देश पहिला बहुदल मा जानुपर्थ्यो। त्यस पछि गणतंत्र मा। त्यस पछि बल्ल संघीयता मा। यदि बहुदल र गणतंत्र स्कीप गरेर एकै चोटि संघीयता मा जाने कुनै बाटो थियो भने मैले त्यही बाटो तय गर्थें। तर थिएन।
जुन नेपाली र मधेसी जनता ले लगातार डेढ़ दशक सम्म आन्दोलन पछि आन्दोलन दियो त्यो उच्चतम राजनीतिक चेतना भएको जनता हो। बिजनेस मा भनिन्छ कस्टमर सधैँ सही हुन्छ। तपाईं को सामान अथवा सेवा ग्राहक ले किनेन भने ग्राहक गलत होइन।
राजनीति भनेको मुद्दा को आधार मा हुन्छ। अब त जनमत ले एउटा चुनाव पनि लडिसक्यो।
अबको चुनाव सीके राउत का लागि अंतिम मौका हो राष्ट्रिय पार्टी बन्ने। के सीके राउत को राजनीति को लक्ष्य देश लाई अर्को राष्ट्रिय पार्टी दिनु नै हो? देशमा राष्ट्रिय पार्टी हरु को कमी छ?
स्वीकार गरे पनि नगरे पनि जसपा, राजपा, जपा र त्रिपा मधेस आन्दोलन का राजनीतिक पांग्रा हरु हुन। २०४६ का कांग्रेस र वाम मोर्चा। सन २००६ का सात पार्टी र माओवादी।
जनमत ले एक्लै चुनाव लड्यो, गल्ती गर्यो म भन्दिन। फेरि एक्लै चुनाव लड़े गल्ती गर्नेछ त्यो पनि भन्दिन।
बहुदल पाउन कांग्रेस र वाम मोर्चा एक हुनु परेको थियो। गणतंत्र सम्म पुग्न तत्कालीन सात पार्टी र माओवादी एक हुनु परेको थियो। कांग्रेस र वाम मोर्चा २०३६ मा नै एक भएको भए बहुदल अझ चाडो आउने। तर शीत युद्ध को यथार्थ थियो। मुद्दा लाई हेरेर गरिएको यथार्थपरक गठबन्धन थियो।
मुद्दा हेर्ने हो भने जसपा, राजपा, जपा र त्रिपा त्यसै गरी एक ठाउँ आउन करै लाग्छ। चुनावी नतिजा को अंकगणित त्यही भनिरहेको छ। सन १९८९ मा बीजेपी र विपक्षी दल हरु किन एक ठाउँ आउनुपरेको? अंकगणित। अहिले त चार वटै राष्ट्रिय पार्टी स्टेटस गुमाउने ठाउँ मा पुगेका छन। राष्ट्रिय पार्टी स्टेटस गुम्नु भनेको संविधान संसोधन को मुद्दा हराउनु हो।
मधेस आन्दोलन लाई भ्रष्टाचार को विरोध गर्नु नपरेको छैन। मधेस आन्दोलन लाई किसान आन्दोलन चाहिएको हो। आर्थिक क्रांति चाहिएको हो। तर पहिला बहुदल, त्यस पछि गणतंत्र, बल्ल संघीयता भने जस्तै अहिले प्रथम कदम संविधान संसोधन हो। जसपा, राजपा, जपा र त्रिपा लाई एक ठाउँ मा ल्याउने मुद्दा भनेको त्यो संविधान संसोधन।
एक पार्टी बनेर चुनाव अगाडि नै एकता महाधिवेशन गर्न सकिन्छ। अथवा चुनावी मोर्चा बनाउन सकिन्छ। टीका लगाउ मलाई म अध्यक्ष बन्छु होइन कि महाधिवेशन गर्ने, चुनाव लड्ने। इच्छा लागेको जोसुकै। अझ तमलोपा पनि। केही ठाउँ चुनाव जित्न भ्याएको छ।
जसपा, राजपा, जपा, त्रिपा र तमलोपा।
एक पार्टी नबने पनि, चुनावी मोर्चा नबने पनि वार्तालाप त हुनुपर्ने। लोकतंत्र मा विचार अस्वीकार गर्न सकिन्छ तर व्यक्ति लाई अस्वीकार गर्न सकिँदैन। यी पाँच ध्रुव हरु को त उठबस पनि छैन। वार्ता गर्नुपर्छ। टीवी रेडियो मा वादविवाद गर्नुपर्छ। छलफल गर्नुपर्छ। आफु आफु मा गपसप पनि नगर्नु भनेको लोकतंत्र नमान्नु हो। मुद्दा पाँच वटा को एउटै तर बोलचाल पनि छैन। अनि त्यो मुद्दा गणतव्य सम्म कसरी पुग्छ त?
