२१ वर्षपछि अमेरिकाबाट फर्केर गाउँमै खेतीपाती https://t.co/3opntjvvn3
— Paramendra Kumar Bhagat (@paramendra) August 29, 2021
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Saturday, August 28, 2021
मधेस मा चार पाँच वटा राष्ट्रिय मधेसी पार्टी हरु का लागि ठाउँ छ?
Wednesday, August 25, 2021
गाईजात्रा
महन्थ ठाकुरलाई पीएम बनाउन खोजेका थियौँ, ओलीको पीए मात्रै भए : उपेन्द्र यादव ‘हामीले संघीयताको रक्षा गर्दा ओलीको जागिरसमेत बचाइदियौं । लिपुलेक, कालापानी समेटेर नक्सा निकाल्दा हामी सबैले सहयोग गरेका थियौं,’ उनले भने, ‘तर आसेपासेले सच्चा राष्ट्रवादी भनेर चर्चा गर्न नपाउँदै ओली जागिर बचाइदिनुपर्यो भन्दै भारतको शरणमा परे ।’
Monday, August 23, 2021
जनता समाजवादी राजनीतिक प्रतिवेदन
जसपा विभाजनको असर मिलेर मुद्दा सम्बोधन गराउनुपर्ने जनादेशविपरीत जसपा स्वार्थका लागि फुटेको हो । मिलेर राज्य सत्तासँग मधेशको मुद्दा सम्बोधन गराउनु पर्ने ठाउँमा आपसी अमेलका कारण मधेशको सवाललाई झन ओझेलमा पारिएको हो । सत्ता स्वार्थका लागि जसपा फुट्दा मधेशको मन रोएको छ । मधेश आन्दोलनमा बलेको आगोको रापले नेताहरुको स्वार्थका कारण आफै जलेका छन् ।
रेशम चौधरी महन्थको जसपा (लोकतान्त्रिक)मा
महन्थ समूहका नेता जसपाको बैठकमा सहभागी
उपेन्द्रजीसँग लोभी प्रवृत्तिका मान्छेहरूको जमात छ : जसपा लोकतान्त्रिक नेता अरगरिया उमाशंकर अरगरिया, केन्द्रीय कार्यकारिणी समिति सदस्य, जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) ...... सबै पार्टीमा अल्पमत र बहुमत हुन्छ । अल्पमतको कुरै सुन्न नचाहने, हैकमवादी प्रवृत्ति देखाउने उपेन्द्रको वानीका कारण यस्तो अवस्था आयो । हामीले आजसम्म पार्टी फुटाइदिनुस् भनेर निवेदन दिएका छैनौं ।........ हामीले २१८ जना आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता गरायौं । यो हाम्रो अपराध हो ? त्यसका लागि हामीले क्षमा माग्ने ? हामी १८ दिन मात्रै सरकारमा रहँदा उपेन्द्रजी १८ महिनासम्म गर्न नसकेका कामहरु गरेर देखायौं । त्यसका लागि क्षमा माग्ने ? हामी २० जना सांसद लिएर ओली सरकारमा गएका थियौं, जसमा हाम्रा ११ जना सांसद मन्त्री बन्नुभयो । उहाँ १८ महिना सरकारमा बस्दा के–के गर्नुभयो ? म आफै १८ दिनसम्म सरकारमा रहँदा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न समिति बनाएँ, पशुपति क्षेत्रभित्र राम मन्दिरको शिलान्यास गरें । यसैगरी, संविधान संशोधनका लागि कार्यदल गठन गरायौं, अध्यादेशबाट नागरिकता विधेयक ल्यायौं । ....... अस्ति मंगलबार मात्रै हाम्रा अध्यक्ष महन्थ ठाकुरजीसँग प्रधानमन्त्री देउवासँग छलफल हुँदा सरकारमा आउन आग्रह गर्नुभयो । तर हाम्रा अध्यक्ष ठाकुरजीले उहाँलाई भन्नुभयो कि मन्त्री नै दिनु हुन्छ भने उपेन्द्र समूहलाई दिनुस् । हाम्रा लागि त मधेश मुद्दाको सम्बोधन, रेशम चौधरी लगायतका राजबन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता समस्या समाधान नै प्राथमिकता हो । ....... हाम्रा