दुस्तानको राजनीति नै अर्कोतिर मोडियो । काओले आफूसँग भनेको कुरा यादवले यसरी उल्लेख गरेका छन्-‘सिकिक्म विलयपछि नेपालको तराइ मर्जर प्लान बनाएँ । तर, त्यसबारे कसैलाई पनि सेयर गरिनँ । जुन १९७५ मा लागेको संकटकाल २० महिनासम्म रह्यो । त्यसपछि हिन्दुस्तानमा आन्तरिक समस्या यति धेरै बढ्यो कि नेपाल लगायत अन्य मुलुकका बारेमा हामीले बनाएको जेजति प्लान थिए, ती कुनै पनि कार्यान्वनय हुन पाएनन् ।’
गिरिजाबाबुलाई राष्ट्रपति नबनाउनु मेरो राजनीतिक जीवनको सबैभन्दा ठूलो भुल हो – प्रचण्ड
जनता दल यूनाईटेडका अध्यक्ष शरद यादवको नयाँ दिल्ली स्थित सेभेन तुक्लक रोडमा रहेको निवासमा भेला भएका भारतका विपक्षी दलका नेताहरुसँग आफूले सबैभन्दा पहिलो गल्ती स्वर्गिय गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर सबैभन्दा ठूलो गल्ती गरेको र त्यसको पश्चाताप अहिलेसम्म पनि रहेको बताएका थिए । उनले भने–गिरिजाबाबुलाई राष्ट्रपति नबनाउनु मेरो राजनीतिक जीवनको सबैभन्दा ठूलो भुल हो । ...... त्यसैगरी प्रचण्डले त्यसपछि प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणमा आफूले भावावेसमा आएर राजिनामा दिनु अर्को गल्ती भएको औल्याएका थिए । भने तेस्रो गल्तीको रुपमा आफूहरु सक्षम हुँदा हुँदै पहिलो संविधानसभालाई ब्यवस्थापन गरेर संविधान दिन नसक्नु अर्को गल्ती भएको बताएका थिए । ...... प्रचण्डले अबको एक महिनाभित्र नेपालले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान पाउने दावी गर्दै सकेसम्म मधेसलाई मिलाएर सीमाङकनसहितको संविधान जारी गर्न लागेको बताएका थिए । ....... उनले आफू सुरु भएको संविधान जारी गर्ने प्रक्रियाबाट ब्याक नहुने भन्दै आफू संविधान निर्माण प्रक्रियामा भारतको साथ समर्थन लिन आएको स्पष्ट पारेका थिए । प्रचण्डले राहत र उद्दारमा भारतले खेलेको भूमिकाको प्रसंसा गर्दै शान्ति प्रक्रियामा पनि सम्झौता गरेको, संविधान जारी गर्न पनि सम्झौता गरेकोले अब अरुले के भन्छन वास्ता नगरी संविधान दिई छाड्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।'विरोधीलाई पनि सहमतिमा ल्याएर संविधान'
विरोधमा रहेका दलहरुलाई पनि समेट्न सरकार प्रतिवद्ध रहेको बताए । ..... मधेसी र मोहन बैद्य नेतृत्वको दलसँग छलफल भइरहेको र सबैको सुझाव समेटेर संविधान जारी गरिने उनले उल्लेख गरे । ..... विरोधी पार्टीहरुका मत सुझावका रुपमा आए संविधानमा समेट्न सकिनेआन्दोलनले उपलब्धी सिध्याउँछ : प्रधानमन्त्री
‘सबैको भावना समेट्ने गरी संबिधान जारी हुन्छ’
प्रधानमन्त्री सुशील कोइरालाले संबिधान बनाउने बेला गरिने आन्दोलने जनआन्दोलनको उपलब्धी गुम्ने भन्दै सबैको भावना समेट्ने गरी संबिधान जारी हुने आश्वासन दिएका छ्न । बाँके क्षेत्र नम्बर ३ मा संबिधानको मस्यौदामाथि जनताको सुझाव संकलनका लागि आएका प्रधानमन्त्री कोइरालले नयाँ संबिधान जारी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।‘८ प्रदेश पनि धेरै भयो’ वडाअध्यक्षको चुनाव प्रत्यक्ष गर्न माग
केन्द्रले ५ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्न, वडाअध्यक्षको चुनाव प्रत्यक्ष गर्न, राष्ट्राध्यक्षको सपथ राजनीतिक समारोहमा गर्ने व्यवस्था गर्न, १० वर्षसम्म संवैधानिक अदालतको व्यवस्था गर्न
Too Many Prime Ministers: 23 In 26 Years
सर्वेः दिल्ली के बाद बिहार में मोदी लहर को झटका
गगन थापा को प्रत्यक्ष निर्वाचित प्रधान मंत्री/राष्ट्रपति को पक्षको अडान
कमिला र मौरी: उज्जवल थापा र म
२६ बर्ष मा राम्रो काम गर्ने हरु भए ३ हुन्थे, ठीक ठीकै काम गर्ने भए ५ हुन्थे। भए २३ जना। केन्द्र मा एउटा तेस्रो चैम्बर चाहिन्छ भनेर मैले त्यसै भनेको होइन।
गगन थापा को प्रत्यक्ष निर्वाचित प्रधान मंत्री/राष्ट्रपति को पक्षको अडान
कमिला र मौरी: उज्जवल थापा र म
२६ बर्ष मा राम्रो काम गर्ने हरु भए ३ हुन्थे, ठीक ठीकै काम गर्ने भए ५ हुन्थे। भए २३ जना। केन्द्र मा एउटा तेस्रो चैम्बर चाहिन्छ भनेर मैले त्यसै भनेको होइन।
मधेसी क्रान्ति ३ कति बेला र केका लागि?
Video: जनकपुर बन्द प्रदर्शन, साउन ५
२०४६ मा गणेशमान ले गरेको जस्तो आन्दोलन त अहिले नै भइराखेको छ। तर मधेसी क्रान्ति ३ कति बेला र केका लागि?
