|
Enemy (Drowning Pool song) (Photo credit: Wikipedia) |
Dictatorships go to war with each other. Democracies don't go to war with each other. त्यो राजनीति शास्त्र को एउटा सिद्दांत हो। किनभने एउटा तानाशाही मा जहिले पनि external enemy चाहिन्छ। गल्ती हुन्छ तानाशाह को। गरीबी हुन्छ, भोकमरी हुन्छ नार्थ कोरिया मा जस्तो। तर तानाशाह लाई दोष दिन त भएन। अनि अमेरिका सँग निहुँ खोज्यो बस्यो।
यसरी external enemy लाई finger pointing गर्दै गर्दै कति बेला miscalculate हुन्छ अनि युद्ध शुरू। ख्याल ख्याल बन्दुक तेर्स्याङ्दा कति बेला misfire हुन्छ। Dictatorships feed on wars. युद्ध को समयमा जनतामा अंध "देशभक्ति" जगाउन सजिलो भइदिन्छ।
बाह्य दुश्मन को जरुरत नेपाल मा किन परेको? त्यो पनि भारत जस्तो देश सँग। किनभने नेपाल लोकतंत्र भइ नसकेको देश हो। लोकतन्त्रमा सरकारको १००% संयन्त्र संसद को अधीनमा हुन्छ। पार्टी हरुले मेनिफेस्टो लिएर जनता सँग वोट बटुल्छन्। मैंडेट को भरमा सरकारी संयत्र चलाउँछन्। नेपालमा पुच्छर ले कुकुर हल्लाएको अवस्था छ।
पुर्ण लोकतंत्र मा भ्रष्टाचार को संभावना एक दम कम भएर जान्छ। किनभने जनता मालिक। पुर्ण लोकतन्त्रमा विकास तीव्र हुन्छ। किनभने जनता मालिक। फरक फरक किसिमका मानिस एक ठाउँमा बसेकोले कुरा नमिल्ने भए संसारको सबै भन्दा ठुलो गृह युद्ध हुनुपर्ने न्यु यॉर्क शहरमा। शान्ति छ। उल्लास छ।
विगत चुनावमा नेपाल सेनाले धाँधली गर्यो। प्रहरी प्रशासनले धाँधली गर्यो। अब हुने स्थानीय निर्वाचनमा पनि
व्यापक धाँधली हुनेछ। Everyone seems to be resigned to that fact. त्यो किन? Where is the outrage?
निष्पक्ष निर्वाचन ऐन भनेर सबै दल ले law making गरेको खै? Law making is the solution. जस्तै पछिल्लो चुनावमा एउटा हल्ला के सुनियो भन्दा ---- निर्वाचन केंद्र बाट वोट गन्ने ठाउँ मा बक्सा लांदा बदमाशी भो। बदमाशी भो भने बक्सा लांदा विभिन्न पार्टी को मान्छे बक्सा सँगै जानै पर्ने कानुन किन नबनाएको? चुनाव लगत्तै? Lawmaking का लागि जुन सुकै सांसदले शुरुवात गर्न सक्छ।
A corrupt democracy is a distorted democracy, and the people suffer. देशमा व्यापक भ्रष्टाचार हुँदा आम जनताले दुःख पाउने, नेता र नेता वरिपरि का केही मानिस ले फाइदा पाउने हुन्छ। त्यो त राणा कालमा पनि हुन्थ्यो, शाह कालमा पनि हुन्थ्यो।