The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Showing posts with label liberation. Show all posts
Showing posts with label liberation. Show all posts
Monday, August 31, 2015
Thursday, July 23, 2015
विवेकशील नेपाली: Racist पहाड़ी का Tiger Cubs?
Simón Dhunganaपहिलो प्रश्न उठ्छ "आम नेपाली" को परिभाषा के? त्यसमा देशको ५०% जनता नपरेको स्वतः छ। चेकोस्लोवाकिया पनि यसरी नै mutual understanding मा नै दुई फ्याक् भएको हो। यी चार बुंदा मा नागरिकता बारे चुइँक्क नभएकोले प्रमाणित हुन्छ "आम नेपाली" भनेको पहाड़ी भनिएको हो। कि मधेसी ले समानता लिन्छ कि देश टुट्छ।
आम नेपाली जनताको संविधानको मस्यौदा सुझाब संकलन गर्दा निचोड चार साझा कुराहरुमा रहेछ |
१. कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुनु पर्छ चाहे प्रधानमन्त्री वा रास्ट्रपति, तर पार्टीले छान्ने होइन |
२. वडा देखि राष्ट्र सम्म प्रत्यक्ष निर्वाचन प्रणाली हुनु पर्छ |
३. यदि संघियता भए उत्तर दक्षिण छुने गरेर प्रदेश बन्नु पर्छ र त्यो संबिधान बन्नु अगाडी टुंगो लाग्नु पर्छ, नत्र संघियता चाहिदैन |
४. नेपाल हिन्दु राज्यमा पुनर्स्थापित हुनु पर्छ, जनतालै धर्म निरपेक्षता चाहिदैन |
तर यी सबै कुरा रद्दीको टोकरी मा जाने सम्भावना छ | त्यसो भए अनिष्ट हुन जान सक्छ |
- बिबेकशील नेपालीको आधिकारिक भनाइ ३/४ मिल्छ |
यो सर्वेक्षण को आवाज केपी ओली को वोटर बेस को आवाज हो। केपी ओली vacuum मा बोल्ने गरेको मलाई कहिले पनि लागेको थिएन। उसको एउटा audience छ जसले ताली पिट्छ। केपी ओली hate speech बोल्छ अनि एउटा रेसिस्ट पहाड़ी भीड़ छ जसले ताली पिट्छ।
अंग्रेजो को अपना खुन बेचने वालो -- अब भी होसमें आ जाओ।
प्रहसनले कति नै थेग्छ र?
संविधान मस्यौदाप्रतिको आम प्रतिक्रिया बुझ्ने क्रममा पर्सादेखि मोरङसम्म ४ र ५ गते जिल्ला दौडाहामा थिएँ । मैले जवाफ फर्काएँ, ‘भुइँतहमा नियाल्दा आम मधेसी जन–जनको असन्तुष्टिको सगोल प्रतिक्रियाको उपज हो यो स्थिति ।’ आम मानिसहरूसँग सोध्दा उनीहरूले आफ्नो अनुहार संविधानको मस्यौदामा हेर्न नसकेको बताउँछन् । ...... ‘संविधानको मस्यौदा आएको छ, तर मधेसको कोणबाट त्यो रित्तो छ ।’ ...... मधेसले खोजेको र रोजेको ती अधिकारहरू पनि कुण्ठित गर्ने जालझेल त भएको छैन भन्ने आशंका देखिन्छ । त्यसैले मस्यौदाप्रति भरोसा हुनसकेको छैन । ........ संविधानसभाको नागरिक सम्बन्ध तथा सुझाव संकलन समितिले संविधानको प्रारम्भिक मस्यौदामा सुझाव लिन आयोजना गरेको कार्यक्रममा खासगरी तराईका विभिन्न भागमा देखापरेको अलमल, असन्तुष्टि र आक्रोश यस्तै स्थितिको उपज हो । ....... सुझाव संकलनलाई सस्तो प्रहसन सिद्ध हुन नदिन गर्नुपर्ने गम्भीर प्रयत्नहरू गरिएन । खासगरी १६ बुँदे सम्झौताकारी ती चार दलहरू जसले तराईबाट पछिल्लो चुनावमा प्राय: मतादेश पनि पाएका छन्, तिनीहरूले प्रस्तावित मस्यौदाभित्र परिमार्जनको स्पेस छ, मधेसलाई यसले बेवास्ता गर्दैन, यसले ‘इन्गेज’ गर्छ भन्ने विश्वासिलो तर्क दिन सकेन । मधेसका आम जिज्ञासालाई यसले कतै पनि सम्बोधन गर्न सकेन । स्वभावत: यसप्रतिको असन्तुष्टि आक्रोश भएर पोखियो । यसले के पनि देखायो भने पछिल्ला चुनावी परिणाममा जुन—जुन दलको प्रतिनिधित्व देखिए पनि ती दल र नेताको जनतासँग दूरी बढेको छ । ........