मागहरु पूरा भयो भने पछि सरकारमा जानुपर्ने अवस्था आयो भने जाउँला । ....... जसरी यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा मागहरु सम्बोधन गर्दा सरकारमा गयौं, त्यसरी नै शेरबहादुर देउवाजीले पनि हाम्रा मागहरु सम्बोधन गर्न थाल्नुभयो भने आवश्यकताको आधारमा हामी निर्णय गर्न सक्छौं । ....... अहिले प्रदेश २ को सरकारसँग दुई तिहाइभन्दा बढीको मत छ, कम्तीमा नामाकरण पनि गर्न सक्ने अवस्था छैन ।
प्रदेश सरकार अहिले भ्रष्टाचारमा लिप्त छ ।
नेपालको सबै भूभागका नेपाली अटाउने पार्टी बनाउँदैछौं : नेता अरगरिया उपेन्द्र यादवसमूहबाट महन्थ समूहमा आएका नेता अरगरियाले उपेन्द्र हैकमवादी प्रवृत्तिको रहेको आरोप लगाए । उनले उपेन्द्रकै हैकमवादी प्रवृत्तिका कारण पार्टी विभाजन भएकोसमेत आरोप लगाए ।
माधव नेपालको राजनीति रक्षार्थ दल विभाजनसम्बन्धी विधेयक ल्याइयो : जसपा नेता सुमन मनिष सुमन, केन्द्रीय कार्यकारिणी समिति सदस्य, जनता समाजवादी पार्टी नेपाल ...... म कित्ता परिवर्तन गरेको होइन, पार्टी छोडेर जानेहरुले कित्ता परिवर्तन गरे । पार्टी नफुटोस् भनेर अन्तिम समयसम्म म लडिरहेको थिएँ । महन्थ ठाकुरलगायत सबै शीर्ष नेताहरुलाई मैले आग्रह गरेको थिएँ कि फुट जोगाउनुस् । तर उहाँहरु मान्नुभएन । ...... यसभन्दा अघिका सरकारभन्दा बढी आशा देउवा सरकारबाट गरिएको पनि छैन । ....... माधव नेपालजीले पार्टीभन्दा माथि उठेर नसोचेको भए आज देश यो परिस्थितिमा हुने थिएन । निर्वाचनको नाममा लोकतन्त्रको हत्या भइसकेको थियो, जुन कहिले नहुने निर्वाचन थियो । माधव नेपालजीको राजनीति रक्षाका लागि हामीले यो विधेयक ल्याउन बाध्य नै भयौं । ...... अहिले प्रदेश २ मा विपक्षीरहित सरकार छ । भोलीका दिनमा जसपा लोकतान्त्रिक र केपी ओलीको एमालेले हामी विपक्षी छौं भन्लान् । अहिले हाम्रो सरकारसँग सहजै दुई तिहाइभन्दा बढी मत छ । अब हामीले प्राथमिकताका साथ टुंग्याउने भनेको प्रदेशको नामाकरण र राजधानी हो । राजधानी त करिब–करिब टुंगिएकै अवस्था हो । ....... आउँदो अधिवेशनको प्राथमिक कार्य नै नाम र राजधानी टुंगो लगाउने हो । ...... कांग्रेस पनि मधेश प्रदेशमा सहमत हुन्छ । हामीबीच अनौपचारिक वार्तालापहरुमा उहाँहरु सहमत जस्तै देखिनुभएको छ । ....... छोटो, मीठो र ऐतिहासिकता बोकेको नाम भनेको मधेश नै हो । त्यसैले कांग्रेसले सहजरुपमा मधेशप्रति धारणा बनाउँछ । आउँदो दिनमा प्रदेश २ को नाम परिवर्तन भएर मधेश हुनेछ ।
प्रदेश प्रमुख डा.अहिराजको अभियान : राष्ट्रिय एकता, राष्ट्रियता र समानुपातिक समावेशिता ‘नागरिकको जीवन रक्षाभन्दा ठूलो मेरो कुनै जिम्मेवारी छैन’, उनले भने,‘मेरो लागि नागरिकको ज्यान ठूलो हो । कार्यक्रम हाइन । मैले सडकमा उपचारका लागि छटपटिएकाहरुलाई बचाउन पाए त्यही नै ठूलो कुरा हो ।’ ........ प्रदेश प्रमुख अहिराजले मन्त्रिपरिषदमा गैरमधेशी, मुस्लिम, दलित र महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व नभएको उल्लेख गर्दै प्रदेशभित्रको जनघनत्व, सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउनु प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने स्मरण गराएका थिए । ‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेशी लगायतका पक्षलाई समानुपातिक समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ,’ प्रदेश २ प्रमुखले मुख्यमन्त्रीलाई पठाएको पत्रमा लेखिएको थियो ।
