The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Wednesday, December 29, 2021
December 29: Autism, Remittance
मुख्यमन्त्री राउतको हात च्याप्पै समातेर भने, ‘एक बोरा खाद (मल) उपलब्ध गराई देऊ सरकार...
विदेश गएर पैसा कमाउन थालेपछि समाजमा सम्मान हुन थाल्यो : तुलानारायण साह
Friday, November 02, 2018
नेपालका नेता ले आफ्नो आंग को भैंसी नदेख्ने प्रवासी नेपाली को आंगको जुम्रा देख्ने
**नेपाल फर्कौं महाअभियान**— Rabindra Mishra (@RabindraMishra) November 1, 2018
"झुपडी नै भए पनि आफ्नो घर सुन्दर बनाउनु र सुविधासम्पन्न भए पनि डेरा सिँगार्नुमा आकाश–जमिनको फरक छ। मरुभूमिमा एउटा विशाल वृक्ष हुनु र घना जंगलमा एउटा रूख हुनुमा ठूलो अन्तर छ।"https://t.co/Ef52B4CqKv
विश्व इतिहासमा गरीबी निवारण का लागि रेमिटेंस भन्दा ठुलो आईडिया आएको छैन। नेपाल बाहिर जाने हरु देश र परिवारको कम माया भएका मानिस होइनन। नेपालका नेता ले आफ्नो आंग को भैंसी नदेख्ने प्रवासी नेपाली को आंगको जुम्रा देख्ने कुरा भयो रविन्द्र मिश्र को "महाअभियान।"— Paramendra Kumar Bhagat (@paramendra) November 2, 2018
नेपाल फर्कौं महाअभियान
डुबिसकेको चीनलाई पुनर्जन्म दिने देङ स्याओ पिङ हुन् वा भारतमा महात्मा गान्धी र जवाहरलाल नेहरू, मलेसियामा महाथिर महमद हुन् या सिंगापुरका ली क्वान यु, सबैले कुनै न कुनै रूपमा विदेशी शिक्षा र अनुभव प्राप्त गरेका थिए। अफ्रिकाको अनुभव त अझै चकित पार्ने खालको छ। सन् २०११ मा ४० वटा देशको अध्ययन गरेर जर्मनीको एउटा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले तयार पारेको प्रतिवेदनले विदेशमा अध्ययन गरेका नेताहरूले देशको राजनीतिक, सामाजिक र आर्थिक विकासमा स्वदेशमै अध्ययन गरेका नेताहरूले भन्दा बढी सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालेको थियो। नेपालको रूपान्तरणमा विदेशमा रहेका नेपालीहरूले आमूल परिवर्तनकारी संवाहक (क्याटलिस्ट) को भूमिका निर्वाह गर्न सक्छन्।
प्रवासी नेपाली कोही पनि नेपाल नै नफरकिउन भन्ने मेरो तर्क हुँदै होइन। यस्तो अभियान किन चलाएको भन्ने पनि मेरो प्रश्न होइन। तर यो भावावेग मा आएर तेर्स्याइने तर्क हरुले ५० लाख बढ़ी प्रवासी नेपालीको अपमान चाहिँ गर्नु हुन्न। भारत लाई पनि गन्ने हो भने र नगनी सुख? भारत प्रवास होइन भने के हो? भारत लाई पनि गन्दा र सारा इतिहास हेर्दा आजको म्यादमा नेपाल भित्र भन्दा नेपाल बाहिर नेपाली बढ़ी छन। तीन करोड़ नेपालमा छन। तीन करोड़ बढ़ी नेपाल बाहिर रहेको अनुमान गर्न सकिन्छ। सन १९५० को नेपालको जनसँख्या र त्यति बेला देखिको जनसँख्या वृद्धि दरको ग्राफ कोर्दा नेपालको जनसंख्या आज ६ करोड़ बढ़ी पुगेको हुनुपर्ने। भने पछि बाँकी ३ करोड़ कहाँ गए? कहिले नफर्किने गरी भारत पसे। सोझो अनुमान। भारत फेरि समुन्द्र। त्यहाँ मान्छे को लेखाजोखा छैन। राशन कार्ड जसले पनि बनाउन पाउने र राशन कार्ड नै त्यहाँ नागरिकता जस्तो।