आफूलाई मतादेशमार्फत प्रतिनिधित्व गर्न पुगेको दाबी गर्नेहरूले आम असन्तुष्टिको स्वरसामु आफूलाई निरीह पाए ।
....... सदनको गणित जुन पक्षको अनुकूल छ, ती पक्षले सडकमा उर्लिएको आवाजसँंग आफूलाई अलगथलग राखेका छन् । .....
नागरिकता र नागरिकको चिनारी, प्रदेशको प्रत्याभूति, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, समानुपातिक समावेशी राज्य संयत्रको बनावट र सबल प्रदेशहरूको प्रावधान मधेसले खोजेको छ ।
..... मस्यौदाकारी दलहरूले कतै पनि जिल्लास्तरीय कार्यक्रम गरेको, जनतामा प्रस्टता दिने प्रयत्न गरेको देखिंदैन । बरु मजबुत सुरक्षा प्रबन्ध मिलाएर बन्दकक्षभित्र संविधानको मस्यौदामाथि आम अन्तरक्रिया गर्ने प्रहसन गरेका छन् । .......... वैचारिक दृष्टिबाट वीपीले तीन प्रकारका समस्या अर्थात् राष्ट्रियताको विकास, आर्थिक विकास र समाजको आधुनिकीकरण गर्नु हो भनी व्याख्या गर्नुभएको छ । .... तर डाडुपन्यु हातमा लिएर बसेका कांग्रेसीहरू आत्मरतिमा छन् । ..... अहिलेको अवस्थामा नेपाली कांग्रेसभित्र नेता विमलेन्द्र निधि, प्रदीप गिरी, डा. शेखर कोइराला लगायतबाट मधेसका सवालहरूलाई उठाउने प्रयत्न भइरहेको छ, तर ती उज्यालो आकांक्षालाई धुमिल पार्न खोजिँदैछ । यो परिस्थिति भनेको
नेपाली कांग्रेसको मधेससँग अलगावको आहट हो
। ...... नेपाली कांग्रेसका लागि मधेस जहिले पनि उर्वर क्षेत्र रहिआएको छ । २००७ सालदेखि स्वतन्त्रता र समानताका पक्षमा भएका प्रत्येक अभ्यासमा मधेसले नेपाली कांग्रेसलाई साथ सहयोग दिएको छ । तर नेपाली कांग्रेसभित्र मधेस कहाँ छ ? रामनारायण मिश्र, दुर्गानन्द झा, महेन्द्रनारायण निधि लगायतका लामो परम्परा जो दलभित्र अटुट निष्ठा प्रदर्शन गर्दै रगत र पसिना बगाउने कार्य भयो, तर नेपाली कांग्रेसभित्र तिनको विरासतलाई दीयो बालेर खोज्नु परिरहेको छ, यतिखेर । ......
यस दलमाथि मधेसको ठूलो लगानी छ, तर अहिले यो दल मधेसको सवालमा आफ्नैभित्रका सानो तर शक्तिशाली अनुदार समूह र एमालेको ओली वृत्तको भड्काउमा गएको देखिन्छ ।
..... सिरहामा प्रचण्ड लखेटिनु वा रौतहटमा माधव नेपाल थुनिनुपरेको समाचार पक्कै सुखद छैन । यी मधेसबाट निर्वाचित प्रतिनिधिहरूले आफू टेकेको धत्र्तीको स्पन्दन बुझ्न नसकेको यथार्थ पनि त्यतिकै हो । ..... स्थान विशेषहरूमा स्वस्फुर्त रूपमा सड्डठित युवा समूहहरू देखिएका छन् । यिनीहरूले बासी नेतृत्वलाई स्वीकार गर्न चाहिरहेका छैनन् । यसले के देखाउँछ भने मधेसमा आन्दोलन बढ्यो भने त्यसको स्वामित्व र निर्णायकत्व कुन पक्षको हुने भन्न कठिन छ । ...... सदन बाहिरका जयप्रकाश गुप्ता हुन् वा मातृका यादव वा भित्रका अनिल झा आ–आफ्नै तरिकाले अन्तरवस्तुमा असहमति राख्न सडकको प्रयोग गर्न खोज्दैछन् । यसले मधेसमा सगोलमै असन्तुष्टिको अभिव्यक्ति देखिए पनि त्यसलाई बिसाउन त्यति सजिलो छैन । यस्तो अवस्थामा संविधानको स्वीकार्यतालाई कहिलेसम्म सुरक्षा संयन्त्रको बलबुतामा थेग्न सकिन्छ ?
