Showing posts with label angraj timilsina. Show all posts
Showing posts with label angraj timilsina. Show all posts

Sunday, September 26, 2021

News: September 26

किताबी कुराकानी बाजुरामा स्कुल पढ्दा कोर्सबाहिरका कुनै किताब पढेको याद छैन ट्वीटर र इन्स्टाको जमाना, छोटो–छोटो पढेर धारणा बनाउने ! ...... अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेपछि डाक्टरीतिर तयारी गर्दागर्दै उनले बाटो मोडे, त्रि–चन्द्र कलेजबाट अर्थशास्त्र र गणित विषय लिएर स्नातक टप गर्दै अमेरिकाको थिंक ट्यांक र्‍यान्ड कर्पोरेसनअन्तर्गतको ग्य्राजुएट स्कुलबाट डाक्टरी उपाधि लिए । आर्थिक नीति विश्लेषणमा विद्यावारिधि गरेका तिमिल्सिना हाल संयुक्त राष्ट्र संघअन्तर्गत रहेर ४० भन्दा बढी देशको चिन्ता–चिन्तन गर्छन्, एक सयभन्दा बढी देश डुलिसकेका छन्। अंगराजले झन्डै दुई तिहाइ दुनियाँमा नीतिगत सल्लाहकार भई राज गरेका छन् तर नेपालमा भने उनको रजगज खासै देखिँदैन । ......... ‘फिफ्टी सिक्रेट्स् अफ सिंगापुर्स सक्सेस’ ........ मैले त्यो किताब पढिसकेर नेपाली कांग्रेसका नेता गगन थापालाई दिएँ .......... सन् १९६५ मा पाँच सय डलरभन्दा अलि बढी प्रतिव्यक्ति आय भएको सिंगापुर सन् २०१८ मा आइपुग्दा झण्डै ६५ हजार डलरको आयमा पुग्नुमा खास ‘सिक्रेट्’ के हो ? ......... एक चोटि किताब पढ्न थालेपछि अक्सर पढेरै सिध्याउँछु । किताब पढेर सकेपछि म सकेसम्म त्यो किताब अरुलाई दिन्छु, ‘होर्डिङ्’ गर्ने बानी छैन । .......... म अहिले किताब ‘आइप्याड्’मा ‘डाउनलोड्’ गरेर पनि हेर्ने गर्छु । केही किताब त साइकल चलाउँदा, हिँडडुल गर्दा वा ‘एक्ससाइज’ गर्दासमेत ‘अडिओ’मा सुन्ने गर्छु । अनलाइनबाट पाइने किताब ‘पेपर ब्याक’भन्दा सस्ता पनि हुन्छन् । .......... पछि काठमाडौंमा पढ्न आएपछि बीपी कोइरालाका सबै किताब धेरैचोटि पढेको छु । त्यो बेला जतिचोटि पढे पनि धीत नमरे जस्तो हुन्थ्यो, विशेष गरी उनका मनावैज्ञानिक साहित्यका किताब । ........ अक्सर म यात्रा गर्ने भएकाले विमानस्थलका किताब पसलतिर किन्छु ............. मैले धेरै किताब सायद सन् २००० देखि सन् २००७ सम्म पढेँ । मैले विद्यावारिधि गर्ने बेला आफ्नो कोर्सका किताब पढ्दा झ्याउ लाग्यो भने पुस्तक पसलतिर गएर नयाँ किताब ‘सेल्फ’बाट तानेर त्यही पसलको छेउछाउमा घण्टौं बसेर किताब पढेर सिध्याउँथे । इच्छा छ भने किताबै किन्नुपर्छ भन्ने छैन । पढ्नका लागि लाइब्रेरी वा किताब पसल पनि जान सकिन्छ । ............. पुस्तकालयसँगको मेरो पहिलो साक्षात्कार चाहिँ हाम्रै त्रिभुवन विश्वविद्यालयको पुस्तकालय हो । ......... आफूले पढिसकेपछि ती पुस्तक अरुलाई दिने गर्छु । त्यो पनि कुन किताब कसलाई मन पर्छ होला भन्ने आँकलन गरेर दिन्छु । .............. यात्रा गर्दा प्लेनमा कि त किताब पढ्ने कि ‘मूभी’ हेर्ने बानी छ, तर कुनै किताब राम्रो लागे नसकिन्जेल पढेर सिध्याउँछु । ........... अर्थशास्त्रका पुराना किताबलगायत मसँग झन्डै १० हजार जति किताब छन् । विभिन्न ठाउँमा स्टोर गरेर राखिएका छन् मेरा किताब । यी किताब म नेपालको कुनै पुस्तकालयलाई दिने पक्षमा छु । ........... २१ सौं शताब्दीको नेतृत्व कस्तो हुनुपर्छ ? विश्वको शक्ति सन्तुलनमा देखिएको परिवर्तनका अतिरिक्त चौथो औद्योगिक क्रान्ति भनेको के हो ? नेतृत्वमा सफल व्यवस्थापन र ‘टीम वर्क’ कस्तो हुनुपर्छ ? ‘इमोसनल इन्टेलिजेन्स’ (भावुक बुद्धिमता) भनेको के हो ? आदि बारेको जानकारी हुन जरुरी छ । हेनरी किसिन्जरको ‘वल्र्ड अर्डर’, मार्टिन जाकको ‘ह्वेन चाइना रुल्स द वल्र्ड’, क्रिस्टोफर कोनर्सको ‘इमोसनल इन्टेलिजेन्स फर द मोडर्न लिडर’, मेट्रका र गाजेस्कीको ‘द फ्युचर अफ पलिटिकल लिडरसिप इन द डिजिटल एज’ र ब्लानचार्ड र जोनसनको ‘द वान मिनट म्यानेजर’ पढ्दा यो नयाँ प्रविधि र नयाँ शताब्दीमा कस्तो नेतृत्व आवश्यक छ त भन्ने धेरै कुरा थाहा हुन्छ । ........... आफैँले एउटा च्याप्टर लेखेको सन् २०२० मा आएको ‘ह्यान्डबुक अन करप्सन, इथिक्स एन्ड इन्टिग्रिटी इन पब्लिक एडमिनिस्ट्रेसन’ किताबको एउटा प्रति निःशुल्क पाइयो भने अर्को प्रति २५२ अमेरिकी डलर तिरेर किनेको छु । ........... नियमित रुपमा फरेन पोलिसी म्यागजिन, दी इकोनोमिस्ट र अरु पपुलर न्युज पेपरका विचार लेख पढ्ने गरिन्छ ........... पहिलेको जस्तो किताब जम्मा गरेर बस्नुपर्ने अवस्था पनि छैन । त्यही भएर किताबदेखि पत्रपत्रिकासमेत अहिले डिजिटल रुपमा पाइन्छन । धेरै सूचना र ज्ञान त अनलाइन भइयोे भने निःशुल्क पनि पाइन्छ, पैसा तिरेर ग्राहक पनि बनिराख्नु पर्दैन । .......... फिक्सनमा ह्यारी पोर्टरका सबै किताब र नन–फिक्सनमा युभल नोहा हरारीको ‘स्यापियन्स ः अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’ अनि जेरी डायमन्डको ‘गन्स, जम्र्स एन्ड स्टिल’ । आत्मकथामा बीपीको आत्मवृत्तान्तदेखि नेल्सन मन्डेलाको ‘लङ वाक टु फ्रिडम’ । ........  ‘द एन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ लेखेर चर्चा कमाएका फ्रान्सिस फुकुयामा पछि मेरो विद्यावारिधिको सल्लाहकार बनेका थिए । उनीसँगै म पनि सह–लेखक भएको दुई–तीनवटा किताब पनि छापियो । ........... (१) नेपाल आफ्नो ‘पोटेन्सियल’अनुसार किन बनेन ? (२) मैले देखेको संसार : मेरो १०२ देशको यात्राको संस्मरण (३) मेरो जिन्दगी : बाजुरादेखि ब्रुकलिन हाइट्ससम्म । ................ विश्व प्रख्यात वैज्ञानिक आइज्याक न्युटन क्याम्ब्रिजमा पढ्दा खासै मेधावी छात्र थिएनन् । उनले बीए पास गर्दा कुनै ‘अनर’ वा ‘डिस्टिङ्सन’ (विशिष्ट श्रेणी) मा पास गरेका थिएनन् । ............  न्युटनको आफ्नो व्यक्तिगत जीवन भने नीरस जस्तै थियो ......... ५३ वर्षको छोटो उमेर मात्रै बाँचे पनि कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको कलम वा लेखाइमा यति बल थियो कि उनका चिठी वा लेखले जोसुकैलाई अहिल्यै क्रान्तिमा होमियौँ जस्तो हुन्थ्यो । सन् १९१७ मा बोल्सेभिक क्रान्तिको सफलतापछि आफ्नो काम के हो भन्ने उत्तरमा लेनिनले लेखेका थिए, ‘चिठी लेख्नु’ । यथार्थमै लेनिनको कलम कति बलियो थियो भने चाहे पत्रिकामार्फत सम्प्रेषित उनका विचार होऊन् या पार्टीका कमरेडहरूलाई लेखेका चिठी, यिनले आगो पैदा गर्थे र उनका विचार पढ्ने जोसुकै क्रान्तिमा होमिन तत्पर हुन्थे । बोल्सेभिक क्रान्तिका बेला बगेको रगतको खोलोबारे धेरैले यसो पनि भन्छन्– ‘त्यो लेनिनको थिएन, उसको कलमको खराबी थियो ।’ 


