Showing posts with label maithili. Show all posts
Showing posts with label maithili. Show all posts

Sunday, February 19, 2023

Mithila

अध्याय १ - इतिहास र मिथकबीच रहेको मिथिला राज्यको खोजी
अध्याय २ - सिमरौनगढको भुलभुलैया दरबार
अध्याय ३ - मैले देखेको सिमरौनगढ
अध्याय ४ - मिथिलासँग जोडिएको नेवार सभ्यता
अध्याय ५ - सिमरौनगढको राजघरानासँगै काठमाडौं आएका वैद्य परिवारको कथा
अध्याय ६ - तीन सय वर्षअघि साधुहरूले पत्ता लगाएका थिए जनकपुर
अध्याय ७ - दुइटा मन्दिरको जगमा बसेको सहर
अध्याय ८ - जनकपुरका ५२ कुटी र ७२ कुण्ड
अध्याय ९ - 'जुन खानेकुरा स्वर्गमा पनि पाइन्न, त्यो मिथिलामा पाइन्छ'
अध्याय १० - भाषाको हेराफेरी!
अध्याय ११ - मन नपरे बेहुला छाड्न सक्ने मिथिलाको परम्परा
अध्याय १२ - सीताप्रसाद र सुरदासले सुरू गरेको मिथिला परिक्रमा

कांग्रेसको प्रस्तावमा प्रधानमन्त्रीको जवाफ– सत्तागठबन्धन र पार्टीमा छलफल गर्छु प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवा, उपभासपति खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा सहभागी थिए । .

नागा बाबाहरू पशुपति प्रवेश [फोटोफिचर]

Monday, September 06, 2021

बल्ल संघीयता को स्वाद आयो



कुन प्रदेशमा कुन भाषालाई सरकारी कामकाजको बनाउने? यस्तो छ आयोगको सिफारिस प्रतिवदेनमा प्रदेश १ मा मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरिएको छ। प्रदेश १ मा ४३.७ प्रतिशतले नेपाली भाषा बोल्दा ११.११ प्रतिशतले मैथिली र ७.३१ प्रतिशतले लिम्बू भाषा बोल्ने गरेको ......... प्रदेश २ मा मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरिएको छ। प्रदेश २ मा ४५.३० प्रतिशतले मैथिली, १८.५८ प्रतिशतले भोजपुरी र १४.६५ प्रतिशतले बज्जिका भाषा बोल्ने गर्छन्। यहाँ ६.६७ प्रतिशतले मात्रै नेपाली भाषी रहेका छन्। ......... वाग्मती प्रदेशमा ५७.४२ प्रतिशतले नेपाली बोल्ने गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ। वाग्मतीमा भने तामाङ र नेवार (नेपाल भाषा) लाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरिएको छ। यस प्रदेशमा १८.३२ प्रतिशतले तामाङ र १२.३० प्रतिशतले नेपाल भाषा बोल्ने गर्छन्। ......... गण्डकी प्रदेशमा मगर, गुरुङ र भोजपुरी भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरिएको छ। यो प्रदेशमा ६७.८८ प्रतिशतले नेपाली भाषा बोल्ने गर्छन्। यहाँ ९.३ प्रतिशत मगर, ७.८५ प्रतिशत गुरुङ र ७.०७ प्रतिशत भोजपुरी भाषी छन्। ........ लुम्बिनी प्रदेशमा १३.१५ प्रतिशत थारु र ११.५२ प्रतिशत वक्ताले अवधी भाषा बोल्ने गर्छन्। आयोगले थारु र अवधी भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको छ। यहाँ ५४.७० प्रतिशतले नेपाली बोल्छन्। ......... कर्णालीमा २.२६ प्रतिशत वक्ता रहेको मगर भाषालाई सरकारी भाषा बनाउन सिफारिस गरिएको छ। यहाँ ९५.१४ प्रतिशतले नेपाली बोल्छन्। ....... सुदूर पश्चिममा भने सबैभन्दा धेरै डोट्याली भाषा बोल्ने गरिन्छ। यहाँका ३०. ४५ प्रतिशतले डोट्याली भाषा बोल्ने गर्छन्। ३० प्रतिशतले नेपाली बोल्दा १७.१ प्रतिशतले थारु भाषा बोल्ने गर्छन्। आयोगले सुदूरपश्चिममा डोट्याली र थारु भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको छ। ........ संविधानको धारा ७ को उपधारा २ मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेश भित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी राष्ट्रभाषा प्रदेशको कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ भनेर उल्लेख गरिएको छ। संविधानमा स्थानीय तहको सरकारी कामकाजी भाषाका बारेमा स्पष्ट व्यवस्था नभए पनि आयोगले संवैधानिक दायित्व पूरा गर्दै स्थानीय तहमा पनि बहुसंख्यक जनताले बोल्ने भाषालाई स्थानीय तहको सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको छ। आयोगले मातृभाषामा शिक्षा सुनिश्चित नभएसम्म उल्लेखित भाषाहरुलाई सरकारी कामकाजको भाषा बनाउन जग निर्माण नहुने बताएको छ।