माधव नेपाललाई साथ नदिएका नेतासँग छलफल भइरहेको छ- सुवास नेम्वाङ शुक्रबारको बैठकमा अधिकांश नेताले ओलीले सहमति कार्यान्वयन नगरे माधव नेपालले गठन गरेको पार्टीमा जाने अवस्था आउने चेतावनी दिएका थिए।
कान्स विजेता अफगानी निर्देशक सादत भन्छिन्, 'यहाँबाट बाँचेर निस्किएँ भने अहिलेको विषयमा फिल्म बनाउँछु' २० वर्षपछि अमेरिकाले आफ्नो सबै सेनालाई अफगानिस्तानबाट हटाएपछि तालिबानले देशमा अधिकांश सहरहरु दश दिनमा नै आफ्नो कब्जामा लिए। यसले गर्दा त्यहाँका मानिसहरुले देश छाड्ने पर्याप्त समय पाएनन्। ....... तालिबानले यति चाडैं देशलाई कब्जामा लिन्छ भनेर कसैलाई थाहा थिएन। हामीले उनीहरुलाई काबुलमा आफ्नो सेना फैलाउन अझै एक महिना लाग्ला भनेर सोचेका थियौं ........ ‘तालिबान काबुल पस्नुभन्दा एकदिन अगाडि एउटा प्लेनको टिकेट पाएकी थिएँ तर मेरो परिवार मसँगै जान नपाउने भएपछि म गइनँ।’ ........ शहरबानुले तालिबानको त्रास त्यतिबेला महसुस गरिन् जब उनी आफ्नो पैसा लिन नजिकैको बैंक गएकी थिइन्। प्राय: दशजना जति मानिस हुने त्यहाँ त्यो दिन पाँच सयभन्दा बढी आफ्नो पैसा निकाल्न आएका थिए। उनले भनिन्, ‘भीड धेरै भएपछि बैंक खाली गरियो र सबैलाई बाहिर धकेलेर सडकमा फ्यालियो र त्यहीबेला मैले तालिबानको झन्डा भएको गाडीहरु देखेकी थिएँ।’ ....... ‘हामीले आफ्नो रिसबाट उर्जा पैदा गर्न सक्छौं। म फिल्म बनाउन सक्छु, अरुले लेख्न सक्छन् र अन्यले यसको व्यवस्थापन गर्न सक्छन्। यी सबै उर्जाबाट हामीले एक साथ केही गर्नुपर्छ,’ उनी भन्छिन्, ‘तर यस समयमा सबैभन्दा महत्वपूर्ण कुरा एयरपोर्ट पुग्नु र यहाँबाट बाहिर निस्कनु हो।’
जसपाको राजनीतिक प्रतिवेदन : काँग्रेसको समाजवाद र कम्युनिस्टको समाजवादउन्मुख जनवाद असफल (पूर्णपाठ)https://t.co/kjJIldqKUl
— Paramendra Kumar Bhagat (@paramendra) August 23, 2021
राजनीतिक शक्तिको खोजीमा मधेसhttps://t.co/z8IkYZWgIN
— Paramendra Kumar Bhagat (@paramendra) August 23, 2021
War is a racket https://t.co/SGjEyqaTAj pic.twitter.com/9hLRZRYvWd
— Andy Mok (@andymok) August 22, 2021
Why We Need to Start Talking About God https://t.co/UkNDdr1M2d
— Paramendra Kumar Bhagat (@paramendra) August 22, 2021
In Afghanistan, China Is Ready to Step Into the Void https://t.co/0u5oB7aGAL
— Paramendra Kumar Bhagat (@paramendra) August 22, 2021
दलभित्र प्रजातान्त्रिक संरचना कायम गर्न नचाहने, आन्तरिक प्रजातन्त्र कायम नगर्ने/गर्न नसक्ने राजनीतिक दलले सरकारमा गएर प्रजातान्त्रिक मूल्य लागू गर्छन् भनेर कसरी विश्वास गर्ने ?