ऋग्वेदको नेपाली अनुवाद पढेपछि  भाषाले, संकेतले, ध्वनिले सञ्चारको विकास गरेको हो । सायद ध्वनिको महत्व धरै नै थियो, भाषाको विकासमा । यो ध्वनिको रूपलाई डिकोड गर्ने काम भने शिवको डमरुले गरेको हो भनेर हामी मान्दछौं । रुद्र, आदित्य, वसु अनि अग्निको उत्पत्तिसहित त्यसै समयबाट वेदको पनि प्रादुर्भाव भएको हुनुपर्दछ । ........ ऋग्वेदको अध्ययन गर्दा निर्धन ऋषिहरू धनका लागि इन्द्र, वरुण, आदित्य, मरुतहरूसँग अनुनय–विनय गरेको देखिन्छ । तिम्रो प्रशंसामा हामी स्तोत्रहरू बनाउँछौं र सामगान गर्दछौं भन्दै हामीलाई धन प्रदान गर, स्वर्ण प्रदान गर, गाई र घोडा प्रदान गर, हाम्रो रक्षा गर भनेर भनिएको देखिन्छ । पूरै वेदभरि आफू र आफ्नो वंशको रक्षाका लागि प्रार्थना गरेको देखिँदा त्यस बेलाको समाज प्राकृतिक विपद्बाट बच्नका लागि, अनपेक्षित शक्तिबाट संरक्षित रहनका लागि परा–अपरा, देखिने–नदेखिने प्राकृतिक शक्तिको आह्वान गरेको हो भन्ने लाग्दछ । ऋग्वेद पढ्दै जाँदा धेरै स्थानमा यी यी देवशक्तिहरूले ऐश्वर्य प्रदान गरून् भनेर कामना गरिएको छ । खानका लागि अन्न, गाई, घोडा, स्वर्ण आदिको कामना गरिएको छ । यसले के देखाउँछ भने वेद कृषि युग सुुरु हुनुभन्दा अघिदेखि नै यसका मन्त्रहरू बन्न थालिसकिएको देखिन्छ । वेदमा गाईलाई रुद्रकी माता र अवध्य भनेको छ । यज्ञमा घिउको प्रचुर मात्रामा प्रयोग हुनु र घिउ प्रशोधनको प्रक्रिया समेतको विकास भएको देखिँदा यो युग कृषि पेसामा निकै अगाडि बढेको र विकास भएको देखिन्छ । .........  असुर अर्थात यज्ञ नगर्ने, अनिश्वरवादी । ........ चक्रको अनुसन्धान, रथको निर्माण, युद्धमा रथको प्रयोग जस्ता आविष्कारले आर्यनहरूको महत्वपूर्ण उपलब्धि देखिन्छ । त्यसैले ऋग्वेदभरि जहाँजहाँ इन्द्रको प्रशंसा गरिएको छ, त्यहाँत्यहाँ हरि नामको दु्रतगामी घोडा चडेर आउन आह्वान गरिएको छ । .......... जसरी सिन्धु सभ्यता भनेर हालको सिन्ध प्रान्त जानिन्छ त्यसैगरी हरप्पन सभ्यता भनेर हालको पञ्जाबलाई जानिन्छ । त्यस समयमा १ हजार बस्ती थिए भनेर भनिन्छ । इन्द्रले नष्ट गरेरको ९९ पुरहरू यिनै मध्येको हुनुपर्दछ । ............ ऋग्वेदमा उल्लिखित नदीहरू गङ्गा, जमुना, सरस्वती, सप्तसिन्धु, गोमती नामका नदीहरूले वेदको लेख्य परम्परा ईसापूर्व १५ सयतिर यही नदी सिञ्चित क्षेत्रमा भएको हो भन्ने मान्यता धेरै विद्वान्हरूको रहेको छ .............. वेद जतिखेर लेखियो त्यो समयमा सरस्वतीको जलप्रवाह वेगवान र कृषि प्रयोजनका लागि सर्वथा उपयोगी रहेको हुनुपर्दछ भन्ने कुरो सप्तसिन्धु र सरस्वतीको प्रशंसामा लेखिएका ऋचाहरूले प्रस्ट पार्दछन् । अहिले सरस्वती नदीको लुप्त अवस्थामा रहेको अनुमान गरिन्छ । .............. इन्द्रलाई ऋग्वेदमा सर्वशक्तिमान देवताका रूपमा दर्शाइएको छ । ............. वेदमा अग्नि, इन्द्र, आदित्य, वरुण, मरुत, अश्विनीकुमारहरूको अति नै धेरै गुणगान गरिएको छ । इन्द्रलाई जलप्रवाह रोकेर राख्ने वृत्तासुरलाई वज्र प्रहार गरी संहार गरेको कथासहित वृतहन्ता भनिएको छ । त्यसैगरी इन्द्रले असुरहरूको ९९ पुरलाई नष्ट गरेको भनेर लेखिएको छ । सम्भवतः आर्यनहरू आफ्नो गाई र घोडा लिएर अहिलेको बलुचिस्तान आइपुग्दा त्यहाँको नगर सभ्यतासँग परिचित भएको तर त्यहाँको नगरवासी आसुरी प्रवृत्तिको यज्ञ अनुष्ठान नगर्ने र आर्य संस्कृतिका विरोधी असुरहरू थिए कि भन्ने संकेत गरिएको छ । ........ इन्द्रलाई भौतिक र अभौतिक शक्तिका रूपमा प्रस्तुत गरिएको देखिन्छ । त्यो कसरी भने ९९ नगर नष्ट गर्ने इन्द्र सोमपान गरेर, रथारोहण भई युद्ध गरेर शत्रु पराजित गर्ने शक्तिका प्रतीक राजा हुनुपर्दछ भने वज्र प्रहार गरी वृत्तसुर वध गर्ने इन्द्र अभौतिक तर प्राकृतिक तत्व सम्मिलित आध्यात्मिक शक्ति हुनु पर्दछ । ................. वेद हाम्रो मानव सभ्यताको साक्षी हो । वेद समस्त ज्ञान, विज्ञान, आचार, विचार र दर्शनको योग हो ।




माओवादी केन्द्रले तीस लाख सदस्य बनाउँदै  शनिबार संगठन विभाग प्रमुख जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य हुनुपर्ने नीतिसहित ३० लाख सदस्य पुर्याउने रणनीति सार्वजनिक गरेको हो । ..... ‘एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्यको नीति कार्यान्वयन गरे तीस लाख संगठित सदस्य सहिलै बनाउन सकिन्छ,’ शर्माले दाबी गरे । ....... १० असोजमा देशका सबै सेल कमिटी र टोल भेला सम्पन्न गरेर २० असोजमा वडा, गाउँपालिका र नगरपालिकाको सम्मेलनसमेत गर्ने ........ ३० कात्तिकमा जिल्ला सम्मेलन र १५ मंसिरमा प्रदेश सम्मेलन गर्ने

माओवादी अध्यक्ष दाहालसँग चुनाव लड्ने थापाको चाहना  रामबहादुर थापाले आगामी निर्वाचनमा ‘प्रचण्ड भर्सेस बादल’ हुन सक्ने बताएका छन् ..... उनले अहिले ठूलो संख्याका नेता तथा कार्यकर्ताले प्रचण्डको साथ छोडेको जिकिर गरे

Monday, August 09, 2021

मैं पीके (परमेन्द्र कुमार)



‘नेपाल यहाँभन्दा तल जाने ठाउँ छैन’ यहाँ नेतृत्वले टिमवर्क विकास गर्न चाहँदैन । सिंगापुरमा ली क्वान युको छवि बाहिर अर्कै भए पनि उनको टिमवर्क गतिलो थियो, विविध विषयका ६–७ जना नामी आर्किटेक्ट थिए । आजको समयमा नेतृत्वको भूमिका खासमा संयोजन गर्ने हो, काम त टिमले गर्ने हो । यहाँ त टिम सक्षम आयो भने आफैंलाई असुरक्षित ठान्नेहरू छन् । आफ्नो विज्ञता नभए पनि टिम सक्षम बनाउन सकिन्छ । ......... सिंगापुरमा रहेर उनले ४० भन्दा बढी मुलुकलाई सुशासन र भ्रष्टाचारविरोधी मामिलामा सघाउने गर्छन् । ......... क्रयशक्ति समताका आधारमा हेर्दा हाम्रो प्रतिव्यक्ति आय ४ हजार अमेरिकी डलर हाराहारी छ । पुछारबाट हामी ४३ नम्बरमा पर्छौं । ........ हाम्रै वरपर माल्दिभ्सको यस्तो आय २० हजार हाराहारी छ । बंगलादेशको ६ हजारभन्दा बढी छ । श्रीलंका र भुटान १२–१३ हजारतिर पुगिसके । ............. विश्व स्वास्थ्य संगठनको ‘हेल्थ सिस्टम पर्फमेन्स’ हेर्दा हामी १५० स्थानमा छौं, झन्डै १९० देशमा । बंगलादेश ८८ औं र श्रीलंका ७६ औंमा छन् । ......... भुटानमा जस्तो जलविद्युत्को तीव्र विकास किन भएन ? अलि अघिसम्म गरिब ठानिने इथियोपियामा अहिले मेट्रो चल्छ । .........

१६ देखि ४० वर्षसम्मका युवाहरूको जनसंख्या झन्डै ४० प्रतिशत छ ।

...... प्राकृतिक स्रोतमा पनि जलस्रोत–जलस्रोत भन्दै आयौं, व्यवहारमा चाहिँ ८०–८५ करोड लगानी गरेर १ अर्बको ढुंगा–गिट्टी बेच्ने खालको सोच बनायौं, तर जलस्रोतको निर्यातमा ध्यान दिएनौं । तामाकोसीलगायतका परियोजनाहरू बनिसक्दा बर्खाको समयमा झन्डै ९ सय मेगावाट विद्युत् खेर जाने स्थिति छ । त्यो बिजुली भारतलाई सस्तोमा बेचे पनि हुन्छ, बंगलादेशसम्म पुर्‍याउन सक्दा त झनै लाभ हुन्छ । .......

