चीन ले सन १९९० बाट सन २०१० सम्म १०% को दर ले आर्थिक वृद्धि गर्यो। अब त १०% गर्न गारहो छ। ६% गर्न पायो भने मक्ख पर्छ। अमेरिका ले ३% गर्न पायो भन्ने दंग पर्छ। बेलायत ले १% गर्यो भने वाह वाह गर्छ। तर नेपाल र बिहार ले चाहयो भने २०% गर्न सक्छ। कम प्रति व्यक्ति आय भएको देश लाई द्रुत गतिको विकास गर्ने मौका रहेको हुन्छ। तर त्यस का लागि सुशासन चाहिन्छ। सही नीति चाहिन्छ। उद्यम गर्ने सही वातावरण हुनुपर्छ।
अमेरिका को शुरुवाती दौर मा नेता हरु साल को दुई महिना नेता काम गर्थे बाँकी समय खेतीपाती। मेयर बालेन शाह ले शनिवार आइतवार आफ्नो रैप करियर कायम राखेको राम्रो कुरा हो। मेरो आम्दानी को स्रोत मेरो संगीत, मेयर बनेर गर्ने काम त सेवा हो भन्न पाइयो।
पुँजी को कमी होइन। पुँजी त विश्व बाजार मा असीमित नै छ। प्रविधि भन्ने हो भने बैंगलोर ले दुनिया हल्लाएको छ। बालेन शाह को दोस्रो गृहनगर बैंगलोर हो। काठमाण्डु पछि।
नेपाल जस्तो गरीब देश मा जब सुशासन कायम गरिन्छ, देश द्रुत गतिको विकास को बाटो हिँड्छ। अनि त बढ़ी पैसा कमाउन का लागि नै नेपाली हरु बेलायत, अमेरिका, ऑस्ट्रेलिया, युरोप, खाड़ी देश, मलेशिया, जापान छोड़ेर नेपाल आइपुग्छन। सन २००८ को उथलपुथल जब भयो अमेरिका मा थुप्रै भारतीय भारत र चिनिया चीन फर्के। अमेरिका मा भन्दा बढ़ी कमाइ त्यही हुने देखेर।
सर्विस सेक्टर का थुप्रै काम छन जुन जहाँ सुकै बाट गर्न सकिन्छ। जस्तो कि काठमाण्डु बसेर दुनिया भरि ट्युसन पढाउन सकिन्छ। वीसा लगाउनै परेन। इंटरनेट भए पुग्यो। काठमाण्डु बसी बसी दुनिया भरि गएर योग र मेडिटेशन सिकाउन सकिन्छ।
एउटा खुट्टा अमेरिका अर्को खुट्टा नेपाल मा राखेर थुप्रै कंपनी हरु सञ्चालन गर्न सकिन्छ।
सुशासन ले समृद्धि दिने हो। सुसाशन इमान को कुरा हो। सुशासन क्षमता र सीप को कुरा हो।