Showing posts with label tukucha. Show all posts
Showing posts with label tukucha. Show all posts

Friday, September 23, 2022

टुकुचा को महत्व

कसैले भन्छन धीरेन्द्र, कसैले भन्छन ज्ञानेंद्र। दिउँसै क्रेन लिएर भक्तपुर को अग्लो मुर्ति चोर्न पुगे। दिन दहाड़े। एक वर्ष पछि पंचायत ढल्यो। ओली प्रधान मंत्री बने। दुई तिहाई को उन्माद। प्रधान मंत्री निवास कै जग्गा आफ्नो मान्छे लाई लालपुर्जा गरे। 

टुकुचा को सरसफाइ त्यसको विपरीत दिशा मा गुडेको रेल हो। देशमा विधिको शासन स्थापित गर्ने अर्को कुन उपाय? जनता को साथ चाहिन्छ। नया पुस्ता अगाडि आउनुपर्छ। 

होइन भने १० वर्ष भित्र टुँडिखेल मा निजी घर हरु खड़ा होलान। 

टुकुचा काठमाण्डु को अर्थतंत्र सँग सम्बन्धित कुरा हो। 

ली कुआँ यु को आत्म जीवनी मा मैले पढेको। विदेशी पाहुना एयरपोर्ट मा ओर्लियो। त्यहाँ बाट सरर गाडीमा प्रधान मंत्री कार्यालय आउने। त्यो बाटो अत्यंत राम्रो। हराभरा। सफा। चिरिच्याँट्ट। विदेशी लगनी गर्ने कि नगर्ने भन्ने विचारविमर्श गरिरहेका पाहुना। मैले केही बोल्नै नपर्ने। सबै काम त्यो एउटा बाटो ले नै गर्थ्यो। ली ले लेखेका छन। 

काठमाण्डु का लागि टुकुचा त्यही हो। पहिला टुकुचा। अनि सारा काठमाण्डु। टुकुचा मा हुने खर्च सानो रकम हो। 

टुकुचा को कायापलट देखे पछि काठमाण्डु मा विदेशी लगानी का लागि मार्गप्रशस्त हुने हो। 








Thursday, September 22, 2022

"टुकुचा, आ म तँलाई बागमती बनाइदिन्छु"





मैले जमाना मा मिडल स्कुल मा कविता वाचन गरेको थिएँ। रामबाबु सुबेदी सरले सिकाउनु भएको। "टुकुचा, आ म तँलाई बागमती बनाइदिन्छु" --- त्यो बागमती बनाउने भनेको मेयर बालेन ले रहेछ। 

सन १९९१ मा गणेशमान सिंह ले भनेका, "काठमाण्डु मा लौरो ले जित्छ।" जित्यो। प्रोफेट गणेशमान। 

भुपि शेरचन को एउटा कविता छ। बा, त्यो आउँछ र? त्यो आइपुग्यो। त्यो मेयर बालेन हो। 

नेपालको राजनीति दैनिक देखेको दशकों बित्यो। यति राम्रो नेता देखेकै थिइन। 


राम राज्य सिर्फ अयोध्या मा थियो। कल्कि राज्य सारा पृथ्वी माथि स्थापित हुन्छ। विक्रम सम्बत कैलेंडर अनुसार शताब्दी को अंत सँगै कलियुग समाप्त, सत्य युग शुरू। त्यस शुभ काम का प्रारम्भ शम्भु को देश शम्भल अर्थात नेपाल बाट हुन्छ। भविष्य पुराण मा शम्भल भनिएको छ, त्यो पशुपतिनाथ को देश नेपाल भनिएको हो। 

केही महिना भित्र सत्युग समाज पार्टी को स्थापना हुन लागेको छ। नेपाल मा त्यसको नेतृत्व का लागि हामी मेयर बालेन लाई आह्वान गर्न लागेका छौं। 

गर्व गर सबैले। बुद्ध नेपाल मा जन्मेको भनेर थाकिनसक्ने मानिस हरु, कल्कि नेपालमा जन्मे भन्ने कुरा को पनि गर्व गर। 

सतयुग को शुरुवात नेपाल बाट हुन्छ। त्यस प्रोजेक्ट मा सहभागी बन।