हामी ‘ल्यान्डलक्ड’ होइन, दुई ठूला अर्थतन्त्रसँग ‘ल्यान्डलिंक्ड’ छौं ।

भारत र चीनजस्ता ‘पावरहाउस’ छिमेकी हुनु भनेको स्विट्जरल्यान्ड इटाली, जर्मनी र फ्रान्सको बीचमा हुनुजस्तै हो । भूराजनीति हाम्रो घरेलु राजनीतिमा कहिलेकाहीँ चुनौती बनेजस्तो देखिए पनि त्यो खासमा हाम्रो आर्थिक विकासका निम्ति वाहक बन्न सक्छ । यहाँ लगानी, व्यापार, पारवहन, उद्योगधन्दा आदिमा भारत र चीनबीच सकारात्मक प्रतिस्पर्धा गराउन सकिने अवसर छ । यी देशका मध्यमवर्गीय पर्यटकको आगमन बढाउन सकिन्छ । .......... हाम्रो ध्यान आर्थिक विकासमा होइन, राजनीतिमा बढी छ । भारत–चीन दुवैसित हाम्रो राजनीतिकेन्द्रित सम्बन्ध छ । लिम्पियाधुराकै मुद्दामा पनि हामीले आपसी हितका आधारमा संवाद गर्न सक्थ्यौं । ........ हाम्रो तराईको पहुँचमार्ग भारतसित छ, त्यो पनि नेपालको विकासको अर्को सम्भावना हो । हामीले देखेको उत्तरप्रदेश केही वर्षमै बदलिँदै छ । त्यहाँ तीन–चारवटा क्षेत्रीय विमानस्थल बन्दै छन् । फिल्मसिटीदेखि विभिन्न औद्योगिक क्षेत्रसम्म खडा हुँदै छन् । बिहार पनि यस्तै रफ्तारमा अघि बढ्दै छ । त्यताको औद्योगिक क्षेत्र र नेपालको करिडोर जोड्ने, अनि उत्पादन त्यता बेच्ने गरी नेपालमा औद्योगिक क्षेत्र विकास गर्ने दीर्घकालीन योजना अघि बढाउने हो भने धेरै सम्भावना देखिन्छ । चीनले तिब्बतमा बढाएको विकास परियोजना र रेल सञ्जालसँग पनि हामीले यस्तै कनेक्टिभिटी विस्तार गर्न सक्छौं । ................ हामीले सम्बन्धित देशलाई ‘सिग्नल’ दिन सक्नुपर्छ— तिमीहरूको स्वार्थमा हामी दखल पुर्‍याउँदैनौं, र हाम्रो स्वार्थमा सम्झौता पनि गर्दैनौं तर पारस्परिक लाभका क्षेत्रहरू खोजौं र सहमति गरौं । यसका लागि हामीले राजनीतिक कोणबाट होइन, आर्थिक र विकासको कोणबाट हेर्नुपर्छ । ........... बंगलादेशले भारतसितको कति वर्ष पुरानो सीमा समस्या समाधान गर्‍यो । उसले चीन र अमेरिकाबाट पनि उत्तिकै फाइदा लिएको छ । ........... हामीले राजनीतिक स्थिरतालाई सरकारको स्थिरताका रूपमा बुझ्यौं । हुनुपर्ने ‘नीतिगत स्थिरता’ हो, विकास नीतिको स्थिरता हो; विदेश नीति, राष्ट्रिय सुरक्षा नीतिको स्थिरता हो । इजरायल, जापान, इटाली नै हेरौं न— कति सरकार आइरहन्छन्, गइरहन्छन्, विकास रोकिँदैन । भारतमै पनि विदेश नीति स्थिरजस्तै छ । हामीकहाँ त नीतिगत स्थिरता पनि छैन; विगत तीन वर्षमा एउटै प्रधानमन्त्री हुँदा पनि मन्त्रीहरू हेरफेर भइरहे, चार–पाँच दर्जनसम्म मन्त्री बने । ............. हामीले मात्रात्मक सुधारमा मात्र ध्यान दिएका छौं । समग्र विकासलाई आवश्यक पर्नेे सीप र दक्षता भएको लेबर फोर्स हाम्रो जनसंख्याको ३१ प्रतिशत पनि छैन । प्राविधिक सीप र शिक्षाको कमी छ । निजी क्षेत्रले असमानता बढाएको छ । राज्यको दायित्व भएको शिक्षा–स्वास्थ्यलाई निजी क्षेत्रले मुनाफा कमाउने माध्यम बनाइरहेको छ । त्यहाँ सरकारको नियमन पुगेको छैन या मिलेमतो छ । .......... भुटानमा कुनै डाँडामा पुग्न एउटा मात्र सडक हुन्छ, तर त्यो बाह्रैमास चल्ने किसिमले गुणस्तरीय बनाइएको छ । त्यहाँको स्वास्थ्यसेवा पनि राम्रो छ । सुशासन र सार्वजनिक सेवाप्रवाह पनि प्रभावकारी छ । हाम्रोमा त्यति पनि छैन । हामीले मानवकेन्द्रित गुणस्तरीय विकासमा ध्यान दिएनौं । दीर्घकालीन प्रभाव हेरेनौं । जस्तो— सिंगापुरमा कुनै पनि विकास परियोजना लाभदायक छ–छैन, त्यो त हेरिन्छ नै, त्यसलाई ५० वर्षसम्म कसरी दिगो बनाउने, पछि कसले हेर्ने, कसरी मर्मत–सम्भार गर्ने भन्ने पहिल्यै तय गरिन्छ । हामीकहाँ कसैले कुनै योजना बनाइदिएर हस्तान्तरण गरेपछि सकिन्छ । हामी योजनाबिनै परियोजनामा हामफाल्छौं र बजेट नै नछुट्याई निर्माण थाल्छौं । हाम्रोमा राजनीतिक, नीतिगत र प्राविधिक तीनवटै पक्षमा समस्या छ । ..............

मुलुक बन्ने–नबन्ने कुरामा राजनीतिक संस्थाहरू बलियो हुनु–नहुनुले अर्थ राख्छ

............. हाम्रो राणाकालमा पनि दोहनकारी अर्थतन्त्र नै थियो, तराईका काठ भारत पठाउने र उतै घर किन्ने, सम्पत्ति थुपार्ने । ........ यहाँ नेतृत्व भने परिवर्तन भएन, विशेष गरी सोच र संस्कारका हिसाबले । ............ हाम्रा नेतृत्वहरू संघर्षको दौरान उत्कृष्ट नै थिए, तर उनीहरूसित विकास चेतना थिएन/छैन । ............ राजनीतिक नेतृत्वको चरित्र जस्ताको तस्तै रह्यो । सरकारमा बस्नेहरूमा सेवाप्रवाह गर्नुपर्छ भन्ने होइन, हामीले शासन गर्नुपर्छ, यसका लागि हामी लायक छौं, किनभने हामीले त्यत्रो संघर्ष गरेका छौं भन्ने मनोवृत्ति रह्यो । यो हाम्रो नेतृत्वको आम प्रवृत्ति नै हो । तर यो एक्काइसौं शताब्दीमा शासन भनेकै जनसेवा हो ।

भारतमै मोदीको चरित्र शासककै भए पनि उनीसमेत आफूलाई ‘म प्रधानसेवक हुँ’ भन्छन्, यो प्रधानमन्त्री पदलाई सेवाप्रवाहसित जोडेको हो । हाम्रोमा त्यति चेत पनि छैन ।

............... हामी सुशासनमा एउटा बहस गर्छौं— पुरानो हार्डवेयरमा नयाँ सफ्टवेयर हाल्ने कि नहाल्ने ? पुरानोलाई कति परिवर्तन गर्न सकिन्छ ? .......... तिनको र आम युवाको आकांक्षाबीच कुनै मेल छैन । एकातिर राजनीतिज्ञको सोचको धरातल नै कमजोर छ, अर्कोतिर उनीहरूले बनाएको नीति कार्यान्ययन गर्ने प्रशासनयन्त्र पनि काबिल छैन । यसको ढाँचा र मनोवृत्ति करिब–करिब राणाकालको जस्तै छ, संरचना र सीप विकास दुवै हिसाबले । ..........

अब एक्काइसौं शताब्दीको कर्मचारीतन्त्रले व्यावहारिक कौशललाई व्यावसायिक कौशलसित संयोजन गर्न सक्नुपर्छ । यो त आर्टिफिसियल इन्टेलिजेन्स, ब्लक चेन, बिग डाटा एनालिसिस र मेसिन लर्निङको युग हो । अब मान्छे कम्प्युटरजस्तो बनिरहनु पर्दैन । कम्प्युटर–मेसिनहरूको कार्यलाई संयोजन गर्न सके पुग्छ ।

.......... अजरबैजानजस्तो देशलाई नै हेर्नुहोस्, त्यहाँ अहिले पासपोर्ट/लाइसेन्स ३० मिनेटमै बन्छ । ..........

प्रविधिले सेवाप्रवाहलाई यति प्रभावकारी बनाउन सकिन्छ कि आधाभन्दा बढी भ्रष्टाचार त त्यसै हट्दो रहेछ ।

........... सेवाप्रवाहमा भने हामी धेरै कमजोर छौं । सिंगापुर, चीन, भियतनाम, उज्बेकिस्तान, अजरबैजान, काजाखस्तानलगायतका मुलुकहरूले सूचना, सञ्चार र प्रविधिमा बढी लगानी गरिरहेका छन् । काजाखस्तानले त न्यायिक क्षेत्र सुधारमा कायापलट नै गरेको छ । ........... एउटा— हरेक दिन अदालतमा इजलास छुट्याउने स्वचालित सफ्टवेर प्रणाली बनाउने, यसले त्यस क्षेत्रमा हुने आधा भ्रष्टाचार घटाउँछ । अर्को, १५ दिनभित्रमा मुद्दा छिनिसक्ने । किनभने, व्यावसायिक क्षेत्रले त पर्खिबस्दैन । तर हामीकहाँ बडो सुस्त पारा छ । यसले हाम्रो ‘इज अफ डुइङ बिजनेस’ सूचकांक बिगार्छ, जसले बाह्य प्रत्यक्ष लगानी भित्र्याउनमा असर पुग्छ । अहिले काजाखस्तान उच्च प्रतिस्पर्धी अर्थतन्त्र भनेर १९० देशको यस्तो सूचकांकमा २५ औं स्थानमा पर्छ । ............. हाम्रोमा समुदाय तहका संस्थाहरू बलिया छन्, तिनको विकास पनि भएको छ । मिडिया र नागरिक समाज पनि आफैंमा संस्था हुन्, ती पनि नेपालमा बलियै छन् । नेपालमा कुनै पनि किसिमको अतिवाद नसहने एउटा संस्कृति नै बनेको छ, यो पनि आफैंमा ‘संस्था’ हो । प्रहरी, प्रशासनलगायतका धेरै संस्थाको भने राजनीतीकरण भएकै हो । न्यायालयमा पनि विगतमा राजनीति छिरेकै हो । ............... हाम्रो संसद्कै कुरा गर्दा,

बेलायत, भारतजस्ता देशका संसद्मा निकै जीवन्त बहस हुन्छ, मुद्दापिच्छे गहिरो विमर्श हुन्छ, हामीकहाँ त्यस्तो संस्कार छैन, दुई–चार जना दलीय मान्छेले छलफल गरेजस्तो देखिन्छ । संसद् स्वयंले आफ्नो भूमिका प्रभावकारी बनाउन सकेन भने नियन्त्रण र सन्तुलनको सिद्धान्त नै खलबलिन्छ ।

न्यायालय पनि प्रभावकारी, पारदर्शी र सक्षम हुनैपर्छ । तर हामीकहाँ बिचौलियाहरू हावी छन्, न्यायालयमा भ्रष्टाचार छ भनेर न्यायाधीशले नै भनिरहेका छन् । ............ कोरिया–जापानमा सन् ’८०–९० को दशकमा भ्रष्टाचारको कुरा त हुन्थ्यो, तर त्यहाँ गुणस्तरीय पूर्वाधार भने बन्थे । अलिकति खाएर भए पनि काम राम्रै गर्थे । हाम्रोमा भने भ्रष्टाचार उच्च, गुणस्तर न्यून भयो ।

विडम्बना, नेपालमा भ्रष्टाचार चुनावको एजेन्डा नै बन्न सकेको छैन । अरू देशमा त चुनाव हराउने र जिताउने एजेन्डा नै भ्रष्टाचार हुन्छ ।

