Showing posts with label anand bisht. Show all posts
Showing posts with label anand bisht. Show all posts

Thursday, July 15, 2021

केपी ओली: ज्ञानेंद्र को सानो संस्करण

सन २००५ मा मेरो नेपाल को राजनीति मा चासो लिने कुनै योजना थिएन। ज्ञानेंद्र ले कु गर्दिए। कोही ले देउबा ले ज्ञानेंद्र लाई देश सुम्पे भन्छन। केही ज्ञानेंद्र ले कु गरे भन्छन। चाहे जेसुकै होस। त्यस पछि म भूमरी मा फँसे जस्तो गरी तान्नियें। अंततः अमेरिका का सम्पुर्ण नेपाली मध्ये को एक्लो फुल टाइमर बन्न पुगेँ। लोकतान्त्रिक आंदोलन मा होम्मिने।  

भर्खर न्यु यॉर्क सरेको। बाँकी अमेरिका एक किसिम को छ। साना ठुला शहर गनेर पनि। न्यु यॉर्क चाहिं अर्कै किसिम को छ। फरक। यति ठुलो पनि शहर हुँदो रहेछ जस्तो लागेको। अंतहीन। जति हिडे पनि ओर अंत नपाइने। मलाई भनिएको थियो एउटा यस्तो ठाउँ छ जहाँ पुग्दा लाग्छ इंडिया पुगेँ। म खोज्दै खोज्दै पुगेँ जैक्सन हाइट्स। सड़क मा प्याच्च पान थुकेको देखें। सड़क मा नै दतिवन बेचिरहेको देखें। हो न हो जस्तो लाग्यो। गगन थापा सँग आमने सामने बसेर गफ भो। अमेरिका का नेपाली संगठन हरु को आतंरिक राजनीति नेपाल का पार्टी हरु भित्र को जस्तो नै फोहोरी रहेछ भन्ने टिप्पणी गरे गगन ले। अझ बढ़ी फोहोरी। 

त्यति बेला न्यु यॉर्क बसी बसी नेपाल को प्रत्येक पार्टी को प्रत्येक ठुलो नेता, मानव अधिकार संगठन, मीडिया हाउस का मानिस हरु सबै सँग भेट भयो। भनिन्छ न्यु यॉर्क मा नेपाल को प्रत्येक गाउँको कमसेकम एक जना छ। लोकल ट्रेन मा कसै ले नेपाली बोलेको सुन्यो भने चिनेको छैन भने मुन्टो पनि फर्किंदैन। जति फरक फरक पृष्ठभुमि का नेपाली मैले न्यु यॉर्क मा भेटें त्यति नेपाल मा पनि भेटेको थिइन। 

एक वर्ष मा स्थिति तर बदलियो। दुनिया को सबैभन्दा ठुलो नेपाली मेलिंग लिस्ट मेरो थियो। मधेस आंदोलन ताका त्यस लिस्ट का एक तिहाई ले त ब्लॉक नै गरे। एम्बेसी को औपचारिक कार्यक्रम मा एक जना झगड़ा नै गर्न आइपुगे कोंग्रेसी। मधेस आंदोलन को मुद्दा विशुद्ध मानव अधिकार हो। २००५ मा चाहिं के का लागि लड़ियो त? 

ओली ले प्रथम पटक संसद विगठन गर्दा मेरो व्यवहार आफसेआफ फेरि त्यस्तै हुन पुग्यो जुन कि यस ब्लॉग मा देख्न सकिन्छ। प्रथम संसद विगठन देखि ओली सत्ताच्युत हुँदा सम्म म यो ब्लॉग मा आतिएर बसेको देख्न सकिन्छ। 

ओली जी लाई २००५ मा न्यु यॉर्क को जैक्सन हाइट्स मा भेटेको। कार्यक्रम भएथ्यो। प्रदीप नेपाल पनि हुनुहुन्थ्यो। अर्कै कार्यक्रम मा विद्या जी लाई पनि भेटेको त्यति बेला। टेक जी ले आयोजना गरेको। ओली जी वाला कार्यक्रम सत्य नारायण मंदिर मा भएको। माथिल्लो तल्ला मा हॉल छ। विद्या जी वाला कार्यक्रम नेपाल जापान रेस्टोरेंट मा। पछि टेक जी ले किन्न भ्याएको त्यो रेस्टोरेंट साथी हरु सँग मिलेर। किन्न पनि बेच्न पनि। त्यति बेला ओली जी माओवादी विरोधी संस्करण मा हुनुहुन्थ्यो। कांग्रेसी हरु दंग पर्ने।   

गाछी छाप बाट आनन्द विष्ट, लाल सलाम बाट टेक गुरूंग। टेक जी जिगड़ी दोस्त। 

२०४६ साल को पुस्ता हो यो जम्मै। गर्न सके जति गरे। अब स्टेज खाली गर्ने बेला भइसक्यो। 

एक छिन त अत्यायेको हो नै केपी जी ले। मैले पटक पटक प्रयास गरें, आज त नेपाल को समाचार पढदिन। अहं। सकेन। अब चाहिं हलुङ्गो भएको छ।  