Sunday, June 21, 2020

मधेसको सांस्कृतिक बोर्डर नेपालको राजनीतिक बोर्डर होइन

लन्दन को कुनै टेबल मा बसेर अफ़्रीकी महादेश को नक्शा कोर्ने हरु र नेपाल बालुवाटार बसेर नागरिकता कानुन को नक्शा कोर्ने नेकपा का ९ दाजुभाइ एकै ड़यांग का मुला हुन। सीके राउत को विश्लेषण सही छ। मधेसलाई उपनिवेश बनाएर राखिएको छ। सुगौली सन्धिको उल्लंघन भएको छ सरिता गिरीले भने जस्तो। 

नेपालको बोर्डर १८१६ अथवा १८६० मा कोरिएको हुन सक्छ। तर मिथिलाको बोर्डर ७,००० वर्ष भन्दा पनि पुरानो हो। प्रत्येक वर्ष अयोध्या बाट जनकपुर जंती आइपुग्छ। अयोध्या अवध, जनकपुर मिथिला। 

नेपाल भित्रै एकले अर्को सँग बिहे गर्नु जति प्राकृतिक कुरो हो मिथिला भित्र एकले अर्को सँग बिहे गर्नु त्योभन्दा २०० गुना बढ़ी प्राकृतिक कुरो हो। मिथिला त गंगा तट सम्म छ। नेपाल भारत सीमाना जाए भाँड़ में। 

बेइजिंग मा पानी नपर्दा बालुवाटार मा छाता ओढ्ने हरु कोरोना लाई बेसार चटाएर बसेका छन। कोरोना लाई बेसार आफ्ना वरिपरि का लाई १० अर्ब। 

केपी ओली वापस कर्नाटक जाउ तिमी। मिथिला मिथिलामा बस्छ। कर्नाटक ले न आउ भनेको छ उत्तर कोरिया जाउ। नेपाल लाई उत्तर कोरिया बनाउने तिम्रो सपना पुरा हुँदैन तर तिमी उत्तर कोरिया गए तिम्रो व्यक्तिगत सपना भने पुरा हुन्छ। 

Happy Ram Navami 2020: Date, History, Importance & Significance of Ram  Navami Festival?



Here's what you can do when you are in Janakpur 


Thursday, July 23, 2015

भाषा

नेपालको संविधान, २०७२को मस्यौदामाथि केहि भाषा सम्बन्धी सुझावहरू
(ख) राष्ट्रिय भाषानीति सुझाव आयोगको प्रतिवेदन अनुसार

मातृभाषाहरूलाई विकसित, विकासोन्मुख, लेख्य परम्परा नभएका र लोपोन्मुख कोटिमा वर्गीकृत गरी तिनलाई नामसहित संविधानको अनुसूचीमा राख्ने।

....... भाषा आयोगको सिफारीसको आधारमा निश्चित मापदण्ड पुगेको कुनै भाषालाई केन्द्रीय सरकारको सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिने। ..... जनगणना २०६८ अनुसार नेपाली भाषा ४४.६% मातृभाषा र ३२.७७% दोस्रो भाषाको रूपमा जम्मा ७७.३७% अर्थात् बहुसङ्ख्यक नेपाली जनताले बुझ्ने भएको र आफ्नो सम्प्रेषणमा व्यवहार गरेकोले यो भाषा व्यापक सञ्चारको भाषा (language of wider communication or LWC) हो। तसर्थ, यसलाई सरकारी कामकाजको भाषा तोक्नु धेरै हदसम्म समुचित देखिन्छ। ...... तर नेपाली भाषामात्रलाई सरकारी कामकाजको भाषा तोक्नु न्यायसङ्गत हुँदैन किनभने नेपाली नजान्ने २२.६३% नेपाली जनता भाषाले गर्दा वहिष्कृत भएर केन्द्रीय सरकारले प्रदान गर्ने राष्ट्रिय अवसर र फाइदासम्म पहुँच नहुन सक्छ। दोस्रो कारण, नेपाली भाषा बुझ्ने जनताको वितरण सामान्यत: समग्र नेपालमा भएपनि समान रूपमा पाइएको छैन। जनगणना २०६८को तथ्याङ्कको आधारमा नेपाली भाषीहरूको बसोबास सबैभन्दा बढी पहाडमा तर हिमाली र तराई क्षेत्रमा न्यून पाईएका छन्। हिमाली र तराई क्षेत्रमा नेपाली भाषी न्यून भएकोले अन्य भाषाहरू व्यापक सञ्चारका माध्यमको रूपमा भएको पाईन्छ, जस्तो

