Showing posts with label political stability. Show all posts
Showing posts with label political stability. Show all posts

Saturday, August 08, 2015

प्रत्यक्ष निर्वाचित प्रधान मंत्री का पक्ष मा भर्खर गएका मुख्य सचिव

मन्त्री जथाभावी गर्छन्, प्रधान मन्त्री निरीह छन्
अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठा खस्किनु र आफ्नो बारेमा निर्णय गर्ने हैसियत गुम्ने अवस्था राज्य सञ्चालन गर्ने निकायमा बसेकाहरुको क्षणिक स्वार्थ, व्यक्तिगत लाभ, दलगत वा गुटगत स्वार्थ र आकांक्षा, महत्वाकांक्षाहरु र कति महत्वाकांक्षा पूरा गर्नका लागि कतिपय बाह्य शक्तिले खेलाउने र त्यसका लागि आफू तत्पर भइदिने नेतृत्व पंक्तिको प्रवृत्ति एउटा कारक भयो। ....... पढे/लेखेको बौद्धिक जमात जो 'थिंक ट्याङ्क' छ, त्यो कुनै न कुनै रूपले कसैको गोटी बनेको छ। त्यसले राजनीतिक नेतृत्वलाई सही बाटो देखाउन, गलत बाटोमा लागेका बेला त्यसलाई रोक्न लाग्नुपर्ने हो, उल्टै कुनै न कुनै हिसाबले व्यक्तिगत लाभका लागि कसैको प्रभावमा पर्ने र त्यो व्यक्तिगत प्रभावलाई आफ्नो खुसीका लागि सौदा गर्ने कारण यस्तो भएको हो। ........ जब राजनीतिक अस्थिरता बढ्छ, त्यसमा धेरै मानिसले चाँडोभन्दा चाँडो आफ्नो पोजिसन बलियो बनाउन वा प्रतिफल लिन खोज्छ। त्यो अस्थिर राजनीतिका कारण मानिसलाई तुरुन्त लाभ लिन र तुरुन्त राजनीतिक लाभ लिनका लागि नेताहरुलाई लोकप्रियताका लागि उत्प्रेरित गर्छ। तुरुन्तको लाभ वा लोकप्रियताका लागि गरिने निर्णयले दीर्घकालीनरूपमा नोक्सानी पुर्या उँछ भन्ने हेक्का राक्ने विषय, चाहना राजनीतिक नेतृत्वमा भएन। त्यसले सानो वर्गलाई क्षणिक लाभ र सन्तुष्टि दियो तर दीर्घकालमा ठूलो समुदाय देश सञ्चालन पद्धतिबाट सीमान्तकृत बन्न पुग्यो। ......

राजनीतिक अस्थिरताले राजनीतिक दलहरुलाई छिटो लाभ लिने दिशातर्फ धकेल्दोरहेछ। त्यो सधैँभरि अर्को अस्थिरताको कारण बन्छ।

..... परिचालन गर्ने निकाय राजनीतिक विचार आस्थाबाहेक अरु कुरा सुन्नै चाहँदैन। ...... कर्मचारीतन्त्र भनेको उपप्रणाली मात्रै हो। दीर्घकालमा यो राजनीतिज्ञभन्दा राम्रो हुनै सक्दैन। यो राजनीतिक प्रणालीभन्दा स्थायी पनि हुन सक्दैन। ...... सत्ताको दलको मानिसले सरकारी सम्पत्ति तोडफोड गर्दा कर्मचारीले छाडिदियो भने विपक्षी दलले आएर सरकारी सम्पत्तिमा आगो लगाइदिन्छ। त्यस समयमा विपक्षीलाई पनि थुन्न सक्दैन। नैतिक बल नै हुँदैन। त्यसैले नैतिक शक्ति गुमाएपछि कानुनी शक्ति पनि प्रयोग गर्न सक्दैन। अहिले भएको अवस्था त्यही हो। .........