अब क्रान्ति गर्नु पर्यो भने मधेस अलग देश का लागि हुन्छ। अब समझौता को क्रान्ति हुँदैन। त्यो शहीद पैदा गर्ने होइन, गाउँ गाउँ मा लाठी जुलुस निकाल्ने किसिमको हुन्छ, मधेस को भूभाग को प्रत्येक सरकारी कार्यालय, प्रहरी चौकी र ब्यारेक आफ्नो अधीनमा लिने क्रांति हुन्छ, उत्तरी छिमेकी ले राजदुत आदान प्रदान नगरे सम्म, द्वैध नागरिकता को संधि नगरेसम्म उत्तरी छिमेकी को प्रत्येक नाका बन्द राख्ने किसिमको क्रान्ति हुन्छ।
तर त्यो बेला आइसकेको छैन, र न आउन पनि सक्छ। मधेसी क्रान्ति ३ पनि आखिर लोकतन्त्र का लागि नै हुने हो। त्यस कारणले अहिले लोकतान्त्रिक प्रक्रिया को सक्दो प्रयोग गर्नै पर्छ। मधेसी क्रान्ति ३ अन्तिम अस्त्र हो। यसलाई पहिलो अस्त्र बनाउनु हुँदैन।
नेपाली भाषामै बोल्न भनेपछि नवलपरासीमा झडप
सुझाव संकलन अपडेट :: कतै अवरोध, कतै उत्साह
बारा झडपका विच सकियो सुझाव संकलन
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा भट्टराईको बहस
‘म राष्ट्रपतिको उमेद्वार हुन्न’
२०४६ मा गणेशमान ले गरेको जस्तो आन्दोलन त अहिले नै भइराखेको छ। तर मधेसी क्रान्ति ३ कति बेला र केका लागि?
अब क्रान्ति गर्नु पर्यो भने मधेस अलग देश का लागि हुन्छ। अब समझौता को क्रान्ति हुँदैन। त्यो शहीद पैदा गर्ने होइन, गाउँ गाउँ मा लाठी जुलुस निकाल्ने किसिमको हुन्छ, मधेस को भूभाग को प्रत्येक सरकारी कार्यालय, प्रहरी चौकी र ब्यारेक आफ्नो अधीनमा लिने क्रांति हुन्छ, उत्तरी छिमेकी ले राजदुत आदान प्रदान नगरे सम्म, द्वैध नागरिकता को संधि नगरेसम्म उत्तरी छिमेकी को प्रत्येक नाका बन्द राख्ने किसिमको क्रान्ति हुन्छ।
तर त्यो बेला आइसकेको छैन, र न आउन पनि सक्छ। मधेसी क्रान्ति ३ पनि आखिर लोकतन्त्र का लागि नै हुने हो। त्यस कारणले अहिले लोकतान्त्रिक प्रक्रिया को सक्दो प्रयोग गर्नै पर्छ। मधेसी क्रान्ति ३ अन्तिम अस्त्र हो। यसलाई पहिलो अस्त्र बनाउनु हुँदैन।
- अहिले सड़क आन्दोलन र प्रदर्शन, विरोध कार्यक्रम, गाउँ गाउँ मा संगठन विस्तार, alliance building का प्रयास हरु गर्ने
- संविधान सभामा अंक गणित लाई आफ्नो पक्षमा पार्ने प्रयास
- त्यस पछि सर्वोच्च अदालत को ढोका ढकढकयाउने
- अन्तिम अस्त्र राष्ट्रपति हो: राष्ट्रपति ले अंतरिम संविधान को रक्षा गर्ने कुराको आशा गर्ने
यी चार अस्त्र काम लागेनन भने अनि अंतिम अस्त्र को प्रयोग हुन्छ।
मधेश अलग देश बनाउने भनेको हामी यो देश छोडेर जाने भनेको होइन। राजा जनकले हिमालय देखि गंगा सम्म राज गरेको। आफ्नो देश छोडेर कहाँ जाने? बरु खस हरु लाई आफ्नो देश बाट धपाउने। नया बन्ने देश मधेसी र जनजाति मिलेर बनेको देश पनि हुन सक्छ। उता पश्चिम मा खसान का लागि अलिकति ठाउँ छोड्दै बाँकी भुभागमा मधेसी र जनजाति ले मिलेर नया देश बनाउने।
माओवादी ले गल्ती गर्दैछ। अंतरिम संविधान मा रहेको केही पनि गुम्ने ठाउँ नै छैन। अंतरिम संविधान मा थप्न मिल्छ, घटाउन मिल्दैन। यति लिने भए लेउ नत्र यो पनि गुम्छ भनेर काँग्रेस एमाले का प्रतिक्रांतिकारी हरु ले प्रचण्ड लाई ठग्न भ्याएका छन, हेम बहादुर ले मुसहर हरु लाई ठगे जस्तो।
नेपाली भाषामै बोल्न भनेपछि नवलपरासीमा झडप
सुझाव संकलन अपडेट :: कतै अवरोध, कतै उत्साह
सुरक्षा घेरामा एकतफिर् सुझाव संकलन गरिएको आरोप प्रदर्शनकारीले लगाए । कम्पाउण्ड बाहिर प्रदर्शनकारीले नाराबाजी गरेका थिए । गाली गलौच समेत गर्दै तिन घण्टासम्म सभासद सहित एमाले र कांग्रेसका कार्यकर्तालाई बाहिर निस्कनमा अवरोध पुर्याएका थिए । कार्यक्रमस्थलमा मानव अधिकारकर्मी र पत्रकारलाई सभासदको आदेश भन्दै प्रवेशमा रोक लगाइयो । ..... जलेश्वर । मधेसी दलका कार्यकर्ताल सुझाव संकलन केन्द्रको छेवैमा खुर्सानी जलाएर मस्यौदामाथिको छलफलमा अवरोध पुर्याएका छन् । महोत्तरीको क्षेत्र न. २ को सुझाव संकलन स्थल योगकुमार माविको छेउमा ठूलो मात्रामा खुर्सानी जलाईपछि त्यसको धुँवाले सुझाव संकलनको काममा अवरोध पुगेको थियो । ...... नेपाली कांग्रेसका सभासद सुरेन्द्रप्रसाद चौधरी नेतृत्वको टोलीलाई सुझाव संकलनको कार्यक्रम सञ्चालनलाई हम्मे हम्मे नै पर्यो । ...... सुझाब दिने स्थानलाई सुरक्षाकर्मीले घेरेर राखेका थिए । सुझाब दिने भन्दा सुरक्षाकर्मी बढी भएको भन्दै जयप्रकाश यादवले विरोध गरेपछि प्रहरीले उनलाई बल प्रयोग गरेर निकाल्न खोज्यो ।..... ‘मधेसको यथार्थलाई मस्यौदाले समेटेको छैन,’ उनले भने, ‘यसलाई हामी बहिस्कार गर्छाैं, सुझावको कुनै जरुरी छैन् ।’ रायको मन्तब्य सकिए लगत्तै तराई मधेस सदभावना पार्टीका केन्द्रीय सदस्य कौशलकिशोर रायले मञ्चबाटै मस्यौदा च्यातेर ब्यानर फ्यालीदिए । उनलाई केहीवेर नियन्त्रणमा लिएर प्रहरीले पुन: छाडिदियो । ..... सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल सहभागी कार्यक्रममा लिम्बुवानका कार्यकर्ताले आफ्नो भनाई राखिसकेपछि मस्यौदाको किताव च्यात्न खोजेका थिए । ..... विशेषगरी तराईका जिल्लामा मधेस केन्द्रित दलका कार्यकर्ताले सुझाव संकलनमा अवरोध गरेका छन् । विराटनगरको रानीस्थित मिल्स माविमा भइरहेको सुझाव संकलन कार्यक्रममा मधेस केन्द्रित दलका कार्यकर्ताले अवरोध सिर्जना गरेका थिए । ...... सद्भावनाका केन्द्रिय सदस्य लालकिशोर साह, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष शेषनारायण यादव, तमलोपाका केन्द्रिय उपाध्यक्ष विशेषचन्द्र लाल, तमलोपाका सभासद डा. विजयकुमार सिंहसहित ४० भन्दा बढी घाइते भएका छन् । ..........तातोपानी भन्सारमा अर्थमन्त्रीको यस्तो सेटिङ, व्यापारीबाट पैसा लिन श्रीमतीलाई प्रयोग गरे
