ओलीको वक्तव्यको भ्रममा नपर्न खनाल–नेपाल पक्षको अपिल अपिलको बुँदा नं. १ नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित (वक्तव्यसहित)
देउवा, प्रचण्ड र माधवबीच यी चार विषयमा भयो छलफल
कोरोनाको तेस्रो लहरसँग जुध्न मन्त्रालयको तयारी सुरु भइसक्योः स्वास्थ्यमन्त्री तामाङ
राप्रपामा अन्तरविरोध : कमल थापाले भने– दुईवटा ‘अल्छी घोडा’ को चेपुवामा परियो !
ओलीको प्रस्ताव ‘कपटपूर्ण’ भएको खनाल–नेपाल पक्षको ठहर
माधव पक्षका नेतालाई मन्त्री बनाउन ओलीको पर्खाइ
प्रदेश नम्बर २ : आधिकारीकताको प्रतीक्षामा महन्थ पक्ष
प्रदेश नम्बर २ : मन्त्रालय बाँडफाँडको कुरा मिल्नासाथ मन्त्रिमण्डल विस्तार
मोदीसँग ओलीको आग्रह– अरु देशको तुलनामा फरक व्यवहार होस्
ठाकुर समूहको बठ्याइँ : बहुमत हस्ताक्षर जुटाउन नसकेपछि कोभिड संक्रमणको बहाना निर्वाचन आयोगले एक साता नकुर्ने, अन्य कागजातका आधारमा निर्णय गर्ने ....... सचिवालयका सबै कर्मचारीमा कोभिड-१९ संक्रमण भएको बहाना बनाएको देखिन्छ । ..... जसपामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने कि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी मोर्चालाई सहयोग गर्ने भन्नेमा विवाद भएपछि व्यवहारिक रूपमा फुटिसकेको छ । अब कानुनी रूपमा मात्रै फुट्न बाँकी छ । ....... आयोगका सचिव अधिकारीले ठाकुर समूहले मागेको एक साता समय कुर्ने सम्भावना कम रहेको बताए । ‘एक साताको समय मागेर निवेदन आएको भए पनि आयोगमा छलफल भइरहेको छ । एक दुई दिनमा निर्णय हुन्छ,’ सचिव अधिकारीले भने, ‘माइन्यूट नदिए पनि अरु तथ्य र प्रमाण हेरेर निर्णय हुन सक्छ ।’ ... ‘हामीले सचिवालयलाई भोलि कानुन अनुरुप जसपासम्बन्धी कागजात पेस गर्न भनेका छौं । पेस भएपछि बोर्ड बैठकले निर्णय गर्छ, ढिला हुँदैन,’ प्रमुख आयुक्त थपलियाले इकागजसँग भने ।
जसपाको आधिकारिकताबारे निर्णय छिट्टै : निर्वाचन आयोग अनुसूची १८ बमोजिमका कागजात बुझाउने म्याद आजसम्म ....... ‘हामीले आज साँझसम्मको समय दिएर पत्र पठाउन भनेका थियौं । अध्यक्ष यादव पक्षले पत्र पठाइसकेको छ, ठाकुर समूहको आइपुगेको छैन,’ थपलियाले भने, ‘ठाकुर समूहको पनि आज आइपुग्यो भने केही दिनमै कानुन अनुरुप निर्णय गर्छौं ।’
ओलीको ‘अन्तिम शकुनि जाल’ ‘यो विपक्षी गठबन्धनबाट हामीलाई अलग्याउने खेल हो । त्यसपछि माधवकुमार नेपाल-झलनाथ खनालभन्दा अविश्वसनीय मानिस कोही पनि रहेनछ देखाइनेछ । फेरि ओलीसँग मिलेपछि हामीलाई सिध्याइदिए भइहाल्यो ? त्यसपछि न मुद्दा, न पार्टी ? ओलीको यो शकुनि जालमा फँस्न कोही जानु हुँदैन ।’ उनी भन्छन्, ‘यो चारैतिरबाट पराजित भए अन्तिम जेठ २०७५ जेठ ३ मा फर्किन तयार छु भन्नु नाटकका भाषा हुन् ।' ....... ‘अब मन्त्रिपरिषद् बैठक राखी प्रतिनिधि भंग गर्ने निर्णय फिर्ता लिन्छु भनी राष्ट्रपति कहाँ पठाउनु पर्यो । त्यसो गर्ने हो भने सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनका हकमा केही गर्नु नै परेन । प्रधानमन्त्रीको सिफारिस सर्वोच्च अदालतमा पठाइदिनुहुन्छ, त्यसपछि सर्वोच्च अदालत यसमा अघि बढ्नै पर्दैन ।' ....... ‘यदि केपी ओली इमान्दार हुन् भने....?’ खतिवडा भन्छन्, ‘प्रधानमन्त्रीले यति मात्रै पठाए हुन्छ, प्रतिनिधि सभा विघटन गर्ने निर्णय गल्ती भएको रहेछ भने हुन्छ ।’ ....... ‘विपक्षी गठबन्धनमा रहेर सर्वोच्च अदालत विचाराधीन मुद्दा हामीले फिर्ता लियौँ भने ओलीले फेरि हामीलाई रिंग्याउन थाल्छन् । हामीले त्यो फिर्ता लिनेबित्तिकै हामी सकिन्छौं । ओली फेरि उस्ताको उस्तै हुन्छन् ? त्यसैले मुद्दा फिर्ता लिने जस्तो घातक अरु केही हुन सक्दैन ।
मुद्दा फिर्ता लिनु र एकै सासमा सकिने विष सेवन गर्नु बराबर हो ।
केपी शर्मा ओलीको माखेसाङ्लोमा परिँदैन । ........ तपाईँहरूले बुढो घाइते बाघ र लोभीको कथा सुन्नु भएकै होला ? घाइते बाघले आक्रामण गरी केही पनि खान र गर्न नसक्ने स्थिति पुगेपछि लोभीलाई सुनको बाला देखाउँछ । म केही गर्दिन आऊँ भन्छ । अनि लिन गएपछि झ्याप्प समातेर बसी-बसी खान्छ । केपी शर्मा ओलीले गर्न खोजेका त्यही हो । ......... यो जाझेल, षडयन्त्र, कपट जे-जति शब्द छन्, तिनलाई प्रयोग गर्न कुनै कसर बाँकी नराख्ने केपी पतनको अन्तिम विन्दूमा पुगेपछिको अभिव्यक्ति हो । अथवा, यो भेन्टिलेटरमा राखिएको बिरामीले बोलेको शब्द हो, पार्टीका हकमा । नत्र हामी फागुन २३ देखि यही माग राख्दै आएका हौं । हाम्रा अडान पूरा गर्नुको बदला उचाल्ने, पछार्ने, गाली गर्ने मानिसले यतिखेर के त्यस्तो करिस्मा भयो र राति आह्वान गरेका हुन् ? ......... उनले हामीलाई ‘झुक्याउन’ ललिपप देखाएका हुन् । पार्टीमा समझदारीका निम्ति हामीले केही बाँकी राखेका थियौं र ? ओली कार्यदलका संयोजक भीम रावललाई अपमानित तरिकाबाट पार्टीबाट निस्काशन गर्ने ? पार्टीलाई समझदारीमा ल्याउन खटेका नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पार्टीबाटै निस्काशन गर्ने ? ....... केपी शर्मा ओली सबैतिरबाट पराजित... पराजित.... भएपछि झुक्याउन गरिएको जाली काम हो । ......... ओलीले गर्न बाँकी राखेका केही छन् र ? उनले राष्ट्रपति संस्थालाई दुरुपयोग गरेका छन् । संविधानलाई धुजाधुजा बनाएका छन् ? राष्ट्रपति विद्या भण्डारीसँग राति २ बजे फोनबाटै प्रतिनिधि सभा विघटन गरिएको हेर्नोस् ? राति २ बजे प्रतिनिधि सभा भंग गरेको सदर हेर्नोस् ? दुनियाँ यस्तो पनि हुन्छ र ? ......हामीलाई कुनै वास्ता छैन, तर ओली राजेन्द्र महतोलाई १० वटा मन्त्रालय दिन्छन् ? जबकि एकीकृत हुँदै आएको माओवादी ओलीले जम्माजम्मी सात वटा मन्त्रालय दिएका थिए । समान हैसियतमा एकता गरेको माओवादीलाई सात मन्त्री दिए, माधवकुमार नेपाललाई दुई वटा मन्त्री दिए । जम्मा १५-१६ सिट भएको राजेन्द्र महतोलाई १० मन्त्रालय दिइएको छ ।
