Showing posts with label krishna bhattachan. Show all posts
Showing posts with label krishna bhattachan. Show all posts

Saturday, August 22, 2015

हामी हरुवाहरुको सम्झना by Krishna Bhattachan

English: 14th century Fresco of Krishna on int...
English: 14th century Fresco of Krishna on interior wall City Palace, Udaipur (Photo credit: Wikipedia)
कैलालीमा पुनः कर्फ्यु
हामी हरुवाहरुको सम्झना
भन्छन्, ‘जित्नेको इतिहास हुन्छ
हार्नेको सम्झनामात्र बाँकी रहन्छ’
हामी, कहलिएको ‘भुसतिघ्रे’,
‘भोटे’, ‘लाहुरे’,
‘तिघ्रे र पर्वते स्वाँठे’,
‘जङ्गल फाँडेर खनीखोस्री खाने’,
‘अयोग्य, मतुवाली र पाखण्डी, नीच, निर्दयी’

हामीले हा¥र्यौ, ‘त्योसँग’
‘त्यो’ ‘बा हुन, वा होइनन्’

हामीले अठार धार्नी नाक कान जोखेकै दिन हा¥र्यौ
हामीले भोज खाएकै दिन हा¥र्यौ

त्यसले हामीलाई च्याम्पतिलाई जस्तै कति
घुमायो कति

हामी मुलाको जरा भएर बस्यौ, मुला

तल, झन तल, ओरालो लाग्नथाल्यौं
अँध्यारै झन् अँध्यारो प्यारो मान्न थाल्यौ
जति धेरै सुन्निन सकियो, उति राम्रो मान्न थाल्यौ
जहाँको तही सड्दाको गन्ध सुगन्धित मान्न थाल्यौ

पहिचान ओरालो÷अँध्यारो–सुगन्धित
मातृभाषा ओरालो÷अँध्यारो–सुगन्धित
धर्म ओरालो÷अँध्यारो–सुगन्धित
संस्कृति ओरालो÷अँध्यारो–सुगन्धित
हक अधिकार ओरालो÷अँध्यारो–सुगन्धित

हामीलाई ताजा सम्झना छ,
त्यो हामीकहाँ आउँदा उखुको टुप्पा भएर आयो
जहाँ जसले जसरी लगेर सारे पनि हर्लक्कै सरेर आयो,
त्यो पानीढलोमा दुबो भएर हलक्कै सप्य्रो
त्यो पूर्वमा ‘चारदामे’ फर्सीको बोट भएर फैलियो
त्यो चारकोसे झाडीमा सखुवा भएर अग्लियो
त्यो हिमालको टुप्पामा पनि भर्खरै हिउँ भएर चुलीन थालेको छ
त्यो जहाँ जहाँ सप्रन खोज्यो
त्यहीं त्यहीं सप्य्रो, खुबै सप्य्रो
आगोले ढडाए झनै हरियो भरियो भएर आयो,
सधै माथि, झन् झन् माथि माथि
ताक्दै चंगाजस्तै अकासियो,
उज्यालो, झन् उज्यालोमात्र खोज्दै आयो
गुलियो, फरक फरक गुलियो हुदै आयो

शाही गुलियो,
जहानियाँ गुलियो,
बिर्ता गुलियो,
जागिर गुलियो,
फर्सी गुलियो
निर्दल गुलियो
बहुदल गुलियो

एकसय सत्ताइस गुलियो
सोच गुलियो
नीति गुलियो
व्यवहार गुलियो

पहिलोपटक त्यसले ढुंग्रो फुक्यो,
खरानी उड्नेगरी फुक्यो
दोस्रोपटक त्यसले शंख फुक्यो
सातोपुत्लो उड्नेगरी फुक्यो,
तेस्रोपटक त्यसले कान फुक्यो
कानको जाली फाट्नेगरी फुक्यो
हिजोआज त्यसले माइक फुक्यो,
स्वरै सुक्नेगरी फुक्यो
त्यसको प्रत्येक ढुंग्रो फुकाईमा
हाम्रा आस्थाका बन–जङ्गल–जमिन खरानी भएर उड्यो
त्यसको प्रत्येक शंख फुकाइमा
हाम्रा अधिकारहरुलाई वाजले चल्ला उठाए जस्तै उठाएर लग्यो
त्यसको प्रत्येक कान फुकाइले
हाम्रा आमाका मिठा धुनहरु सुन्न छाड्यौं
त्यसको प्रत्येक माइक फुकाइमा
हाम्रा सामुहिक अस्मिता कालो नीलो भयो

हाम्रा बचे–खुचेको हामी भित्रको हामी–भावना पनि खरानी भएको

अब हामीसँग हार्न बाँकी कुनै चिजै रहेन
अब त हामीहरुसँग हार्ने भन्दा पनि
जित्ने दाउमात्रै बाँकी छ !