दक्षिण एशिया बाहिर नेपाली हरु ठुलो संख्या मा जान थालेको सन १९९० पछि हो, अर्थात बहुदल आएपछि। त्यो संख्या नै ५० लाख काटिसक्यो। ठ्याक्क कति भन्ने तथ्यांक नै छैन।
र यो रेमिटेंस भन्ने कुरा ठुला ठुला अर्थविद हरुले नदेखेको कुरा। भए पछि नोटिस गरेको मात्र हो। खाड़ी देशमा गएर पसिना चुहाएर निरक्षर नेपाली ले आफ्ना छोराछोरी लाई "बोर्डिंग स्कुल" मा पढाएका छन। शिक्षाको महत्व नबुझेर त होइन होला।
नेताले जॉब क्रिएट गर्नुपर्यो भन्ने सोंच नै छैन। तर जॉब क्रिएट गर्ने हरु को बाटो मा तगारो न बन्देउ भन्ने हो। नेपालमा ब्यूरोक्रेट देखि नेता सम्म ले पाइला पाइला मा तगारो हाल्ने काम गर्ने गरेका छन। भने पछि नेपाल भित्र जॉब क्रिएट हुन पनि नदिने, अनि जागीर खोज्दै नेपाली विदेश जाँदा judgmental कुरा गर्ने?
नेपालले आज मैनपावर एक्सपोर्ट गरेको अरु सबै इम्पोर्ट गरेको छ। चामल देखि लिएर सब थोक। त्यो बलियो अर्थतंत्र अबश्य होइन। तर तथ्यपरक र व्यावहारिक ढङ्गले सोच्नुपर्ने हुन्छ। पहिलो कदम त विदेश काम गर्न जाने लाई सकेसम्म सहयोग नै गर्नु पर्छ। जाने नै भए हाम्रो तर्फ बाट पुरा सहयोग छ भन्नु पर्छ। सरकारी निजी सबै तह बाट।
प्रमुख देश हरु जहाँ नेपाली हरु जाने गरेका छन तिनी सँग नेपाल सरकार ले संधि समझौता हरु गर्नु परयो। वीसा आदि का लागि पहल गर्नुपर्यो। पहिलो पटक उड़न लागेका हरु का लागि सहुलियत ब्याज दर मा लोन मिलाउनु पर्छ कि? विदेशमा हुँदा तत तत दुतावास का ले सुरक्षा मा चासो लिनुपर्यो। जॉब मार्केट बारे जानकारी प्रवाह हुनुपर्यो। विदेश जानु अगाडि देशमैं केही सीप सिक्न सकिन्छ कि, सीप सिकेर गए बढ़ी कमाइन्छ कि? विदेशमा गएर कमाएको पैसाले देशभित्र बिजनेस व्यापार का लागि लगानी गर्ने अवसर हरु खोज्नु पर्ने हुन्छ। होइन भने जसले पनि जग्गा नै किन्ने घरै बनाउने भए पछि रियल इस्टेट मार्केट ले आकाश छुने तर देश भित्र रोजगारी सिर्जना को अवस्था एक पीढ़ि पछि जस्तातस्तै हुने डर रहन्छ।
चीन ले सन १९९० पछि यस्तो फड्को मारयो कि आज अमेरिका लाई नै प्रतिस्प्रधा दिन भ्याएको छ। तर चीन ले अगाडि बढ़ने निर्णय गरे पछि सबैभन्दा भर परेको समुह को भन्दा प्रवासी चिनिया। पुँजी लगाउने मानिस त चाहियो। त्यस्तै आज देश विकास गर्ने सपना देख्ने रविंद्र मिश्र जस्ता ले प्रवासी नेपाली प्रति सकारात्मक सोंच राख्न सक्नु पर्छ। फर्केको राम्रो तर फर्किन नसक्ने ले पनि योगदान गर्न सक्ने उपाय हरु प्रस्तुत गर्नु पर्छ। नेताले गर्ने भनेको पालिसी मेकिंग नै हो।
राम्रो पालिसी फ्रेमवर्क बनाउन सकेको खण्डमा प्रवासी नेपाली मात्र किन विदेशी नै पनि ओइरो लागेर आइपुग्छन।
