— Paramendra Kumar Bhagat (@paramendra) April 3, 2025
The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Thursday, April 03, 2025
Thursday, January 19, 2023
19: Madhesh
कहाँ चुक्यो मधेस आन्दोलन ? ०६३ को मधेस आन्दोलन एउटा सशक्त विद्रोह थियो । कुनै कमिटी, संगठनबिना त्यो आन्दोलन अगाडि बढेको थियो । इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल फोन आदि त्यतिबेला अहिलेजस्तो प्रयोगमा थिएनन्, तर एकले अर्कोलाई भनेको भरमा माघको चिसोमा मानिस आन्दोलनमा सरिक भए । ...... एउटा सीमान्तकृत सामाजिक समूहले गरेको त्यति सशक्त विद्रोह आजसम्मकै पहिलो र अन्तिम हो । मधेसलाई काठमाडौं (केन्द्र)ले आन्तरिक उपनिवेशजस्तै बनाएर राखेको थियो । काठमाडौंले दिएको अपमान, दुव्र्यवहार र सोझै भन्दा गाली मधेसका जनताका लागि नौलो थिएन । काठमाडौंमा यत्तिकै हिँड्दा पनि मधेसीले गाली खानुपथ्र्यो, पहाडका मान्छेले यत्तिकै गाली गर्न पाउनु आफ्नो अधिकारजस्तै ठान्थे । मधेसका मान्छेहरूले त्यसलाई आफूहरूको नियति नै भनेर बुझेका थिए । यसको प्रतिकार कतै हुँदैनथ्यो । ....... नेपाल राज्यले पञ्चायतकालीन उपनिवेशिक चरित्रलाई बहुदलीय व्यवस्थामा पनि झन्झन् मजबुत बनाएको थियो । ........ माइतीघर मण्डलामा अन्तरिम संविधान जलाउने बेला म त्यहीँ थिएँ । ....... त्यतिबेला एउटा भिडियो बाहिर आयो– प्रहरीको सहयोगमा पहाडी मूलका मानिसले मधेसी मूलका मानिसमाथि आक्रमण गरेको । यो भिडियोले मधेसी जनता जाग्नमा भयंकर ठूलो चमत्कार गरेको थियो । .......... अढाइ सय वर्षदेखिको पीडा मधेसी जनताले त्यस आन्दोलनमा व्यक्त गरेका थिए । प्रत्येक कार्यालय जाँदा मधेसीले अपमान भोग्ने गर्थे, नेपाली टोपी नलगाउँदा जागिरबाट निकालिन्थे, धोती लाउँदा अवहेलना बेहोर्थे । मधेसीको अनुहार, भाषा, भेष सबैलाई अस्वीकार गरिएको थियो । त्यो अस्वीकार्यताले ठूलो पीडा मधेसीलाई दिएको थियो । ........ सर्लाहीमा मैले एक वृद्धलाई भेटेँ– उनी कुनै बेला वन कार्यालयमा काम गर्दा रहेछन् । आफूले त्यहाँ ३३ वर्षसम्म काम गर्दा पहाडियाबाट भोगेको अपमानको कथा उनले सुनाए । अहिले झन्झन् पञ्चायती व्यवस्था आउन लाग्यो– एउटै भाषा, एउटै भेषको आवाज उठ्न थालेको छ । ........ यतिसम्म कि घरबाट बाहिर सितिमिती ननिस्कने मधेसी महिलाको त्यस आन्दोलनमा विशिष्ट सहभागिता थियो । त्यस आन्दोलनबाट काठमाडौं थर्कमान भएको थियो र सरकारले गोली चलाइरहेको थियो । ......... त्यतिबेला तत्कालीन प्रधानमन्त्रीलाई भेट्दा मलाई सोधेका थिए– संघीयताबाहेक अरु कुनै उपाय छ कि छैन ? मैले भनेँ– प्रधानमन्त्रीज्यू, अब कुनै उपाय छैन । ........ त्यो बेला तराई–मधेसका २० वटा जिल्लामध्ये सबैमा सिडियो, एलडियो, शिक्षा अधिकारी, प्रहरीप्रमुख, मालपोत हाकिम पहाडिया थिए । ....... यस आन्दोलनले मधेसमा दुईवटा पार्टी जन्मायो– मधेसी जनअधिकार फोरम र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) । नेपाल सद्भावना पार्टी छँदै थियो । यी तीन मधेसवादी दलको पहिलो संविधानसभामा उलेख्य उपस्थिति देखियो । फोरम र तमलोपा त क्रमशः चौथो र पाँचौँ दल बनेका थिए । यो उपस्थितिले झनै काठमाडौं डरायो । त्यतिबेला मधेसी दल उदाउँदा सबैभन्दा बढी कमजोर कांग्रेस भएको थियो । ........