Sunday, June 14, 2015
Thursday, April 09, 2015
Incompetence Is A Problem
The issue is not just to liberate from a state that refuses to become inclusive. Why is the state non-inclusive in the first place? Ethnic prejudice does not explain all of it. The number one reason is the incompetence of those who pretend to lead. The Madhesi people need to be liberated from that incompetence.
Wednesday, April 08, 2015
मधेसी क्रांति को कार्यतालिका
No Indophobia
बामेको बाहुनवाद: माफियातंत्र र चरम भ्रष्टाचार
मधेस सरकारको अंतरिम संविधान
अहिंसात्मक क्रांति नै हुन लागेको हो
हिंसा र राज्य (State)
जनादेश र मतादेश को कुरा होइन
संघीयता या अलग देश
नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब
क्रांतिको समय आइसक्यो
सीके राउत र नेपालको न्यायपालिका
Nationalities And Citizenship
सीके राउत र अंतरिम संविधान
कुरुक्षेत्रमा जाने बेला आयो
Madhesh And Nuclear Power And Solar Power
The State Does Not Exist
Nepal And The Industries Of Tomorrow
बामेको बाहुनवाद: माफियातंत्र र चरम भ्रष्टाचार
मधेस सरकारको अंतरिम संविधान
अहिंसात्मक क्रांति नै हुन लागेको हो
हिंसा र राज्य (State)
जनादेश र मतादेश को कुरा होइन
संघीयता या अलग देश
नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब
क्रांतिको समय आइसक्यो
सीके राउत र नेपालको न्यायपालिका
Nationalities And Citizenship
सीके राउत र अंतरिम संविधान
कुरुक्षेत्रमा जाने बेला आयो
Madhesh And Nuclear Power And Solar Power
The State Does Not Exist
Nepal And The Industries Of Tomorrow
- गृहकार्य ----- (क) मधेस स्वराज पार्टीको स्थापना को घोषणा र संगठन विस्तारको ऐलान (ख) सीके राउत को वरिपरि पार्टी द्वारा प्रदान सुरक्षा कवच र सेफ हाउस मा हस्तांतरण (ग) देश विदेश का मधेसी दल हरुसँग संवाद र क्रांतिको समर्थन जुटाउने प्रयास (घ) क्रांतिको बिगुल फुक्ने दिनको निर्णय (ङ) प्रत्येक जिल्लामा बढ़ीमा ५०० को संख्या मा मधेस सेनाको निर्माण, अनुशासित बटालियनहरुको संगठनात्मक निर्माण, त्यस्तै बढ़ीमा १,००० को संख्यामा मधेस प्रहरी को संगठनात्मक निर्माण
- क्रांतिको ऐलान ---- १५ दिन मधेस पुर्ण रुपले ठप्प राख्ने घोषणा ----- ती १५ दिनका दौरान गाउँ गाउँ शहर शहर टोल टोल मा दैनिक शांतिपूर्ण लाठी जुलुस निकाल्ने घोषणा ----- ईंट का जवाफ पत्थर --- त्यसका लागि मधेस सेना र मधेस प्रहरी हर समय तैयार --- शांतिपूर्ण जुलुस माथि कुनै पनि किसिमको हिंसात्मक दमन नसहने अग्रिम सार्वजनिक चेतावनी
- १५ दिनको क्रांति पछि सीके राउत सुरक्षा कवच मैं रहेर राजधानी जनकपुरमा सार्वजनिक हुने र मधेस अलग देश को स्थापना भएको घोषणा भाषण गर्ने ------ १५ दिन भित्र अथवा यथासंभव शीघ्र मधेसको प्रत्येक पुलिस चौकी, ब्यारेक र सरकारी कार्यालय मधेस सरकारलाई हस्तांतरण गरिनु पर्ने अल्टिमेटम दिने ---- त्यसरी खाली गर्ने तर मधेस को नागरिकता को इच्छा राख्ने र पछि आफ्नो पुरानो जागीर फेरि पाऊँ भनेर अनुरोध गर्ने सैनिक, प्रहरी र प्रशासक ले खाली गर्ने क्रममा नया मधेस सरकारसँग दर्ता गराउने ----- स्वतंत्र मधेस देश को स्थापना सँगै सीके राउत अंतरिम राष्ट्रपति भएको घोषणा ---- सीके राउत को नेतृत्वमा क्रांतिमा सहभागी दलहरुको संलग्नता मा अंतरिम सरकारको घोषणा --- मधेस स्वराज पार्टी सँग कम्तीमा ५०% पोर्टफोलियो -------------- १५ दिनको क्रांति पछि मधेस देशको स्थापना हुना साथ मधेस फेरि खुला हुने तर उत्तरी छिमेकीको प्रत्येक नाका उत्तरी छिमेकी ले अलग देशको मान्यता नदिएसम्म बंद राख्ने ----- राजदुत आदान प्रदान को प्रक्रिया शुरू भए पछि उत्तरी छिमेकी का नाका हरु खुला गरिदिने
