साउनभित्र संविधान ल्याउन नसके ०६९ जेठ २ को नियति: नेम्वाङ
बजेटमा तराई मधेस
काठमाडौं-तराई मधेस द्रुतमार्गको निर्माण थालिने
संविधानको मस्यौदा विरुद्ध आन्दोलन आब्हान
छी ! यस्तो पनि मस्यौदा ?
बजेटमा तराई मधेस
१० नयाँ सहरको निर्माण, सडकहरुको स्तरोन्नति, विमानस्थलको विस्तार, खानेपानी, सिंँचाइ ...... – ५ वर्ष भित्र हुलाकी सडकको निर्माण सम्पन्न गर्ने गरी आगामी आर्थिक वर्षमा ३ अर्ब १९ हरोड – भिट्टामोड–जनकपुर सडकका लागि २५ करोड – तराईका रणनीतिक महत्वका ४७ सडक बनाइने – ४८ वटा डीप बोरिङ जडान – चुरे संरक्षणका लागि १ अर्ब ९६ करोड – भारतीय सीमासँग जोडिएका जटही–जनकपुर– बर्दिबास, बीरगंज–पथलहिया, भैरहवा–बुटवलका सडक ६ लेन बनाइने । – काठमाडौं–निजगढ फास्ट ट्रयाकको काम आगामी वर्षबाट थाल्न १ अर्ब बजेट – भैरहवा विमानस्थल २ वर्ष भित्र निर्माण सक्ने गरी २ अर्ब ५० करोड – लुम्बिनीमा बुद्ध सर्किटको विकास – जनकपुरको वृहत विकास योजनामा बजेट – पर्सा देखि सप्तरी सम्मका जिल्लाका १ सय १४ गाविस र ४ वटा नगरपालिकामा आर्य आर्जन र सचेतनाका कार्यक्रम – नेपालगञ्जमा चक्रपथ निर्माण – दलित विद्यार्थीका लागि रामनारायण मिश्र छात्रवृतिको निरन्तरतातराईमा आधुनिक सुविधा सम्पन्न १० शहर निर्माण गरिने
काठमाडौं-तराई मधेस द्रुतमार्गको निर्माण थालिने
सरकारले विराटनगर, जनकपुर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा आवश्यक सहरी पूर्वाधारहरुको विकास गर्ने जनाएको छ । अहिले यी सहरहरुलाई लक्षित गरी ६ लेनको व्यापारिक मार्ग निर्माण भइरहेको छ । ...... सरकारले तराई मधेसलाई राजधानीसँग जोड्ने काठमाडौं-तराई मधेस द्रुतमार्गको निर्माण आगामी वर्ष सुरु गर्ने बताएको छ । यसका लागि १ अर्ब रुपैयाँ छुट्टाइएको छ । ....... तराई मधेसको पूर्वाधारमा विशेष महत्व राख्ने हुलाकी राजमार्गलाई ५ वर्षभित्र सम्पन्न गर्ने गरी ३ अर्ब १९ करोड विनियोजन गरिएको छ । त्यस्तै, पूर्व पश्चिम राजमार्गको स्तरोन्नती गरी ४ लेनको बनाउने काम शुरु गर्न सरकारले बजेट विनियोजन गरेको छ । ...... मिथिला क्षेत्र सडक सुधारका लागि ३१ करोड विनियोजन गरिएको छ । त्यस्तै, बर्दिवास-सिमरा खण्डको रेल्वे ट्रयाक निर्माण र जग्गा खरिदका लागि १ अर्ब ८६ करोड विनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् । ...... तराई-मधेशका १२ जिल्लाहरुमा धान उत्पादनको पकेट क्षेत्र विकास गरिने भएको छ । यहाँको सबै कृषियोग्य भूमिमा पाँच वर्षभित्र सिँचाइ सुविधा उपलब्ध गराउने सरकारले घोषणा गरेको छ । ...... आगामी वर्ष तराई-मधेशमा ४८ वटा डी ट्युबेलहरु जडान गरिने छ । निर्माणाधीन सिक्टा, रानी-जमरा कुलरिया र बबई सिँचाइ योजना निर्माणका लागि ३ अर्ब ७६ करोड छुट्टाइएको छ । वृहत सिँचाई आयोजनाहरु पुनस्र्थापनाका लागि ५२ करोड छुट्टाइएको छ । ..... चुरे विनाश रोक्नका लागि १ अर्ब ९६ करोड बजेटमा विनियोजन गरिएको छ । तराई-मधेसलाई राजधानीसँग जोड्ने काठमाडौं-निजगढ द्रुतमार्गको निर्माण आगामी वर्ष शुरु गर्ने सरकारले घोषणा गरेको छ । ...... भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आगमी दुई वर्षभित्र सम्पन्न गर्ने गरी २ अर्ब ५० करोड विनियोजन गरिएको छ । अन्तरदेशीय प्रशारण लाइनहरुको निर्माणलाई तीब्रता दिइने भएको छ । ....... लुम्बिनी र जनकपुरको विकासका लागि पनि सरकारले बजेट विनियोजन गरेको बताएको छ । लुम्बिनी क्षेत्रको गुरुयोजना अनुरुपका कार्यहरु शीघ्र सम्पन्न गर्ने गरी बुद्धिष्ट सर्किटको प्रारम्भिक कार्य शुरु गर्ने बताइएको छ । ......प्रचण्डको भारत भ्रमण किन ?