अदालतको अविच्छिन्न प्रभुत्व अहिले जे भयो–भयो, अब पनि जनजागृतिलाई प्राथमिक कार्यसूची बनाइएन भने आसन्न निर्वाचनले पनि शर्मा ओली प्रवृत्तिका जनोत्तेजक राजनीतिकर्मीको पुनरुदयलाई रोक्न सक्नेछैन । .....अपवादको उपाय नियमित समाधानको माध्यम बन्न पुग्यो भने भविष्यबारे आश्वस्त हुन सकिँदैन । ......... सर्वोच्च अदालतको फैसलाका व्यावहारिक पक्षहरू भने प्रजातन्त्रको रूप जोगाउन उपयोगी ठहरिन सक्छन् । झन्डै दुई वर्षको उपेक्षापछि सामान्यजनले शर्मा ओलीको मनपरीतन्त्रबाट मुक्ति पाउनु आफैंमा उल्लेख्य उपलब्धि हो । देउवालाई प्रधानमन्त्री बनाउने परमादेशद्वारा संवैधानिक इजलासले ‘खिलराज प्रारूप’ को पुनरावृत्ति हुन सक्ने सम्भावनालाई तत्कालका लागि टारिदिएको छ ।

देउवाको प्रधानमन्त्रित्व आस जगाउने खालको स्थिति होइन । उनी पटकपटक ‘अक्षम’ मात्र नभएर शासकीय जिम्मेवारीका लागि अनुपयुक्त ठहरिएका पात्र हुन् ।

...... देउवा मन्त्रिमण्डलको प्रमुख काम यसअघिको सरकारका गैरसंवैधानिक कार्यहरू तत्काल बदर गर्ने, कोभिड–१९ का असरहरू न्यूनीकरण गर्न विशद एवं व्यावहारिक कार्यक्रम ल्याउने एवं यथाशीघ्र नयाँ निर्वाचन गराउनेमा सीमित हुनेछ । ...... एक पटक चुनाव घोषणा भइसकेपछि मन्त्रिमण्डलको मनपरी गर्न पाउने परिधि स्वतः सीमित हुन पुग्नेछ । त्यसैले प्रधानमन्त्री देउवासँग केही अपेक्षा नराखे पनि अहिलेलाई उनीसँग डर मान्नुपर्ने अवस्था छैन ।

मूल समस्या भने अनिश्चितताको भयलाई आधार बनाएर हचुवा तवरले लिपिबद्ध गर्दै तीव्रपथद्वारा बहुसंख्यकवादको सिद्धान्त पछ्याएर जारी गरिएको संविधानमा छ ।

जनअभिमतलाई शंकाले हेर्ने तर स्थायी सत्ताका संस्थाहरूलाई स्थायित्वको पर्याय ठहर्‍याउने प्रवृत्ति कायम रहेसम्म समाजमा लोकतान्त्रिक मूल्य एवं मान्यताप्रति आस्था जगाउन सकिनेछैन । ....... इहलोकमा फौजको त्रास एवं परलोकमा पापको सन्त्रास देखाएर शाह र राणा परिवार तथा तिनका आसेपासेहरूले दुई शताब्दीभन्दा बढीसम्म एकछत्र शासन गरेका हुन् । डरमा बाँचेको समाजमा कल्पनाशक्ति फस्टाउँदैन एवं रचनात्मकता व्यापक हुन पाउँदैन । .........

स्थापनाकालदेखि नै नेपाल संसारको सबभन्दा दरिद्र मुलुक रहिरहनु यस देशको भूपरिवेष्टित अवस्थिति एक मात्र कारण नभएर डर भजाएर खाने शासकीय परम्पराको प्रतिफल पनि हो ।

संसदीय व्यवस्थाको पुनःस्थापनाका बाबजुद राजा महेन्द्रले मलजल गरेको ‘भारतको भय’ एवं राजा वीरेन्द्रले फैलाएको ‘सिक्किमीकरणको डर’ बाट सन् १९९० को संविधानले मुक्ति दिन सकेको थिएन । ............ संसद्को टाउकामा एकै पटक राजाको असुरक्षा भाव, सुरक्षा संयन्त्रको महत्त्वाकांक्षा एवं सर्वोच्च अदालतको विवेकको एकाधिकारको वजन थोपरिएकाले गर्दा ‘एसियाको सर्वोत्तम संविधान’ घोषणा गरिएको मूल कानुन अनावश्यक द्वन्द्व एवं अन्तर्द्वन्द्वहरूको बोझले थिचिएर अकाल मृत्युवरण गर्न बाध्य भएको थियो । सन् २०१५ को संविधान पनि इतिहासमा नाम लेखाउने सुशील कोइरालाको चाहना, प्रधानमन्त्री बन्ने शर्मा ओलीको हतार तथा शान्तिदूत कहलिने दाहालको अधीरताले गर्दा अस्थिरता एवं विखण्डनको भय फैलाएर तीव्र पथमा जारी गरिएको हो । ......... अनिश्चितताको डर नितान्त मानवीय एवं आदिम भावना हो । पुर्खाहरूको अनुभवबाट कुन वनस्पति खाए मरिन्छ, कुन जीवसँग लड्न सकिन्छ वा कस्तो जनावरसँग डराएर भाग्नुमै कल्याण छ भन्ने ज्ञानका आधारमा मानव जाति अहिलेको अवस्थासम्म बाँच्न सफल भएको हो ।