........ अनि आह्वानमा जनवर्गीय संगठन ‘मूलभूतः’ पुरानै स्थापित हुनेछन् भन्ने बुँदा छ । यसमा पुरानै स्थापित हुनेछन् भनिसकेपछि ‘मूलभूतः’ किन जोड्नुपर्यो ? जेठ २ भन्दा अगावैका हुनेछन् मात्र किन लेखिएन ? र, किन लेखियो ‘मूलभूतः’ ? त्यो खेल्ने काम हो । त्यसमा समस्या परेमा कार्यदलले निर्णय लिनेछ भनिएको छ, यसमा किन कार्यदल चाहियो ? अनि कार्यदल राखेपछि महिनौ लम्बाई दिने र आफू प्रधानमन्त्री-अध्यक्ष भइरहने खेल हो ।एमाले मिलाउन दोस्रो तहका नेता सक्रिय छलफलमा संस्थापनका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ, प्रदिप ज्ञवाली तथा खनाल-नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी छन् । ....... पार्टी विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार ६ बुँदे प्रस्ताव राखेका थिए । त्यो प्रस्ताव अल्मल्याउने खालको भएको भन्दै नेता नेपालले ६ बुँदे नै जवाफ फर्काएर मान्य नभएको बताएका थिए । ...... नेपाल समूहले ओलीले प्रतिनिधि सभा विघटन गरेकोमा गल्ती गरे भनेर आत्मालोचना गर्नुपर्ने र पाटी समितिहरूलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएपछि मात्रै पुनर्मिलन हुन सक्ने बताएको छ । ओलीले भने २०७५ जेठ ३ गतेको समितिका आधारमा मिल्ने भन्दै आह्वान गरेका छन् ।
ओली सरकारमा जाने मधेसीहरू वेदानन्द र बद्रीप्रसादका नयाँ अवतार क्रान्तिद्वारा जहानियाँ राणातन्त्र फालिएसँगै २००७ मा प्रजातन्त्र स्थापना भएलगत्तै मधेसमा पनि हक अधिकारको खोजी सुरु भएको थियो । त्यतिबेलै मधेस मुद्दामा चित्त नबुझेर कांग्रेसबाट छुट्टिएका असन्तुष्ट समूहले ‘तराई कांग्रेस’ स्थापना गरेका थिए । जसको नेतृत्व वेदानन्द झाले गरेका थिए । त्यो दशकमा मधेसकेन्द्रित राजनीति गर्ने अर्को व्यक्ति थिए, रघुनाथ ठाकुर । तत्कालीन मोरङ र हालको सुनसरी जिल्लामा जन्मिएका ठाकुरले २०१३ मा मधेस ‘जन-क्रान्ति’ नामक दल गठन गरेका थिए । मधेसमा मधेसीको स्वशासन उनको दलको प्रमुख माग थियो । .......... २०१५ सालको पहिलो आमनिर्वाचनमा मधेसकेन्द्रित राजनीतिको उभार ल्याउन नखोजेको होइन । तराई-कांग्रेस पार्टीले २१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए । मधेसी बाहुल्य जिल्ला सिरहाको निर्वाचन क्षेत्र नम्बर-४० बाट उमेदवार थिए, वेदानन्द झा । उनले ३९९९ मत प्राप्त गरेका थिए । जबकि नेपाली कांग्रेसका उम्मेदवार माधवबाबु रेग्मी ७५ सय मत ल्याएर विजय भए । नेपाली कांग्रेसका नेता सुवर्ण शमशेर राणाले राजीनामा दिएपछि बारा क्षेत्र नम्बर-५२ को उपनिर्वाचनमा वेदानन्द झाले जम्मा १४०२ मत प्राप्त गरेका थिए ।