हिमालमा सामान्यत: शेर्पा र तराईमा हिन्दी

वा अन्य विकल्पहरू। ...... (१) केही अल्पसङ्ख्यक राष्ट्रभाषाहरू स्थानीय तहसम्ममात्र सीमित रहेकोले तिनलाई पनि समेटने गरी समावैशी सिद्धान्तको आधारमा स्थानीय प्रशासनको सरकारी कामकाजको भाषा निर्धारण गर्ने। ...... (२) नेपाल सरकारका केन्द्रीय, प्रादेशिक र स्थानीय प्रशासनमा विभिन्न राष्ट्रभाषाहरू सरकारी कामकाजका भाषाको रूपमा प्रयोग भएको हुँदा अन्तरभाषिक सम्प्रेषणका निमित्त कुनै एक भाषालाई स्रोत भाषा मानी अन्य भाषाहरूमा अनुवादको सन्यन्त्रको व्यवस्था गर्ने। ..... रेडियो, एफएम, टीभी जस्ता श्रव्य-दृश्य माध्यम र पाठ्य माध्यमहरूमा लेख्य परम्परा भएका भाषाहरूको प्रयोग गर्ने। ...... (स्पष्टीकरण: विश्वका बहुभाषिक मुलुकमा आधारभूत शिक्षामा मातृभाषा सिकाईको माध्यमको रूपमा प्रयोग भएको पाईएको छ।) .......... विद्यालयको भाषिक नक्शाङ्नअनुसार आधारभूत शिक्षा तहमा मातृभाषामा आधारित संक्रमणीय वहुभाषिक शिक्षा (transitional multilingual education) लागू गर्ने। .......... लोकसेवा आयोगले सरकारी जागीरका लागि लिइने परीक्षाका माध्यम भाषा नेपाली इतर अन्य विकसित राष्ट्रभाषाहरू पनि हुनुपर्ने। .... (स्पष्टीकरण: यो प्रावधानले समवेशी र समतामूलक समाज निर्माणमा सहयोग मिल्ने छ।) ......... प्रारम्भिक बाल शिक्षा र विकास (ECED) कक्षामा सहज सिकाइका लागि माध्यम भाषा बाल-बालिकाको मातृभाषा हुनुपर्ने। (स्पष्टीकरण: यो उमेरमा तिनीहरू सामान्यत: मातृभाषामात्र जानेका हुन्छन्।) ...... भारत, चीनलगायत विश्वका धेरै बहुभाषिक मुलुकजस्तै भाषासम्बन्धी मुद्दाहरूको नियमनका लागि एउटा स्थायी राष्ट्रिय भाषा संस्थानको स्थापना हुनुपर्ने। ..... (स्पष्टीकरण: मानव सभ्यताको इतिहासमा सर्वोत्कृष्ट उपलब्धिको रूपमा स्थापित भाषाको विकास र नेपालमा विद्यमान बहुभाषिकता सांस्कृतिक पहिचान र प्राज्ञिक चिन्तनका विभिन्न प्रकारको संरक्षण र उन्नयनकालागि यस्तो संस्थाको अहम् भूमिका हुन्छ।) ....... प्रदेशको सीमाङ्कन गरेर मात्रै संविधान लागू गर्नुपर्ने मेरो सुझाव छ।

Wednesday, July 22, 2015

भाषा बारे बैज्ञानिक विचार

भाषा बारे बैज्ञानिक विचार भनेर मैले आफु लाई बैज्ञानिक भनेको होइन। तथ्य मा आधारित तर्क अगाडि सार्ने हो भने कस्तो पिक्चर आउँछ भन्ने सम्म हो।