यथास्थितिबाट अगाडि बढ्न भने जोखिम उठाउनुपर्ने हुन्छ ।

....... गोर्खाली विजेता पृथ्वीनारायण जुनसुकै युद्धमा मारिन सक्थे एवं गोरखा रजौटाको अस्तित्व मेटिन सक्थ्यो । जंगबहादुर कुँवर तरबारको धारमा टेकेर दरबार कब्जा गर्न सफल भएका हुन् । दाहालको टाउकाको मोल तोकिएको थियो । ........ मस्यौदाकारहरूलाई जनप्रतिनिधिहरूको विवेकभन्दा अदालतका न्यायाधीशहरूको ज्ञानमा बढी विश्वास भयो । ........ शासकीय मुद्दाहरूमा बारम्बार सर्वोच्च अदालत मुछिनु भनेको न्यायालयको सुस्त, छद्म तर प्रभावकारी राजनीतीकरण हुनु हो । ........ विविधतायुक्त बहुराष्ट्रिय राज्यमा भने विषयविज्ञहरूको शासन बहुसंख्यकवादभन्दा पनि जोखिमपूर्ण ठहरिन सक्छ । ........ चाल्नीजस्तो प्वालैप्वाल भएको विवादित संविधानमा जनताको सर्वोच्चतालाई अड्याइराख्न कठिन छ । चोरबाटोबाट ‘हिन्दु राज्य’ छिर्ने, समावेशिता गुम्ने वा संघीयता खारेजमा पर्ने जोखिमका बाबजुद उदीयमान राजनीतिकर्मीहरू बहुराष्ट्रिय सामाजिक संविदा (सोसल कम्प्याक्ट) कायम गर्न प्रतिबद्ध हुन जरुरी छ । ‘अब के हुन्छ ?’ भन्ने प्रश्नभन्दा ‘यहाँ केही हुनेवाला छैन’ भन्ने आशाहीन अवस्थाबाट मुक्ति पाउन राजनीतिक दलहरूको अग्रसरता अदालतको विवेकपूर्ण फैसलाभन्दा महत्त्वपूर्ण आवश्यकता हो । तत्काललाई भने एउटा दम्भी शासकको मनपरीतन्त्रको अवसानमा खुसियाली मनाए फरक पर्दैन ।




दुई कारणले उपेन्द्र यादव सरकारमा जानेबारे ‘पर्ख र हेर’को रणनीतिमा सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने र पार्टीको आधिकारिकता सम्बन्धी विचाराधीन मुद्दाकै कारण तत्काल सरकारमा जानेबारे समयसीमा निर्धारण नगरिएको उनीहरुको भनाइ छ । ....... यसपटक पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा प्रतिनिधित्व हुनु हुँदैन भन्ने पक्षमा अधिकांश नेता–कार्यकर्ता उभिएका छन् ।

मंगलबार बसेको कार्यकारिणी समिति बैठकमा पनि उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने भन्नेबारे प्रस्ताव कसैले पेस गरेनन् ।

....... हरेक पटक उनकै नेतृत्वमा पार्टीले सरकारमा सहभागिता जनाएका कारण पार्टीमा त्यसको असर परेको नेताहरु बताउँछन् । यसपटक अध्यक्ष यादव सरकारमा नजाँदा नै राम्रो हुने नेता–कार्यकर्ताको भनाइ छ । ....... जसपा नेपालमा विवाद सुरु हुँदा सांसदहरुलाई आफ्नो पक्षमा राख्नका लागि अध्यक्ष यादवले भनेका थिए, ‘अब मलाई सरकारमा जानु छैन, म संगठन चलाउँछु अरु साथीहरुलाई सरकारमा पठाउँछु ।’ तर यसपटक पनि उनले आफ्नै नेतृत्वमा पार्टीलाई सरकारमा प्रतिनिधित्व गराउने मनस्थिति बनाएका छन् । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी हुने उनको इच्छा रहेको उनी निकट स्रोतहरुको दाबी छ । .........

तर कार्यकर्ताहरुको चाहना पृथक भएकै कारण उनले विभिन्न कानुनी उल्झन देखाएर सरकारमा जाने कुरालाई टारेको उनी निकट एक सांसद बताउँछन् ।

......... सरकारमा पार्टीका तर्फबाट कसले नेतृत्व गर्ने तथा कसको नेतृत्वमा सरकार बनाउने भन्ने सन्दर्भमा विवाद हुँदा तत्कालीन मधेसी जनअधिकार फोरम विभाजित भएको थियो । विजयकुमार गच्छदारले पार्टी विभाजन गरेर त्यतिबेला माधवकुमार नेपाल नेतृत्वको सरकारलाई समर्थन गरेका थिए । डा.बाबुराम भट्टराई नेतृत्वमा सरकार गठन हुन लाग्दा पनि कसको नेतृत्वमा जाने वा कसलाई प्रधानमन्त्री बनाउने भन्नेबारे विवाद हुँदा जेपी गुप्ताले पार्टी विभाजन गराएका थिए । त्यसैगरी, पछिल्लो समय देउवा–प्रचण्डलाई समर्थन गर्ने कि केपी शर्मा ओलीलाई समर्थन गर्ने भन्ने विषयमा महन्थ ठाकुर पक्षसँग विवाद हुँदा जसपा विभाजित भएको हो । ...... यादवकै नेतृत्वमा सरकारमा जसपा सामेल भएमा पार्टीमा अर्को विवाद जन्मिने उनी निकट एक सांसदले बताए । ........ यदि विश्वासको मत लिन सकिएन भने ६ महिनाभित्र चुनाव गराउनुपर्ने हुन्छ । चुनावी सरकारमा पार्टीका अध्यक्ष मन्त्री भएर जानु कति उचित हो भन्नेबारे पनि पार्टीमा अनौपचारिक छलफल भइरहेको छ । ....... पार्टीको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगमा विचाराधीन रहेको अवस्थामा सरकारमा जाँदा कस्तो कानुनी जटिलता हुन्छ भन्नेबारे कानुन विज्ञहरुसँग छलफल गर्ने र त्यहाँबाट आउने सुझावका आधारमा आगामी प्रकृया चाल्ने कुरा भएको हो