आत्मनिर्णयको अधिकार मार्रा !
सङ्घीय संरचना मार्रा !
जातीय, भाषिक र क्षेत्रगत स्वायत्तता र उप–स्वायत्तता मार्रा !
समानुपानिक प्रतिनिधित्व मार्रा !
विशेष व्यवस्था मार्रा !
धर्मनिरपेक्षता मार्रा !
भाषिक समान अधिकार मार्रा !
समान महिला अधिकार मार्रा !
सामुहिक अधिकार मार्रा !

बाहुनवादलाई आर्यघाटमा सेलाएको सम्भावना

Krishna Bhattachan: Bahunvad
Krishna Bhattachan On BBC


Wednesday, August 12, 2015

Krishna Bhattachan: Bahunvad

बाहुनवाद को इतिहास



नेपालको बाहुनवाद
सामाजिक न्याय, मानव अधिकार र सत्यमा आस्था, निष्ठा र विश्वास भएका बाहुनजति मेरा विचारसँग सहमत र अन्य असहमत भएको हो भन्ने ठान्दछु । सामाजिक न्याय र मानव अधिकारको विषय ग्यालिलियोले पृथ्वी गोलो छ भने जस्तै हो र हुनु पनि पर्छ । ...... आदिवासी जनजातिको दृष्टिमा बाहुनको सकारात्मक प्रवृत्ति भनेको लेखपढ गर्ने, जति गाली गरे पनि शान्ति र धैर्यपूर्वक सुन्ने, परिश्रम र दु:ख गर्न सक्ने भन्ने छ । तर, बाहुनको नकारात्मक प्रवृत्ति भनेको नीति निर्णय गर्न शक्ति र पदको डाडुपन्यु समाउनै पर्ने, कन्जुस, लोभी, जाली, कुखुरे छाती भएको, फटाहा, ठग, सयपत्री अर्थात् जसलाई जे भन्नु पर्छ मिलाएर भन्ने, आफ्ना लागि जे पनि गर्न सक्ने, महिलालाई दबाउने, अरूसँग लड्न डराउने र परेको बखत भाग्ने हो । कतिपयले तीनफुके पनि भन्छन् बाहुनलाई । पहिलोपटक शंख फुक्छन् अर्थात् पुरेत हुन्छन्, दोस्रोपटक ढुंग्रो फुक्छन् अर्थात् भान्से हुन्छन् र अन्तमा कान फुक्छन् अर्थात् झगडा गराइदिन्छन् भन्ने धेरैले विश्वास गर्छन् । बाहुन वास्तवमा जे कुरामा पनि अति नै लचकदार हुन्छन् । गाई दान दिन लगाउँदा गाई छैन भन्यो भने सुनको टुक्रा भए पनि हुन्छ भन्छन् । सुन नभए रुपैयाँ पैसा, सो नभए पैसाको ढ्याक, ढ्याक नभए तामाको एक पैसा र त्यो पनि नभए

कुशबाटै काम फत्ते गरिदिन्छन्

। बाहुनको विगतदेखिको मूल प्रवृत्ति भनेको आदिवासी जनजातिको भूमि ठग्ने हो । ........... उखुको टुप्पा भनेर बाहुन र मूलाको जरा भनेर लिम्बूलाई इंगित गरिएको छ । उखुको टुप्पा जहाँ लगेर सारे पनि सर्छ, उखुबारीमा आगो लगाए अर्को वर्ष झनै झांगिएझैँ बाहुन पनि नेपालको जुन ठाउँमा पनि सरेको छ । उखुको बोट उज्यालो ताक्दै माथिमाथि गएजस्तै बाहुन पनि सधँै माथिल्लो ओहदा र पद ताक्दै माथि चढ्छ । उखुको स्वाद गुलियो भएजस्तै बाहुनको कुरा पनि गुलियो हुन्छ । लिम्बूलगायत आदिवासी जनजाति भने मूलाजस्तै एकै ठाउँमा गाडिएर बस्छन् । वल्लो ठाउँबाट उखलेर पल्लो ठाउँमै सारे पनि मर्छ । त्यसैले लिम्बू मूला अन्त पाइँदैन । त्यस्तै गरी राउटे मूला अन्त पाइँदैन । अर्को कुरा, बाहुनलाई माया गरेर घरमा राख्दा आदिवासी जनजातिका घर र खेत दुवै सर्वनाश हुने यथार्थलाई औंल्याइएको छ । क्याप्लानको भनाइअनुसार (पृष्ठ ५९), बाहुनलाई विश्वास गरेर जग्गा–जमिन हेर्ने जिम्मा दिँदा ‘रैकरमा परिणत गरेर चोर्ने कृतघ्न नोकर’का रूपमा प्रस्तुत हुन्छ । त्यसैले, सधँै तातिरहने लिम्बुवान हुन् वा पहिले नतातिएका थारुवान हुन् आजकाल झन् बढी तातिनु स्वाभाविक देखिन्छ । ..........