— Sagun Lawoti (@Sagunlawoti) August 23, 2021
मूल प्रश्न यही नै हो । #Nepali
Just as fascinating as "pro-choice" people being pro-mandates. Hypocrisy is everywhere due to partisanship and tribalism. But let's keep dividing people into groups based on their beliefs and see where this ends up. I'm sure it'll be fine, right? Right!? https://t.co/v3joEr0mHU
— Heidi Briones (@HeidiBriones) August 22, 2021
Message to the Iranians’ rally and demonstration in Stockholm – call for a decisive policy on #Iran – #1988Massacre: genocide and a crime against humanity – International tribunal to prosecute the clerical regime’s leaders, particularly Khamenei and Raisi pic.twitter.com/jo6XjjmMSL
— Maryam Rajavi (@Maryam_Rajavi) August 23, 2021
Thanks for this thread. I now remember meeting and speaking with him (in Nepali) during my visits to the British Embassy. https://t.co/bkJoO23FW0
— tilak pokharel (@tpokharel) August 23, 2021
Hillary Clinton is currently chartering flights to evacuate vulnerable families and women from Afghanistan.
— Santiago Mayer (@santiagomayer_) August 23, 2021
But you didn’t know that cause the media is too busy letting Mike Pompeo blame Biden for the deal he negotiated.
"Failure is nothing but a Data Point"
— Jimmy aka Sat Mahomes ✊🏿🟠⚡ (@jwtheblueprint) August 23, 2021
~ @AboveAvgSavage
इंदौर में चूड़ी बेचने वाले को क्या मुसलमान होने की वजह से पीटा गया, पूरी कहानी. pic.twitter.com/0U5m87W71N
— BBC News Hindi (@BBCHindi) August 23, 2021
These Photoshopped images of celebrities hanging out with their younger selves show how aging really changes even the hottest stars.