ओली गए, देउवा आएर के नै हुन्छ! धेरै सम्पादकहरूले आफ्ना कुरा राखे। प्रश्न गरे। ऋषि धमलाले लामो र धमाकेदार भाषण गरे। एकछिन त को नेता, को पत्रकार भन्नेमा अलमल पर्‍यो! ......... विपक्षी दलहरूसँग पत्रकारका खासै धेरै प्रश्न हुँदैनन्। पत्रकारका प्रश्न हुने नै सत्तासँग हो। ........ तपाईंहरू भोलि सत्तामा पुग्नुभयो भने सम्पादकहरूसँग यसरी नै आमने-सामने भेट गर्नु होला, ताकि हामी सत्तालाई प्रश्न गर्न सकौं। भ्रष्टाचारका विषयमा, सुशासन, कानुनी शासनका विषयमा, सन्तुलित परराष्ट्र नीति र सरकारका नीति तथा कामकारबाही बारे हामी प्रश्न गर्न सकौं।' ....... पत्रकारिताको मेरो २५ वर्षे अनुभव के छ भने, शासन-सत्तासँग जोडिएका यी महत्वपूर्ण विषयमा विपक्षमा रहँदा दलहरू पूरै प्रतिबद्ध हुन्छन्। आफू भ्रष्टाचारविरोधी अभियन्ताझैं गर्छन्, कानुनी शासनको सबभन्दा ठूलो प्रवक्ता बन्छन्, सन्तुलित परराष्ट्र नीतिको प्रणेताझैं गर्छन्। जब सत्तामा पुग्छन्, तब सबै बिर्सिन्छन्। .......... अब्राहम लिंकनले भनेका छन्, 'मानिसको आचरणको साँच्चै परीक्षण गर्ने हो भने उसलाई सत्ता देऊ।' सत्ताले लिने परीक्षामा हाम्रा अधिकांश नेता फेल हुने गरेका छन्। ........

आमनेपालीले राजनीतिज्ञसँग राखेका अपेक्षा धेरै ठूला छैनन्। त्यसैले ती पूरा गर्न कठिन नहुनुपर्ने हो।

........ सत्तामा बस्नेले भ्रष्टाचार नगरून्, भ्रष्टाचार गर्नेलाई कारबाही गरून्। कानुनको पालना गरून्, संविधान-कानुनमाथि बलमिच्याइँ नगरून्। पार्टीभित्र मेलमिलाप र एकता राखून्, लोकतान्त्रिक प्रक्रियाबाट विवाद र विमतिको समाधान खोजून्। विदेशी मुलुकसँग आपसी सम्मानका आधारमा सम्बन्ध कायम गरून्, दुई ठूला छिमेकीसँग सन्तुलित सम्बन्ध राखून्। कतैतिर नढल्किऊन्, कसैसँग नलहसिऊन्— ताकि विदेशीसँग हाम्रो राष्ट्रिय स्वाभिमान बरकरार रहोस्। हाम्रो बर्कत र गच्छेले भ्याएअनुसार आर्थिक विकास गरून्, उत्ताउलो भाषण र पूरा नहुने बाचा जानाजानी नगरून्। सामाजिक न्यायका लागि लडून्, समाजको पिँधमा पिल्सिएका नागरिकको विशेष ख्याल राखून्— ताकि राज्य शक्तिशालीहरूको महत्वाकांक्षा पूर्ति गर्ने साधन मात्र नबनोस्। .................

तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदा म यही कारणले उत्साही थिएँ। दुवै पार्टीबीच एकता हुनुपर्छ र बलियो पार्टी किन मुलुकको हितमा हुनेछ भनेर लामो लेख लेखेको थिएँ।

.......... झन्डै दुई-तिहाइ जनमत प्राप्त नेकपा अध्यक्ष ओलीले आफ्नो प्रधानमन्त्रीकालको दोस्रो इनिङमा यति झुर प्रदर्शन गर्लान् भन्ने लागेको थिएन। सत्तरी करोड रूपैयाँ घुस कान्डको टेप बाहिर आएपछि तिनै मन्त्रीको सार्वजनिक बचाउ गर्लान् भन्ने लागेको थिएन। आफूनिकट जुनजुन नेतामाथि अनियमितताको आरोप लाग्यो, अख्तियारले तिनको छानबिन गर्न नपाउँदै उनीहरू निर्दोष रहेको प्रमाणपत्र आफैं बाँड्लान् भन्ने लागेको थिएन। .......... ओलीले चिनियाँ गुरूहरू बोलाएर राजधानीमा सी चिनफिङवाद पढ्लान्, नेकपा नेतालाई पढ्न लगाऊलान् भन्ने लागेको थिएन। ......... घोचपेच र निन्दाका आधुनिक माध्यम बनेका ट्विटर र टिकटकमा उनीमाथि भएका टिप्पणीलाई अलग राखेर पनि यति पक्कै भन्न सकिन्छ—

आममानिसले देउवालाई आशाका नजरले हेरेका छैनन्।

............ देउवा सुशासन दिने र भ्रष्टाचार नियन्त्रण गर्ने नेताका रूपमा चिनिँदैनन्। .... भ्रष्टाचार निरूत्साहित गर्ने सदाचारी नेताका रूपमा पनि उनी चिनिँदैनन्। ......... कानुन पालना गर्ने र संविधानको मर्म मान्नेमा पनि देउवाको नाम आउँदैन। ........ एक कांग्रेस नेतालाई देउवाले झोंक्किँदै भने, 'तिमीहरूले कुरा बुझेका छैनौ। भारतले पछि मलाई कति दु:ख दिन्छ भन्ने तिमीहरूले कल्पना पनि गर्न सक्दैनौ।' .......... व्यक्तिगत स्वभावका हिसाबले रिस र आवेग देउवाको आचरणगत कमजोरी हो। ........ आरजु देउवाले केही वर्षअघि 'नयाँ पत्रिका' सँगको कुराकानीमा भनेकी छन्,

