प्रथम गलती तर महंथ ठाकुर को हो
रणनीति मात्र बनाएर हुँदैन। पार्टी को अर्को अध्यक्ष लाई त्यस रणनीति मा राजी पनि गर्नुपर्छ। संवाद सम्म गर्न नचाहने भनेको प्रयास नगरेको हो नै। पार्टी का प्रमुख पाँच छ जना नेता लाई सँगै बसाएर गफ गर्न सक्नुपर्छ। एकै पटक निर्णय लिए। एक्लै निर्णय लिए। वार्ता दल का दुई सदस्य आफैले रोजे। एक्लै। ओली सँग वार्ता गर्नु सही रणनीति हुन सक्छ। सहकार्य पनि सही रणनीति हुन सक्छ। तर पार्टी को अर्को अध्यक्ष लाई पुरा माइनस गरेर जाने निर्णय ले पार्टी फुटको बीउ रोपको हो।
रणनीति सही हो कि होइन प्रश्न नै उठ्दैन। कार्यान्वयन मा पहिलो गाँस मैं ढुङ्गा।
राजपा र सपा को एकीकरण विशेष परिश्थिति मा भएको हुन सक्छ। पार्टी भित्र ओली लाई प्रचंड ले पेल्दै थिए। ओली लाई आफ्नै पार्टी फुटाउनु पर्ने थियो। त्यो अध्यादेश चाहिएको प्रमुख कारण त्यो थियो। तर जनता को मैंडेट थियो पार्टी एकीकरण। चुनाव अगाडि सपा र राजपा ले गठबंधन गरे। सँगै प्रदेश सरकार बनाए।
तर केंद्र मा उपेंद्र यादव ले गलती गरे। जनता को मैंडेट ओली को मंत्री बन्ने थिएन। सपा सरकार मा जानु ले पार्टी एकीकरण लाई पर पर सर्दियों। ओली लाई देखिनसहने र तथानाम गाली गर्ने बाबुराम। बाबुराम सँग एकीकरण गरे पछि यादव को चट भयो।
महाधिवेशन नगर्दा सम्म दुई जना अध्यक्ष हो। महामारी पछि महाधिवेशन गर्ने।
उपेंद्र यादव ले अर्को बदमाशी गरे, आफु संसदीय दलको नेता निर्वाचित हुने गारंटी नभएसम्म संसदीय दलको विधान नै पारित हुन नदिने।
तीनै जना तर मानसिक दासता रोग बाट ग्रस्त छन। प्रमुख समस्या त्यो हो।