उनीहरुले सुझाव संकलन कार्यक्रम खुला स्थानमा गर्नुपर्ने माग गरेका छन् ।
..... सुझाव संकलनको लागि नुवाकोट जादै गरेका अर्थमन्त्री रामशरण महतलाई अज्ञात समूहले अवरोधको प्रयास गरेका थिए । ..... प्रदर्शनकारीले आधा घण्टादेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
भन्सार प्रमुख पोखरेलले प्रतिट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून मूल्यांकन गरी ती ट्रक छोडेर करोडौं रुपैयाँ राजस्व मार्ने काम गरेका छन् । ३४० ट्रकमा ३२२ मात्र चेकजाँच गरिएको थियो । १८ वटा ट्रक चेकजाँच नै नगरी छाडिएको स्रोतले बतायो । भन्नसार प्रमुख पोखरेलले १५६ वटा मालवाहक ट्रकमा सामान ल्याउने व्यापारीहरुलाई घरमै बोलाएर प्रतिगाडी घुसको दररेट तय गरी तोक आदेश गरेका थिए । ........ असार २७ गतेमधेशवादी दलहरु सत्ताका लागि वार्गेनिङ्ग गर्दैछ : मातृका
घरमै व्यापारी बोलाएर अर्थमन्त्री डा. रामशरण महतको श्रीमतीलाई छुट्टै र कांग्रेसको महाधिवेशनको लागि सहयोग गर्नुपर्छ भनेर व्यापारीसँग प्रतिट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून भन्सार शुल्क लिएर सामान छाडेको
स्रोतको भनाई छ । .......... मन्त्रीको श्रीमती र कांग्रेसको महाधिवेशनको लागि सहयोग भनेर दररेट तोकी घुस लिएर तोक लगाएका पोखरेलले आफू पानीमाथिको ओभानो बन्न दूधको साक्षी बिरालो भनेझैं राजस्व अनुसन्धान विभागका दुई निर्देशक मदन दाहाल र कमल राजलबटलाई पनि सामेल गराएका थिए
सरकारले सिके राउतलाई नजरबन्दमा राखेर अनावश्यक रुपमा हिरो बनाउन खोजेको आरोप लगाउँदै नेता यादवले सरकारकै रबैयाका कारण सिके हिरो भईरहेको छ उनलाई स्वतन्त्र कार्यक्रम संचालन गर्न दिनुपर्छ ...... ‘एउटै एजेन्डा हो भने खोइ त मोर्चाबन्दी ? एक्लै एक्लै किन आन्दोलन गर्र्दैछन् ? ..... संविधानको मस्यौदा केही सिमित व्यक्तिहरुको हातमा मात्र आएको चर्चा गर्दै यादवले भने, ‘मस्यौदा जनताको बीचमा आएको छैन । जनप्रतिनिधिहरु विश्वासघाती राणाशैलीमा उत्रेका छन् । अब भिषण वैचारिक संघर्ष र युद्धको सम्भावना बढेर गएको छ ।’ संयोजक यादवले आत्म निर्णयको अधिकार सहितको संघीयताका लागि मधेशवादी दलहरु संघीयता पक्षधरसँग सहकार्य नगरे एमाले काँग्रेस र एमाओवादीसँग सत्ताका लागि वार्गेनिङ्ग गर्ने नेताहरुको नाम किटेरै सार्वजनिक गर्ने ठोकुवा गर्नुभयो । ......... चार दल बीच भएको १६ बुँदे सहमतिलाई भारत र चीनले समर्थन नगर्नु भनेको प्रारम्भिक संविधानको मस्यौदालाई स्वीकार नगरेको मेरो बुझाई रहेको बताए । ..... एक जना मधेशी मुलका न्यायाधीशले कानुनमा टेकेर सहि कुरा डिसिजन गर्दा त्यसको समर्थन गर्ने राष्ट्रपतिलाई काँग्रेस र एमालेका उच्च नेताहरुले अबमुल्यन गरेकोमा यादवले आक्रोश व्यक्त गरेका छन् । यादवले भने शासक वर्ग घोर मधेशी र आदिबासी विरोधी हुन् । उनीहरुलाई मौजमस्ती गर्नका लागि मधेश चाहिन्छ । मधेशी होइन ? अब सबै एक जुट भएर ‘गर मर’ को आन्दोलन गर्नु पर्छ ।’ ...... आत्म निर्णय सहितको संविधान र संघियताका लागि आफू शहीद हुन तयार रहेको दावी गर्नुभयो । ....... आफू पटक–पटक सिके राउतलाई भेटेको स्वीकार गर्दै यादवले भने ‘मुलुक दुई जना यस्ता व्यक्तिहरु छन्, जो कसैसँग कुरा गर्दैन, ती व्यक्ति हुन्, सिके राउत र विप्लव’ सिके राउत साच्चैको मधेश र मधेशीको समुदायको हित चाहन्छ भने आत्म निर्णयको अधिकार सहित संघियता र संविधानको लागि आन्दोलनलाई सहयोग गर्नुपर्छ ।’ ......... सरकारले सिके राउतलाई नजरबन्दमा राखेर अनावश्यक रुपमा हिरो बनाउन खोजेको आरोप लगाउँदै नेता यादवले सरकारकै रबैयाका कारण सिके हिरो भईरहेको छ उनलाई स्वतन्त्र कार्यक्रम संचालन गर्न दिनुपर्छ । राउतको वास्तविकता मधेशी समुदायलाई बुझ्नु पर्ने जरुरी भएको यादवको भनाई रहेको छ । ..... १२ वर्षे सशस्त्र विद्रोह सम्झिदै संयोजक यादवले भने ‘हामीहरु माधवहरुसित सहकार्य चाहदैन्थ्यो । तर प्रमुख ज्ञानेन्द्र भएकोले मुख्य शत्रुलाई परास्त गर्न सहायक शत्रुसँग सहकार्य गरेको कुरा सिके राउतले बिर्सनु नहुने उनको भनाई छ । यादवले भने ‘हामी पहिला आत्म निर्णयको अधिकार सहितको संघियता र संविधान लिउन । त्यसपछि सिके जीहरुको चित नबुझे फेरि अर्कोतिर जाने बाटो त खुल्लै हुन्छ नि ?’