परिवर्तन नगरी अब चल्दैन भन्ने महसुस भएको राजनीतिज्ञ आउनुपर्योि। राजनीतिज्ञले चाहेमा त्यो परिवर्तन तुरुन्त हुन्छ। .. साँच्चिकै सुधार गर्न खोजेको हो भने पोलिटिक मास्टरबिना सम्भव छैन।

..... नतिजा र अविश्वासका नकारात्मक चक्रमा अहिले पूरै प्रणाली चलिरहेको छ। ...... मोरङबाहेक अहिले कुनै पनि जिल्लामा एक वर्ष पुगेको सिडियो छैन। एलडिओ, जिल्ला शिक्षा अधिकारी एक वर्ष पुगेको छैन। अहिले एक वर्ष पुगेको देखिएकोमात्रै हो, दुई तीन महिनाअघिसम्म तुलसी सिटौलाबाहेक कुनै पनि सचिव एक वर्ष पुगेको थिएन। हुन्छ विकास कहाँबाट? कहाँ हो स्थायी भनेको, के हो स्थायी भनेको? ....... दलगत राजनीति नगर भनेर मैले भनेको मन्त्रीले मान्छ र? कर्मचारीका लागि पनि फाइदा छ त्यसमा। उसले नतिजा देखाएर होइन, म तपाईँको मानिस हुँ, तपाईँले भनेको काम गरिदिन्छु भनेर फाइदा लिन पाउँछ भने ऊ किन नतिजातिर लाग्छ? नतिजा ल्याउने भनेको गाह्रो, अनिश्चित, दीर्घकालीन बाटो हो। तत्कालै सजिलो र सुनिश्चित बाटो म हजुरको भक्त हो भने पनि सकियो। कुनै गुणस्तर पनि चाहिएन। यति भनेपछि भोलि पनि कुर्नुपरेन। आजको आजै भयो। त्यो छोटो बाटोमा कर्मचारी लाग्ने र त्यसैको बाटोबाट दुईको अपवित्र गठबन्धनबाट कर्मचारीले पनि छाड्दैन। ....... हामीले तुलना साथीसाथीबीच गर्छौं। अमेरिका वा बेलायतकै कुनै कर्मचारीसँग तुलना गर्ने होइन नि। नजिताको तुलना तिम्रो साथीको अर्को मन्त्रालयसँग गर्ने हो। यो निरपेक्ष विषय होइन, सापेक्षित विषय हो। .......

दुवैले भए झै मान्थे पढेको झै मान्दथे तर थाहा छैन भनिदिए। हामीले हालेको होइन थाहा छैन भनिदिए। प्रधानमन्त्रीलाई कुनै मतलबै छैन। प्रधानमन्त्रीबाट भन्ने भए के कुरा गर्नुपर्थ्यो र। फेद के हो टुप्पे के हो त्यो कार्यसम्पादन के हो थाहा छैन।

..... केही सुधार गर्न सकिन्छ तर ठूलो सुधार गर्न भने राजनीतिज्ञ तयार नहुँदासम्म हुँदैन। अबको प्रस्थान विन्दु भन्दा प्रणाली बनाउने हो। प्रणालीमा बाँधिने हो। .......

प्रधान मन्त्रीलाई मैले निरीह देखेको छु। जथाभावी गर्छन् मन्त्रीहरु। उहाँ केही गर्न सक्नुहुन्न। उहाँले अन्य दलको मात्रै होइन, आफ्नै दलकालाई पनि केही गर्न सक्नुहुन्न। जुनसुकै प्रधान मन्त्रीको अवस्था त्यस्तै हो। सबै दलभित्र गुट छन्, अर्को गुटको मानिसले गर्यो् भने केही पनि गर्न सक्नुहुन्न। यो बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल सबैमा लागु हुन्छ।

......... प्रधान मन्त्रीको काम .. दिन लम्ब्याउने, सम्झौता गर्ने। आफ्नो मानिस वा गुटलाई कहाँनेर बलियो बनाउन सकिन्छ त्यहीँ सम्झौता गर्न खोज्ने हो। ....... अहिलेको शासकीय प्रणालीबाट स्थिर राजनीतिक प्रणालीको परिकल्पना आगामी १५–२० वर्षमा पनि गर्न सकिँदैन। ...... प्रत्यक्ष निर्वाचितमा केही मानिस निरंकुश शासन आउँछ भन्छन्। त्यो बेकारको नचाहिने वाहियात कुरा हो। ...... खराबै आएछ भने सके सिस्टमले सच्चाउला, नभए महाअभियोग लगाएर हटाउन सकिन्छ। त्यति पनि भएन भने ५ वर्ष खराब गर्ला। तर यो अस्थिर राजनीतिक चक्रले सधैँभर खराबको खराबमात्रै गरिरहन्छ। ....... अस्थिरता हो। अविकास मात्रै होइन, नेपालमा विदेशीका चलखेलको कारक पनि हो। मैले जागिर खाँदा युएनडिपीको प्रतिनिधिले सहसचिवभन्दा माथिका कर्मचारीलाई भेट्न पाउँदैनथ्यो। अहिले त सचिवलाई पनि भेट्दैन।



