एमाले र माओवादी ले दुई तिहाई नै देखेका हुन। ओली ले ५ वर्ष प्रम नै देखेका हुन। प्रचण्डले देशको सबैभन्दा ठुलो पार्टी को अध्यक्ष र लगत्तै प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै देखेका हुन। द्वन्द कालको मुद्दा मुक़दमा को संभावना समाप्त भएको नै देखेका हुन। जताततै हरियो हरियो। अथवा रातो रातो। साउन मा अन्धो भएको गोरु।
तर physics मा जस्तै राजनीति मा पनि action reaction हुन्छ। क्रिया प्रतिक्रिया। आफै कुनै हालतमा एक ठाउँमा नआउने हरु प्रतिक्रिया का हिसाबले एक ठाउँमा आए। कमल थापा र पशुपति राणाले कांध मिलाए। वाम गठबंधन (Left Alliance) को जवावमा बृहद लोकतान्त्रिक गठबंधन (Grand Democratic Alliance) बन्यो। अथवा बन्ने प्रक्रियामा छ। यो नेपाल का पार्टी हरु ले नया उचाई प्राप्त गरेकै हो। चुनाव पछि गठबंधन बनने राजनीतिक संस्कृति बाट चुनाव अगाडि गठबंधन बनने राजनीतिक संस्कृति। पार्टी हरु परिपक्व भएका हुन नै। भारतमा NDA र UPA भए जस्तै। राम विलास पासवान हरु जता पनि ठीक्क। लालु को भाषा मा "मौसम वैज्ञानिक।"
एमाले ले ठुलो ह्रदय देखाए जस्तो देखियो। ५०-५०। तर त्यो हार्ने सीट हरु अरु लाई दिने चलाखी हो। काँग्रेस पनि ५०-५० मा जान बाध्य छ। अझ आफ्नो ऐतिहासिक आधार भुमि मधेसमा त राजपा-फोरम गठबंधन को जुनियर पार्टनर बन्नुपर्ने अवस्था छ। मधेसमा जित्ने तर मधेसी को मुद्दा लाई आफ्नो मुद्दा नमान्ने राजनीति ले आफ्नो डेट एक्सपायर मिति भेट्यो।
GDA पनि ५०-५० मा गए पछि ओली ले दौड़ जित्ने संभावना ५०-५० नै हो। पक्कापक्की छैन। In life there are no guarantees. Politics is like that.
संविधान संसोधन को मुद्दा कसैले माने पनि नमाने पनि केन्द्रविन्दु मा छ। संविधान संसोधन नभएरै चुनाव हुन्छ भने मधेसमा माओवादी अब एमाले हो। देश ध्रुवीकरण तर्फ जान्छ। पहाडमा एमाले मधेसमा राजपा-फोरम। पाकिस्तान एउटा पार्टी ले जितेको अनि पुर्वी पाकिस्तान अर्को पार्टीले जितेको अवस्था आयो। अनि बांग्लादेशको जन्म भयो।
चुनाव पछि कसले सरकार बनाउँछ कम महत्वको कुरा हो। संविधान संसोधन हुनु नहुनुले बढ़ी महत्व राख्दछ। हुँदैन भने उथलपुथल हुन्छ।