'अत्ति रिसाउने बानी छ। उठेदेखि रिसाउनुहुन्छ। जस्ता कुरामा पनि रिसाउनुहुन्छ। कुनै दिन रिसाउनुभएन भने ओहो आज उहाँलाई के भयो भनेर चिन्ता लाग्छ।'

.............. आरजुका अनुसार उनी जिद्दी पनि कम छैनन्। 'ए कुरै नगर्नुस्, एकदमै जिद्दी हुनुहुन्छ,' उनी भन्छिन्। ......... चार-चारपटक प्रधानमन्त्री भइसक्दा पनि उनको नाममा सम्झिनलायक 'लिगेसी' वा कुनै महत्वपूर्ण काम स्थापित छैन। ........ नेताहरूमाथिको अपेक्षा ओलीले यति तल झारिदिएका छन्, थोरै राम्रो गरे भने पनि मानिसले 'देउवाले ठीकै गरे' भन्ने छन्। ......... 'संयोजनकारी छन्' भन्छन् उनीसँग निकट रहेर काम गरेकाहरू। ........ मूलधारको नेपाली मिडियाको एउटा विशेषता छ— यसले सत्ताको ताबेदारी गर्दैन। भारतमा मिडियामाथि सत्ताले जसरी नियन्त्रण गरेको छ, नेपालमा त्यस्तो भएको छैन। राजा ज्ञानेन्द्रको तानाशाहीविरूद्ध लड्दा कमाएको हक र आत्मविश्वासले पनि होला, नेपाली मिडिया सत्ता दबाबमा नुहेको छैन। ........ जिम्मेवार मिडियाले सत्तालाई प्रश्न गर्छ, तर त्यो असफल होस् भन्ने चाँहदैन। ......... फैसलाले संविधान, संविधानवाद र संसदीय लोकतन्त्रका पक्षमा गहिरो मीमांसा गरेको छ। जुन गहनतासाथ, जुन दार्शनिक गहिराइमा र संसदीय लोकतन्त्रको विश्वव्यापी फराकिलो अनुभव समेटेर यो फैसला लेखिएको छ, त्यसले हामीलाई आउने दशकौंसम्म डोर्‍याउनेछ, बाँध्नेछ। ........ प्रचण्डले भनेका थिए, 'मैले त प्रधानमन्त्री हुँदा सधैं तपाईंहरूसँग भेटेको छु। अन्तरक्रिया गरेको छु। फेरि पनि सत्तामा गयौं भने हामी तपाईंहरूका प्रश्न र आलोचना सुन्नेछौं।'




Saturday, September 12, 2015

सुनसान प्रवास

speaking during an interview in July 1, 1983.
speaking during an interview in July 1, 1983. (Photo credit: Wikipedia)
अस्ति मैले आनन्द विष्ट लाई जवाफ फरकाएं। आज रूद्र पाण्डे लाई जवाफ लेखें

आनन्द विष्ट २००५-०६ ताका न्यु यॉर्क मा नेपाल को लोकतान्त्रिक आंदोलन का लागि तांगा को घोडा जस्तो खटेको मान्छे। लोकतंत्र र मानव अधिकार का लागि खट्ने मान्छे त जोसुकै मलाई घतलाग्ने हो। भने पछि कुरा कहाँ गएर बल्झिने रहेछ? रूद्र पाण्डे मुखमा चाँदी को चम्चा लिएर जन्मेको मान्छे होइन। अहिले अमेरिका को सबै भन्दा धनाढ्य नेपाली छन। अमेरिकन ले नै पनि सुपर रिच भन्नुपर्ने मान्छे। आफ्नो बलबुता मा। म एक चोटि भेट्न बोस्टन पुगेको थिएँ। ऑफिस मैं गएर भेटें। बोस्टन भित्रै लामो ट्रैन र बस यात्रा गरेर पुग्नुपर्ने।

हाम्रो कुरा कहाँ मिलेको छैन? मैले चाहेको संवाद हो।

अमेरिका मा काला हरुले गरेको civil rights movement जस्तो तराई मधेस मा जन प्रलय उरलेको छ। तर नेपाली प्रवास चुपचाप छ। प्रवासी नेपाली आ आफ्ना ethnic ओढ़ार मा लुकेर बसेका छन। संवेदनहीनता देखिन्छ। What is going on? हामी टूटनै पर्ने देश पो हो कि जस्तो लाग्छ कहिले काहीं। 