चिन्ता को एक मात्र विषय: प्रत्यक्ष निर्वाचित प्रधान मंत्री

Tuesday, July 21, 2015

Too Many Prime Ministers: 23 In 26 Years

सर्वेः दिल्‍ली के बाद बिहार में मोदी लहर को झटका



गगन थापा को प्रत्यक्ष निर्वाचित प्रधान मंत्री/राष्ट्रपति को पक्षको अडान
कमिला र मौरी: उज्जवल थापा र म

२६ बर्ष मा राम्रो काम गर्ने हरु भए ३ हुन्थे, ठीक ठीकै काम गर्ने भए ५ हुन्थे। भए २३ जना। केन्द्र मा एउटा तेस्रो चैम्बर चाहिन्छ भनेर मैले त्यसै भनेको होइन। 

Friday, July 10, 2015

जुन कुरा राजनीतिक स्थिरता नै होइन

जुन कुरा राजनीतिक स्थिरता नै होइन त्यसलाई राजनीतिक स्थिरता भनियो भने त्यसलाई के भन्ने?

राजनीतिक स्थिरता भन्दा पहिला कुरा लोकतंत्र को आउँछ, लोकतान्त्रिक प्रक्रिया को आउँछ। संघीयता नै नभएको कुरा लाई संघीयता भनियो भनेर भन्यो भने बाहुन-मधेसी को कुरा गर्यो भनलान --- तर राजनीतिक स्थायित्व को कुरा मा त्यसो भनिँदैन कि?

प्रत्यक्ष निर्वाचित प्रधान मंत्री/राष्ट्रपति को पक्ष मा एमाले र माओवादी ले त वोट नै मागेको। र गगन थापा ले काँग्रेस भित्र पर्याप्त वोट बटुल्न सक्छ। भने पछि लोकतंत्र को अंक गणित मा प्रत्यक्ष निर्वाचित प्रधान मंत्री/राष्ट्रपति को मुद्दा सँग दुई तिहाइ बढ़ी मत हुँदा हुँदै देश यदि प्रत्यक्ष निर्वाचित प्रधान मंत्री/राष्ट्रपति मा जाँदैन भने त्यो देश मा लोकतंत्र नभएको प्रमाण होइन?

स्थायित्व को मात्र कुरा होइन। प्रत्यक्ष निर्वाचित को पनि कुरा छ। जनतालाई सीधा राष्ट्राध्यक्ष चुन्ने अधिकार दिने। जनताले सांसद चुन्ने अनि त्यो सांसदले राष्ट्राध्यक्ष चुन्ने अप्रत्यक्ष भो। त्यसरी चुनिएको राष्ट्राध्यक्ष जनता प्रति कम responsive हुन्छ।

तर स्थायित्व को पनि कुरा छ।

थ्रेसहोल्ड हुनु राम्रो हो। ३% पनि राम्रै हो। तर १% बढ़ी राम्रो जस्तो मलाई लाग्छ।

तर अहिले को मस्यौदा मा प्रधान मंत्री का विरुद्ध दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाइने भन्ने छ। भने पछि प्रधान मन्त्रीलाई ढालन पार्टी फोड्नु पर्ने हुन्छ। सत्ता मा रहेको पार्टी फुटेमा फेरि प्रधान मंत्री ले नया विश्वासको मत लिनुपर्ने हुन्छ। साना पार्टी उसै साना छन। ठुला पार्टी पनि अब फुट्ने भए। हुन त एमाले फुटेको राम्रै हो।

दुई वर्ष पुरा भएछ भने पनि अधिकांश प्र म हरुको कार्यकाल दुई वर्ष मा सिमित रहने भो। एक वर्ष प्र म रहने देशमा कार्यकाल बढेर दुई वर्ष हुने भो। त्यो स्थायित्व हो?