@pradeep_paudyal @SuryaRAcharya नेपालका नेता ले आफ्नो आंग को भैंसी नदेख्ने प्रवासी नेपाली को आंगको जुम्रा देख्ने https://t.co/miACyVHycB @Jibalamichhane— Paramendra Kumar Bhagat (@paramendra) November 2, 2018
आज नेपाल र मलेसियाका बीच सम्पन्न कामदार भर्ना, रोजगार र फिर्ता सम्बन्धी समझदारी पत्र (MOU) मा हस्ताक्षर भयो । यो दुबै देशको लागि ऎतिहासिक उपलब्धी हो । साथै मलेसिया जाने नेपाली श्रमिकका लागि राहत पुर्याउने सकारात्मक परिणाम पनि हो । pic.twitter.com/r9BqxdZR2m
— Gokarna Bista (@_GokarnaBista) October 29, 2018
आज यु.ए.इ.का राजदुत Saeed Hamdan Al Naqei संग मन्त्रालयमा भएको भेटघाटमा शुल्क बिना जाने व्यवस्था र तोकिएको सर्त अनुसार तलब र अन्य सुविधा दिनु पर्ने सम्बन्दमा छलफल भयो । सकारात्मक परिणामका लागि मन्त्रालय प्रयत्नशील रहने छ । pic.twitter.com/6Fdar8pAKu
— Gokarna Bista (@_GokarnaBista) September 26, 2018
Nepal has seen a 24.9% jump in tourists in 2017 compared to previous year.#visitnepal2020
— Visit Nepal 2020 (@VisitNepal_2020) September 11, 2018
Source: The United Nations World Tourism Organisation pic.twitter.com/6fbKXaTnMU
Saturday, November 07, 2015
आत्म निर्भरता भनेको उल्लु कुरा हो
नेपाल लाई अगाडि बढ्नु छ भने सकेसम्म धेरै देश हरु सँग व्यापार गर्ने सोँच्नु पर्छ। भारत सँग व्यापार बंद गरेर चीन सँग बरु व्यापार गर्ने सोंच ले चीन लाई हँसाउँछ। यत्रो सानो देश छ। दुनिया हल्लाएको देश चीन। अमेरिका सँग व्यापारिक प्रतिस्प्रधा गर्ने देश चीन। नेपाल को व्यापारिक volume नै कति छ र! Plus, it has to make economic sense. उत्तर को बाटो विकट छ। त्यसै कारण चीन बाट आउने अधिकांश सामान कोलकाता र वीरगंज को बाटो नै आउँछ। समुन्द्र को बाटो सस्तो हो।
नेपाल बाट मान्छे काम गर्न विदेश जान्छन्। त्यसरी बाहिर जानु अगाडि नै शिक्षित भएर, सीप सिकेर गए बढ़ी कमाउँछ। अनि पछि देश मैं व्यवसाय गर्ने वातावरण बनेछ भने फर्केर पनि आउँछ। जब अमेरिका लाई २००८ को मंदी ले हिरकार्यो, थुप्रै चिनिया चीन फर्के, थुप्रै भारतीय भारत फर्के। चीन र भारत मैं बढ़ी कमाई हुने देखे।
मलेशिया कतार गएर महिना को १०-२० हजार कमाउने नेपाली ले नेपाल मा ८-१२ हजार कमाउने उपाय पाए नेपाल नै फर्किन्छ होला।
भारत सँग को व्यापार बंद गरेर त्यो व्यापार चीन लाई दिएर चीन लाई हँसाउने होइन कि भारत सँग व्यापार पनि बढाउने र चीन सँग को व्यापार पनि बढाउने। तरिका त्यो हो। चीन को पूँजी तानेर नेपालमा जलविद्युत विकास गर्ने अनि त्यो बिजली भारत लाई बेचने। भारत खुद तेल र ग्यास बाट बिजुली तर्फ जान चाहन्छ।
Saturday, July 25, 2015
मधेसी पार्टी हरु बीच अन्यौल
एकीकरण को लहर चलेको हो?