- मधेस अलग देशको घोषणा सँगै मधेस सेना र मधेस प्रहरीले मधेस भूभाग को प्रत्येक कार्यालय, चौकी र ब्यारेक आफ्नो सुरक्षा कवच मा ल्याउने काम थाल्ने
- त्यो १५ दिन बिते पछि नया मधेस सरकारले सेना, प्रहरी र प्रशासन निर्माण को काम शुरू गर्ने ----- बन्दुकधारी मधेसी पार्टी हरुका सैनिक मधेस सेनामा समायोजन गरे पछि तिनलाई अंतरिम सरकारमा डाक्ने काम ----- मंत्री मंडल १५ मा सीमित राखिने
- अंतरिम सरकारले समावेशी सेना, प्रहरी, प्रशासन को निर्माण गर्ने ----- तीन वटै लाई सकेसम्म सानो राख्ने ताकि देशको पैसा तलब खुवाउन मा कम र विकासमा बढ़ी खर्च होस्
- हिंदी भाषा लाई सरकारी कामकाजको भाषा बनाउने
- अंतरिम सरकार ले शपथ खाएको एक वर्ष भित्र १०० सदस्यीय संविधान सभाको निर्वाचन गर्ने ----- अंतरिम सरकारको कार्यकाल भने तीन वर्ष रहने ------ संविधान सभाले एक वर्ष भित्र संविधान अनुमोदन गर्ने र संसदमा परिणत हुने र बाँकी ३ वर्षको कार्यकाल पुरा गर्ने
- संविधान सभा को चुनाव को दुई वर्ष पछि राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन र उपल्लो सदनको निर्वाचन हुने
- संविधान सभा को चुनाव को एक वर्ष पछि अर्थात संविधान अनुमोदन भए पछि सात राज्य का संसद को र गवर्नर को चुनाव गरिने र स्थानीय चुनाव पनि सँगै गरिने
Monday, September 15, 2014
बाबा वामदेवलाई सन्देश
Statue of Liberty unveiled, by Edward Moran (Photo credit: Wikipedia) |
शुरुमा दिल्लीमा र पछि काठमाण्डुमै पनि म विभिन्न व्यक्तिहरुलाई फ़ोन गरिरहन्थें। त्यस क्रममा एक पटक मेरो वामदेव गौतमसँग गफ भयो। छोटो गफ भयो। के गर्दै हुनुहुन्छ भनेर मैले सोधेँ। यसो नहाउन पस्नै लागेको थिएँ, तर गफ गर्न मिल्छ भन्नु भो। मेरो छोटो गफमा के हिन्ट पाउनु भो कुन्नि, ननुहाईकनै घर छोडेर फरार हुनुभो। त्यति गर्दा हिरासतमा पर्न बाट बच्नु भएछ। पछि न्यु यर्कमा वहाँको श्रीमतीसँग भेंट भयो। वहाँ त डायबिटीजको शिकायत भएको मान्छे, हिरासतमा परेको भए ठुलो समस्या पर्थ्यो भनेर भन्नु भयो। २००५ को शुरुतिर मेरो दिल्लीमा रहेका राम वरण यादवसँग फोनमा लामै गफ भएको थियो।
२००६ को पवित्र अप्रिल क्रान्तिमा एक रहेका शक्तिहरु एक रहिरहनु बड़ो जरुरी छ अहिले पनि भनेर मैले भन्न खोजेको हुँ। संविधान र संघीयताको बहस छोटो समयको हो। यसलाई लोकतान्त्रिक ढंगले र न्यायपूर्ण ढङ्गले एक logical conclusion मा लगेर देशलाई आर्थिक क्रान्तिकालागि तयार पार्ने तर्फ सबैले सोँच्नु पर्दछ। अहिले दलित, मधेसी, जनजाति र महिलाको सामाजिक न्यायको आवाज उठाइरहेकाहरु २००६ को लोकतान्त्रिक आन्दोलनका सहयात्रीहरु नै हुन भन्ने कुरा बिर्सनु हुँदैन। सामाजिक न्याय लोकतन्त्रकै अर्को chapter हो।
लोकतन्त्र हो। फरक मत त हुन्छ। तर जुन मानव अधिकारकालागि त्यत्रो संघर्ष भयो, त्यसको प्रयोगमा कनजुष्याई गर्ने बेला यो होईन। २००६ मा revolution को पक्षमा उभिएकाहरु कोही पनि अहिले counter revolution का शक्तिहरुलाई थाहा पाएर अथवा नपाएर साथ दिन नपुगुन। होशियार हुनु जरुरी छ।
सन्दर्भ: CK Raut's Arrest Is Illegal
Subscribe to:
Posts (Atom)