 |
Animation of the structure of a section of DNA. The bases lie horizontally between the two spiraling strands. (Photo credit: Wikipedia) |
भोजपुरा प्रदेश र मधेसी मुस्लिम
धर्म निरपेक्षता र मानव अधिकार
केपी ओली र धर्म निरपेक्षता
भारत बाट आउने भाड़ा मा उपलब्ध बाबा जी हरु
उद्दण्ड मच्चाइ रहेको भारतीय बाबाजी
राज्य (state) को आफ्नो धर्म हुँदैन भनेको
जबरजस्ती धर्म परिवर्तन गर्ने तरिका के हो?
धर्म परिवर्तन गर्न पाउनु मानव अधिकार हो
Janakpur Muslims
धर्म निरपेक्षता सब भन्दा बढ़ी चाहिएको नेपालको हिन्दु लाई। हिन्दु राष्ट्र त २५० वर्ष देखि पृथ्वी ले "सच्चा हिन्दुस्तान" त बनाएर राखेको हो नि। त्यसले गरीबी र अंधकार बाहेक के दियो?
देश लोकतन्त्रमा जाने तर देशमा वाक स्वतंत्रता नहुने। त्यस्तो पनि हुन्छ? आज संसार मा जति विकसित देश छन सबै लोकतन्त्रको आधारमा धनी र विकसित र आधुनिक बनेका हुन। मान्छेको biology त जहाँ पनि उही हो। Brain त केपी ओली बाहेक सबै को टाउको मा छ।
मानव अधिकार सर्वमान्य घोषणापत्र हो। त्यो मानव अधिकार भनेको लोकतंत्र को
DNA हो। जुन देशमा मानव अधिकार छैन त्यहाँ लोकतंत्र छैन। मापदंड नै त्यही हो।
नेपालमा मुसलमान लाई बस्न दिने कि नदिने? बुद्धिस्ट ईसाई लाई बस्न दिने कि नदिने? प्रश्न त्यो हुँदै होइन।
प्रश्न हो, नेपालका हिन्दु गरीब भएर बस्ने कि धनी देशको नागरिक बन्ने? धनी आधुनिक देश बन्ने एक मात्र उपलब्ध बाटो हो लोकतंत्र। लोकतंत्र को DNA हो मानव अधिकार।
जुन देशमा धर्म निरपेक्षता छैन त्यस देशमा लोकतंत्र छैन। कि त लोकतंत्र चाहिएन, धनी देश बन्नु छैन भन्नुपर्यो।
तपाइँ को भगवान ले भोको पेट बस मोक्ष पाइन्छ भनेको छ भने माग्नुस हिन्दु राष्ट्र।
धर्म निरपेक्षता बिना देश धनी र आधुनिक बन्दैन भने त्यो धर्म निरपेक्षता आखिर हो के? नेपाली नागरिक हिन्दु हुन पाउँदैन भन्ने हो?
धर्म निरपेक्षता भनेको राज्य (state) को धर्म हुँदैन भनेको। नागरिक को धार्मिक स्वतंत्रता को त्यो भन्दा राम्रो गारंटी र insurance अर्को हुने सक्दैन। राज्य (state) को आफ्नो धर्म हुँदैन भने जुन सुकै नागरिक को जे सुकै धर्म भए राज्य (state) लाई फरक नै परेन।
धर्म निरपेक्षता भनेको राज्य (state) ले धर्म मा पैसा खर्च गर्नु गैर कानुनी हुन्छ।
तर नागरिक को आफ्नो धर्म हुन्छ। प्रधान मंत्री को आफ्नो धर्म हुन्छ। सरकारी कर्मचारीको आफ्नो धर्म हुन्छ। अमेरिका मा जति धार्मिक मानिस संसारमा कहीं पनि छैन। युरोप मा पनि छैन।
नेपाल धनी देश बन्यो भने धनी हिन्दु नेपाली नागरिक ले पैसा खर्च गरेर "जा अमेरिका मा ईसाई लाई हिन्दु बना, अभियान चला" भन्न पाइयो। अहिले त गाँठ छैन। त्यो धनी देश बनने बाटो धर्म निरपेक्षता हो।