Thursday, September 10, 2015

आनंद विष्ट लाई जवाफ

प्रवासी ‘पहाडे थारू’ को पीडा
थारूको घरमा केही पर्दा सहयोग गर्ने हातहरू पहाडियाकै हुन्थे । अनि पहाडियाहरू मर्दा काँध थाप्ने पनि थारू दाजुहरू नै हुन्थे । कोही थारू थिएन, कोही पहाडिया थिएन । सबै एक थिए, सबै नेपाली थिए । ...... नेपालीले चाहेको हिंसा होइन । सद्भाव, मेलमिलाप र एकता हो । जात—जातका बीच झगडाको बीउ रोपेर मलजल गर्न खोज्नेहरू, निर्दोष मारिँदा रमिते बन्नेहरूले बेलैमा सोचे हुन्छ, यस्तो हिंसा भोलि बिहान आफ्नै घरमा पनि छिर्नेछ । ...... शदियौंदेखि एकापसमा सामाजिक रूपमा अत्यन्त सद्भाव र आपसी सहिष्णुता अवलम्बन गरेर ...... यस्तो बेला आपसी सद्भाव खल्बलिन नदिन मुलुकका सबै राजनीतिक दल एवं नागरिक समाजले एकताबद्ध भएर सद्भाव कायम गर्ने पहल गर्नुपर्छ । नकि थप हिंसालाई मलजल गर्ने किसिमका अभिव्यक्ति दिएर आगो झोस्न उक्साउने कार्य । हिंसाले निम्त्याउने परिणाम प्रतिहिंसा र प्रतिशोध नै हो । जब देश रहन्छ, तबमात्र हामीले खेल्ने आँगन रहन्छ । जब देश नै रहन्न, तब हामीसँग न रह्यो बाँस, नत बज्यो बाँसुरी भनेजस्तै हुनेछ । नेपाल सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदायको साझा बगैंचा हो । ...... साम्प्रदायिक हिंसाको परिणाम के हुनसक्ला भनेर अध्ययन गर्न इराकको शिया र सुन्नी समुदायबीचको जातीय हिंसासम्म पुग्नै पर्दैन । नजिकैको छिमेक श्रीलंकाकै घटना हेरे पुग्छ । श्रीलंकामा भएको तामिल र सिंहाली बीचको साम्प्रदायिक र जातीय युद्धले आज पनि श्रीलंका बाहिर निस्कन सकेको छैन । अझ नजिक आउँदा भुटान पनि यसको अर्को उदाहरण हो । जसको प्रत्यक्ष असर हाम्रा नेपालीभाषी भुटानी दाजुभाइले देश निकाला भएर भोगिरहेका छन् । ......

म सुदूर पश्चिमको डोटीमा जन्मेर कैलालीमा हुर्केको एक पहाडे थारू हुँ ।

पहाडे थारू यस अर्थमा कि मेरो जन्ममात्र पहाडमा भयो, तर सामाजिक चेतना र शिक्षा ग्रहण गर्दै आज न्युयोर्कको रैथाने बन्ने अवसर सिक्ने भूमि मेरो कैलालीको थारू बहुल बस्ती नै हो । यसर्थ म पहाडे थारू हुँ । ........ म देवरियाका तिनै थारूहरूको घर, आँगनमा खेलेर हुर्किएँ । राना थारूहरूको बाहुल्य रहेको देवरियामा हुर्केको मैले कहिल्यै कुनै पनि कुरामा पहाडिया हुनुको विभेदको महसुस गर्नुपरेन । सधैं हामी पहाडिया र थारूहरू ‘मनुवा’कै रूपमा रमाएर एकै थालमा खाएर हिँड्यौं, एकै खोलामा खेल्यौं र एकै नहरको पानीले सिंचाइ गर्‍यौं । स्नेह र सद्भावको व्यावहारिक शिक्षा मैले यिनै देवरियाका राना थारूहरूको पाठशालाबाट ग्रहण गरेको हुँ । थारूको घरमा केही पर्दा सहयोग गर्ने हातहरू पहाडियाकै हुन्थे । अनि पहाडियाहरू मर्दा काँध थाप्ने पनि थारू दाजुहरू नै हुन्थे । कोही थारू थिएन, कोही पहाडिया थिएन । सबै एक थिए, सबै नेपाली थिए । ....... शेरबहादुर देउवाले आफ्नो प्रधानमन्त्रीत्वकालमा आफ्नो देशको भूगोलको एक कुनाबाट अर्को कुनामा अर्कै देश भएर पुग्नुपर्ने नियतिको ढोका बन्द गराइदिए कर्णाली लगायत अन्यत्र दुई दर्जन ठूला पुल निर्माण, सडक विस्तार र शैक्षिक विकासका लागि विश्वविद्यालय खोलेर । अनि समाजको कालो धब्बाको रूपमा रहेको कमलरी प्रथाको अन्त्य गरे र वर्षौंदेखि दासत्वका सिकार बनाइएका थारूहरूलाई कमैया प्रथाको उन्मूलनसहित जग्गाको स्वामित्वसमेत दिलाएर सामाजिक न्यायको काम पनि तिनै पहाडियाका सन्तान देउवाले नै गराए ।



टीकापुर को दुःखद घटना का अगाडि का तीन हप्ता दुनिया कहाँ थियो? आनंद विष्ट कहाँ थिए? टीकापुर को दुःखद घटना का पछाडि को थियो? एउटा सानो माओवादी समुह ले त जिम्मेवारी पनि लियो, "ऐक्यबद्धता जनाएको" भन्यो। तर ती समतियेनन। जो ८-१० समतिये, जसलाई यातना दिईयो, ती थारु को थिए? ८-१० जनाको अपराध को दोष दसों हजार थारु लाई किन दिइयो? सेना ले कर्फ्यु लगाएको, अखंड आतंकवादी लाई त्यो कर्फ्यु लागेन। जसले घर का घर जलाए। उद्दंड मच्चाए। ती मध्ये आनंद विष्ट ले चिनेका आनंद विष्ट का पार्टी का कोही कार्यकर्ता थिए कि? बीरगंज र जलेश्वर मा प्रहरी ले देश को र अंतर्राष्ट्रीय कानुन तोड्दै टाउको ताकी ताकी गोली हानी मान्छे मारेको बारे मुटु छत विछत भएको शायद आनंद जी ले अर्को लेखमा लेख्ने होला।