................ सांसद विकास कोष पनि अप्रत्यक्ष तवरले समाजले नै चुनावी खर्चको क्षतिपूर्ति तिरोस् भनेर व्यवस्था गरिएको कार्यक्रम हो । ......... साम्यवादी शब्दजालजस्तो सुनिए पनि आसेपासे पुँजीवाद (क्रोनी क्यापिटलिज्म) को असर पनि नेपालमा छ । जोसुकै सरकारमा भए पनि निश्चित तप्काले मात्र तर मारिरहेको छ । ........... व्यवसाय, प्रशासन, राजनीतिक प्रणाली जताततै निश्चित समूहको हालीमुहाली हुन्छ । एउटै मान्छेले बैंक, उद्योग चलाएको हुन्छ; बिमा कम्पनीमा पनि हुन्छ; राजनीतिक पदमा पनि हुन्छ । राजनीतिमा प्रत्यक्ष नभए राजनीतिकर्मी, प्रशासकलाई त्यसको हिस्सा दिइएको हुन्छ । बजार अर्थतन्त्रको सौन्दर्य भनेकै प्रतिस्पर्धा हो, नेपालमा बढेको क्रोनी क्यापिटलिज्मले यसलाई रोकेको छ । जताततै सिन्डिकेट छ । ............ अहिले कुनै नयाँ व्यवसायी या समूहले ठूलो व्यावसायिक प्रयत्न गर्न खोज्यो भने पहिल्यै स्थापित भएकाहरूले रोकिहाल्छन् । नयाँलाई आउनबाट रोक्ने गरी नीति–नियम बनाइदिने हैसियतसम्म राख्छन् । कुनै पनि व्यावसायिक क्षेत्रमा नयाँ आउनेलाई व्यवधान र पुरानाको रजगज भइरहने हो भने देशको प्रगति हुँदैन । सबै क्षेत्रमा सीमित व्यापारिक घरानाको हालीमुहाली रहँदा समाज अगाडि बढ्दैन । क्रोनी क्यापिटलिज्मले अप्रतिस्पर्धी जमातको विस्तार गर्छ । नेपालमा त्यही भइरहेको छ । .......... हामीकहाँ स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) रोक्ने प्रभावकारी व्यवस्था छैन । कति देशमा सबै सार्वजनिक पदाधिकारीको सम्पत्ति विवरण अनलाइनमा राखिन्छ, सबैले हेर्न पाउँछन् । त्यसको अनुगमन पनि हुन्छ, हाम्रोजस्तो फर्म भरेर छाड्ने मात्रै हुँदैन । सम्पत्तिको र कर तिरेको ‘डाटाबेस’ ले भ्रष्टाचार गर्‍यो–गरेन भन्ने थाहा पाउन सजिलो हुन्छ । संसदीय समितिमा बस्दा पनि अन्यत्र स्वार्थ बाझ्छ कि भनेर हेरिन्छ । हामीकहाँ स्वार्थ भएरै त्यस्तो समितिमा बस्न खोज्नेहरू छन् । .................. एकाध मौकामा गतिलो नेतृत्व आउने हो । सिंगापुरमा ली क्वान युपछि को आयो र ? दक्षिण अफ्रिकामै नेल्सन मण्डेलापछि को आयो, थाहै छ । ......... अमेरिकामा बराक ओबामा राष्ट्रपतिमा उठ्ने निश्चय गरेपछि ६ महिना प्रत्यक्ष प्रश्नोत्तर हुने गरी मिडियामा गएनन् । त्यसबीचमा हार्वर्डलगायतका विश्वविद्यालयका प्राध्यापकहरूसित विविध विषयमा कोचिङ कक्षा लिए । ........... ली क्वान युको छवि बाहिर अर्कै भए पनि उनको टिमवर्क गतिलो थियो, विविध विषयका ६–७ जना नामी आर्किटेक्ट थिए । .......... आजको समयमा नेतृत्वको भूमिका खासमा संयोजन गर्ने हो, काम त टिमले गर्ने हो । यहाँ त टिम सक्षम आयो भने आफैंलाई असुरक्षित ठान्नेहरू छन् । आफ्नो विज्ञता नभए पनि टिम सक्षम बनाउन सकिन्छ । .......... युवापंक्तिका नेतामा पनि पुरानो पुस्तालाई नरिझाउँदा आफू अघि बढ्न सक्दिनँ कि भन्ने भय व्याप्त छ, यसले उनीहरूलाई अघि बढ्न दिएको छैन । सबै पार्टीका युवापंक्तिमा यही समस्या छ । पार्टीहरूमा आन्तरिक लोकतन्त्र पनि छैन, यसले नेतृत्व विकासमा व्यवधान छ । अर्को, अलिकति खुबी भएका युवाहरूलाई हामीले राजनीतिमा तान्न सकेनौं । ........... एउटा, जानै नखोजेका पनि हुन्, मैजस्ता । मैले स्नातक र स्नातकोत्तरमा विश्वविद्यालय टप गरें, पढ्न बिदेसिएँ । उतै काम गरें । यसैगरी दोस्रो लहरकाहरू लोकसेवातिर लाग्छन्, एकैचोटिमा नाम ननिकाले पनि दुई–चारचोटिमा निकाल्छन् । बाँकी अन्य रोजीरोटीको खोजीमा नेताको पछि लाग्छन् । दोस्रो, हरेक पार्टीमा नयाँलाई भूमिका दिने वातावरण छैन । अमेरिकामा जस्तो कुनै पार्टीमा प्राइमरी सिस्टमबाट छिर्न सक्ने स्थिति छैन । फ्रान्समा म्याक्रोन, फिनल्यान्डमा ३४ वर्षमै स्याना म्यारिन, क्यानडामा जस्टिन ट्रुडो, अमेरिकामा ओबामालाई त खुला प्रणालीले ल्याएको हो नि, तर हाम्रा दलहरू त्यस्तो खुला छैनन् । केन्द्रीय सदस्य बन्नै कैयौं वर्ष पार्टी सदस्य रहेको हुुुनुपर्ने प्रावधान राखेका छन् । त्यो अरू केही होइन, नेतृत्वमा नयाँ मान्छे नछिरून् भनेर हो । ...............

पार्टी संस्कृति नै यस्तो बसिसक्यो कि युवाहरूले नेतृत्वलाई चुनौती दिनै सक्दैनन् । नेताको छत्रछायामा परिएन भन्ने अगाडि बढिँदैन भन्ने ठान्छन् । पार्टीभित्रको बौद्धिक जगत् पनि नेतृत्वको आलोचना गर्दैन ।

........ नयाँ शक्ति, विवेकशील साझाजस्ता दलहरूले आफूलाई वैकल्पिक संस्थाका रूपमा विकास गर्नै सकेनन् । नेतृत्वमा युवा कि क्रमिक विकासबाट कि क्रान्तिकारी ढंगबाट आउने हो । क्रान्तिकारी छलाङ मार्न पार्टी संरचना पनि त्यस्तै उदार हुनुपर्छ, जुन नेपालमा छैन । ........ पछिल्लो समय हाम्रो समाजको समग्र इमान पनि स्खलित हुँदै गएको छ । बाबुआमासमेत पैसा कमाएको, सहरमा घर बनाएको, गाडी भएको छोरासित बढी खुसी हुन्छन्; त्यो पैसा कहाँबाट आयो भनेर सोध्दैनन् । .......... जापान, कोरियामा सन् ’८० को दशकमा निकै भ्रष्टाचार हुन्थ्यो, तर आर्थिक विकास पनि धेरै भयो । धेरैको आम्दानी बढ्यो । त्यसपछि समाजले उत्तरदायित्व र पारदर्शिता खोज्न थाल्यो । ......... अर्को मोडल, जर्जिया, युक्रेनमा जस्तो भ्रष्टाचारले देशै खायो भनेर हुने क्रान्ति । अहिले जर्जियाको ‘पब्लिक सर्भिस’ मा निकै सुधार भएको छ ।

रुवान्डामै पनि ५ सय न्यायाधीशलाई एकै पटक हटाइयो । प्रहरीमा पनि आमूल परिवर्तन गरियो ।

........... क्षमताका कुरा गर्दा, समायोजनका क्रममा कर्मचारीहरू तल जान रुचाएनन् । अहिले प्रदेश र स्थानीय तहमा क्षमता अभाव छ । खरिद र सम्झौताको क्षमता त छँदै छैन, संघकै मुख ताक्नुपर्ने अवस्था छ । ........ अख्तियारले नै मालपोत कार्यालयपछि स्थानीय तहहरू बढी भ्रष्ट छन् भनेको छ । महालेखा परीक्षकको कार्यालयले पनि तल भएको बजेट जथाभावी खर्च भएको भनेको छ । ........ शिक्षाले एकाइसौं शताब्दीका लागि चाहिने जनशक्ति उत्पादन गर्नुपर्छ । ......... पूर्व–पश्चिम र तराई–काठमाडौं जोड्ने रेल अनिवार्य चाहिन्छ । ........ काठमाडौंका खुला क्षेत्र, मन्दिर परिसरहरू उही रूपमा जोगाइएका भए अहिले सास फेर्न धेरै सजिलो हुन्थ्यो । ..........

काठमाडौं र यसको वरपरै १ करोडजति मानिस बस्छन् । राम्रो रेल सञ्जाल हुने हो भने चितवन–काठमाडौं दिनहुँ आउजाउ गर्न सकिन्छ ।

....... हाम्रा सबै आन्दोलन अधिकारप्राप्तिमा मात्र केन्द्रित भए, यिनलाई हामीले आर्थिक सशक्तीकरण गर्नेतिर लगेनौं । विश्वमा संसदीय, राष्ट्रपतीय, मिश्रित सबैखाले व्यवस्था भएका मुलुकहरू समुन्नत छन् । व्यवस्था आफैंले गर्ने केही होइन; राजनीतिक चरित्र, नेतृत्व, संस्थाहरूको विकासले निर्धारण गर्छन् धेरै कुरा । .......... नयाँ पुस्ताका युवाहरू नेतृत्वमा आउँदा सोचमा, सेवा वितरणमा र हामी शासक होइन सेवक हौं भन्ने धारणामा केही न केही परिवर्तन आउँछ । नयाँले कम्तीमा फेसबुक हेरिरहेको हुन्छ, बदलिएको समाजबारे थाहा पाएको हुन्छ ।