विभिन्न आदिवासी जनजातिको जग्गा–जमिन बाहुनले कसरी खाए भन्नेबारे स्थानीय आदिवासी धेरै कथा सुनाउने गर्छन् ।

ती सबै कथाले देखाउन खोज्ने गाँठी कुरा बाहुनले आदिवासी जनजातिलाई कसरी ठग्छ र थाङ्नामा सुताउँछ भन्ने हो । ...... लिम्बूको कथा यस्तो छ, बाहुनको परिवार लिम्बू गाउँमा आइपुग्छ । लिम्बू सुब्बासँग बिन्ती बिसाएर फर्सीको एउटा बोट रोपेर त्यसले ओगटेको जग्गामा खेती गरी खान अनुमति माग्छ । किपटिया लिम्बूका लागि त्यो ठूलो कुरा नभएकाले ‘गरी खा’ भन्छ । बाहुनले फर्सीको बोटको लहरा चारैतिर किल्ला गाडेर तान्दै ठूलो क्षेत्र ओगट्ने बनाउँछ । कोसेली दिन जाँदा फर्सी खेती हेर्न बोलाउँछ । सोचेको भन्दा धेरै जमिन ओगटेको थाहा पाए पनि ‘थुकेको थुक निल्न नसक्ने’ भनेजस्तै बोलेअनुसार जग्गा उपभोग गर्न दिन्छ । ............. केही तामाङले सुनाएको कथा यस्तो छ, एक बाहुन दम्पतीले पछि लिन आउँछौँ भन्दै कुखुराका अन्डा तामाङको घरमा राखेर जान्छन् । समयमा लिन नआएपछि अन्डा बिग्रन सक्ने खतरा भएकाले उक्त अन्डाको चल्ला काढ्छ । कुखुरा बेचेर पैसा कमाउँछ । त्यो पैसाबाट बाख्रा पाल्छ । पछि भैंसी पनि पाल्छ । वर्षौंपछि बाहुन दम्पती नासो फिर्ता माग्न आउँछन् । ती तामाङले यी सबै भैंसी, बाख्रा र कुखुरा त्यही अन्डाको हो भनेपछि ती सबै लिएर जान्छन् । तामाङ हेरेको हेर्‍यै । ............. धिमाल, गन्गाई, कोचे, मेचेलगायतले मलाई सुनाएको कथा भने यस्तो छ,

नेपाली कांग्रेसले २००७ सालको राजनीतिक आन्दोलनमा पूर्वी पहाडमा नारद मुनी थुलुङ र रामप्रसाद राईको नेतृत्वमा सशस्त्र कारबाही हुँदा बाहुन–क्षेत्री भागेर झापा र मोरङका जंगलमा बस्न पुगेछन् ।