तराईका पिछडिएका दलित र सीमान्तकृत वर्गका कक्षा ११ र १२ मा अध्ययनरत ८० हजार छात्राहरुका लागि रामनारायण मिश्र विशेष छात्रवृत्ति प्रदान गरिने भएको छ ।
गुजरातको अवलोकन । विनाशकारी भूकम्पपछि गुजरातले चामत्कारिक विकास गर्यो । देशमा भर्खरै विपत आइलाग्यो । यो विपत व्यवस्थापनका लागि गुजरात उदाहरण हुन सक्छ । गुजरातमा गरिएको पुनर्निर्माण हाम्रा लागि मोडल बन्न सक्छ । ....... प्रधानमन्त्री भीमसेन थापाले भारतीय अंग्रेजविरुद्ध पन्जाबका राजा रणजित सिंहलाई संयुक्त मोर्चाको देशभक्तिपूर्ण आह्वान गरेका थिए । तर, सुगौलीसन्धि उप्रान्त भीमसेन थापालाई आत्महत्या गराउनेसम्मका घातक षड्यन्त्रहरू भए । जंगबहादुर राणा अंग्रेजको पक्षमा उभिएर उपहारस्वरूप देशीय स्वतन्त्रता कायम राख्ने नीतिमा लागे । फलस्वरुप बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता ल्याए । राणा शासनविरोधी सशस्त्र आन्दोलन कम्युनिस्ट बाटोमा जान नदिने योजनाका साथ दिल्ली सम्झौता गराइयो । कतिपयका अनुसार भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको नियन्त्रणमा तयार गरिएको सम्झौतापत्रमा राजा, राणा र कांग्रेसलाई जबर्जस्ती हस्ताक्षर गराउने काम भएको थियो । त्यस सम्झौताको स्वामित्व लिँदै अघि बढेका बिपी कोइरालाले पनि नेपाल–भारत सम्बन्ध परिभाषित गर्ने प्रयत्न गरेको देखिन्छ । अन्त्यमा प्रधानमन्त्री इन्दिरा गान्धीको समर्थन नेपालको राजालाई भइरहेको स्थितिका विरुद्ध राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी स्वदेश फर्केका थिए । सन् १९९० मा संयुक्त जनआन्दोलनपछि मदन भण्डारीले राष्ट्रिय स्वाभिमानको अडान लिएको बताइन्छ । तर, कतिपय कूटनीतिक प्रश्नमा व्यावहारिक कौशलता प्रदर्शन गर्न नसक्दा दासढुंगाकाण्ड घटाइएको आशंका गरिन्छ । लामो समय यथास्थितिवादी क्रियाकलापमा रहे पनि माओवादी जनयुद्ध विकास क्रममा गिरिजाप्रसाद कोइरालाको पनि स्वतन्त्र पहल रहेको मान्नुपर्छ । ...... पशुपति मन्दिरबाट भारतीय पुजारी हटाउने र सोलुखुम्बुमा राकेश सुदलाई जुत्ता प्रहार ...... इतिहासको ब्याजस्वरुप भारतीय शासकवर्ग एवं बुद्धिजीवीहरू नेपाल र नेपालीलाई हेप्ने गर्छन् । ...... नेपाली शासकवर्ग तथा अधिकांश बुद्धिजीवीहरू भारतसँगको व्यवहारमा राष्ट्रिय हित बिर्सन्छन् र भारतलाई तथाकथित ठूलो दाजुको व्यवहार गर्न पुग्छन् । परिणाममा ती शासक तथा बुद्धिजीवीहरू राष्ट्रिय आत्मसमर्पणवादी दलालमा परिणत हुन्छन् । ...... महामहिम जयन्तप्रसादलाई हामीले यो पनि स्मरण गराएका थियौं कि नेपाल र नेपाली मात्र होइन, पाकिस्तानसँग भारतको सम्बध के छ ? बंगलादेश, भुटान र माल्दिभ्ससँगको सम्बन्ध कस्तो छ ? श्रीलंकासँगको गलत सम्बन्धले त प्रधानमन्त्री राजीव गान्धीको ज्यान