बाबुराम को नया समाजवादी केन्द्र
राजनीतिक प्रयोग हरु भएको राम्रो। तर मधेस आन्दोलन लाई क्षतविक्षत नपारे त्यो प्रयोग हुँदै नहुने अवस्था राजनीतिक प्रयोग होइन, मधेस आंदोलन माथिको प्रहार हो। राजनीतिक आंदोलन सकियो, अब आर्थिक विकासको मुद्दा मात्र बाँकी छ भन्ने कुरा त गलत तरिकाले गलत संविधान जारी गर्दा सुनिएकै हो। त्यो विचार राख्ने व्यक्ति ले जसपा भित्र ठाउँ कसरी पायो?
उमेर ढ़लिसक्यो। प्रचंड को, बाबुरामको, देउबा को, माधवको। यद्यपि देउबा लाई समाजवाद भनेको हर्ष न विस्मात। प्रचण्डले वर्षमान लाई, बाबुरामले डम्बर खतिवड़ा लाई, देउबा ले लेखक लाई, माधव ले भट्टराई लाई अगाडि सार्ने बेला आइसक्यो।
माओ, कम्युनिस्ट, मार्क्स, लेनिन नाम हरु पार्टी को नाममा गरहुँगो। एमाले को माधव पक्ष, प्रचंड, र दुई दाजुभाइ उपेंद्र र बाबुराम एक ठाउँ आउने कुरा होला। एक नया पार्टी, नया नाम, नया झंडा, नया चुनाव चिन्ह। नाम चाहिं नया समाजवादी केन्द्र? नया शक्ति चलेन, अब नया समाजवादी केन्द्र? मेरो एउटा मात्र आपत्ति, मधेस आंदोलन को नाम मा बटुलेको भोट त्यस प्रयोगमा झोक्न पाइएन। नेकपा दुईमाले, नेकपा माओ पार्टी भन्दा नया समाजवादी केन्द्र पक्कै पनि राम्रो नाम हो। तर नाममा के छ र?
त्यसरी पो लठ्ठियेका रहेछन हाम्रो उपेन्द्रजी। (जसपा: राजनीतिक समस्या को राजनीतिक समाधान)
कम्युनिस्ट एकता कि नयाँ समाजवादी केन्द्र? निःसन्देह ‘एमाले’ र ‘सूर्य’ स्थापित ब्रान्ड हुन्। तर, ब्रान्ड निष्ठा र चुनाव चिह्नले इतिहासको गति रोक्न सक्छ भन्ने अपेक्षा आफैंमा मूर्खता हो। ......... सन् २०१० पछि कांग्रेस–कम्युनिस्ट दुवैका दुर्दिन सुरु भए। मोदी–शाह नेतृत्वको भाजपा आयो। आम आदमी पार्टी आयो। तृणमूल कांग्रेस आयो। ........ तथाकथित कम्युनिस्ट एकताको अवधिमा लोकतन्त्र, संविधान, संविधानवाद, विधिको शासन, शक्ति पृथकीकरण, संवैधानिक निकायको निष्पक्षता, राष्ट्रपति संस्थाको मर्यादा र दायित्वमाथि जुन हानिनोक्सानी भएको छ, त्यसको क्षतिपूरण कसले कसरी गर्छ? यस्ता प्रश्नको उत्तर कसले दिने? ......... वैचारिक तथा ऐतिहासिक अन्तर्यका दृष्टिकोणबाट पनि ‘कम्युनिस्ट’ शब्दको दम अब त्यति धेरै बाँकी छैन। सोभियत संघ, पूर्वी युरोप र पश्चिम बंगालमा जस्तै यो शब्दले अब कुनै सकारात्मक हैन, असफल विचार र बदनाम शासनको अर्थबोध गर्दछ। ......... लेनिन, स्टालिन र माओजस्ता मिथ, बिम्ब, संकेत र प्रतीक सभ्य लोकतान्त्रिक समाजको अपेक्षासँग तालमेल राख्दैनन् भन्ने नयाँ पुस्तालाई राम्रो थाहा छ। प्रचण्डको पार्टीको नाम अझै ‘माओवादी’ छ। आफ्नो राष्ट्रिय भेलामा स्टालिन र माओको फोटो हटाएर मार्क्स, एंगेल्स, लेनिन र रोजाको मात्र फोटो राखेका माधव–झलनाथ पक्षका लागि ‘माओवाद’ टोक्नु कि बोक्नु? ......... स्वयं लेनिनको पार्टीको नाम ‘रुसी सामाजिक जनवादी मजदुर पार्टी’ थियो। सन् १९१७ को अक्टोबर क्रान्तिपछि मात्र उनले पार्टीको नाम फेरर ‘कम्युनिस्ट’ पार्टी बनाएका हुन्। ........ बर्लिनको पर्खाल ढल्दा पूर्वका मानिस किन पश्चिम आए? पश्चिमका पूर्व जान किन इच्छुक भएनन्? ........ किन मार्क्स र एंगेल्सले ‘समाजवाद’ को साटो ‘साम्यवाद’ शब्द प्रयोग गरे? ........ जुन बेलायती संसदीय लोकतन्त्रको विकल्पमा भनेर साम्यवादको सिद्धान्त जन्मिएको थियो, भण्डारीले त्यो दुवै एकै हो, मार्क्सवाद, साम्यवाद र संसदीय लोकतन्त्रसँगै जान सक्छन् भन्ने भ्रम छरिदिए। ....... वेमेडियरलाई लेखेको चिठीमा कार्ल मार्क्सको प्रस्ट विश्वास थियो– अन्य समाजवादी विचारभन्दा साम्यवाद तीन कारणले फरक हुन्छ। एक– यसले वर्ग–संघर्षको ऐतिहासिकता अपरिहार्य सर्वहारा क्रान्तिमा पुग्छ र सर्वहारा अधिनायकत्व स्थापित गर्छ भन्ने विश्वास गर्दछ। दुई– सर्वहारा अधिनायकत्व वर्गविहीन समाज स्थापनाका लागि एक ऐतिहासिक संक्रमण हुनेछ। तीन– साम्यवादको उद्देश्य वर्गविहीन, राज्यविहीन र निजी सम्पत्तिविहीन समाजको स्थापना गर्नु हो। ....... सबैलाई राम्ररी थाहा छ कि कुनै पनि पार्टीले ‘क्षमताअनुसारको काम र आवश्यकताअनुसारका दाम’ दिने समाज बनाउन सक्दैन, त्यो एक मिठो परिकल्पना मात्र हो, फेरि कम्युनिस्ट पार्टीका नाममा जनतालाई किन भ्रममा राख्ने? गर्ने ओली–विद्या गुटको जस्तो चुत्थो शासन, जप्ने साम्यवादजस्तो ‘पवित्र’ शब्द। ....... साम्यवाद एक बलियो तर्कशास्त्र हो तर सत्य हैन। ‘लजिक’ र ‘ट्रुथ’ बीच आकाशजमिनको भिन्नता हुन्छ। बलियो लजिक सत्य हो कि जस्तो लाग्छ, तर त्यो सत्य नहुन सक्छ। यदि सत्य हो भने व्यवहारबाट पुष्टि हुनुपर्छ। ......... सोभियत संघमा स्टालिनले सन् १९२८ मा समाजवादी चरण पूरा भई साम्यवाद प्रारम्भ भएको घोषणा गरेका थिए। तर, त्यो स्टालिनले घोषणा गरेको ६३ वर्षपछि पनि साम्यवादी समाज बनेन बरु उल्टै स्वाहा भयो। न राज्यविहीनता न वर्गविहीनता न निजी सम्पत्तिविहीनता। ........ चीनको हालत ठीक त्यही छ। त्यहाँ अर्को ७४ वर्ष बितेको छ तर सर्वहारा अधिनायकत्वको संक्रमणकाल पूरा हुने, राज्यविहीन, वर्गविहीन, निजी सम्पत्तिविहीन समाज बन्ने कुनै छेकछन्द छैन। वर्गविहीन समाज बन्ने सपनामा बोकेर हिँडेको राज्यमा ५०० बढी खर्बपति जन्मिएका छन् र धनी–गरिबबीचको खाडल पुँजीवादी भनिएको अमेरिकाको भन्दा धेरै भएको छ। उत्तर कोरियाको स्थिति झनै बेहाल छ। ......... आजको आवश्यकता ‘नयाँ समाजवादी केन्द्र’ हो। ......... जसरी ‘क्षमताअनुसारको काम, आवश्यकताअनुसारको दाम’ सम्भव छैन, त्यसै गरी ‘क्षमताअनुसारको काम, कामअनुुसारको दाम’ सम्भव छ। मानिसलाई ‘सर्वव्यापी शिक्षा र स्वास्थ्य सेवा’ बाट क्षमतावान् बनाउन सम्भव छ। सोहीअनुसारको रोजगारी सिर्जना गर्न र समतामूलक समाज बनाउँन सम्भव छ। ....... ‘समाजवाद’ पनि कम भ्रामक विचारचाहिँ हैन। यसलाई एउटै अर्थ र परिभाषामा बुझ्न बुझाउन सम्भव छैन। समाजवादका यति धेरै शाखाउपशाखा छन् कि ती आफैंमा बेमेलपूर्ण प्रतीत हुन्छन्।