छिमेकी नयाँ देखेपछि वरिपरिका आदिवासी भेट्न गएछन् । आएकालाई बाहुन–बाहुनीले दही खान दिएछन् र पैसा लिएनछन् । जाँड खाइरहेको आदिवासीलाई दही नौलो र मीठो लागेछ । अर्कोपल्ट माग्दा पैसा लाग्ने बताएछन् । पैसा छैन भन्दा कागजमा लेखेर पछि तिरे हुन्छ भनेछन् । कागजमा एकको पछि एउटा शून्य मात्र लेखेको छ भनेपछि एउटा किन पाँचवटा शून्य थप न भनेछन् र सही गरेछन् । पछि भएको जमिन सबै त्यही कागजका कारण गुमाएछन् । ................... झापाका सन्थालको कथा यस्तैयस्तै छ । उसवेला सन्थालसँग थुप्रै जग्गा थियो । ती जग्गामा बाहुनले आँखा गाडेछन् । बाहुनले सन्थालसँग मित्रता गाँसेछन् र पछि थाहा नपाउने गरी उनको घरभित्र भरुवा बन्दुक लगेर राखिदिएछन् । अर्को दिन गएर ‘तंैलै त बन्दुक लुकाएको रहिछस्, अब सरकारले कारबाही गर्छ’ भनेछन् । सन्थालमा सरकारसँग जोरी खोज्नुभन्दा अन्त कतै सुरक्षित स्थानमा जाने प्रचलन रहेछ । उनीहरू पनि अन्त गएछन् । जग्गा बाहुनले आफ्नो बनाएछन् । ........... झापाकी सवीना राजवंशी एउटा सत्य घटनामा आधारित डकुमेन्ट्री बनाउन लाग्नुभएको खबर आएको थियो । सो घटनाअनुसार, एक राजवंशीको जग्गा धेरै थियो । घरमा बाहुन नोकर थियो । त्यो बाहुनले मालिक मरेपछि उसलाई गाडेको ठाउँ खोतलेर औंठा छाप लगाएर सबै जग्गा आफ्नो नाममा गरेछ । अहिले मालिकको छोरा त्यही बाहुनको घरमा नोकर छ । ........... धनगढीमा थारूले सुनाएको कथा यस्तो छ, बाहुनले पहिले थारूसँग मीत लगाउँछ । मीत लगाएपछि बाहुनले मीतसँग ‘म तिम्रो मीत तर मेरो जग्गा छैन, सानो टुक्रा जग्गा भए पनि देऊ’ भन्छ । सोझो थारूले एक टुक्रा जग्गा बाहुनलाई दिन्छ । तर, पछि थारूको सबै जग्गा बाहुनले हडपेछ । थारू जग्गाविहीन हुन्छ । .......... झापाका केही बौद्धिक साथीले सुनाएअनुसार झापाका आदिवासीको जग्गाजमिन ओली, मैनाली, सिटौला, प्रसार्इंलगायत बाहुनले विभिन्न हतकण्डा प्रयोग गरी आफ्नो कब्जामा लिएको नालिबेली एकजना बाहुनले नै पुस्तक छापेर सार्वजनिक गरेछ । उक्त पुस्तकमा सबै बाहुनको पोल खोल्दा आफ्नो भने खोलेनछ । मैले सो पुस्तक फेला पार्न खोजेको थिएँ तर सबैप्रति बाहुनले नै च्यातेकाले उपलब्ध नभएको जानकारी पाएँ । .......... ‘धरमपुर निवासी एकजना सतार जमिनदारको यति धेरै जमिन थियो कि उनले जोत्नका लागि १८ हल गोरु पालेका थिए । तर, उनको जग्गा पहाडी मूलका उच्च जातका मानिसले न्यायोचित (नाम मात्रको मूल्यमा खरिद) वा झेली (ठगी) गरेर क्रमश: लिए । वृद्ध जमिनदार र उनका छोराको मृत्युपछि नातिलाई ठगी गरी बाँकी २८ बिघा जमिन पनि हात पारे… । तर, वाचा गरेअनुसार बैंक खाता खोलिएन र रकम पनि कहिल्यै दिइएन । सतारले झापाको अदालतमा मुद्दा हाले तर हारे । उनले इलामको पुनरावेदन अदालतमा पुनरावेदन गरे, तर अन्तिम क्षणमा उनले गम्भीर परिणाम भोग्नुपर्ने धम्की पाए । डरले उनी अदालत गएनन् । उनी आजकल भूमिहीन छन् र उनीसँग नेपालको नागरिकतासमेत छैन ।’ .............. डा. तारानाथ शर्माले ‘पाताल प्रवास’को परिचयमा ‘मेरो नाउँ तारानाथ शर्मा हो’ भनेपछि प्रा. जोन टी हिच्ककले उनलाई जवाफमा भनेको कुरा यसरी उद्धृत छ (पृष्ठ १५) ‘उनी झसंग भए र मलाई अकस्मात देखापरेको गोमन सर्पलाई जस्तै हेरेर उनले भने, ‘शर्मा भनेको बाहुन होइन र ? बाहुनले यस मुलुकका स्थायी बासिन्दालाई चुस्नसम्म चुसेका, दबाउनसम्म दबाएका र हेप्नसम्म हेपेका छन्, होइन त ?’ शर्माको मनमा हिच्ककले बाहुनलाई सर्प देखेको महसुस गरे पनि दुर्जनका रूपमा चित्रण गरेको बुझिन्छ । उनको भनाइले चाणक्य नीतिको दुइटा उक्तिको सम्झना गराउँछ । तेस्रो अध्यायको चौथो श्लोक, ‘दुर्जनस्य च सर्पस्य वरं सर्पो न दुर्जन: । सर्पो दंशति कालेन दुर्जनस्तु पदे पदे ।’ अर्थात् ‘दुर्जन र सर्पमा सर्प राम्रो हो, दुर्जन होइन । सर्पले काल आए मात्र टोक्छ तर दुर्जनले पाइला–पाइलामा हानि पुर्‍याउँछ ।’ सातौँ अध्यायको आठौँ श्लोक, ‘तक्षकस्य विषं दन्ते मक्षिकायास्त मस्तके । वृश्चिकस्य विषं पुच्छे सर्वांगे दुर्जने विषम् ।’ अर्थात् ‘सर्पको दाँतमा विष हुन्छ, माखाको शिरमा विष हुन्छ । बिच्छीको पुच्छरमा विष हुन्छ, दुर्जनको सबै अंगमा विष भरिएको हुन्छ ।’ .......... ‘नेपालको परिप्रेक्ष्यमा परशुरामदेखि प्रधानमन्त्री रंगनाथ पौडेलसम्म लिए पनि वा परशुरामदेखि बिपीसम्म वा गिरिजासम्म लिए पनि उही बाहुनवाद नै जीवन्त थियो वा त्यही बाहुनवाद नै हो भनेमा अत्युक्ति हुनेछैन…। बाहुनवादको प्रमुख आधार वर्णाश्रम व्यवस्था हो ।’ ............ बाहुनले गरुड पुराण सुनाउनुको उद्देश्य परिवारजन बितेका वेला बाँचेका परिवारका सदस्यलाई नुन र अन्य खानेकुरा खान नदिएर शरीर गलाउने, मानसिक रूपमा त्रासको वातावरण सिर्जना गरी सकेसम्म बढी दान पैसा लुट्ने काम गर्ने पुरेतको एक मात्र उद्देश्य हो भनेका छन् । संग्रौला लेख्छन्, ‘काल्पनिक नरकका यातनाकारी यमदूतभन्दा पनि सर्वांग अमानवीकृत र धर्मको नाममा अमानवीकरणको प्रदूषण फैलाउने पेसामा कटिबद्ध भएको पुरोहितलाई मैले हेरेँ । ऊ अझै स्तोत्र जप्दै र लगौंटीको फुर्को हल्लाउँदै नुहाइरहेको थियो, जो आफँै अन्धविश्वास र भ्रमको दयनीय दास हो, ऊ अरूलाई मोक्षका उपदेश सुनाउँदै हिँड्छ । अहिले भने मलाई उसको जनावरीकृत अस्तित्वप्रति अग्घोरै दया जागेर आयो, बरा बिचरा † लम्पट पुरेत बाजे !’ ........ ‘बाहुन कुनै एकै ठाउँमा लामो समय टिकेर, संघर्ष गरेर बस्न नसक्ने अस्थिर, भगौडा र घुमन्ते जातिको मानिस हो । बाहुन कास्मिरबाट भाग्यो, भारतमा भएको मुस्लिम आक्रमणबाट भाग्यो । पश्चिम नेपाल खसानमा आएर बसे पनि त्यहाँबाट घुम्दै पूर्वको लिम्बुवान, खम्बुवानसम्म छिर्‍यो, सिक्किमतिर गयो, भुटानतिर गयो, मुग्लान पस्यो । भुटानमा पनि सरकारी दमन सहन नसकेर पहिलोपटक भाग्ने पनि उही थियो । यसरी बाहुनको अहिलेसम्मको इतिहास हेर्दा ऊ भागेको भागेकै छ ।’ बराल थप लेख्छन्, ‘भागी हिँड्ने र घुमन्ते चरित्रका कारण बाहुनसित आफ्नो राष्ट्र पनि छैन । अब संघात्मक शासन भयो भने बाहुनले अन्य जातिको राष्ट्रमा बस्नुपर्ने दु:खद स्थिति छ । यही कारण बाहुनवादीले संघात्मक शासनको विरोध गरेका हुन् । नेपाली बाहुनको विशेषता के छ भने ऊसित न भूमि छ, न राष्ट्रिय संस्कृति छ । बाहुन यतिवेला पनि ‘भारत वर्षे’ भन्दै हिँडिरेको छ । भारतीय वनारसी धोतीलाई नै आफ्नो राष्ट्रियता ठानिरहेको छ । यो सबै भाग्नुको परिणामले गर्दा भएको हो । भाग्नु बाहुनको विशेषता हो । सुविधा खोज्दै असन्तुष्ट बनी डुल्नु उसको दिनचर्या हो ।’