नै लिएको इतिहास साक्षी छैन र ? पाकिस्तानप्रति भारतको गलत नीतिले त्यहाँ डा. आजाद खान जन्मायो, जसले पाकिस्तानलाई आणविक शक्तिसम्पन्न मुलुक तुल्याएका थिए भने नेपाल र नेपाली जनता मात्र भारतप्रति आक्रोशित बनेको ठान्नु स्वाभाविक रूपमा गलत हुन्छ । ....... हिमालय दक्षिण सबै भारत बनाउने नेहरु डक्ट्रिनलाई मोदी सरकारले खारेज गर्न सक्नुमा विश्वनेताको योग्यता अन्तर्र्निहित सम्झनुपर्छ । ....... अध्यक्ष प्रचण्ड .. उनी प्रधानमन्त्री हुँदा भारत भ्रमणका बखत त्यहाँ मजदुरी गर्ने लाखौं नेपालीको उत्साह उत्कर्षमा थियो । त्यसको सम्बोधन निम्ति संघीय गणतन्त्र नेपालको उचाइमा प्रधानमन्त्री डा. मनमोहन सिंहसित संयुक्त वक्तव्य दिने तयारी गरियो । तर, वक्तव्यमा उल्लिखित एजेन्डा यथास्थितिवादी तहमा कुण्ठित गराउन त्यहाँका प्रशासनिक अधिकारी, विशेषतः ‘रअ’ जोरजुलुमसाथ लागिपरेको एवं त्यसपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले उत्साहित जनताको सम्बोधन गर्न एकल वक्तव्य दिने तयारी गर्नुपरेको तीतो अनुभव एकीकृत माओवादीसँग छ । ....... जसलाई लुम्बिनीमा बुद्धको जन्मपछिको नेपालमा ऐतिहासिक उपलब्धिका रूपमा बुझ्नुपर्छ । ......... ‘छिमेकी साट्न मिल्दैन ।’ .... सोह्रबुँदे सहमति आधारित मस्यौदा संविधान प्रस्तुत भइसकेको छ । संविधान निर्माण कार्यप्रति उग्र दक्षिण र वाम प्रवृत्तिहरू एउटै स्वरमा विरोध गर्दै छन् । यस्तो बेला छिमेकी भारतको सहयोग जुटाउनु व्यावहारिक दृष्टिले गम्भीर महत्व राख्छ । यो पक्षलाई नजरअन्दाज गर्नु असल छिमेकीको परिपक्वता हुन सक्दैन । ....... माओत्सेतुङले कायम गरेको गरिमा लिपुलेकको प्रश्नमा सि–जिङ पिङबाट उल्लंघन भयो । जसले नेपालीहरू गम्भीर सशंकित बन्नुपरेको छ । ...... विगत दातृ सम्मेलनमा आएकी भारतीय विदेशमन्त्रीले जुलाईमा अध्यक्ष प्रचण्डलाई भ्रमणको निम्तो दिएकी थिइन् । ...... नेपालको राष्ट्रिय हित बिर्सेर अन्यथा गर्ने काम प्रचण्डबाट सोच्नसम्म सकिँदैन ।के प्रचण्ड राष्ट्रपति बन्दैछन् ?
दिल्ली जान लागेका प्रचण्डलाई एयरपोर्टमा उत्तेजित कार्यकर्ताले ‘राष्ट्रपति कमरेड प्रचण्ड’ को संज्ञा दिँदै नारावाजी गरे । ...... जानकारहरुका अनुसार प्रचण्ड कार्यकारी प्रमुख राष्ट्रपती हुनेगरी कांग्रेस र एमालेलाई बाध्य पार्न चाहन्छन् । सोही रणनिती अन्तर्गत दिल्लीलाई खुसी बनाएर कार्यकारी प्रमुख सहितको शासकिय स्वरुपमा कांग्रेस एमालेलाई सहमत गराएमा प्रचण्डको राष्ट्रपति सपना टाढा छैन । तर , कार्यकर्ताको नारा, दिल्ली भ्रमण र राष्ट्रपतीको हल्ला संयोग हो या बास्तवीकता त्यो भने भविष्यको गर्भमा छ ।जनमुक्ती र समाजवादी पार्टीवीच एकीकरण हुने
संविधानको मस्यौदा विरुद्ध आन्दोलन आब्हान
छी ! यस्तो पनि मस्यौदा ?