खुद बालेन ले भनेका, काठमाण्डु लाई भक्तपुर बनाउन चाहन्छु। भुकम्प पचाउन सक्ने घर हरु नेपाल मा हजार वर्ष अगाडि बनेको कुरा गरेका बालेन ले। होइन भने विस्थापित हरु काठमाण्डु भत्काउने कुरा मात्र गर्थे।
अहिले युरोप मा फैशन चलेको छ। कार हरु लाई शहर बाट धपाउने। सड़क साँघुरो पार्ने। पैदल मान्छे चल्ने। साइकल चलाउन मिल्ने। अर्थात असन।
आर्गेनिक फार्मिंग लाई पश्चिम ले कटिंग एज फार्मिंग भन्छ। अरे बाबा, त्यही आर्गेनिक फार्मिंग त भैराखेको थियो नेपाल मा, तिमी ले फ़र्टिलाइज़र फ़र्टिलाइज़र भन्नु अगाडि! सिक्किम ले आर्गेनिक फार्मिंग गर्यो, भारत को सबैभन्दा समृद्ध राज्य बन्यो।
नेपाल मा गाँजा खेती रोक्न अमेरिका ले साम दाम दण्ड भेद लगायो। अहिले आफै गर्छ गाँजा खेती।
भारत लाई दुनिया का दम्मा दम्मा अर्थशास्त्री हरु ट्युशन पढाउन आइपुग्थे। प्राइभेटाइजेशन करो। कटनी छँटनी करो। लालु ले बम्पर प्रॉफिट मा लगे भारतीय रेल लाई। एक जना को जागीर खोसेन।
शहर को प्रमुख कुरा नै मानिस हो। मानिस ले भोट दिन्छ भनेर भनेको होइन।
फुटपाथ मा तरकारी बेचेर त तरकारी सस्तो भएको हो। त्यो पसल भाड़ा मा लिएर बेंचने हो भने कति महँगो हुन्छ?
जसरी असन कटिंग एज कुरा हो, लिच्छवी को काठ को घर कटिंग एज कुरा हो, आर्गेनिक फार्मिंग कटिंग एज कुरा हो, त्यस्तै Street Commerce लाई E-commerce जस्तो मान्नुपर्छ। त्यहाँ केही छ। काठमाण्डु को प्रत्येक फुटपाथ खाली गर्ने हो भने त्यो सामाजिक स्तरमा डीडीटी छर्के जस्तो हुनेछ। काठमाण्डु मा ठाउँ ठाउँ मा पार्क छैन। तर वरिपरि डांडा के त?
काठमाण्डु को फुटपाथ नै सामाजिक पार्क हो। अमेरिका मा शोध गरेर पत्ता लगाएका छन, धुम्रपान भन्दा एक्लोपन स्वास्थ्य का लागि बढ़ी हानिकारक। अर्थात लोनलिनेस।
त्यसलाई बरु व्यवस्थित गर्न सकिन्छ। मान्छे हिड़नै नमिल्ने गरी अलिक मिल्दैन कि? अर्थात चार पांगरे गाड़ी र दुई पांगरे मोटर गाडी निषेधित क्षेत्र हरु खड़ा गर्ने कि? पैदल, बिना मोटर को साइकल, र सड़क व्यापारी ले मात्र प्रयोग गर्न पाउने सड़क हरु को घोषणा स्पष्ट मापदण्ड बनाएर। प्रत्येक सड़क व्यापारी लाई लाइसेंस दिने व्यवस्था गर्ने कि? भाड़ा असुलने कि? अत्यंत कम।
जनता को भोट लिएको मान्छे ले जनता को विद्रोह को आवाज सुन्न सक्नुपर्छ। त्यो भनेको विकास ठप्प पार्ने होइन। Street Commerce त E-commerce को बाप पो रहेछ भन्ने तथ्य सँग साक्षात्कार गर्नु हो। दुनिया भरि एक्सपोर्ट गर्न मिल्ने बिजनेस मॉडल हो त्यो।
वार्तालाप हुनुपर्छ। सड़क व्यापारी हरु सँग संवाद हुनुपर्छ। नया धरातल खोज्नुपर्छ।
सड़क व्यापारी लाई सजिलो लोन को व्यवस्था गर्ने हो भने प्रत्येक ले १० जना लाई रोजगारी देला। देश मा रोजगारी समस्या नै समाप्त। बाकस व्यापारी हरु (जो कि अधिकांश राजनीति गर्छन) को व्यापार नै बन्द।
सड़क व्यापारी ले शत प्रतिशत मोबाइल पेमेंट लिने समय आयो भने प्रत्येक को बिजनेस को आफसेआफ हिसाबकिताब हुन्छ। त्यसका आधारमा बैंक बाट लोन लिन मिल्छ।
नेपाल लाई पनि बायोमेट्रिक आईडी र अधिकार चाहियो।
विवेकशील ले नारा दियो। काठमाण्डु हाम्रो डेरा होइन घर हो। त्यो नारा को मार बाट विवेकशील उम्किन कहिले सफल भएन। अर्थात विवेकशील धनी धनी को पार्टी हो। काठमाण्डु मा घर हुन निकै धनी पो हुनुपर्छ।
मेयर बालेन को एजेंडा बंग्याउन चाहने त्यस्ता सुझावकर्ता हरु हुन सक्छन। सावधान रहनुपर्छ।
तर प्रहरी त मेयर को हात मा छैन। मेयर त के मुख्यमंत्री को हात मा पनि छैन। प्रहरी ज्यादती को जिम्मेवारी मेयर ले किन लिनुपर्ने? यो बाकस व्यापारी हरु को हर्कत हो।
I went through @ycombinator, founded a startup in SF, and went on to raise a 10.5M+ Series A.
— Vivian Shen (@vivianmshen) August 6, 2021
From my POV, I see how many misconceptions exist around start ups.
This is what I wish people (on Twitter and beyond) understood about Silicon Valley startup culture 🧵
The 20-Somethings Who Help the 70-Somethings Run Washington https://t.co/gl4NVShsnA
— Paramendra Kumar Bhagat (@paramendra) July 2, 2022