बारा झडपका विच सकियो सुझाव संकलन
बारा ४ बाट निर्वाचीत एमाले सभासद नेजमा खातुनको बा ३ च ७४२४ नम्बरको गाडीमा मधेशवादी दलका कार्यकर्ताले तोडफोड गरेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले दुइ सेल अश्रु ग्याँस प्रहार गरेको ...... मधेशवादी दलले अवरोध पु¥याएपछि बन्द कोठा भित्र केहि व्यक्तीको सुझाव संकलन गरी कार्यक्रम सकिएको घोषणा गरिएको थियो । यस अघि स्थानीय नेरा उच्च माविको प्राङ्गणमा सुझाव संकलन कार्यक्रम गर्ने तय गरिएको थियो ।‘अध्यक्ष लचिलो हुँदा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख खुस्कियो’
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा भट्टराईको बहस
‘म राष्ट्रपतिको उमेद्वार हुन्न’
भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले मात्रै मुलुकमा स्थिरता ल्याउने दावी गरे । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा सहमति नभए, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा यी दुवैको मिश्रित मोडल अपनाउन सकिन्छ’, उनले भने । एमाओवादीको पहिलो चाहाना प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभए दोस्रो चाहाना प्रधानमन्त्री भएको उनले बताए । ...... ‘हाम्रो अध्यक्षले हठातमा अन्य विषयमा सहमति हुन्छ भन्ने हामी शासकिय स्वरुपमा सहमति गर्न तयार छौं भनेर फ्याट बोलिदिनु भयो ।’ ..... ‘कांग्रेस एमालेका केहि साथीहरु पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा सकारात्मक हुनुहुन्छ’, उनले भने, ‘अझै पनि सहमति गरेर मस्यौदालाई परिमार्जन गर्न सकिन्छ ।’ अहिलेको मस्यौदामा शासकिय स्वरुप बारे पुन विचार गर्दा उपयुक्त हुने उनले भनाई थियो । ........ ‘अन्तराष्ट्रिय शक्तिहरु नेपालमा प्रत्यक्ष निर्वाचित प्रणाली चाहदैंनन’, उनले भने, ‘ उक्त प्रणाली भए नेपालमा स्थिरता आउने र चलखेल गर्न नपाईने डर उनीहरुलाई छ ।’ प्रत्यक्ष निर्वाचित प्रणालीले मुलुकमा स्थिरता, स्थायित्व, समृद्धि र राष्ट्रिय स्वाधिनता बलियो हुने उनले दावी गरे । ..... ‘प्रचण्ड, बावुरामको चर्चा बढी छ, उनीहरु नै निर्वाचित हुन्छन भनेर कांग्रेस, एमाले तर्सिए’, उनले भने ..... देशभरिबाट पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली अबलम्बन गर्न राय सुझाव आएको भट्टराईले बताएतराईमा राज्यबाट भएको दमनको भत्सर्ना
पूर्व राजदूत विजयकान्त कर्ण, अधिवक्ता दिपेन्द्र झा, अध्येता तुलानारायण साह र साहित्यकार धीरेन्द्र प्रेमर्षीले साउन ४ गते एक वक्तव्य निकाल्दै राज्यबाट भएको दमनको भत्सर्ना गरेका हुन् ।.......... जनकपुरमा प्रहरीले अत्यधिक बलप्रयोग गर्दा २४ जना घाइते भएका छन् ।’ ....... ‘प्रहरीको बलप्रयोगबाट तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल, सभासद् डा. विजय सिंह, सद्भावना पार्टीका लालकिशोर साह, संजय सिंह लगायत कैयौं नेतृहरु समेत घाइते भएका छन् । गम्भीर घाइते भएका नेकपा-माओवादीका सुशील कर्ण र तराई मधेश लोकतान्त्रिक पार्टीका योगेन्द्र रायलाई थप उपचारका लागि काठमाडौ ल्याइएको छ ।’ ........ रौतहटको गौरमा समेत प्रहरीद्वारा बलप्रयोग भएको जनाउँदै भनिएको छ, ‘उक्त झडपमा प्रहरीले गरेको लाठीचार्जबाट संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य बबन सिंह र योगेन्द्र राय यादवलगायत १३ जना घाइते भएका छन् । प्रहरीले सप्तरीमा ६० सेल अश्रुग्यास, २० राउण्ड हवाइ फायर गर्नुको साथै २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीको बलप्रयोगबाट वीरेन्द्र माझी, विकास तिवारी, संजीव मण्डल र जगदीश कुशियतलगायतका घाइते भएका छन् । साथै महोत्तरी, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लाहरुमा समेत झडप भएको छ ।’काठमाडौंको सडकमा, ‘मधेशी सभासद् संविधानसभा छोड’
‘मधेशी सभासद् संविधानसभा छोड’, ‘मधेश विरोधी मस्यौदा खारेज गर’, ‘समग्र मधेश एक प्रदेश कायम गर’ र ‘मधेशी युवा एकता जिन्दावाद’जनकपुरमा प्रहरीद्वारा लाठी चार्ज, दर्जनौं घाइते, अवस्था तनावग्रस्त
The Time Dimension And Nepali Politics