— The Sports Drop (@TheSportsDrop1) January 26, 2021
Lightning strikes One World Trade Center https://t.co/URTd5o3Xms
— BBC News (World) (@BBCWorld) August 23, 2021
Here's how the US is protected by staff and officials working in airports pic.twitter.com/lv5pdcZHWC
— Business Insider (@BusinessInsider) August 23, 2021
Wednesday, August 18, 2021
२०% एउटा घातक संख्या हो
विकासका रणनीतिहरूमा सबै दलहरूबीच आधारभूत सहमति
भूमिगत राजनीतिदेखि पहिलो महिला मुख्यमन्त्रीसम्म नेपाल समूहबाट छुटिएपछि मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य
फेरि उही अध्यादेशको आत्मघाती बाटो
फुटेका एमाले र जसपाका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने
माधव नेपाल र महन्थ ठाकुरका नयाँ दलले पनि राष्ट्रिय मान्यता पाउने
ठाकुर-महतो समूहका मनमोहन चौधरी उपेन्द्र समूहतिर
Monday, August 16, 2021
माधव, प्रचंड, देउबा संविधान संसोधन को विपक्ष मा छन
अध्यादेश ल्याउँदै सरकार एमाले फुटाउन नेपाललाई देउवाको साथ यसअघि दल फुटाउन तत्कालीन प्रधानमन्त्री ओलीले पनि संसद् छलेर २०७७ बैशाख ८ गते राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ ल्याएका थिए ।
ओली पथमा देउवा सरकार हठात् संसद् अधिवेशन अन्त्य गर्दा बजेट अध्यादेश अन्योलमा पूर्वप्रधानमन्त्री केपी ओलीले संसद्लाई छलेर अध्यादेशमार्फत बजेट ल्याएको र जनप्रतिनिधीको अनुमोदनविना कर लगाएको भन्दै विपक्षी गठबन्धन खह्रो विरोधमा उत्रिएको थियो । संसद् पुन:स्थापनापछि उहीँ गठबन्धन अहिले सरकारमा छ । तर, पुन:स्थापित संसद्ले बजेट अध्यादेश स्वीकृत नगर्दै सरकारले संसद् अधिवेशन अन्त्य गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन अन्त्य गरेको पत्र प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका छन् । ..... यस गतिविधिलाई ओलीको 'संसद्लाई निष्क्रिय बनाएर सत्ता चलाउने' प्रवृत्तिको पुनरावृत्तिको रूपमा विज्ञहरूले टिप्पणी गरेका छन्। .... तत्कालीन प्रधानमन्त्री ओलीले तत्कालीन मधेशवादी दल टुक्रयाउन अध्यादेश ल्याएका थिए । तर विपक्षी गठबन्धनसँगै आफ्नै पार्टीभित्र थेग्न नसक्ने विरोध भएपछि ओली आफ्नो निर्णयबाट पछि हटेका थिए । ........ 'पुष्पकमल दाहाललाई सरकार कसरी चलाउने ज्ञान नै छैन । अघिल्लो सरकारलाई अभियोगमा अघिल्लो हटाइयो, त्यहीँ गल्ती दोहोर्याउने काम यो सरकारबाट भएको छ ।' संसद्मा बजेट अध्यादेश गत साउन ३ मा पेस भएको थियो । आगामी असोज दुई गतेभित्र अर्को अधिवेशन बोलाएर अध्यादेश पास नगरेमा असोज तीन गते पछि त्यो अध्यादेश बमोजिम खर्च गर्न नपाइने खनालले बताए ।
महन्थ ठाकुरका पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
अध्यादेशको हल्लापछि एमाले शीर्ष नेता बालकोटमा
Saturday, August 14, 2021
जसपा: के होला?
जितेका माधव नेपालले गुमाएका अवसर !
नेपाल कमरेड आत्महत्या रोज्नु हुन्न : महासेठ, ओलीको बिकल्प नेपाल नै हुन उनले शेरबहादुर देउवाको सरकार विस्तार हुँदा हुदै ढल्ने समेत दावी गरेका छन् ।
Wednesday, August 11, 2021
यस संसद मा संविधान संसोधन को संभावना छ
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पुनःसंरचना गरौँ कानुनले निषेध गरेको बाटोबाट कमाएको कुनै पनि आम्दानीलाई विभिन्न माध्यमबाट कानुनी रुपमा बदलेर चोख्याएर शुद्ध बनाउने कार्य नै सम्पत्ति शुद्धीकरण हो । ........ सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ ले व्यवस्था गरेको अनुसन्धानको दायरा निकै ठूलो र फराकिलो छ । यो ऐनमार्फत सार्वजनिक पद धारण गरेका राष्ट्रपतिदेखि नागरिक हुँदै निजी क्षेत्रका व्यवसायी तथा सबै किसिमका नागरिकको अकुत तथा अवैध सम्पतिको छानबिन गर्न सक्छ । .........