कांग्रेस र वाम मोर्चा एक ठाउँ आए जस्तै, सात पार्टी र माओवादी एक ठाउँ आए जस्तै जसपा, राजपा, जपा, त्रिपा र तमलोपा मुद्दा का आधार मा एक ठाउँ आउन करै लाग्छ। होइन भने खैरियत छैन। जसपा कै पनि राष्ट्रिय पार्टी स्टेटस गुम्न सक्छ।
एक पार्टी बन्ने निर्णय गरेमा भर्खर भएको चुनाव मा पाएको मतको आधारमा पदको भागबण्डा गर्ने नै होइन। एकीकरण पार्टी महाधिवेशन गर्ने र सबै समस्या को समाधान महाधिवेशन मार्फ़त खोज्ने हो। त्यति बेला सम्म कामचलाउ कमिटी हरु।
पाँच एक ठाउँ, एक चुनाव चिन्ह सम्म पुग्छन भने १५ लाख भोट पाउने पार्टी बन्ने हो। केन्द्र मा नै निर्णायक हुन सक्छ। सीके राउत मधेस प्रदेश को मुख्य मंत्री बन्न सक्छन।
पहिला घर झगड़ा मिलाउने अनि बल्ल संविधान संसोधन। नाम जनता पार्टी। चुनाव चिन्ह पंजा छाप। केन्द्रीय पदाधिकारी सबै निर्वाचित। केन्द्रीय समिति सबै निर्वाचित। पार्टी एकीकरण भनेको ईगो मैनेजमेंट हुन सक्दैन।
ठीक छ मधेस प्रदेश मा भ्रष्टाचार भएको छ तर काठमाण्डु मा ३० वर्षे मेलम्ची ले सयकडौँ बंगला हरु बनाएको कुरा खोइ गरेको? देश भरि स्थानीय तहमा भ्रष्टाचार भयो। पहाड़ी पुर्वाग्रही अख्तियार ले मधेस प्रदेश लाई मात्र टारगेट गर्यो। ऑफिस पनि कहाँ भन्दा बर्दीबाँस। पुर्वाग्रह त्यही देखियो। जनमत त्यस ट्रैप मा परयो। त्यो आत्म घृणा (Self-Hate) हो। त्यसले मधेस सशक्त हुँदैन। बुढ़ा हरु लाई फाल्ने तरिका हो पार्टी एक गर्ने, एक महाधिवेशन परखिने र दोस्रो महाधिवेशन मा पार्टी अध्यक्ष का लागि लडेर देखाइदिने। जित्ने। बोस्टन मा जे काम गर्दै थिए अहिले त्यस्तै काम जनकपुर बसेरै गर्न सकिन्छ। गर्ने। हप्ता को दुई दिन। उदाहरण पनि बन्छ नया पीढ़ि का लागि। शिक्षित बन, देश मैं बसेर दुनिया भरि काम गर।
राजनीति भनेको मुद्दा हो। मुद्दा ले यी पाँच पाण्डव लाई एक पार्टी बनाउन करै लाग्छ।