केन्द्रमा दुई भाषा: नेपाली र हिन्दी। मधेसी पहाड़ी समानता को राजनीतिक कारण पनि छ भने पहाड़ी समुदाय का लागि आर्थिक कारण पनि छ। हाई स्कुल सम्म को पठन पाठन गरेर, हिन्दी मा राम्रो लेखपढ गर्ने भएर अनि कामकाज का लागि भारत पस्ने कि, अझ केही सिप जस्तो सीकर्मी डकर्मी सिकेर भारत पस्ने कि, अहिले जस्तो सम्म भइआएको निरक्षर भएर, हिंदी को ज्ञान न भैकन जाने परिपाटी कायम गर्ने? सबै भन्दा बढ़ी नेपाली प्रवासी भएको देश भारत। विश्व भरि नेपाली भने पछि छु मतलब छ। नेपाली हरु विश्वमा इज्जत र समानता पाउने भनेको आफ्नो दक्षिण एसियाली पहिचान का आधारमा हो। संयुक्त राष्ट्र संघ मा हिन्दी छैठौं भाषा को रुपमा खड़ा भएर हो। गूगल ले सम्पुर्ण इंटरनेट लाई हिन्दी मा अनुवाद गर्न खोजेको छ। म आफै अंग्रेजी पढेको मान्छे, अरु लाई अंग्रेजी नपढ़ भनेर किन भन्छु र? तर एउटा औसत नेपाली का लागि अंग्रेजी भन्दा हिंदी तुलनात्मक धेरै सजिलो। मास मा जान का लागि हिन्दी धेरै राम्रो। तथ्यगत कुरा गरेको।

आठ प्रान्तमा प्रत्येक मा २-३ भाषा: मैथिलि जस्ता भाषा। प्रमुख १५ वटा जति भाषा समेटिने हुन्छ।

स्थानीय स्तरमा: केन्द्र र प्रान्त मा न आए पनि कुनै गाउँ मा बहुसंख्यक ले बोल्ने भाषा हरु छन। त्यहाँ ती भाषा को प्रयोग को बाटो प्रशस्त गर्नु पर्छ।

अमेज़न जंगल को जैविक विविधता जगेर्ना गर्नु र नेपाल जस्तो देशमा भाषा हरुको जगेर्ना गर्नु उस्तै उस्तै हो। तर चुरे का जंगल मास्ने हरुले संविधान लेख्दै छन। एक भाषा एक भेष मनस्थिति का मानिस हरु। बाहुनले च्याउ खाओस न स्वाद पाओस्।


नेपाली भाषामा राज्य (State) ले खरबों लगानी गरेको छ

खरबों लगानी गरे जुन सुकै भाषा लाई पनि विकसित भाषा बनाउन सकिने कुराको प्रमाण नेपाली भाषा हो। मैथिलि भाषा मल्ल राजा हरुको दरबारमा प्रयोग हुने भाषा भएको बेला नेपाली भाषा एउटा छेउ न टुप्पो को भाषा थियो। न साहित्य को राम्रो विकास भएको थियो न केही। आदिकवि भनेको पहिलो कवि। नेपाली भाषा को आदिकवि भानुभक्त भर्खर अस्ति जन्मे मरेको होइन?

नेपाली भाषा मा राज्य स्तर बाट नै त्यति चासो लिने नेपालका अरु भाषामा चासो नलिने? कारण के हो? कारण हो नेपालको राज्य व्यवस्था (state) माथि खस हरुले जमाएको एकाधिकार।

नेपाली भाषामा राज्य (State) ले खरबों लगानी गरेको छ। नेपालका अरु भाषा हरुमा पनि राज्य (state) ले त्यसरी नै लगानी गर्नु पर्छ।



Saturday, June 13, 2015

दुई गाउँ को कथा



एक देशमा दुई वटा गाउँ थियो। एउटा गाउँ मा सबै मान्छे ले हाफ पाइंट मात्र लाउने। अरु केही पनि नलाउने। अर्को गाउँ को मान्छे ले पाइंट पनि लगाउने अनि शर्ट पनि लगाउने। त्यसै देशमा एउटा बाजार थियो। दुबै गाउँ का मानिस त्यहाँ किनमेल गर्न पुग्थे महिना मा एक दिन। त्यहाँ मात्र भेटघाट हुन्थ्यो। गफसफ हुन्थ्यो।