समकालीन नेपालको सबैभन्दा ठूलो समस्या भनेको भ्रष्टाचार तथा गैरकानुनी रुपमा आर्जित अकुत सम्पत्ति हो । देशको समृद्धिको पहिलो पूर्वशर्त भनेकै यस किसिमका आर्थिक अपराधको बलियो अनुसन्धान र प्रभावकारी नियन्त्रण हो ।
............ विभागलाई नेपाल सरकार तथा राजनीतिक दलहरूको राजनीतिक इच्छा शक्तिको अभावले सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्षेत्रमा अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । ......... कानुनी रुपमा अत्यन्तै बलियो सम्पत्ति शुद्धीकरण ऐनको प्रभावकारी कार्यान्वयन गर्ने हो भने भ्रष्टाचार नियन्त्रण मात्रै होइन निजी क्षेत्रले गरिरहेका आर्थिक अपराध र लुटलाई पनि नियन्त्रण र व्यवस्थित गर्न सकिन्छ । यसका लागि विभागको संस्थागत व्यवस्था पनि भएको छ । ....... स्थापनाका १० वर्षमा करिब डेढ दर्जन महानिर्देशक भइसकेका छन् । ........ विभागलाई एउटा छुट्टै स्वतन्त्र निकायको रुपमा रुपान्तरण गर्न जरुरी छ । यसलाई संवैधानिक आयोग वा अरु कुनै स्वतन्त्र निकायको रुपमा पुनःसंरचना गर्नु पर्ने देखिन्छ । यसको लागि विद्यमान कानुन र संरचनात्मक सुधारका लागि राजनीतिक पहल आवश्यक छ । ..........राजनीतिक इच्छाशक्ति प्रमुख शर्त हो ।
इकागज संवादमा विमलेन्द्र निधि भदौमा महाधिवेशन भएन भने मंसिरसम्ममा गर्न सकिन्छ कांग्रेसको १३औँ महाधिवेशनमा चार लाख क्रियाशील सदस्य थिए । यसपालि आठ लाख भन्दा बढी भएका छन् । ....... जुनसुकै अवस्थामा पनि पत्रिकाको दर्ता खारेज गर्न मिल्दैन । जुन सुकै अवस्थामा पनि दल खारेज गर्न मिल्दैन । ........ अमरेशजीलाई त कसैले उचालिदिएका हुन् । ........ म शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. सशांक कोइराला, डा. शेखर कोइराला लगायत सबै नेताहरूको समर्थन खोजिरहेको छु । उहाँहरूको समर्थन प्राप्त होस् भन्ने मेरो इच्छा र आकांक्षा छ । उम्मेदवारी दर्ता गर्ने दिनसम्म पनि समर्थन प्राप्त हुने सम्भावना रहन्छ । ........... आगामी निर्वाचनमा रुख छापले बहुमत पाउनुपर्छ । ........ नत्र संविधानसभामा चिरा–चिरामा भए पनि कम्युनिस्टहरू बहुमतमा थिए । अनि क्षेत्रीयतावादी, निर्दलवादी पनि थिए । नेपाली कांग्रेस त थोरै संख्यामा थियो । तैपनि कांग्रेसले धेरै जिम्मेवारी महसुस गरेर निर्दलवादी, एक दलवादी, राजावादी, परम्परावादी, क्षेत्रीयतावादी, कम्युनिस्टवादी संविधान बन्न दिएन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थासहितको संविधान बनायौँ ।
महन्थ ठाकुर पक्षमा वरिष्ठ नेता हाबी भएको भन्दै दोस्रो तहका नेताको असन्तुष्टि
आफ्नै अधिवेशन धकेलिरहने पार्टी आम चुनावमा के होला?