प्रधान मंत्री ले एक वर्ष सम्म लगातार भने: "ढुक्क भएर बस्नोस्, माघ ८ भित्र संविधान आउँछ।" माघ ८ आयो गयो, संविधान आएन, तर कसैले प्रधान मंत्री लाई सोधेको छैन, "तपाइँ ले के को आधारमा माघ ८ भित्र संविधान आउँछ भन्नु भएको थियो?" र न आए पछि जिम्मेवारिबोध छ? उहुँ।
नेपालका नेता हरु astronaut हरु हुन, space travelers. यिनी हरु time dimension मा travel गर्न अत्यन्त सिपालु। भुकम्प गयो, फेरि सुशील कोइराला ले घोषणा गरे: "तीन वर्ष भित्र मा प्रत्येक ढलेको घर बनाई दिन्छु!" त्यो पनि माघ ८ जस्तै हो। आउँछ जान्छ, घर बन्ने भनेको त्यस्तै हो।
प्रचण्ड पनि पत्रकार हरु सँग जम्काभेट भयो कि: "एक हप्ता भित्र बड़ो निर्णायक, ऐतिहासिक निर्णय हुनेवाला छ" भन्दै पत्रकार हरु लाई झुलाउँदै बस्ने गरेका। उ पनि astronaut नै हो।
अहिले सबैले साउन साउन भन्दैछन् --- पहिला माघ ८ भन्थे, अहिले time traveler हरुले साउन साउन भन्दैछन्। जनता को attention divert गर्ने बाहेक केही होइन यो। नौटंकी।
एउटा मात्र कुराको गारंटी छ: साउन मा संविधान आउँदैन।
संघीयता नभए पनि देश चल्छ : गृहमन्त्री ‘साउन भित्रै संविधान’
‘केपी ओलीको देखादेंगे’
नेवि संघ नेता कुन्दन काफ्ले सहित ११ निलम्वित
गाईलाई राष्ट्रिय जनावर मान्न अस्वीकार
मस्यौदामाथि सुझाव संकलन : काभ्रेमा नगण्य उपस्थिति
सुझाव संकलन अपडेट :: कतै अवरोध, कतै उत्साह
नेपालका नेता हरु astronaut हरु हुन, space travelers. यिनी हरु time dimension मा travel गर्न अत्यन्त सिपालु। भुकम्प गयो, फेरि सुशील कोइराला ले घोषणा गरे: "तीन वर्ष भित्र मा प्रत्येक ढलेको घर बनाई दिन्छु!" त्यो पनि माघ ८ जस्तै हो। आउँछ जान्छ, घर बन्ने भनेको त्यस्तै हो।
प्रचण्ड पनि पत्रकार हरु सँग जम्काभेट भयो कि: "एक हप्ता भित्र बड़ो निर्णायक, ऐतिहासिक निर्णय हुनेवाला छ" भन्दै पत्रकार हरु लाई झुलाउँदै बस्ने गरेका। उ पनि astronaut नै हो।
अहिले सबैले साउन साउन भन्दैछन् --- पहिला माघ ८ भन्थे, अहिले time traveler हरुले साउन साउन भन्दैछन्। जनता को attention divert गर्ने बाहेक केही होइन यो। नौटंकी।
एउटा मात्र कुराको गारंटी छ: साउन मा संविधान आउँदैन।
संघीयता नभए पनि देश चल्छ : गृहमन्त्री ‘साउन भित्रै संविधान’
‘संघीयतामा थुप्रै विचारहरु छन्, कसैले आफ्नो एजेण्डामा तलमाथि हुन चाहँदैनन्’ ,उनले भने, ‘अहिले संघीयताको टुंगु लगाउने तर्फ अघि बढे संविधान जारी हुन सक्दैन ।’ उनले लामो समयम उपनिबेश भएको देश स्वतन्त्र भएपछि, ठूलो भूभाग भएको देशमा मात्र संघियता फाप्ने बताए । ..... ‘संघीयतको बिषमा एमालेको एउटा धाराण छ, माओबादि, कांग्रेसलगायत दलहरुको फरक फरक धारणा छन्’, गौतमले भने, ‘त्यसैले अहिले देश जसरी चलेको छ, त्यसरीनै चल्छ ।’ संविधानको मस्यौदामा गाउँगाउँमा सुझाव केन्द्रका दलहरुले राखेका मत अनुसारको सुझाब आएको बताए । .....सुझाव संकलन कार्य र संविधान जारी जतिवेला पनि शान्ति सुरक्षा व्यवस्थित गरिएको उनको जिकिर थियो ।राजदूत रेको धम्की
‘केपी ओलीको देखादेंगे’
नेपाली कांग्रेसको महाधिवेशनसम्म सरकारको समीकरण बदलिदैँन र ओली प्रधानमन्त्री नहुने बताइन्छ ।निश्चितरुपमा देश टुक्रिन सक्छः अमरेश
अहिलेको मस्यौदा नेपाली नागरिकलाई भन्दा पनि चार दलका नेतालाई राजा बनाउने नियतले ल्याएको बताए ।‘मनपरि गरेपछि कर्णलाई कालो मोसो दल्यौँ’
नेवि संघ नेता कुन्दन काफ्ले सहित ११ निलम्वित
गाईलाई राष्ट्रिय जनावर मान्न अस्वीकार
तामाङ समुदायका अधिकांश व्यक्तिले गाईलाई राष्ट्रिय जनावारका रुपमा स्वीकार गर्न सकिन्न भने । ..... भीमखोरी गाविसका शङ्खबुद्ध लामाले गाई र सुँगुरमा तात्विक अन्तर नभएको उल्लेख गर्दै जनावर सबै एउटै हुन् र कुनै जनावरप्रति पनि विभेद गर्नु हुँदैन भने उनले बुद्ध जन्मेको देश भनेर प्रस्तावनामा राख्न सुझाव दिँदै आफू बुद्ध धर्म मान्ने भएकाले काटमार गर्नु हुँदैन भन्ने मान्यता राख्छु भने । ........ विश्वमा दुर्लभ मानिएको एकसिङ्गे गैँडालाई राष्ट्रिय जनावर बनाउनपर्छ भने । उनले भाषा आयोगले सिफारिस गरेका अन्य भाषालाई समेत सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिँदै संसदीय सुनुवाइको प्रावधान गलत भएको बताए । ...... मेच्छे गाविसका डिलबहादुर थोकरले जिरेल र तामाङ समुदायमा विवाह गर्दा गाईको मासु नै आवश्यक हुने भएकाले राष्ट्रिय जनावरका रुपमा गाईलाई राख्न नहुने जिकिर गर्दै राष्ट्रिय जनावर संविधानमा उल्लेख गर्नु पर्दैन भने। ..... उनले राष्ट्रिय झन्डाले समेत सबै भाषा, भाषी, धर्म, संस्कृतिको समेत प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्नेमा जोड दिए । काशिखण्ड नगरपालिकाका हरिप्रसाद तिमिल्सिनाले गाउँघरमा मासु काटेर भागबन्डा गरेजस्तो स्याउले भागबन्डाको संविधान आउन लागेको आरोप लगाउँदै सबैलाई चित्त बुझाउने हिसाबले प्रस्तावनासमेत लामो गराइएको टिप्पणी गरे ।सेनाद्वारा जनउत्तरदायी हुन र समावेशीकरण गर्न अस्वीकार (संविधानमा सेनाको गोप्य सुझाव)
हिजो (साउन ३ गते) मात्र राष्ट्रपतिमार्फत संविधानसभालाई सेनाले बुझाएको सुझावमा केही यस्ता महत्वपूर्ण बुँदाहरु उल्लेख गरिएको छ, जसले नेपाली सेना पुनः पञ्चायतकालीन अवस्था जस्तो विशेषतः एक व्यक्ति (राष्ट्रपति) प्रति मात्र उत्तरदायी हुनेगरी व्यवस्था गर्न सुझाइएको छ । ..... सेनाको विस्तृत सुझावमा ‘जनताप्रति उत्तरदायी हुने’ र ‘समावेशी’ हुनुपर्ने प्रावधान हटाउन आग्रह गरिएको छ । संविधानको धारा ५५ राज्यका नीतिहरुअन्तर्गतको उपधारा क) मा उल्लिखित प्रावधानप्रति सुझाव दिँदै सेनाले ‘सेना, प्रहरी, शसस्त्र प्रहरीलगायत सबै सुरक्षा निकायलाई सवल, सुदृढ, व्यवसायिक, समावेशी र जनउत्तरदायी बनाउने’ भन्ने लाइनबाटमधेशको लागि निर्णायक क्षण: इ.एम.के.सिंह
‘समावेशी र जनउत्तरदायी’ शब्द हटाउनुपर्ने
बताएको छ । ......... सेनाले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्वाही गर्न नमिल्ने साथै पदपूर्तिका लागि लोकसेवा आयोग पनि नचाहिने सुझाव दिएको छ । ..... समावेशीकरणको मूल्यलाई अस्वीकार गर्ने सेना पछिल्लो राज्यसंयन्त्र हो । संविधानको मूल मस्यौदाले नै समावेशीकरणलाई अस्वीकार गरेपछि राज्यको सबै निकायमा यसलाई राख्न नहुने सुझाब आउन थालेको हो । उत्पीडित समुदायका लागि तात्तकालिन माओवादी जनयुद्ध र २०६२/६३ सालको जनआन्दोलनको नतिजामुखी उपलब्धीको रुपमा देखापरेको यो प्रावधानलाई लोकसेवा आयोगले समेत हटाउने तयारी गरिरहेको छ । ...... सेनाले सरकारले सिधै परिचालन गर्न सक्ने प्रावधानको पनि विरोध गरेको छ । मस्यौदामा ‘विपद व्यवस्थापनमा नेपाली सेना परिचालन भएकोमा बाहेक राष्ट्रिय सुरक्षा परिषदको सिफारिस बमोजिम सेना पचिालन गर्ने नेपाल सरकारबाट निर्णय भएमा त्यस्तो निर्णय भएको मितिले एक महिनाभित्र संघीय संसदको विशेष सुरक्षा समितिमा प्रस्तुत भइ अनुमोदन हुनुपर्ने छ’ भन्ने उल्लेख गरिएको छ । .......... यसबाहेक सेनाले सेनको हकमा थप दुई वटा धारा आवश्यक पर्ने सुझाव दिँदै ‘धारा २४८ को उपधारा २ मा रहेको प्रतिवन्धात्मक वाक्यांशमा ‘धारा २४८ उपधारा (२) मा जुनसुकै कुरा लेखिएता पनि सैनिक ऐनको क्षेत्राधिकारको विषयमा राष्ट्रिय मानवअधिकार आयोगलाई क्षेत्रात्रिकार हुने छैन’ भन्ने उल्लेख हुनुपर्ने बताएको छ । ...... संविधानले सैनिक न्याय प्रणालीलाई मान्यता प्रदान गरेको र सेना परिचालन भएको अवस्थामा मानव अधिकार तथा मानवीय कानुन विपरीतका कार्यहरु सैनिक ऐन विपरित हुने हुँदा यस्तो प्रावधान राख्न उचित हुने सेनाको ठहर छ ।
नेपालको तराई (मधेश) मा वस्ने नेपाली नागरिकको भाषा, संस्कृति, जातजाति, रहनसहन नेपाल–भारत सीमा पारीका भारतीय भाषा, संस्कृति, जातजाति, रहनसहन संग मिल्दो जुल्दो छ । विवाह आफ्नै जातजातीमा गर्नु सामाजिक मान्यताको आधारमा नेपाल र भारतका नागरिकका विच पारिवारिक सम्वन्ध स्थापित भएका छन् । ..... नेपाल भारत सिमा नजिकका पहाडी भेगमा पनि यसै सामाजिक मान्यताका आधारमा वैवाहिक सम्वन्ध स्थापित भएका छन् । प्रथम मस्यौदा संविधानको धारा १३ मा “अंगिकृत नागरिकता सम्वन्धी व्यवस्थामा विदेशी नागरिक संग विवाह भएको नेपाली नागरिक वाट नेपालमा जन्म भई नेपालमै स्थाई वसोवास गरेको व्यक्तिलाई कानून