माइकल जैकसन पार्टी एकीकरण
मधेसी जनजाति पार्टी एकीकरण र सत्ता को गणित
यी चार पार्टी एकीकरण गर्ने हो
पार्टी एकीकरण किन नगरेको?
मधेसी पार्टी एकीकरण: पार्टी अध्यक्छ के लिए चुनाव हो
दक्षिण एशियाको आर्थिक एकीकरण
१० बढ़ी पार्टी एकीकरण गर
भारत देश होइन महादेश हो
नेपाल एकीकरण गरेको राजा जनकले हो
मधेसी पार्टीहरुको एकीकरण
The Implications Of The Madhesi Party Unification
लोकतान्त्रिक सद्भावना फोरम (लोसफो) (DSF)
Federal Front (संघीय मोर्चा) को परिकल्पना
एकीकृत पार्टीमा सीके राउत का लागि ठाउँ
मधेसी पार्टी हरुको दायित्व
राजा जनक, बाबुराम भट्टराई र सीके राउत
मधेसी पार्टी हरु बीच एकीकरण हुन्छ भन्ने सोँच्नु नेपाल ले इंडियन यूनियन को सदस्यता लिन्छ भनेर सोँच्नु जस्तो हो। People are not driven by self interest, or not enough भन्ने कुराको प्रमाण। राजनीति शायद ज्यामिति होइन। ज्यामिति मा a line is the shortest distance between two points भन्ने हुन्छ। नेपालको राजनीति मा a line hopes to start from one point and some day meet the other point भन्ने छ। नेपाल अझ एक जेनेरेशन रेमिटेंस अर्थतंत्र बनेर बस्न चाहेको देश भन्ने संकेत मैले पाइ राखेको छु।
मधेसी मोर्चा : नेताका मुद्दा मिल्छन्, मन मिल्दैन
मधेसी मोर्चाका नेता एउटै मञ्चमा आउन मान्दैनन्
संविधानको प्रारम्भिक मस्यौदाका लागि चार मधेसवादी दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरेको छ । आन्दोलनको नेतृत्व गरेका नेताहरू भने एउटै मञ्चमा देखिएका छैनन् । ........ मस्यौदाविरुद्धको आन्दोलन घोषणा गर्ने मोर्चाका चार नेता तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव रहेका छन् । तर आन्दोलनमा उनीहरूको उपस्थिति कहीँ हुँदैन ।सङ्घीयतासहितको संविधान ल्याऔँ : महतो
एउटै मञ्चमा चारैजना उपस्थित हुन मानिरहेका छैनन्
। ...... विराटनगर, जनकपुर, वीरगन्ज र भैरहवामा हुने विरोधसभामा चारैजना नेता उपस्थित हुने मोर्चाले निर्णय गरेको थियो । तर उनीहरू कार्यक्रममा उपस्थित हुन सकेका छैन । ....... तर, जसले जहाँको जिम्मेवारी पाएका छन्, त्यहाँको कार्यक्रममा उही नेता मात्र हुन्छन् र अरु पार्टीबाट दोस्रो र तेस्रो तहका नेताहरू सहभागिता जनाइरहेका हुन्छन् । महेन्द्रराय यादवले बिहीबार वीरगन्जमा कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा चारैजना नेताको उपस्थिति अनिवार्य थियो । तर, त्यसमा न उपेन्द्र यादव गए, न महन्थ ठाकुर, न त राजेन्द्र महतो नै । कार्यक्रमको अध्यक्षता गरेका