पहिलो गाउँ को मान्छे लाई सधैं अचम्म लाग्थ्यो। अर्को गाउँ को मान्छे ले शर्ट किन्थ्यो। त्यो किन किनेको? त्यो के हो? त्यो के को लागि किनेको? भनेर सोध्ने। जवाफ दियो बुझ्दै नबुझ्ने।

नेपाल भनेको त्यो दुई गाउँ को कथा। खस हरुको एउटा भाषा नेपाली। पहिला त मधेसी हरुको मैथिलि भोजपुरी जस्ता भाषा पनि दबाएर राखेको। अहिले आएर त्यसमा ठुलो विवाद त छैन --- तर तिमी हरु लाई हिन्दी फेरि किन चाहियो भनेर भन्छन।

तिमीले शर्ट किन किनेको?


Thursday, January 15, 2015

नेपाल एकीकरण गरेको राजा जनकले हो

नेपाल एकीकरण कसले गर्यो भनेर अहिले नेपालमा ठुलो वादविवादको आँधीबेहरी आएको छ। पृथ्वी नारायण शाह त हुँदै होइन। उपेन्द्र यादव भन्छन यो नेपाल देश स्थापना गरेको त हामी यादवहरुले हो। त्यति बेलाको गोपालवंशी भनेको अहिलेको यादवहरु नै हो। लालु यादवले भैंस चराएको त्यो गोपालवंशी भएर नै हो। बाबा रामदेव पनि गोपालवंशी नै हो, योगको बलले सिक्स पैक आर्जन गरेको योगी। पृथ्वी नारायण त भर्खर केही सय वर्ष अगाडि पैदा भएको मान्छे। भारतबाट भागेर आएको भगौड़ा। चक्कु चलाउने मान्छे।

तर उपेन्द्र यादवको कुरा पनि सही होइन। त्यो गोपालवंशको उदय हुनुभन्दा धेरै पहिले राजा जनकले हिमालय देखि गंगा सम्म राज गरेका थिए। त्यस भुभागको छ भागको एक भाग पनि पृथ्वीले हात पार्न सकेका थिएनन्। र राजा जनक र पृथ्वीमा आकाश पातालको फरक थियो। कहाँ राजा जनक स्कॉलर किंग कहाँ पृथ्वी चक्कु चलाउने मान्छे। तुलनै छैन।

नेपाल एकीकरण गरेको राजा जनकले हो। मधेसीले त्यसैले काठमाण्डुमाथि शाषण गर्नुपर्छ।


Sunday, November 23, 2014

सुशील-वामदेवको सरकार निकम्मा भएकोले मोदी जनकपुर नआएको

Xi Jinping 习近平
Xi Jinping 习近平 (Photo credit: Wikipedia)
मोदी आखिर जनकपुर नआउने नै भए। वामदेव गदगद होला। नेपालको सार्वभौमिकता जोगिए जस्तो लागिरहेको होला। भारतका केही राज्यमा चुनावका कारणले मोदीको यात्रा स्थगित भएको भनिए पनि यथार्थ त्यो होइन। मोदीलाई बिहार र उत्तर प्रदेश दुवै ठाउँमा आफ्नो पार्टीको सरकार बनाउनु छ। जनकपुर र लुम्बिनीको भ्रमणले त त्यसमा बल पुग्ने हो। सुशील-वामदेवको सरकार निकम्मा हो भन्न भएन अर्को देशको राष्ट्राध्यक्षले। तर यथार्थ चाहीं त्यही हो। जनकपुर नगरीलाई वामदेवले ५०० करोडको चुना लगाउन भ्यायो।

मोदी जनकपुर आएर नेपालको सार्वभौमिकतामा धक्का पुग्छ भने मोदी (अथवा Xi Jinping) ७५ जिल्ला जाने हो भने नेपालको सार्वभौमिकतामा ७५ गुना ठुलो धक्का लाग्ने मान्नु पर्छ। तर त्यो सही होइन। चीनका राष्ट्रपति Xi Jinping नेपाल भरि जति घुमुन मलाई केही आपत्ति छैन। घुमने इच्छा र समय नै छैन उसको।

यो त भोको मान्छेलाई खीर दिन खोज्दा वामदेवले खीरलाई लात्ता हानेको हो। भोको मान्छे एउटा शहर होइन, सारा देश हो।