वमोजिम नेपालको अंगिकृत नागरिकता प्रदान गर्ने छन्” भनि उल्लेख गरिएको छ । ...... यस अघि नेपाली पुरुष संग विदेशी महिलाले विवाह गरि अंगिकृत नागरिकता प्राप्त गर्न सक्ने र निजहरुको सन्तानले वंशजको आधारमा नागरिकता प्राप्त गर्ने प्रावधान थियो । मधेशका लगभग हरेक दुई घरपरिवार मध्ये एक घरपरिवारको वैवाहिक सम्वन्ध भारतमा भएको छ । यसरी हेर्दा मधेशका आधा जनसङख्यावाट जन्मिने सन्तान पूर्ण रुपले नेपाली नागरिक नभई दोश्रो दर्जाको नागरिक हुने र यस्तो नागरिकलाई राजनैतिक स्वतन्त्रता र अन्य केही अधिकारहरु हुने छैन । जसलाई स्वतन्त्रता छैन सो मेरो विचारमा गुलाम हो । ............. पहिलो संविधान सभामा वुझ्नुभयो, दोश्रो संविधान सभामा वुझेर वुझ पचाउनुभयो र मस्यौदा संविधान को प्रस्तावनामा लेखेर विर्सिदिनुभयो । साच्चिकै मर्म वुझ्नु भएको भए आज मधेशमा मस्यौदा संविधान जलाउने जुन घटनाक्रम दोहरियो त्यस्तो हुदैन्थ्यो । यो दिगो शान्ति ल्याउने संविधान हो कि दिगो अशान्ति ? ....... ठूला दलका सभासदहरु र तिनका पछलगुवा केही मधेशी सभासदहरु को दुई तिहाई वहुमतवाट पारित हुने संविधानले मधेश राजनैतिक उपनिवेश बन्छ र आफ्नै देशमा मधेशी जनताहरुप्रति गुलाम जस्तो व्यवहार हुन्छ र जन्म देखी मृत्यु सम्म मधेशीहरु कुण्ठित जीवन विताउन वाध्य हुनेछन् । कस्तो स्वाधिनता र सार्वभौमसत्ताको परिकल्पनामा आधारित यो प्रारम्भिक मस्यौदा संविधान २०७२ हो ? ....... पहिलो संविधान घोषणा भए पश्चात प्रदेश वन्छ वा वन्दैन । दोश्रो प्रदेश वनाउने आधार तय गरिसकेपछि सिमांकन तय भएको छैन भन्ने कुरामा पनि आशंका देखिन्छ । प्रदेशको संख्या आठ नै हुनुपर्छ भन्ने कुराले यस आशंकालाई थप समर्थन गरेको देखिन्छ । आठ नै हुनुपर्ने को आधार के ?गाईलाई राष्ट्रिय जनावर मान्न अस्वीकार
गोप्य रुपमा प्रदेशको सिमांकन पहिले नै गरि आठ वटा प्रदेशहरु निर्धारण गर्नु र जनतालाई अलमल्याउनका लागि संघिय आयोगको सिफारिसको आधारमा सिमांकन गरिनेछ भन्ने कुरा एउटा नाटक मात्र हो ।
...... नेपालको ईतिहासमा हाल सम्म कतिजना मधेशी प्रधानमन्त्रि भए, के भविष्यमा हुने आश छ त, हुन दिन्छ भनेर पत्याउन सकिन्छ त ? नेपाल सरकारको सचिव, प्रशासन तर्फ सि.डि.ओ., प्रहरी तर्फ आई.जि.पी. र सेना तर्फ सेना प्रमुखहरुको पदमा मधेशीहरुलाई किन स्थान दिन चाहदैन ? ...... आज हामी मधेशी हुनुको प्रमाण एउटा पहाडी सि.डि.ओ.वाट लिनुपर्छ । हामी मधेशी कति लाज मर्दो अवस्थामा छौ । हाम्रो हैसियत के छ ? नेपाल सरकारको हरेक किसिमको सरकारी सेवा र उच्च तहका पदहरुमा जनसंख्याको आधारमा मधेशीहरुको समानुपातिक प्रतिनिधित्व हुनै पर्दछ र यो कुरा संविधानमानै लेख्नै पर्दछ । मधेशी जनताहरुलाई धोखा दिई मधेशलाई राजनैतिक र प्रशासनिक कब्जा गर्ने षडयन्त्र भएको छ । आफुलाई दोष नलागोस भनेर सिमांकन निर्धारण गराउने नाटक आयोग मार्फत गर्ने र पछि व्यवस्थापिका संसदको दुई तिहाई वहुमतवाट पारित गर्ने । ........ नेपाललाई आठ प्रदेशमा वाड्ने र मधेशलाई टुक्रा टुक्रा गरी कमजोर वनाउने र पहाड संग जवरजस्ती गांसिराख्ने देखिन्छ । सिंगो मधेलाई नै एउटा प्रदेश वनाउनु पर्ने मधेशी जनताको माग हो भने जवरजस्ती किन टुक्रा टुक्रा गर्नु प¥यो । संविधानसभावाट नै प्रदेशको सिमांकन र यसको नामाकरण गरि संविधान आउनुपर्दछ र सो मधेशका जनतालाई मान्य भए मात्र स्वीकार हुने अन्यथा आत्मनिर्णयको अधिकारको सिद्घान्तको आधारमा मधेश एउटा छुट्टै राज्यको रुपमा स्थापित हुनुपर्दछ । ....... संघिय ईकाई सम्वन्धमा जनताले स्वतन्त्र अभिव्यक्ति दिदाँ विगतमा प्रतिवन्ध लगाइने र दमन गर्ने काम हुदै आएको छ । स्मरण रहोस दमन र शोषणमा आधारित राजतन्त्र टिक्न सकेन, केही स्वार्थी मधेशवादी दलका नेताहरुलाई मधेशका जनताले दोश्रो संविधान सभामा वहिष्कार गरे जसको फाईदा ठूला राजनैतिक दलहरुलाई प्राप्त भयो । .........आठ वर्ष वित्दा हत्तार भएन हामी जनताहरु धैर्य पूर्वक संविधानको प्रतिक्षा गरिराखे । संविधान लेख्न यति वर्ष लाग्यो र जनतालाई पढेर सुझाव दिनको लागि दुई दिनको समय मात्र ।