२००६ अप्रिल क्रांति को पूर्वार्ध मा आनंद विष्ट को न्यु यॉर्क नेपाली समुदाय मा राम्रो रोल रह्यो। मैले पनि त्यति बेला त्यस का लागि फुल टाइम खटेको। तर त्यस पछि बाटो अलग भयो। संघीयता र समावेशीता को मुद्दा मा पार्टी लाइन मा गफ गर्ने मान्छे आनंद विष्ट। त्यसैले जवाफ दिन जरुरी ठानेको।

कैलाली मा हुर्केर आनंद विष्ट थारु हुन्छ भने न्यु यॉर्क मा बसेर Hispanic भएको हो कि गोरे कि काले? छिमेकी छिमेकी बीच राम्रो व्यक्तिगत सम्बन्ध राम्रो कुरो हो। मसँग पनि जनकपुर का पहाड़ी छिमेकी का कथा हरु छन। कथा त के, अहिले पनि छिमेकी नै छन, अहिले पनि सम्बन्ध राम्रो छिमेकी को छ। तर त्यो वास्तवमा राम्रो सम्बन्ध थियो त आनंद विष्ट को? तिनै थारु छिमेकी ले आज समानता माग्दा, संघीयता र समावेशीता माग्दा, आनंद विष्ट लाई सामाजिक सद्भाव खल्बलिये जस्तो लाग्दैछ। त्यो राम्रो सम्बन्ध हो? त्यो त अन्यायपूर्ण सम्बन्ध हो। कि म संघीयता, समावेशीता र समानता को कुरा गरेर आफु ले चिनेका पहाड़ी हरु सँग सम्बन्ध ख़राब गर्न खोजेको bad mannered मान्छे हो?

देउबा ले भन्दा राजा महेंद्र ले बढ़ी बाटो र पुल बनाए। अनि देउबा ले बहुदल बहुदल किन भन्नु परेको? देउबा लाई थाहै भएन, उनी त एकात्मक व्यवस्था का महेंद्र नै भइ सकेका रहेछन्।

यो मुख्य मुद्दा गौण गर्ने प्रयास हो। आखिर थरुहट प्रदेश मा नेपाली कामकाज को भाषा रहिरहन्छ त। आनंद विष्ट जस्ता अखंड आतंकवादी हरुले आफ्नो अधिकार का लागि अखंड अखंड भनेको होइन। थारु ले अधिकार पाऊँछ भन्ने भय हो त्यो। बाहुन को केही नगुमने तर थारु ले पनि बराबरी पाउने: थरुहट को आईडिया त्यो हो।

समानता ले सामाजिक सद्भाव बिथोल्छ भन्ने कस्तो गलत सोंच हो यो! यो त लोकतंत्र मा विश्वास गर्ने मान्छे ले भन्न सकने कुरै होइन। संघीयता ले देश को पहिलो पटक एकीकरण गर्ने हो। यथार्थ त्यो हो। तर संघीयता लाई देश बिखंडन को रुपमा बुझ्ने/बुझ पचाउने आनंद बिष्ट र उनका पार्टी का मानिस हरु एकात्मक व्यवस्था का पंचे हरु नै हुन। संघीयता/समावेशीता विरोधी हरु देश को आर्थिक क्रांति का दुश्मन हुन। किनभने लोकतंत्र र संघियता बिना आर्थिक क्रांति संभव छैन।

कमल थापा लाई convince गरिएको होइन, परास्त गरिएको हो। काँग्रेसी हरु लाई पनि संघीयता वादी ले परास्त गर्नु पर्छ। संघीयता लोकतंत्र कै उत्कृष्ट रूप हो। मधेसी जनजाति एक भएर देश लाई संघीय बनाउनु पर्छ। संघीयता भनेको सुधारिएको एकात्मक व्यवस्था होइन। भलै आनंद विष्ट को बुझाइ त्यो होस्। सात अंचल लाई संघीयता भनिँदैन।

आफुले पाउँदै आएको अधिकार अरु समुदाय का ले नपाओस् भन्ने हठ मा पुग्नु भएछ आनंदजी। ओरालो लागेको हो कि मैले वहाँ को यथार्थ २००६ मा नदेखेको हो? संघीयता नबुझ्नु नपचाउनु भनेको लोकतंत्र नै नबुझ्नु नपचाउनु हो। समावेशीता नबुझ्नु नपचाउनु भनेको लोकतंत्र नै नबुझ्नु नपचाउनु हो।

लोकतंत्र र संघीयता
विचार र शक्ति
कर्णाली ले पैसा पाउने कुरा
लोकतंत्र, बीपी, संघीयता, गजेन्द्र नारायण सिंह
कर्णाली र महोत्तरी: गरीब बनाइएका दुबै
लोकतंत्र, संघीयता र आर्थिक क्रान्ति
नंबर एक कुरा शिक्षा हो
संघीयता र आरक्षण बारे भ्रम हरु


Wednesday, November 26, 2014

मेरो रोल

"Robin Hood Im Internet"



मैले नेपाल का लागि जे गर्दै आएको छु २००५ देखि, त्यसलाई पत्रकारिता भन्न मिल्दैन -- त्यो अपमानजनक कुरा हो। त्यो डिजिटल activism हो। २००५-०६ ताका आनन्द विष्टको जे योगदान रह्यो, मेरो त्यो भन्दा कमसेकम २० गुणा, ३० गुणा बढ़ी योगदान रह्यो, 50 गुणा बढ़ी। उ फुल टाइम हप्तामा सात दिने जॉब गरेर बसेको मान्छेको पार्ट टाइम activism ----- म फुल टाइम डिजिटल activism मा लागेको मान्छे।