महेन्द्र राय यादवले चारैजना नेताको उपस्थिति हुनुपर्ने थियो तर उनीहरू नआएको बताए । किन आएनन्, त्यसबारे आफूलाई जानकारी नरहेको र यसले मधेसी जनता निराश भएको उनले बताए
। .......... वीरगन्जमा कार्यक्रम भएको दिन राजेन्द्र महतो र महन्थ ठाकुर प्रचण्डसँग काठमाडौंमा वार्ता गर्दै थिए भने उपेन्द्र यादव भैरहवामा पार्टीको पत्रकार सम्मेलनमा थिए । तीनैजना अध्यक्ष आउने भनेर वीरगन्जवासी प्रतीक्षामा थिए । तर, उनीहरू नआएपछि कार्यक्रममा आएका जनता निराश भएको तराई मधेस लोकतान्त्रिक पार्टीका सह–महामन्त्री जितेन्द्र सोनलले बताए । मधेसका जनता चारैजना नेतालाई एउटै मञ्चमा देख्न चाहन्छन् । तर, उनीहरू एक ठाउँमा आउन नमानेको ..... चारै दलमध्ये महेन्द्र राय यादवको पार्टी अलि कमजोर छ । सभासद् पनि कम र मधेसमा संगठन पनि कमजोर रहेकाले मोर्चाका अन्य नेताले उनलाई भाउ नदिएको गुनासो आएको छ । राजेन्द्र महतोलाई महेन्द्र राय यादवले चुनावमा हराएका कारण महेन्द्रले अध्यक्षता गरेको कार्यक्रममा नगएको तथा महन्थ ठाकुरको पार्टीबाट महेन्द्र यादव अलग भएका कारण ठाकुर नगएको ....... भैरहवामा विरोधसभा कार्यक्रम जारी रहेको छ । तर, त्यस कार्यक्रममा पनि महेन्द्र राय यादव र महन्थ ठाकुर सहभागी भएनन् । भैरहवाको कार्यक्रम राजेन्द्र महतोको अध्यक्षतामा भएको हो । उपेन्द्र यादव भैरहवामा नै भएकाले त्यसमा सहभागी भए, अन्य ठाउँमा भएको भए उनी पनि जाँदैनथ्यो । ...... संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट मधेसमा आन्दोलन जारी रहेका बेला मोर्चाका नेताले एमाओवादीका अध्यक्ष प्रचण्डसँग वार्ता गरेपछि आन्दोलनकारी निराश भएका छन् । ‘मधेसका विभिन्न ठाउँमा बन्द र नारा–जुलुस जारी रहेका बेला मोर्चाकै नेताहरू सुटुक्क गएर वार्ता गर्नु मधेस आन्दोलन कमजोर पार्नु हो,’ तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य बीपी यादवले भने, ‘वार्ता गर्नुअघि मधेसमा आन्दोलन गरिरहेकालाई जानकारी दिनुपथ्र्यो । त्यसो नभए पनि वार्तामा के भयो, सार्वजनिक गर्नुपथ्र्यो । त्यसो नगरेर मधेसी दलमाथि झन् अविश्वास बढ्दै गएको छ ।’ ...... सद्भावना पार्टीका महासचिव मनिष सुमनले वार्ता गर्नु गलत नभएको बताए । ‘वार्ता नै नगर्ने भन्ने होइन, मस्यौदामा संशोधन हुनुपर्यो, मधेसीले उठाएका माग पूरा हुनुपर्यो, यी सब कुरा वार्ताबाट सम्भव छ भने आन्दोलनको के काम ? वार्ता र आन्दोलन सँगसँगै लैजानुपपर्छ’
प्रस्तावित संविधानको प्रस्तावनामा मधेस आन्दोलनलाई कहीँ कतै उल्लेख नगरिएको बताउँदै सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई अपरिवर्तनीय धाराका रुपमा संविधानमा राख्नुपर्ने सुझाव दिए।