वामदेवले मोदीलाई मदिसे भनेको?
फिजीके इंडियन और नेपालके इंडियन
मोदीको भ्रमण रद्द गर्नु
मोदी जनताको छोरो आम जनतालाई सम्बोधन गर्न चाहन्छ
वामदेवको बदमाशीले जनकपुरलाई ५०० करोड़को घाटा
आप भारतीय नहीं हैं तो नहीं हैं, मैं तो हुँ
बारह बिघा मैदान टुडिखेल भन्दा बारह गुणा ठुलो हो
केपी ओली प्रधान मंत्री बन्न शारीरिक रुपले असक्षम, वामदेव मानसिक रुपले
उल्लु स्वाँठ वामदेव

मोदी किन आएनन भन्दा जब तिनले आफ्नो नेपालको कार्यक्रम review गरे उनले देखे जनकपुरमा आम जनतालाई सम्बोधन गर्ने item नै छैन, अनि उनले जनकपुर त्यसो भए नजाने भने। एक चोटि नजाने निर्णय त्यसरी गरि सकेपछि फेरि आम सभा सम्बोधन अब राख्ने भनेर आउने बेरोजगार मान्छे हो र उ? संसारको सबैभन्दा busy मान्छे हो।

Friday, November 14, 2014

वामदेवले मोदीलाई मदिसे भनेको?

कहाँ राजा भोज कहाँ गंगवा तेली!

मोदीलाई वामदेवले जनकपुरमा आम सभामा भाषण गर्न नदिने जस्ता समाचारहरु आई राखेका छन। मोदी अमेरिकाको सबैभन्दा भव्य स्टेज मैडिसन स्क्वायर गार्डन मा अमेरिका भरिका सबैभन्दा महत्वपुर्ण २०,००० भारतीय मुलका मानिसलाई सम्बोधन गरेर गएको मान्छे। नेपालका राजा र प्रधान मन्त्रीले हाइड्रो हाइड्रो हाइड्रो भनेको जुग बितिसक्यो। बल्ल मोदीले भकाभक ९०० मेगावाट वाला एउटा होइन दुई दुई वटा प्रोजेक्ट भकाभक सही गराएको छ। नेपालमा हाइड्रो क्रान्ति कुनै राजा अथवा नेताले गर्न सकेन, आखिर मोदीले गर्ने भो।



North अमेरिका को सबै भन्दा प्रख्यात भारतीय ठाउँ भनेको म बसेको जैक्सन हाइट्स। 74th Street ---- यो इलाका मेरो। म बसेको घर एक जना Chinese को, त्यो Chinese बसेको इलाका मेरो। याक रेस्टोरेंट सोनमको, याक जुन इलाकामा छ त्यो इलाका मेरो। थकाली किचेन नवीनको, त्यो थकाली किचेन जुन इलाकामा छ त्यो इलाका मेरो। मेरो इलाकामा सान्तिनो कपड़ा पसल थापेर बसेको मान्छे मुजी डल्ले प्रधान, झारपात। अपशब्द न बोल्ने हो। नत्र पसल बन्द हुने सम्भावना हुन्छ। कीरा फट्याङ्ग्रा उल्लु मुजी। यो हलुवा, दाल भात मुजी।

यो उल्लु स्वाँठ वामदेव गौतम हरिलट्ठक मान्छे।

कस्को कुरा पत्याउने? मोदीको भाषणबारे प्रधानमन्त्री र मन्त्रीको फरक भनाई
BJP aims to be world's largest party

Monday, October 13, 2014

राज्यका भाषाहरु



मेरो यो नक्शामा राज्य स्तरका भाषाहरु यस किसिमका हुने भए।

पुर्व तराई: हिन्दी, नेपाली, मैथिलि, भोजपुरी, थारु, उर्दु।
पश्चिम तराई: हिन्दी, नेपाली, अवधि, भोजपुरी, थारु, उर्दु।
कोशी/किराँत: नेपाली, लिम्बु, राइ, शेर्पा।
गण्डकी: नेपाली, तामांग, नेवारी, गुरूंग, मगर, थकाली।
कर्णाली: नेपाली, मगर, भोटिया, (शेर बहादुरले बोल्ने भाषा)।

(एक मधेस एक प्रदेश किन भन्दा रैछन्, अब थाहा भो। भाषा मिल्दो रैछ।)

नेपाली र हिन्दी देशका दुई प्रमुख भाषा हुने भए।