उ गिरिजाको हौ हौ गर्दै बसेको मान्छे, मैले २००५ मा सात पार्टी र माओवादीको अलायन्स बनाउने कुराको गिरिजाले विरोध गरिरहँदा गिरिजालाई "मट्ठर बयल" भनेको मान्छे। तुलनै छैन। त्यो अलायन्स बिना २००६ को अप्रैल क्रान्ति संभव नै थिएन। त्यो कुरा गिरिजाले नदेखेको।

म फेरि मधेसी क्रांतिमा फुल टाइम दिएको मान्छे --- आनंद विष्ट त्यस क्रांतिको विरोधमा उभिएको मान्छे। काठमाण्डु सनेपामा पानी पर्दा यहाँ न्यु यॉर्क मा छाता ओढ्ने विष्ट। मैले उता बोलिएको कुरा यता सुनदिन भनेको होइन। तर उता जायज नाजायज जे कुरा भनिए पनि सुन्ने मेरो स्टाइल होइन। र आफ्नो कुरा त्यता पुर्याउने मेरो स्टाइल हो।

ढिलो चाडो संघीयता सहितको संविधान आउँछ -- त्यसपछि एक मात्र मुद्दा आर्थिक क्रांतिको हो। अनि त्यहाँ लेज़र फोकस को आवश्यकता पर्छ। म अमेरिका आउनु अगाडि नेपालको एक राजनीतिक पार्टीको उप महासचिव भएर बसेको मान्छेलाई गैर राजनीतिक मान्छे भनेर चित्रण गर्ने प्रयास ethnic prejudice हो भने त्यो ethnic prejudice व्यक्त गर्ने ठाउँ जैक्सन हाइट्स होइन, अर्कै ठाउँ खोजने। यो इलाका मेरो।

जनसम्पर्क भित्र जे हुन्छ त्यो मेरो लागि storm in a teacup हो।

म आगामी ३० वर्षका लागि नेपालको आर्थिक क्रांति प्रति समर्पित छु। निष्पक्ष निर्वाचनमा जनताले चुनेको जुन सुकै पार्टीको मान्छे मलाई स्वीकार्य हुनेछ --- तर एउटा मात्र क्राइटेरिया छ। डबल डिजिट growth रेट दिन सक्ने प्रधान मंत्री पास, दिन नसक्ने फेल।

मोदीले बिलियन डॉलर का दुई दुई वटा हाइड्रो प्रोजेक्ट नेपाल लान भ्याएका छन ---- काम गर्ने प्राइवेट कम्पनीले नै हो। पैसा प्राइवेट सेक्टर कै हो। नेपालमा लॉ एंड आर्डर को स्थितिमा सुधार हुन्छ भने, FDI का लागि सही वातावरण निर्माण हुन्छ भने ----- म प्रधान मंत्री नभएको मान्छेले पनि बिलियन डलरको प्रोजेक्ट नेपाल लान सक्छु। अहिले त पूँजी भएका हरु तरसिन्छन्। गूगल मा सर्च गर्छन अनि तरसिन्छन्। माओवादी भएको देश, माफिया गृह मंत्री भएको देश भन्छन अनि तरसिन्छन्। भारतका केही कम्पनी पसेर म जस्तो मान्छे का लागि बाटो प्रसस्त हुन्छ।

खगेन्द्रले एक पटक जित्यो, अर्को पटक पनि जित्छ होला, तर अहिलेको पाँच वर्षमा NRN अमेरिका को तल देखि माथि पूरै पैनल मेरो हुन्छ। म आफुलाई कुनै पद खानु छैन। तर पैनल मेरो हुन्छ। मेरो पैनल भनेको फुल democratization फुल digitization मा विश्वास गर्ने मानिस हरु हुनेछन्।

मेरो औपचारिक रोले मेरो कम्पनीमा छ र त्यहीँ रहन्छ। मेरा इन्वेस्टर हरु प्रति मेरो जिम्मेवारी छ। मेरा प्रोडक्ट का user हरु प्रति मेरो जिम्मेवारी हुनेछ।  NRN मा मैले कुनै पद खाने छैन आफुले।

आगामी ३० वर्ष नेपालमा जुन सुकै पार्टीको प्रधान मंत्री आए गए पनि नेपालको आर्थिक क्रांतिको one indispensable person म हुनेछु। त्यो मेरो रोल को लागि म न्यु यर्क शहर बस्नु पर्छ। म एउटा सफल tech entrepreneur बन्नु पर्ने हुन्छ। बन्छु। My digital tools are enough.

सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण (२)
सगुन, अंजन, छेपाक, डिल्ली, विनोद, कृष्ण
आप भारतीय नहीं हैं तो नहीं हैं, मैं तो हुँ
ब्रिटिशले इंडियन सँग आफ्नो अधिकार माग्नुपर्ने यो शताब्दीमा
फिजीके इंडियन और नेपालके इंडियन
जैक्सन हाइट्स मा ५० समुदाय
जैक्सन हाइट्स को सबैभन्दा अग्लो बिल्डिंग
प्रदीप गिरीजीको एक हप्ता पुरानो लेख
I Am Indian
Spectacular Move, Amresh Singh
पुर्ण लोकतान्त्रिक राजनीतिक पार्टी
कांग्रेस-एमालेका बाहुनको उल्लु कुरा