संकटमा १० राजनीतिक शक्ति पुरानै पार्टी सुध्रन्छन् वा नयाँ विकल्प जन्मन्छ ? ............. जब दलहरु नै भ्रष्ट र प्रदूषित हुन्छन्, त्यसले सिंगै व्यवस्थालाई संकटतर्फ धकेल्छ । अहिले नेपालमा यस्तै भइरहेको छ । संसदीय लोकतन्त्रका महत्वपूर्ण अवयव मानिएका राजनीतिक दलहरु नै आन्तरिक संकटमा फसेका छन् । पथभ्रष्ट बनेका छन् । ............. २०७४ सालको चुनावको तथ्यांक हेर्दा १० वटा पार्टीले देशभरबाट ९ सयभन्दा कम मत ल्याएका थिए । त्यस्तै, अन्य १२ वटा दलले १० हजारभन्दा कम मत पाएका थिए । ........ गत चुनावमा सहभागी ४४ वटा पार्टीमध्ये १० हजारभन्दा बढी मत ल्याउने दलहरु २१ वटा थिए । तीमध्ये पनि ३ प्रतिशत भन्दा बढी भोट ल्याउने दलको संख्या ५ मात्रै थियो, जो नेपालका मुख्य राजनीतिक पार्टीहरु हुन् । ......... २०७४ सालको निर्वाचनमा नेकपा एमालेले सबैभन्दा बढी ३३.२४ प्रतिशत मत पाएको थियो । दोस्रोमा नेपाली काँग्रेसले ३२.७७ प्रतिशत मत पाएको थियो । माओवादी केन्द्रले १३.६७ प्रतिशत मत पाएको थियो । ......... राष्ट्रिय जनता पार्टीले ४.९४ प्रतिशत र संघीय समाजवादी फोरमले ४.९२ प्रतिशत मत पाएको थियो । पछि राजपा र समाजवादीबीच एकता भएर जनता समाजवादी पार्टी बन्यो र उसको कुल मत प्रतिशत ९.८६ प्रतिशत हुन गयो । यसमा नयाँ शक्तिले पाएको ०.८५ प्रतिशत मतसमेत जोड्दा जसपासँग रहेको कुल मत प्रतिशत १०.७१ पुग्छ । ............... विवेकशील साझा पार्टीले गत निर्वाचनमा तीन प्रतिशत मत पाएको थिएन । तर, उसलाई वैकल्पिक राजनीतिक शक्तिका रुपमा लिनैपर्ने हुन्छ । ........... एमालेको आन्तरिक संकट यति धेरै गहिरिइसकेको छ कि अब शेरबहादुर देउवाको अलोकप्रियताले मात्रै एमालेको डुंगा बच्न मुस्किल छ । ................. शेरबहादुर देउवा अबको १७ महिनामा बदनाम हुने र त्यसको नकारात्मक असर पार्टीमाथि नै पर्न सक्ने खतरा छ । सरकारमा नगई चुनाबमा जान पाएको भए काँग्रेसलाई जति फाइदा हुन्थ्यो, अब १७ महिना सरकार चलाएर काम गर्न नसकेको दोषसहित चुनावमा जानुपर्यो भने यसबाट काँग्रेसलाई घाटा लाग्न सक्छ .............. काँग्रेस जब–जब सत्तामा जान्छ, उसको एकता कमजोर हुने र अन्तरविरोध चर्कने गरेको इतिहास छ । ........... आगामी चुनावमा नेपाली काँग्रेस वा एमालेसँग गठबन्धन नगर्ने हो भने माओवादीसँग अहिले रहेको ४९ सीट खुम्चने देखिन्छ । यतिसम्म कि माओवादीको शक्ति जसपाको भन्दा सानो हुने खतरा छ । ........... माओवादीका ठूला नेताहरुले नै चुनाव हार्ने स्थिति छ । समानुपातिकतर्फ माओवादीले पाएको १३ लाख भोट अझै घट्ने सम्भावना छ । ......... मन्त्री कसलाई बनाउने भन्नेबारेमा मात्रै होइन, मन्त्रीको पीए कसलाई बनाउने भन्नेमा पार्टीभित्र लडाइँ चर्कने गरेको छ । ............ माओवादी पार्टी अस्तित्वको चरम संकटमा छ । .......... माओवादीको अवस्था राप्रपा, राष्ट्रिय जनमोर्चा वा मोहन वैद्यको जस्तै हुन सक्छ । ............. जसपा आगामी निर्वाचनमा माओवादी केन्द्र भन्दा ठूलो दल बन्ने सम्भावना पनि थियो । तर, पार्टीभित्र उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच मौलाएको झगडाका कारण जसपा ‘पुनः मुसिको भवः’ भन्ने अवस्थामा पुगेको छ । .............. संकटमा परेका माओवादी र जसपा दुबै एकापसमा मिले भने पनि अचम्म नमान्दा हुन्छ । ......... संघीयता र धर्म निरपेक्षताको विरोध राप्रपाको लाइन हो । तर, यो लाइन अहिले विवेकशील साझा पार्टीका रविन्द्र मिश्र र एमालेका महेश बस्नेतहरुले बोक्न थालिसकेका छन् । ....... गत चुनावमा विवेकशील साझा पार्टीले २.२२ प्रतिशत मत पाएको थियो । ......... अन्ततः वैकल्पिक राजनीतिक धारको सम्भावना बोकेको यो पार्टी राप्रपाको नयाँ संस्करण बन्न पुगेको छ । र, आन्तरिक विवादका कारण कार्यकर्ताहरु चरम निराशामा फसेका छन् । ........... पार्टीको मुन्टो पालुवाटामै निमोठिएको छ । .......... मधेसमा सिके राउतले जनमत पार्टीको संगठन विस्तार गरिरहेका छन्, तर चुनावमा भाग नलिएका कारण राउतको शक्ति परीक्षण हुन सकेको छैन । .......... के हामी बहुदलीय व्यवस्थाबाट क्रमशः दुईदलीय व्यवस्थातर्फ जान थालेका हौं ? काँग्रेस र एमालेको विकल्प उनीहरुमात्रै हुन् या तेस्रो विकल्प पनि सम्भव छ ? अहिले शक्तिमा रहेका काँग्रेस र एमालेलाई जित्ने अर्को दलको अभ्युदय सम्भव छ कि छैन ? अब नेपालमा वैकल्पिक राजनीतिक शक्तिको सम्भावना छ कि पुरानै दलहरुमा सत्ताको चक्र घुमिरहन्छ ? यी प्रश्नहरूमाथि पर्याप्त बहस हुन सकिरहेको छैन ।





Video via Dhiraj Kumar (DK)

Thursday, July 23, 2015

बीपी कोइराला को अर्को पक्ष

बीपी कोइराला को अर्को पक्ष
  • २००७ साल देखि नै संविधान सभा भनेको पार्टी ले बगैर संविधान सभा को चुनाव का मार्फ़त सत्तामा पुग्ने बाटो किन अख्तियार गर्यो? 
  • ५०० सशस्त्र मानिस छन भने महेन्द्र को कु रोकिने। प्रधान मंत्री ले ५०० सशस्त्र मानिस राख्न सक्छ त। बीपी को त्यो एक गल्ती ले देशले ३० वर्ष गुमायो। अझ ५० वर्ष भने पनि हुन्छ। 
  • गणतंत्र बिनाको लोकतंत्र को कल्पना गर्ने प्रमुख काँग्रेसी बीपी कोइराला, जसले गर्दा देशले ५० वर्ष गुमायो। त्यस अर्थमा बीपी ले लोकतंत्र आधा मात्र बुझेको। बीपी ले बुझेको भनेको लोकतंत्र -- त्यो पनि आधा मात्र। 
  • बीपी को काँग्रेस मा कहिले पनि संघीयता का लागि ठाउँ रहेन, अहिले पनि छैन। जुन मधेसी जनता को बुइ चढेर काँग्रेस ले आफ्नो प्रत्येक आंदोलन गर्यो, त्यस मधेसी जनताको प्रमुख माग संघीयता का विरुद्ध मा त्यति सारहो कठोर! 
  • बीपी समाजवादी सिद्धांत का बिद्यार्थी। उच्च कोटि का साहित्यकार। राम्रा लेखक। बिचारक। तर बीपी सँग संघीयता को मात्र होइन आर्थिक क्रांतिको पनि विज़न थिएन। अमेरिका बेलायत त बल्ल बल्ल ४% गर्छन भने हामीले २-३% बढ़ी गर्न सक्दैनौं भन्ने त्यस जमाना को सोंच बाट बीपी उन्मुक्त थिएनन्। 
  • संसारका साना देश हरु का लागि मार्गदर्शक भनेर बीपी लाई भन्नु हुन्न। आफ्नो लोकतंत्र त जोगाउन नसकेको मान्छे। 
नेहरू ले बीपी को ईर्ष्या गरेर महेन्द्र लाई बीपी विरुद्ध कु गर्न नेहरू ले उक्साएको भन्ने अंगराज जी को वक्तव्य ले नेपालको राजनीति ८०% बुझ्न मदत गर्छ। आफ्नो असक्षमता को दोष आफु लाई होइन दिल्ली लाई दिने रोग बरु बीपी को प्रमुख योगदान हो कि? नेहरू को भारत भित्र र विश्व मन्च मा रहेको ऊंचाई भारत को ठुलो आकार ले गर्दा मात्र होइन --- किनभने त्यो उचाई मा त्यस पछि भारतकै अर्को कुनै प्रधान मंत्री पुग्न सकेको छैन ---- त्यस तुलनामा बीपी फ़ासफ़ुस भनेको नेपाल सानो देश भन्ने मात्र होइन। बीपी सानो पोखरी को ठुलो माछा। सानो पोखरी नेपाल होइन नेपाली काँग्रेस भनेको। 