इकागज संवादमा हेलम्बू गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा 'हेलम्बू र मेलम्चीमा ठूलो पहिरो आउनै बाँकी छ' ‘क्षति रोक्न तत्कालै खोलाको बस्ती सार्ने र तारजाली आवश्यक छ’
स्थलगत निरीक्षण जहाँबाट हेलम्बु र मेलम्चीमा बाढी आयो (फोटोफिचर)
२००७ सालको डायरी राणाको क्लबको प्रवेश शुल्क र गृहमन्त्री बीपीको मासिक तलब दुवै १५ सय ‘राणाहरूले यस नेपाल राज्यलाई आफ्नो पैतृक सम्पत्ति नै सम्झेका थिए । तिनीहरूको दृष्टिमा सबै वर्णका मानिस तिनीहरूको दासता गर्न ब्रह्माले पठाएका थिए ।’ ...... ‘वि.सं. २००८ साउन २४ गते हिरण्यशमशेर (सुवर्णशमशेरका बाबु) परलोक भए । यिनी श्री ३ भीमशमशेरका भित्रिनीपट्टिका छोरा हुन् ।....त्यसपछि हिरण्यहरूले राणाद्रोह स्पष्टसँग गरे । तिनका छोरा सुवर्ण त रोणाद्रोहीहरूका अग्रणी भए ।
तिनकै धनले निर्धन कोइरालाहरूको ठूलो उपकार गर्यो ।’
............ २००७ चैत ३० गते उनी लेख्छन्, ‘आज बिहान गोरखा दलका महामन्त्री भरतशमशेरलाई गृहमन्त्री विश्वेश्वरको आज्ञाले आइजीपी तोरणशमशेरले पक्री ठानामा थुने ।....विश्वेश्वरले हानेको गोलीले केही मानिस मरे । त्यसपछि मुक्तिसेनाका बन्दुकधारी सिपाहीहरूले आएर भरतशमशेरलाई जिउँदै पक्रे । नेता भरतशमेशर भएकाहरूले केहीलाई घाइते पारे, विश्वेश्वरलाई नारायणहिटी दरबारमा लगियो ।’ ......... डायरीमा पन्तले उसबेलाका गृहमन्त्री बीपी कोइरालाको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । उनी लेख्छन्, ‘हामीले प्रजातन्त्र व्यवस्था चलाउन उद्योग गरेका छौँ भनी मुखले भन्ने नेता भनाउँदा यिनीहरूले अदालतमा दोषी ठहर नभइसकेको मानिसलाई कसरी समात्लान् वा समातेर झ्यालखानामा थुन्लान् भन्न प्रजातन्त्र बुझेको कुन मानिसले भन्न सक्ला ?’ पन्तले अदालतको फैसालविनै भरतशमशेरलाई सोझै जेल हाल्नु अप्राजातान्त्रिक हो भन्दै यस्तो काम राणाशासन अर्थात् एकतन्त्रमा मात्र सुहाउँछ भनेका छन् । पन्तको टिप्पणी छ- बीपी प्रजातन्त्रको नीति-नियमअनुसारै चल्ने खालका मान्छे नै हुन् त ? .............. डायरीमा बीपी कोइरालाकै अर्को रोचक प्रसंग पनि छ । बीपीले गृहमन्त्रीबाट राजीनामा दिइसकेका थिए । उनी वनारस गए । त्यहाँ उनले आफूले पढेको हरिश्चन्द्र कलेजलाई पाँच हजार रुपैयाँ चन्दा दिए । यो खबर नयराजले ‘सन्मार्ग’ पत्रिकामा पढे । नयराजलाई लाग्यो- विश्वेश्वर ९ महिना मात्र गृहमन्त्री भए । महिनाको १५ सय रुपैयाँ गरेर जम्मा उनले १३ हजार पाँच सय रुपैयाँ बुझे । उनी घरमा सम्पन्न मान्छे पनि होइनन् । त्यस्ता मान्छेले यत्रो चन्दा कसरी दिए ? यो खबर पढ्दा नयराजलाई ‘धेरै खर्च गर्नेलाई शंका गर्नू’ भन्ने कौटल्यको सूत्रको सम्झना भयो । ............. प्रजातन्त्र आएपछि विलास प्रचुर मात्रामा बढ्यो र त्यसमा राजपरिवार र राणापरिवारको ठूलो हात रहेको भन्दै उनले लेखेका छन्- जावलाखेलमा श्री ३ जुद्धको दरबारमा उनका नाति युवराजशमशेरले नेपाल होटलको नाउँले एउटा होटल र त्यहीँनाइट क्लब खोलेका थिए । त्यस क्लबको प्रवेश शुल्क मात्र १५ सय रुपैयाँ थियो । त्यहाँ त्रिभुवन बराबर जान्थे ।
त्यतिले नपुगेर नारायणहिटी दरबारमा पनि बराबर बल डान्स हुन्थ्यो ।सत्ता सहकार्य लुम्बिनी प्रदेश : फागुन २ सम्म केसी मुख्यमन्त्री, ३ देखि कनौडिया
Thursday, August 05, 2021
हेर्दै उचक्का
उपेन्द्र गच्छेदार?
