बर्लिन को पर्खाल ढलेको समाचार नेपाल नपुगेको भनेको बल्ल थाहा हुन थाल्यो कारण अब जब अमेरिका र चीन एउटा नया शीत युद्ध मा होम्मियेका छन। ताइवान मा त लड़ाइ नै हुन सक्छ भनिंदैछ। अथवा चीन ढलन सक्छ। आखिर चीन एउटा साम्राज्य न हो। स्वतंत्र देश तिब्बत सँग नेपाल ले लड़ाइ गरेको, व्यापार गरेको त नेपाल को इतिहास ले नै भन्छ। तिब्बत र नेपाल बीच को सीमाना नेपाल र भारत जतिकै खुला थियो। त्यही खुला सीमा ले गर्दा कर्णाली ५०० वर्ष अगाडि नै त्यति सारहो समृद्ध थियो। तर अचेल को नेपाल मा भनिन्छ, कर्णाली दुर्गम छ त्यस कारण गरीब छ। चीन ले नाक थुनदिएर कर्णाली ले साँस नलिएको हो।
शिनजियांग माओ ले कब्ज़ा गरेको। सि जिनपिंग ले फेरि कब्ज़ा जमाए।
मैले खुला दिमाग ले सोच्ने प्रयास गरेको छु। शीत युद्ध सकियो होला, सोवियत संघ ढल्यो होला तर अमेरिका को राजनीतिक र आर्थिक व्यवस्था मा ठुला ठुला भ्वांग हरु छन। चीन ले गरीबी समाप्त गरेको हो। त्यसको प्रशंसा गर्छु। अमेरिका को दुई मध्ये एक प्रमुख पार्टी गोरा हरु को माइनॉरिटी रूल (minority rule) लागु गर्न कम्मर कसेर लागेको छ। त्यो लोकतंत्र होइन। चुनाव हारेको राष्ट्रपति ले संसद माथि भौतिक हमला गर्न लगाए। त्यो लोकतंत्र होइन। अमेरिका खुला प्रतिस्प्रधा वाला बाजार अर्थतंत्र होइन। ठुला ठुला कंपनी हरु ले धाक जमाएर बसेको अर्थतंत्र हो। अन्तमा को दुई जना चुनाव लड्ने भन्ने कुरा केही दश हजार पैसावाला मानिस हरु ले निर्धारण गर्ने गरेको। मनी प्राइमरी (money primary) भनिन्छ। उपल्लो सदन (senate) मा २०% जनसंख्या को शासन छ। राष्ट्रपति को चुनाव मा बहुमत भोट पाएको मान्छे हारिरहेको हुन्छ। तल्लो सदन को चुनाव मा जनता ले नेता होइन नेता ले जनता चुन्ने किसिमको सीमांकन छ।
लोकतंत्र अमेरिका को लक्ष्य हो। पुगिसकेको गंतव्य होइन। खुला प्रतिस्प्रधा वाला बाजार अर्थतंत्र अमेरिका को लक्ष्य हो। पुगिसकेको गंतव्य होइन।
तर चीन को १९९० देखि अहिले सम्म को समृद्धि कम्युनिस्ट अर्थतंत्र त होइन। त्यो त बाजार अंगालेर भएको हो। भुखमरी समाप्त होस अनि वाक स्वतंत्रता को पनि कुरा गरौंला भन्ने गरेको चीन ले। गरीबी समाप्त भयो त। चीन ले १९९० देखि २०१० सम्म फड्को मार्यो। तर अब गएर मिडल इनकम ट्रैप (middle income trap) मा फँसेको छ। त्यसको कारण नै एउटा पार्टी को तानाशाही हो। चीन को कम्युनिस्ट पार्टी त्यो किसान हो जो सुन को अंडा दिने पंछी मार्न उद्द्यत देखिन्छ।
चीन को सारा संसद मार्च पास गरे जस्तो एक स्वर मा बोलिरहेको हुन्छ, एकै नास भोट गरिरहेको हुन्छ। त्यो संसद होइन, सोप ओपेरा हो। चीन ले निहुँ नखोजेको छिमेकी नै छैन। त्यो ठुलो रणनीतिक गलती हो तर चीन ले त्यसो गरेको आतंरिक राजनीतिक कारन ले हो। सद्दाम ले आफ्नो इराक मा रहेको सत्ता कायम राख्न कुवेत पसनै पर्ने थियो। आफै स्वाहा भयो। त्यो अर्को कुरा हो।
ताइवान ज्वलंत उदाहरण हो। ताइवान मा न चीन को पैसा चल्छ, न बेइजिंग ले त्यहाँ कुनै अंचलाधीश पठाएको छ। ताइवान प्रत्येक मानेमा एउटा स्वतंत्र देश जस्तो हो। चीन को ताइवान सँग व्यापक व्यापार छ। आफ्नै भुभाग सँग कुनै देश ले एक्सपोर्ट इम्पोर्ट गर्छ? चीन ले ताइवान सँग एक्सपोर्ट इम्पोर्ट गर्छ।
हॉन्ग कांग को पुँजी बाजार चीन का लागि नभै नहुने कुरा। १९९० देखि आजसम्म मारेको फड्को त्यो बिना असंभव। तर त्यसै पंछी लाई मार्न भ्यायो त। सद्दाम कुवेत पसे जस्तो।
ताइवान को सुरक्षा का लागि जानुपरे युद्ध मा जाने जापान र अमेरिका को निर्णय हो। त्यो सही निर्णय हो। त्यो निर्णय नगर्ने हो भने ताइवान ध्वस्त पार्छ चीन को कम्युनिस्ट पार्टी ले। पुर्वी जर्मनी र पश्चिमी जर्मनी जस्तो ताइवान र चीन, उत्तर कोरिया र दक्षिण कोरिया को एकीकरण होस भन्ने म चाहन्छु। तर त्यो दुबै पक्ष ले स्वेच्छा ले गर्ने कुरा हो, आम जनता को स्तर मा।
माओ ले नेशनलिस्ट चिआंग काइ सेक लाई हरायो होला तर लोकतान्त्रिक ताइवान ले तानाशाही चीन लाई हराउने संभावना बढ़ी छ। दुई कोरिया एक हुन्छन् तर त्यस अगाडि उत्तर कोरिया को तानाशाही ढल्नुपर्छ।
चीन को अर्थतंत्र ढुलमुल अवस्था मा छ। सि जिनपिंग आफु विरुद्ध कु हुन्छ कि भन्ने डर ले विदेश जानै छाड़ेका छन।
चीन लाई चाहिएको राजनीतिक सुधार हो। राजनीतिक सुधार को बाटो चिनिया कम्युनिस्ट पार्टी केंद्रीय भुमिका मा रहन सक्छ। तर सि ले लिएको बाटो विध्वंस को बाटो हो। त्यसले या त सि विरुद्ध कु गराउँछ या त सोवियत संघ जस्तो गरी चीन विगठन हुन्छ। सि राजनीतिक सुधार विरोधी मानिस हुन।