...... मधेश प्रतिको भेदभावले गर्दा नै मधेश आन्दोलन भएको थियो र अहिले त्यो भेदभाव मस्यौदाले गर्दा झन बढेको छ । फेरी मधेशमा आन्दोलन हुन सक्ने प्रवल सम्भावना देखिन्छ ।हाम्रो मुख्य तीन माँग हो । १) मधेशको प्रत्येक सन्ततीलाई वंशजको आधारमा नागरिकता, २) सिंगो मधेशलाई एक प्रदेश हुनुपर्ने र ३) जनसंख्याको आधारमा समानुपातिक रुपमा मधेशीहरुलाई हरेक निकाय एवं सरकारी सेवाको सवै तहमा प्रवेश पाउने अधिकार सुनिश्चित हुनुपर्ने ।
...... वंशज विनाको नागरिकता चाहिएन् । नागरिकता सम्वन्धी गम्भिर त्रुटी सच्याइनु पर्छ र संघिय राज्य निर्धारण सम्वन्धमा सिङ्गो मधेश एक प्रदेश सहितको संविधान आउनु पर्छ ।
मस्यौदामाथि सुझाव संकलन : काभ्रेमा नगण्य उपस्थिति
जिल्ला सदरमुकाममा आयोजित संविधान सुझाव संकलन कार्यक्रममा नगण्य उपस्थिति भयो । धुलिखेल नगरपालिकाको ८० जना क्षमताको हलमा आधा कुर्सी खाली थिए । १५ जना सञ्चारकर्मी समाचार संकलनका लागि उपस्थित थिए । ..... संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना गरेको पहिलो मस्यौदा माथिको छलफल कार्यक्रमका लागि बोलाइएका उद्योगी, व्यवसायी, यातायात व्यवसायी, कानुन व्यवसायी कोही पनि उपस्थित भएनन् ।नेपाली भाषामै बोल्न भनेपछि नवलपरासीमा झडप
सुझाव संकलन अपडेट :: कतै अवरोध, कतै उत्साह
Monday, July 20, 2015
संविधान मस्यौदामा मध्य पहाड़ी राजमार्ग बारे खै त?
संविधान मस्यौदामा पुस्तकालय खोल्ने जस्ता सकारात्मक विकासका काम बारे भनिएको छ तर अति महत्वपुर्ण मध्य पहाड़ी राजमार्ग बारे खै त? हुलाकी राजमार्ग बारे छैन, मधेसी लाई विभेद भयो भनौं भने मध्य पहाड़ी राजमार्ग बारे पनि केही पनि छैन।
अरे यार ---- पार्टी मेनिफेस्टो मा हुने संविधान मा नहुने कुरा हरु झिक्दै मात्र जाने हो भने मस्यौदा २/३ त्यसै चट हुन्छ। अनि जनताले पढ्छन् कि?
जस्तै बेरोजगारी भत्ता को कुरा। त्यसलाई कानुन मार्फ़त ल्याउने हो। र त्यो कानुन का लागि पर्खिन पर्दैन। यो संविधान सभा त संसद पनि हो। कानुन साधारण बहुमत ले परिमार्जन गर्न सकिन्छ। अहिले तोकेको भत्ता ५ वर्ष पछि कम जस्तो लाग्ला। अनि साधारण बहुमतले भत्ता बढाउन पाइयो।
कुनै समाजवादी पार्टी ले आफ्नो समाजवादी मेनिफेस्टो ले जनमत पाएको आधारमा सत्तामा आएर समाजवादी नीति हरु लागु गर्न पाऊँछ। किन नपाउने? लोकतंत्र हो। तर देशलाई संविधान मा नै समाजवादी देश भन्न पाइयेन, जस्तो कि हिन्दु देश पनि भन्न पाइयेन।
मेनिफेस्टो मा राख्नुपर्ने कुरा हरु एक नास ले झिक्दै लगेर मस्यौदा को दुई तिहाई weight lose गर्ने ----- delete, delete, delete. अनि अंतरिम संविधान सँग बाझ्ने कुरा सबै सच्याउने अथवा फाल्ने। अहिले त्यो तिमीले गर होइन भने भोलि पलैपिलो सर्वोच्च अदालत र शीतल निवास ले तिम्रो लागि गर्दिन्छ। अझ "गर!" भनेर अर्हाउन सक्छ। त्यो भन्दा अगाडि आफैले किन नगर्ने?
अरे यार ---- पार्टी मेनिफेस्टो मा हुने संविधान मा नहुने कुरा हरु झिक्दै मात्र जाने हो भने मस्यौदा २/३ त्यसै चट हुन्छ। अनि जनताले पढ्छन् कि?
जस्तै बेरोजगारी भत्ता को कुरा। त्यसलाई कानुन मार्फ़त ल्याउने हो। र त्यो कानुन का लागि पर्खिन पर्दैन। यो संविधान सभा त संसद पनि हो। कानुन साधारण बहुमत ले परिमार्जन गर्न सकिन्छ। अहिले तोकेको भत्ता ५ वर्ष पछि कम जस्तो लाग्ला। अनि साधारण बहुमतले भत्ता बढाउन पाइयो।
कुनै समाजवादी पार्टी ले आफ्नो समाजवादी मेनिफेस्टो ले जनमत पाएको आधारमा सत्तामा आएर समाजवादी नीति हरु लागु गर्न पाऊँछ। किन नपाउने? लोकतंत्र हो। तर देशलाई संविधान मा नै समाजवादी देश भन्न पाइयेन, जस्तो कि हिन्दु देश पनि भन्न पाइयेन।
मेनिफेस्टो मा राख्नुपर्ने कुरा हरु एक नास ले झिक्दै लगेर मस्यौदा को दुई तिहाई weight lose गर्ने ----- delete, delete, delete. अनि अंतरिम संविधान सँग बाझ्ने कुरा सबै सच्याउने अथवा फाल्ने। अहिले त्यो तिमीले गर होइन भने भोलि पलैपिलो सर्वोच्च अदालत र शीतल निवास ले तिम्रो लागि गर्दिन्छ। अझ "गर!" भनेर अर्हाउन सक्छ। त्यो भन्दा अगाडि आफैले किन नगर्ने?
Subscribe to:
Posts (Atom)