बहुआयामिक बीपी by डा. अंगराज तिमिल्सिना
बीपीको बहुआयामिक व्यक्तित्वलाई अक्सर राजनीति र साहित्यसँग जोडेर धेरै चर्चा गरिएको छ भने दुई ठूला देशहरू चीन र भारतबीच तरुलझैं च्यापिएको नेपाल र नेपालजस्तै विश्वका अरु साना देशहरूले कूटनीति र विदेशनीतिका सहाराले आफ्नो अस्तित्व, पहिचान र प्रभुत्व कसरी बढाउन सक्छन् भन्ने बीपीको योगदानबारे बिरलै चर्चा गरिन्छ। यद्यपि नेपालको अहिलेको विदेशनीति बीपीले सन् १९६० मा प्रतिपादन गरेको नीतिमै चलिरहेको देखिन्छ। ..... बीपी नेपालमा प्रधानमन्त्री रहिरहँदा असंलग्न आन्दोलनमा एकछत्र छाएको नेहरूको व्यक्तित्व विस्तारै गिर्दै जाने भयले नेहरूकै उक्साहटमा राजा महेन्द्रले बीपीको निर्वाचित सरकारलाई अपदस्थ गर्ने साहस गरेका हुन् भन्ने गरिन्छ। ..... पाकिस्तानका मोहम्मद अली जिन्ना नेहरूको व्यक्तित्वदेखि डराउँथे। ..... पाकिस्तानका जिन्नाले आरिस गरेर भन्ने गर्थे, नेहरूले विश्वका सबै देशको भारी आफ्नो काँधमा बोक्ने कोसिस गरेका छन्, केवल आफ्नो देशको जिम्मेवारीबाहेक। ...... बीपी बाहेकका नेपालका प्रधानमन्त्रीहरू हरेक वर्ष आयोजना हुने राष्ट्रसंघको साधारण सभामा तीर्थाटन गरेझैं न्युयोर्क जाने र भाषण गरेर नेपाल फर्किने कर्मकाण्डी जस्तो भएको छ भने बीपीले यो अन्तर्राष्ट्रिय मञ्चबाट छिमेकी र शक्तिशाली राष्ट्रहरूको सहयोग चाहिएको तर हस्तक्षेपचाहिँं निन्दनीय हुने कडा सन्देश दिएका थिए। बीपीकै शब्दमा 'यद्यपि हामी भारतीय, अमेरिकी, चिनियाँ, सोभियत संघ र बेलायतजस्ता मित्र सरकार र अरु संस्थाहरू -जस्तो कि राष्ट्रसंघ) को सहयोगको स्वागत गर्छौं र यो सहयोगप्रति कृतज्ञ पनि छौं। तर हामी कुनै देशले नेपालले के सोच्नुपर्छ वा नेपालले आफ्नो आन्तरिक क्रियाकलाप कसरी अगाडि बढाउनुपर्छ भनेको सुन्न वा हेर्न चाहँदैनांै।' राष्ट्रसंघ जस्तो ठूलो मञ्चको भरपुर उपयोग गरी दिइएको यो हुंकारबाट विश्व राजनीतिमा दक्षण्िा एसियाका तर्फबाट आफू निर्विवाद एकल नेता भएको ठान्ने भारतका नेहरूलाई चस्का परेको सजिलै आँकलन गर्न सकिन्छ। ....... बीपीकै शब्दमा 'नेपालजस्ता साना देशहरूका लागि असंलग्न आन्दोलन भनेको अमेरिका वा रूसका आआफ्ना शक्तिशाली गठबन्धनमध्ये कतैतिर नलाग्ने वा तटस्थ बस्ने भन्ने होइन। हामी असंलग्न किन छौं भने हामी आँखा चिम्लेर कसैको समर्थन गर्न जाँदैनौं। हामी असंलग्न हुनुको अर्थ हरेक अन्तर्राष्ट्रिय मुद्दालाई स्वछन्द र निष्पक्ष भएर केलाउने र त्यसपछि मात्र आफ्नो धारणा बनाउनका लागि हो। हामीले सत्य ठानेको कुनै मुद्दामा प्रस्टसँग हाम्रो धारणा राख्न हामी कहिल्यै हिच्किचाएका छैनांै। तर हामी हरेक अन्तर्राष्ट्रिय मुद्दाहरूलाई गम्भीर र वस्तुगत भएर हेर्छौं। किनभने हामीलाई थाहा छ, धेरै अन्तर्राष्ट्रिय मुद्दाहरू सेतो वा कालोमात्र हुँदैन।' ........

भारतसँग गण्डक सम्झौता सुवण्र्ा शमशेरका पालामा गरिएको भए पनि २०१५ सालको चुनावपछि प्रधानमन्त्रीको बागडोर आफूले समातेपछि बीपीले 'नेपालले यो सम्झौता नगरेको भए भारतले गण्डक परियोजना एक्लैले निर्माण गथ्र्यो र नेपालले यति पाएको सुविधा पनि पाउँदैनथ्यो' भनेका थिए।

त्यसरी बचाउ गरेका कारण बीपीलाई भारतपरस्त भएको आरोप पनि लाग्छ, तर वास्तवमा प्रधानमन्त्री भएपछि उनले भारत र चीनसँग कस्तो सम्बन्ध बनाउनुपर्छ भन्ने सिद्धान्त अहिले पनि सान्दर्भिक छ। ........ खुला सिमाना, रहनसहन, धर्म, भाषा, रीतिरिवाज र पारिवारिक सम्बन्ध आदिका कारण भारतसँग राजनीतिक र आर्थिक हिसाबले चीनभन्दा नजिकको सम्बन्ध राख्ने तर यसो गर्दा सानो देश नेपाल वैदेशिक नीति र कूटनीतिका हिसाबले पुरै भारतका भरमा छ भन्न देखिन नहुनेमा उनको जोड थियो। यही भएर होला, सन् १९६० मार्चमा भारतसँग 'आर्थिक र सीमा सम्झौता' गरेका बीपीले चीनका प्रधानमन्त्री चाउएनलाईलाई नेपाल बोलाएर चीनसँग त्यही वर्ष अपि्रलमा 'शान्ति र मैत्री सन्धि' गरे, जसले नेपाल पूण्र्ारूपमा भारतसँग निर्भर छैन भन्ने देखायो। तर भारतलाई हेर्ने दृष्टिकोण बीपीले समयअनुसार बदल्दै गएको देखिन्छ। ........ नेपाली र हिन्दी भाषा दुबैमा पोख्त युवा बीपी आफ्नो आत्मकथामा लेख्छन्, 'हिन्दी र नेपाली र दुई देश भारत र नेपाललाई मैले समान रूपले अंगीकार गर्नुपरेकोले ममा अन्तर्राष्ट्रिय भावनाको तीव्रता छ। यसो विचार गरेर ल्याउँदा म बडो आश्चर्यजनक परिणाममा पुग्छु, आफ्नो सम्बन्धमा। माक्र्स भनँु, लेनिन वा गान्धी भनँु, केवल बुद्धबाहेक मेरो आदर्श पुरुष एउटा पनि नेपालको इतिहासमा पाइँदैन।' तरुण बीपीका लागी नेपाल-भारत बीचको सम्बन्ध 'वसुधैव कुटुम्बकम्'द्वारा प्रेरित अन्तर्राष्ट्रिय भावनाले डोर्‍याए जस्तो लाग्थ्यो। ...... तर बीपी जब राजनीतिमा हाम्फाल्छन्, त्यसपछि उनलाई भारतको नेपालको राजनीतिमा हुने हस्तक्षेपको फाइदा र बेफाइदा थाहा हँुदै जान्छ। शंकर घोषले नेहरूको आत्मवृत्तान्तमा लेखेका छन् कि २००७ सालको नेपालको क्रान्ति र राजा त्रिभुवनले भारतमा शरण लिएका बेला नेपालको समस्या कसरी सुल्झाउने भन्नेबारे नेहरू र नेता जयप्रकाश नारायणबीच ठूलो खटपट परेको थियो। यसको कारण थियो, राणाहरूलाई तह लगाउन भारतले सेना पठाउनुपर्छ भन्ने माग लिएर दिल्ली आएका बीपीलाई नेहरूले भेटसम्म दिएनन् भने बीपीका मित्र जयप्रकाशलाई नेहरूको यो कदम प्रजातान्त्रिक आन्दोलनका विरोधमा छ भन्ने लाग्यो।' ......... २००७ सालपछि बनेको सरकारका गृहमन्त्री बीपीले तत्कालीन भारतीय राजदूत सीपी सिन्हासँग खटपट भएर राजीनामा दिएका थिए भन्ने गरिन्छ भने अर्कोथरीले बीपी यस घटनापछि केही वर्ष भारतले प्रधानमन्त्री बनाइदिन्छ भन्ने आशामा थिए पनि भनिन्छ। सायद भारतका कारण प्रधानमन्त्री बन्न नसकेका तर निर्वाचनद्वारा संसदमा दुई तिहाइ मत ल्याएर सरकार बनाएका बीपीले भनेका छन्,

'मभन्दा अगाडिका प्रधानमन्त्रीहरू भारतीय राजदूतहरूकहाँ जान्थे, मैले भारतीय राजदूतलाई सिंहदरबार बोलाएँ।'

यसो भन्नुको अर्थ बीपीले नेपाल एउटा सार्वभौम र स्वतन्त्र राष्ट्र हो भन्ने सन्देश दिनु थियो।....... सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीजस्तै बीपीलाई नेपालमा स्थापना गराउने कुरो तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीबाट आएको र भारतमै बसेर नेपालको प्रजातन्त्र स्थापनाको लडाइँ लडिरहेका बीपी त्यसपछि भारतको नियतबाट झस्केको अनुमान पनि गरिन्छ। भारतबाट खासै सहयोग नपाएको बरु इन्दिरा गान्धीबाट अपमान मिलेका कारण परम्परागत शक्ति राजतन्त्रसँग हात मिलाएर राष्ट्रिय एकता र मेलमिलापलाई बलियो बनाउन बरु राजासँगै सम्झौता गरेर प्रजातन्त्रतिर अगाडि बढ्ने निण्र्ाय बीपीले गरेका हुन् भन्ने गरिन्छ। यी घटनाक्रमले बीपीलाई तरुण बेलाको 'वसुधैव कुटुम्बकम्'बाट 'राष्ट्रियताका हकमा भारतसँग सतर्कता'को नीतितिर पुर्‍याएको देखिन्छ। ....... बीपीका धेरै किताबहरू सम्पादन गर्ने गणेशराज शर्माले गिरिजाप्रसाद कोइरालालाई एकपटक सिधा प्रश्न गरेका थिए, 'अहिलेका राजनीतिज्ञहरूलाई १५ वर्षपछि नेपालीहरूले किन सम्झिएलान् त?' सरलजस्तो देखिने यो प्रश्नको जवाफ त्यति सहज छैन। नेपालमा दीर्घकालीन छाप छोड्ने नेताहरू औंलामा गनिन्छन्, तर बीपी आफू जन्मेको सय वर्षपछि पनि नेपालको साहित्य, राजनीति र कूटनीतिमा अजम्बरी भएर बाँचिरहेको महसुस हुन्छ।

खस हरुको Hypocrisy

दुई तीन सय वर्ष देखि चरम जातीय एकाधिकार चरित्र रहेको राज्य (state) लाई समावेशी बनाऊँ मधेसी र जनजाति पनि समेटौ भन्दा तिनी हरु उल्टै जातीय कुरा गर्नु हुन्न भन्छन। जातीय कुरा बाहेक कुरै नगर्ने ले जातीय कुरा गर्नु हुन्न भन्छन। खस हरुको Hypocrisy.



