मानौ यस किसिमको नक्शामा सहमति भयो। सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी मिलाएर एउटा राज्य बन्ने भो। यस राज्यको नाम मिथिला राख्न पनि भएन, मधेश राख्न पनि भएन। राज्यको नाम जनक राख्ने भनेर राज्य संसदले निर्णय गर्यो। राज्यमा नेपाली, हिंदी, मैथिलि भाषा चल्ने भो। सिन्धुली जिल्ला स्तरमा नेपाली मात्र। सिन्धुलीको सहभागिताले राज्यलाई राजधानीको नजिक बनाएको छ। बर्दीबास बाट सिन्धुली र बनेपा हुँदै राजधानी सम्म राजमार्ग छ। सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा कृषि र औद्योगिक क्रान्ति भएका छन भने सिन्धुलीको एयर कंडीशनर नचाहिने हावापानीले सिन्धुलीलाई बैंगलोर बनाएको छ। सॉफ्टवेयरको ठुलो उद्योग फस्टाएको छ। त्यस उद्योगमा मधेसीको ठुलो सहभागिता भएकोले जिल्लाको जनसंख्या ५०% मधेसी बन्न पुगेको छ। काठमाण्डुको अन्तर्राष्ट्रीय विमानस्थल केही घण्टा मैं पुग्ने भएकोले सिन्धुली त काठमाण्डुको एउटा suburb बन्न पुगेको छ। सिन्धुलीको चरित्र सॉफ्टवेयरले अन्तर्राष्ट्रीय बनाइदिएको छ। त्यस्तै उदयपुर, धरान, चितवन, मकवानपुर र सुर्खेत, दांगमा पनि छ। यी ठाउँहरु हावापानीको बलमा सॉफ्टवेयरको केन्द्र बनेका छन।
यस्तो भविष्यको कल्पना किन नगर्ने? एउटा हुन्छ सॉफ्टवेयर प्रोग्रामर, एउटा हुन्छ सॉफ्टवेयर बैज्ञानिक। प्रोग्रामर भन्दा बैज्ञानिक धेरै ठुलो, धेरै माथिको। तर त्यो वैज्ञानिक सीके राउतको वामदेव बाँदरले के दुर्दशा गरेर राखेको छ! यो अमानवीय व्यवहार गैर कानुनी हो, मानव अधिकारको उल्लंघन हो। अन्यायपूर्ण हो। अनैतिक हो। विभेदकारी हो।