नयाँ दल गठनको अभ्यासमा ठाकुर स्रोतका अनुसार जिल्लामा समन्वय र बैठक गर्न मोटो रकम ठाकुर समुहले खर्चिरहेको छ ।महँगा होटेलहरुमा बैठक र ठाकुर– भण्डारीलाई विमानस्थलमा स्वागत गर्न भीड जुटाउन आवश्यकता भन्दा बढी रकम उपलब्ध गराइएको स्रोतले जनाएका छन् । पूर्व राजपाको धनुषामा रहेका चार दर्जन बढी केन्द्रिय सदस्य मध्ये तीन दर्जन बढीको बैठकमा सहभागिता रहेको प्रदेश सभासदस्य परमेश्वर साहले बताए ।‘जसपाको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको फैसला गलत रहेकाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएकोछ’उनले भने, अदालतको फैसला नआए सम्म हामीपनि जसपा नै छौ । ‘पार्टीको आधिकारिकता जसपाका अध्यक्ष उपेन्द्र यादव समुहलाई दिएपनि महन्थ ठाकुरलाई अध्यक्षबाट हटाइएको छैन्’ साहले भने ........ स्रोतका अनुसार ठाकुरले बैठकबाट दल गठन गर्न सक्ने शक्तिको अनुमान गर्ने छन् ।उनीहरुले महोत्तरी जिल्लामा शुक्रवार बृहत्त बैठक बोलाएका छन् ।जसपाको अध्यक्ष कै रुपमा ठाकुरलाई प्रचार गरिएको छ ।बैठकमा पूर्व राजपालाई बोलाएपनि ठाकुरलाई जसपाको अध्यक्ष र सिंहलाई नेताको रुपमा प्रचार गरिदैछ । तर राजपाका पूर्व अध्यक्ष एवं हाल जसपाका महोत्तरी जिल्ला अध्यक्ष रहेका नागेन्द्र यादवले जसपाको जिल्लामा कुनै भेला आयोजना नभएको बताएका छन् । ...... यादव समुहले कार्वाही नगरे सम्म जसपामै रहेर अर्को दल गठनको तयारी गर्ने रणनीति ठाकुर समुहले बनाएको छ ।जसपा छाड् दा सांसद पद समेत खारेज हुने भएकाले जसपामै रहेर अलगै अभियान चलाउने रणनीति अनुसार नै धनुषा र महोत्तरी जिल्लामा संगठनात्मक शक्तिको अनुमान गर्न भेला आयोजना गरिएको छ । सभासद साहका अनुसार भेलामा ठाकुरका अतिरिक्त सांसदद्वय राजेन्द्र महतो, शरतसिंह भण्डारी र प्रदेश सभासदस्य बाबुलाल साह रहने छन् । ...... पूर्व राजपाका दुई जना संयोजक महेन्द्र राय यादव र राजकिसोर यादव आधिकारिक समुहमा सकृय छन् ।उनीहरुको पूर्व राजपामा रहेको जिल्ला स्तरीय संगठन समेत आधिकारिक समुहमा विलय भइसकेको छ ।