स्थिरताका लागि ‘थ्रेसहोल्ड’
‘हेर्नाेस्, अब झन् भद्रगोल–गन्जागोल हुन्छ’, मस्यौदा निर्माणमा सक्रिय सचिवालयका एक उच्च अधिकारी भन्छन्, ‘मस्यौदामा ‘थ्रेसहोल्ड’ किटानीको प्रयत्न नभएको होइन, तर साना दलहरू अरिङ्गालको गोलोझैं खनिएपछि ठूला दलहरूले साहस प्रदर्शन गर्न सकेनन् ।’ ..... जबकि २०४७ को हाम्रै संविधानमा समेत तीन प्रतिशत मत प्राप्त सक्ने दलहरू मात्रै राष्ट्रिय मान्यता प्राप्तिको सूचीमा चढ्ने व्यवस्था थियो । ..... संविधानसभामा एक सिट मात्र प्रतिनिधित्व गर्ने १० दल छन् । ती दलबाट बढी मात्रामा पुरुष मात्रैको प्रतिनिधित्व छ र पार्टीका प्रमुखहरू सभासद बनेका छन् । प्रत्यक्ष उठेका दुई अध्यक्षले श्रीमतीलाई सभासद बनाएका छन् भने एक अध्यक्ष भएकै कारण सभासद बनेकी छन् । कम्तीमा त्यो मत ठूला दलमा पुगेको भए तिनले १० सिटमा आधा महिला र अन्य पिछडिएका वर्गका प्रतिनिधित्व हुने थियो । साना दलमा कुन वर्गको प्रतिनिधित्व भयो भन्ने सवाललाई महत्त्व दिइएन । यस अर्थमा धेरै दल हुँदा समावेशी चरित्र निर्माण गर्छ भन्ने ‘प्रयोग असफल’ भएको छ । ...... हामीकहाँ ‘भिजिटिङ कार्ड’ का निम्ति दल खोल्ने चलन बढेको छ– अध्यक्ष, महासचिव र केन्द्रीय सदस्यको उचाइसहित । अझ समानुपातिक पद्धतिका कारण कतै चिठ्ठा पर्ने अपेक्षामा च्याँखे थाप्न पनि दल खोलिन्छन् । कसैलाई धम्क्याउन र तर्साउन दल खोल्ने चलन बढेको छ । गएकै संविधानसभा निर्वाचनमा १ सय २२ दल चुनावी मैदानमा थिए । तिनलाई मतपत्रमा अटाउन कठिन भएको थियो । निर्वाचन आयोग पनि ‘थ्रेसहोल्ड’ नराख्ने नीतिबाट असन्तुष्ट बनेको छ । उसले

‘कुनै पनि दलले केन्द्रीय वा प्रादेशिकसभामा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न कम्तीमा तीन प्रतिशत मत ल्याउनैपर्ने’

प्रावधान राख्न सुझाएको छ । धेरै दल हुँदा निर्वाचन गर्न सजिलो हुन्न । ......... इजरायलले सन् १९८८ मा एक प्रतिशतको ‘थ्रेसहोल्ड’ राखेको थियो । त्यसले नभएपछि तीनपटक विस्तार गरी ३.२५ प्रतिशत पुर्‍याएको छ । विश्वमै सबभन्दा बढी मत सीमा राख्ने टर्की पर्छ, उनीहरूकहाँ १० प्रतिशत छ । यद्यपि उसले राखेको यस्तो प्रावधान अत्यधिक भएको र दलीय पद्धतिमै अंकुश लगाएको आरोप पनि लाग्ने गरेको छ । अदालतले पनि तल झार्न आदेश दिएको छ । रूस ५, स्विडेन ४, जर्मनीले ५ प्रतिशतको सीमारेखा कोरेको छ । ........ दुईवटा संविधानसभा निर्वाचनको चरित्र हेर्दा ४ प्रतिशत ‘थ्रेसहोल्ड’ राखेको भए दुवैपटक चार दल मात्र हुन्थे । पहिलोमा कांग्रेस, एमाले र एमाओवादीका अतिरिक्त मधेसी जनाधिकार फोरम थपिन्थ्यो भने दोस्रोमा फोरम बाहिरिँदै राप्रपा नेपाल थपिन्थ्यो । अनि ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कायम गरेको भए दुवैपटक पाँच दल संविधानसभामा पुग्थे भने २ प्रतिशत भएको खण्डमा सात दलले प्रतिनिधित्व पाउने थिए ।

‘अबको संविधानमा दुई प्रतिशत सीमारेखा किट्नु उपयुक्त हुन्छ’, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन्, ‘यसले न्यूनतम सात दलको हाराहारीमा सीमित गर्छ । यसले मत खेर जान नदिन साना दलहरू कित एकीकरण हुन्छन् या गठबन्धनमा जान प्रोत्साहित गर्छ । अनि उनीहरू बलिया हुन सक्छन् ।’

....... दलको संख्या कम गराउँछ र सँगै अस्थिरता न्युनीकरण हुन्छ । दोस्रो, दल विभाजन रोक्न अचुक औषधि हुन सक्छ । .... सीमा नभएकै कारण अघिल्लो संविधानसभामा २५ दल प्रवेश गरेका र पछि विभाजित हुँदै ३६ पुगेका थिए । ..... उता अनौठो चुनाव पद्धति गाउँ र नगर तहमा स्थापित गर्न खोजिँंदैछ । प्रस्तावित व्यवस्थाअनुसार, ‘गाउँ र नगरमा पाँच सदस्य निर्वाचन गर्ने र तिनीहरूबाट वडाध्यक्ष चयन गर्ने प्रस्ताव छ । वडाध्यक्ष अप्रत्यक्ष खोज्नु अनौठोमात्र होइन कि दलीय पद्धतिलाई जरैसम्म छियाछिया पार्न चाहेको देखाउँछ । वडाध्यक्ष बन्न संसदमा देखापरेको मत खरिद–बिक्री र बिचौलिया पद्धति गाउँ र नगरमा पनि देखा पर्नेछ । ..... पञ्चायतकाल, जतिखेर ‘गाउँफर्क राष्ट्रिय अभियान’ को जगजगी थियो, त्यतिखेर प्रधानपञ्च र उपप्रधानपञ्च यसरी नै अप्रत्यक्ष चयन हुन्थे । त्यो बखतमा त पाच्य नभएपछि २०३८ सालपछि गाउँसम्मै प्रत्यक्ष निर्वाचन पद्धति बसाइयो । पञ्चायतकालमा समेत ‘अनुदार’ मानिएको पद्धतिको पक्षमा यतिखेर उभिनु भनेको ‘बदनियति’को पराकाष्ठा हो । .... केही नेताहरू अति लोकप्रिय भएको ‘आत्मकेन्द्रित’ सोचबाट ग्रस्त छन् र केहीलाई सीमित बिचौलिया र दलाली वृत्तले लोकप्रिय रहेको भानमा पारेका छन् ।
यूएईका अधिकांश नेपालीको सुझाव हिन्दू राष्ट्रका पक्षमा
जनजातिले गरे बहिष्कार
जनजातिहरुले संविधान नै पुनर्लेखन गर्नुपर्ने भन्दै बहिष्कार गरेका छन् । हिन्दुराष्टका लागि हिन्दूजागरण अभियानले दूताबासमा ज्ञापनपत्र बुझएको छ भने नेपाल मगर संघ, यूएईका अध्यक्ष भरत राना मगरले बुद्ध जन्मेको भूमिलाई बुद्धको देश भनिनुपर्ने सुझाव दिएका छन् । ...... विप्लव माओवादीका पृथीछक बुढामगरले लामो संघर्षपछि संविधानसभाबाट लेखिने संविधान पनि २०४७ कै छायाँ संविधान बन्नेमा चिन्ता ब्यक्त गरे । ....... संविधानसभाबाटै राज्यको सिमांकन र नामांकन गर्न र हरेक जाति तथा समुदायबाट अति विपन्न वर्गको पहुँच हुने ग्यारेन्टीसहितको किटान गर्न सुझाव दिए । नेपाल आदिवासी जनजाति महासंघ, यूएईका अध्यक्ष डेरराज गुरुङले ४ दलको ४ नेताहरु अँध्यारो कोठामा बसेर तयार गरेको पश्चगामी र नेपाली जनताको चाहाना विपरीत आएको संविधानको मस्यौदामा आफ्नो कुनै सुझाव छैन भन्दै पुनर्लेखन गर्नुपर्ने माग गरे ।
राष्ट्रपति र असन्तुष्ट मधेसवादी नेतासँग प्रचण्डको भेट
दिनभर असन्तुष्ट मधेस केन्द्रीत दलका नेताहरुसँग छलफल गरेका प्रचण्ड साँझ राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न शीतल निवास पुगेका थिए । ...... भेटमा प्रचण्डले भारत भ्रमणबारे जानकारी गराउनका साथै संविधान निर्माणबारे छलफल गरेका छन् । ...... प्रचण्ड तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका राजेन्द्र महतो, अनिल झासँग छुट्टा छुट्टै भेट गरेका थिए । तमसपाका अध्यक्ष महेन्द्र यादवसँग भने फोनमा वार्ता भएको थियो । ...... महतो भने-‘मैले तपाईले सबै बिगार्नु भो र कसरी बन्छ भन्ने पनि तपाईलाई थाहै छ भनेको छु ।’ ...... ३० दलले उठाएको एजेण्डामा कायमै रहेको भन्दै महतोले सीमांकन विनाको प्रदेश र नागरिकता लगायतका विषयमा अन्तरिम संविधानभन्दा पछाडि फर्किएको मस्यौदा मान्य नहुने बताएको बताएका छन् । .....

जवाफमा प्रचण्डले आफूले संविधान बनोस् भनेर सहमति गरेको तर, विगतमा भएको सहमति र अन्तरिम संविधानबाट पछि हट्न नसक्ने बताएका छन्

। उनले जनताले समेत प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भनेकाले अब त्यही अनुसार अघि बढ्न चार दलमा प्रस्ताव राख्ने बताएको महताले जानकारी दिए ।
साउन भित्रै नयाँ संविधान : सिटौला
'गाई नै राष्ट्रिय जनावर'
झापा क्षेत्र नम्बर १, धुलाबारीमा कांग्रेसको नवनिर्मित क्षेत्रिय भवनको उद्धघाटन कार्यक्रममा बोल्दै .... ‘संविधान घोषणा लगत्तै स्थिानिय निकायको निर्वाचन हुन्छ,’ उनले भने, ‘त्यसको लगत्तै प्रदेश सभाको पनि निर्वाचन गर्छौं ।’
'सुझावको कदर हुन्छ'
'कतिलाई ओली र पुष्पकमल दाहाल मिल्लान भन्ने लागेको थिएन । तर, हामीले सहमति गरेर देखायौं ।' उनले एमाओवादीको गलत विचारको बिरोध गरेपनि दाहालसँग बोलचाल बन्द नभएको उनको कथन थियो । माओवादीमा आएको परिवर्तनले सहमति सम्भव भएको उनले बताए ।
‘नेपाल सरकारले हामीलाई बेच्यो, बेलायतले किन्यो’
गोरखा भूतपुर्व सैनिक संघ (गेसो) सभापति पदमबहादुर गुरुङले

बेलायती सेनामा गएका सैनिकलाई नेपाल सरकारले बेचेको

बताएका छन् । ‘नेपाल सरकारले आफ्ना नागरिक बेचेको हो, बेलायतले किनेको हो,’ उनले बुधबार पोखरामा संचारकर्मीहरुसँग भने । उनले यसैलाई मुद्दा बनाएर राष्ट्रिय आन्दोलन अघि बढाउनु पर्ने पनि बताए । ..... ‘हामीलै आन्दोलन थाल्दा सिपाहीको मासिक तलब १५ सय थियो अहिले ३६ हजार पुग्यो, अफिसरको ५ हजारबाट १ लाख रुपैयाँ पुग्यो,’ उनले भने । उनले बेलायतमा कार्यरत नेपालीबाट अर्बौंको रेमिटान्स नेपाल भित्रिने गरेको पनि बताए । ..... ‘अंग्रेजले नेपालीलाई स्वार्थको लागि भर्ति गराएर नै नेपाल गरीब भएको हो,’ गुरुङले भने । उनले

६० हजार गोरखा कहाँ र कसरी मारिए

तिनको हिसाब खोज्न ८ अर्ब रुपैयाँको लागतमा स्याङजाको फेदीखोलामा स्मारक संग्रहालय निर्माण गरिएको पनि जानकारी दिए ।


काँग्रेस नेता प्रदीप गिरी भन्छन्, ‘केपी ओली विखण्डनकारी’
संविधानमाथिको सुझाव संकलन कार्य सकिएको दुईदिनसम्म पनि गिरी काठमाडौं फकिएका छैनन् । यही मौकामा उनीसँग भएको छलफलमा उनले मुलुक विभाजनकारी नीतिले नचल्ने बताए । उनको मुख्य आक्रोश एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित थियो । ...... ‘यस देशमा जाति, जनजाति, समुदाय, भाषा र संस्कृतिलाई समन्वय गरेर हिड्नु पर्छ । यी सबैलाई एउटै सुत्रमा बाध्नु पर्छ । बाँध्न सक्ने मानिस मात्र नेता बन्न सक्छ ।’ ....... ‘वीपी कोइरालाले लामो सयमसम्म राजालाई बम हान्नका निम्ति उक्साउने समेत गरेको भनिन्छ । सशस्त्र क्रान्ति गर्छु, राजालाई बन्दुकका बलमा तह लगाएर, संविधानसभा बोलाउछु भन्नुभएको थियो । त्यो उहाँले त्यति वेला भन्नु ठिक वा बेठिक हो त्यो आफ्नो ठाउँमा छ । पछि गएर उहाँले आफ्नो दृष्टिकोण बदल्नुभो । उहाँले होइन, राष्ट्र निर्माणमा राजा पनि चाहिन्छ भन्न थाल्नुभयो । उहाँले राजा चाहिन्छ भन्नु वा नभन्नु ठिक वा बेठिक के थियो ? त्यो आफ्नो ठाउँमा छ,’ उनी भन्छन् । ...... लामो समयसम्म नेपालमा काँग्रेस कम्युनिष्टबीच राम्रो सम्बन्ध नरहेको प्रसंग .....

सबै शक्तिलाई समेट्न सक्ने व्यक्ति नै राजनेता बन्ने उनको भनाई थियो । एमाले अध्यक्ष केपी ओलीप्रति निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका उनले नेतृत्वको असक्षमताकै कारण मुलुक विभाजनको मनस्थितिमा पुगेको बताए ।

....... ‘केपी ओलीले आज मुलुकमा मल्हम लगाउनु पर्ने हो । मल्हम लगाउनु पर्ने ठाउँमा त्यस विभाजनलाई झन फराकिलो बनाउँदै हुनुहुन्छ । यो दुर्भाग्यपूर्ण कुरा हो । कुनै पनि समाजलाई टुक्राउन गाह्रो छ । झगडा गराउन सजिलो छ । तर कुनै पनि ठुलो नेताले समाजमा झगडा चर्काएर होइन् । झगडा सिध्याएर अगाडि बढनु पर्छ । मुलुकलाई अगाडि बढाउनु पर्छ,’ उनले भने । ....... गिरी भन्छन्, ‘झगडा चर्काउदा चुनाव जित्न सजिलो पर्ला । भावना उकास्दा राजनीति गर्न सजिलो होला । तर कठोर सत्य के हो भन्ने यस देशमा मधेशी र पहाडीलाई मिलाएर बस्नु पर्छ । हिन्दु र मुस्लिमलाई एक ठाउँमा राख्नुपर्छ । दलित र गैरदलितका बिचमा सहयोग र सामान्जस्यता कायम गर्नुपर्छ ।’ ...... ‘उहाँले यो अडान जति चाँडै छोडनु हुन्छ । त्यति जनता र देशले उहाँलाई आदर गर्छ । अहिले मैले सुने अनुसार उहाले निजी कुराकानीमा होइन् म पनि यस कुरामा समन्वयवादी दृष्टिकोण लिन्छु भनेर कतिपय देशी, विदेशी मित्रहरुलाई भन्दै हुनुहुन्छ । तर उहाँले निजी कुराकानीमा गरेको यो अभिव्यक्ति व्यवहारमा कहिले उतार्नु हुन्छ । हेर्न बाँकी नै छ ।’ ..... स्मरणीय छ, प्रदिप गिरीले सिरहामा सुझाव संकलनमा जानु भन्दा अघिल्लो दिन विद्यालय (सिरहाको मिर्चैया स्थित प्रचण्डले कार्यक्रम गरेको विद्यालय) को त्यसै कम्पाउण्डमा अध्यक्ष प्रचण्ड सुझाव लिन आएका थिए । ..... त्यहाँ संघीय समाजवादी फोरमका कार्यकर्ताहरु बडो उग्रताका साथ पेश भए । आक्रमणका बिच ढुंगा प्रहारका बिच प्रचण्ड प्रहरीको सहयोगमा हेलिकप्टर चढेर काठमाडौं आएका थिए ।


मधेशी माओवादीद्वारा जनकपुरधाममा प्रर्दशन
मधेश मुक्तिका लागि एउटै मञ्चमा उभेका धनुषाका चार वटा माओवादीहरुले संघीयताको पक्षमा प्रर्दशन गरेका छन् । विहीबार जनकपुरधाममा प्रहरीको दमनका विरुद्ध तथा संघीयताका लागि माओवादीहरुले विरोध प्रर्दशन गरको हो । ...... प्रर्दशन पछि विरोध सभामा बोल्दै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका पोलिटव्यूरो सदस्य तथा मिथिला ईन्चार्ज कृष्णदेव सिंह दनुवार कांग्रेस–एमाले नेतृत्वको सरकारले सुझाव संकलनको बाहानामा संघीयता, पहिचान र अधिकार विरोधी संविधान जारी गर्न खोजेको बताए । ....... दनुवारले कांग्रेस–एमाले नेतृत्वको सरकार जनविरोधी रहेको र देशलाई पश्चगामी तथा दक्षिणपन्थी भासमा लैजानका लागि तल्लो स्तरको जुनसुकै कार्य गर्न सक्ने भएकाले यी दलहरुमाथि जनताले समेत विश्वास गर्न छोडिसकेको बताए । उनले अहिलेको सरकारले मधेशवादी दलहरुलाई पेलेर भएपनि विदेशीको ईशारामा र आफ्नो कुस्वार्थ पुरा गर्नका लागि संघीयता, सिमांकन र अधिकारसहितका मुद्दाहरु कथित संविधानमा उल्लेख गर्न नचाहेको बताए । ..... विरोध सभालाई सम्बोधन गर्दै मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी)का अध्यक्ष रोशन जनकपुरीले दोश्रो संविधानसभा जनमतको नभएकाले संविधानसभा नौटंकी गर्ने आखाडा मात्रै रहेको बताए । ...... उनले जनताको नाममा अत्यन्त छोटो समय दिई राय सुझाव संकलनको नाटक मंचन गरिएको बताउँदै प्रक्रिया पुुरा गर्न जनतालाई बोलाएर लाठी प्रहार गरी उल्लु बनाउने कार्य भएको बताए । ...... उनले संविधानसभा भित्र रहेका मधेशवादी दललाई समेत कांग्रेस–एमालेले विरोधीको रुपमा लिईरहँदासमेत उनीहरु टुलुटुलु हेर्नु बाहेक कुनै कार्य गर्न नसकेको बताए । उनले प्रस्ट पादैँ भने जनकपुर उद्योग वाणिज्य संघमा आयोजित सुझाव संकलन कार्यक्रममा मधेशवादी दलका सभासद डा.विजय सिंह र माधवी रानी साहलाई समेत सो कार्यक्रममा सामेल हुन नदिएकोमा समेत दुःख प्रकट गरे । ..... उनले मधेशवादी दलहरुतर्फ ईंगित गर्दै संघीयताकै लागि मधेश आन्दोलन भयो तर अब कांग्रेस एमालेले ल्याउन लागेको संधिवानमा संघीयता, पहिचान र अधिकारसमेत कुण्ठित हुने भयो । ...... तसर्थ संविधानसभा परित्याग गरी पुनः सडक आन्दोलनमा आउन आह्वान गरे । उनले कांग्रेस–एमालेको सरकारलाई फासिस्ट शैलीका सरकारको संज्ञासमेत दिए । ..... त्यस्तै एमाओवादीका नेता श्रवण यादव जिवनले मधेशी मुक्ति नभएसम्म मधेशमाथि विभेद, अन्याय र अत्याचार खसवादी सरकारले जारी हुनाले पुनः विद्रोहको आवश्यकता रहेको बताए । उनले अब मधेशीलाई नागरिकता, अवसर, रोजगार र देशबाट समेत बञ्चित गर्ने षड्यन्त्रमा यो सरकार लागि परेकाले समयमै सचेतता पूर्वक आन्दोलनमा जुट्न आह्वान गरे ।..... यस आयोजित विरोध सभामा नेकपा–माओवादीका केन्द्रिय सदस्य महादेव यादवले मधेशको अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताए । त्यस्तै मातृका यादव नेतृत्वको माओवादीका धनुषा ईन्चार्ज नवीन यादवले मधेश स्वायत्त प्रदेश नमिलेसम्म आन्दोलन जारी रहने बताए । ......विरोधसभा हुनपूर्व जनकपुरको गोपाल धर्मशालाबाट सुरु भएको विरोध जुलुस विभिन्न चोक नगर परिक्रमा गरी राम चोक, सोनारपट्टी, जानकी चौक, शिव चौक, भानु चौक, कदम चोक हुदैँ जनक चोकमा पुगी विरोधसभामा परिणत भएको थियो ।...... यता विप्लब नेतृत्वको माओवादीले बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस निकाली जनकपुर नगरको विभिन्न चोकको परिक्रमा गरेका छन् ।
मधेशका २७ सहित ७१ उच्च माविको अनुमति खारेज हुँदै
मोरगंका ६ धनुषाको दुई, सिरहा र सर्लाहीका एक–एक
बहुआयामिक बीपी by डा. अंगराज तिमिल्सिना