यी तीनवटै मधेसवादी दल काठमाडौं आएपछि सत्ताको राजनीतिमा लागेर खण्ड–विखण्ड हुन पुगे ।
......... हिजो मधेसी मूलका रामवरण यादव राष्ट्रपति भएर के गरे ? म नै राजदूत भएँ, के भयो सीमान्तकृतलाई ? यो त केवल अल्पसंख्यकले बहुसंख्यकलाई शासन गर्ने प्रपञ्च मात्रै हो । .......... हामीले मधेसवादी दललाई भनेका थियौँ– तपाईंहरू मधेसी राजनीतिक दल मात्रै रहनुस्, राष्ट्रिय बन्न कोसिस नगर्नुस्, किनभने तपाईंहरूलाई कसैले स्विकार्दैन । इटहरीमा उपेन्द्र यादवको आमसभा भाँडिदिन्छन्, अशोक राई आमसभा गर्छन् । सुर्खेतमा उपेन्द्र यादवलाई होटेलमा लखेट्छन्, कुनै गुरुङ वा राईलाई त लखेट््दैनन् ! ....... जनजातिलाई भनिदिन्छन्— मधेसी भनेका विदेशी हुन्, तिमीहरू त राष्ट्रका रक्षक हौ । यो राष्ट्रको रक्षा राई, लिम्बु, मगर, तामाङ, नेवारले गरेको छ । ......... पहाडका दलित समुदायलाई पनि मधेसका विरुद्ध प्रयोग गरिन्छ । भनिदिन्छन्– तिमीहरू हिन्दू हौ । यही ठाउँका, यही वर्ण व्यवस्था भित्रका खसआर्य हौ । मधेसीहरू त विदेशी हुन् । ........ यहाँ मुठीभर बाहुन क्षत्रीले सदियौँदेखि बहुसंख्यक सीमान्तकृत समूहबीच खाडल बनाएर शासन गरिरहेका छन् । अल्पसंख्यकले बहुसंख्यकमाथि शासन गर्ने तरिका यस्तै हुन्छ । ........ भारतको दार्जिलिङबाट मान्छे ल्याएर राष्ट्रिय कवि–कलाकार, संगीतकर्मी बनाइए । उनीहरू भारतीय थिए, तर नेपाली बोल्ने हुँदा अवसर पाए । ......... हुँदाहुँदा पृथ्वीनारायण शाहको दिव्योपदेश पनि निकाले । पहाडका मान्छे लगेर तराईमा जमिन बाँडे । तर, दलित, मुस्लिम, भूमिहीनलाई त्यो जग्गा दिइएन । ........... पृथ्वीनारायणलाई राष्ट्रिय एकीकरणको प्रतीक मानियो । जर्मनहरूले बिसमार्कलाई, फ्रेन्चहरूले नेपोलियनलाई राष्ट्रिय एकीकरणको प्रतीक बनाउँदैनन् त ! आफ्नो इतिहासलाई उनीहरूले बुझेका छन् । यसो हो भने सम्राट अशोकपछि भारतको एकीकरण गर्ने अंग्रेज हुन् । उनीहरूले अंग्रेजलाई एकीकरणकर्ता मान्दैनन्, उल्टै घृणा गर्छन् । .........सुकुम्बासी आयोग बनाइन्छ । विष्णु पौडेल जस्ताले जग्गा पाउँछन् ।
............ भूमिहीनताको ठूलो समस्या मधेसमा छ । त्यहाँ मुस्लिमपछि दलितहरू र अन्य केही जातजाति भूमिहीन छन् । यी र यस्ता समस्यामा मधेसवादी दलहरू केन्द्रित भएनन् । यिनीहरूको सबैभन्दा ठूलो गल्ती यही हो । ......... हामीले एक अनुसन्धानका क्रममा जनजातिहरूसँग कुरा गरेका थियौँ । उहाँहरूको कुरा थियो– हामी कहाँ मिल्न सक्छौँ मधेसीसँग ? ........ दलित, जनजाति र मधेसी मिलेर नेपालमा कुनै एउटा आन्दोलन भएको छ ? एक तहमा यी सबैको पीडा मिल्छ । गरिबी, बहिष्करणमा त यी सबै परेकै छन् । ........ चुनाव नजितुन्जेल सबै एजेन्डाको कुरा गर्छन्, चुनाव जितेर काठमाडौं आइसकेपछि सत्ताको भाषा (विकास–निर्माण, स्कुल, कलेज, सडक आदि) बोल्न थाल्छन् । ........ मधेसवादी दलहरू क्षेत्र केन्द्रित हुँदा स्रोत–साधनमा पहुँच पुग्ने होइन, काठमाडौंसँग बार्गेनिङ गर्ने हक रहिरहने मात्रै हो । सत्तामा नआई केन्द्रलाई गलाएर नीति–कार्यक्रम आदि परिवर्तन गर्न सक्नुपर्छ । तर उनीहरू काठमाडौं आएर मन्त्री, उपप्रधानमन्त्री बन्न लालायित छन् । ........... मधेसमा नागरिकताको समस्या छँदैछ । अहिले झन्डै साढे तीन लाख जति जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाइरहेका छैनन् । यो समस्या समाधान गर्न यतिखेर काठमाडौंको राष्ट्रवादले दिइरहेको छैन । यहाँ त नेपाली भाषामा, गाईमा, दौरासुरुवालमा राष्ट्रियता देखिन्छ । दौरासुरुवाल लगाएर भ्रष्टाचार गरे पनि ऊ राष्ट्रवादी हुन्छ । गैरनागरिक यहाँ गृहमन्त्री हु्न्छ तर ऊ राष्ट्रवादी हो । जन्मसिद्ध नेपाली नागरिकका सन्तानले भने नागरिकता पाइरहेका छैनन् । नागरिकता पाउने अधिकार भएर पनि कति मधेसका दलित र मुस्लिमले पाएका छैनन् । ........... प्रत्येक आन्दोलनले एलिटहरूलाई नै मजबुत बनाउने गर्छ । जस्तो : म स्वयं मधेसको एलिट (सम्भ्रान्त/अभिजात) हो । केन्द्रमा पो बहिष्करण छ, स्थानीय स्तरमा त म सम्भ्रान्त हुँ । ........... मधेसवादी दलले मुस्लिम, दलित, महिला आदिलाई ठाउँ दिएको खोइ ? जुन प्रश्न काठमाडौंमा दलितहरूले उठाइरहेका छन्, त्यही प्रश्न वीरगन्जमा मधेसी दलितले उठाइरहेका छन् । ...........देशभरि झन्डै ७० प्रतिशत साक्षरता दर पुगिरहेको अवस्थामा मुस्लिम महिलाको साक्षरता दर ७–८ प्रतिशत मात्रै छ ।
.......... मेरो भनाइको निष्कर्ष यही हो कि मधेसी राजनीतिक दल सत्तामा जानु हुँदैन । सत्ताभन्दा बाहिर बसेर, संविधान, नियम, कानुन परिवर्तन गर्नतिर उनीहरू लाग्नुपर्छ ।सरकारको लोभमै बित्यो मधेसी दलको १६ वर्ष मधेस आन्दोलनमा ११७ जनाको सहादत, सहिदभन्दा बढी मधेसी मन्त्री ! संविधान जलाउने क्रममा उपेन्द्र यादवलगायत पक्राउ परेपछि तराई मधेसमा आन्दोलन सुरु भएको थियो । माघ ५ गते सिरहाको लहानमा विद्यार्थी नेता रमेश महतोको गोली लागेर मृत्यु भएपछि मधेस आन्दोलनले उग्ररुप लिएको थियो । सोही दिनलाई तराई मधेसमा मधेस बलिदानी दिवसको रुपमा मनाउने गरिएको छ । ........ तीन चरणमा भएको मधेस आन्दोलनमा ११७ जनाले सहादत पाएका छन् । २०६४ मा ५४ जना, २०७२ मा ५६ जना, २०७३ मा पाँच र २०७४ मा दुईजनाले सहादत पाएका छन् । ..........
यहीं सत्ता लुछाचुडीका कारण मधेसको माग पुरा नभएको जानकारहरु बताउँछन् ।
.......... २०६५ देखि हालसम्म विभिन्न चरणमा गठन भएको सबैजसो सरकारमा मधेसकेन्द्रीत दलका नेताहरुको संग्लग्नता छ । जबकि मधेसवादी दलहरुले मधेसको माग पुरा भएन भन्दै जुनसुकै सरकारलाई दवाव दिइरहेका हुन्छन् । आफै सरकारमा सामेल पनि भइरहेका हुन्छन् । ........ पहिलो र दोस्रो मधेस आन्दोलन सम्झौतामा टुंगिएको थियो । तर, तेस्रो मधेस आन्दोलन कसरी टुंगियो, स्वयम् मधेसवादी दलका नेताहरुलाई पनि थाहा छैन । ........ पहिलो मधेस आन्दोलन २२ बुँदे सम्झौता गरेर टुंगिएको थियो भने दोस्रो मधेस आन्दोलन आठ बुँदे सम्झौतामा टुंगिएको थियो । तेस्रो मधेस आन्दोलन सबैभन्दा लामो समयसम्म चल्यो, नाकाबन्दीसम्म त्यही चरणमा भयो । काठमाडौँ केन्द्रीत आन्दोलन पनि सोही चरणमा भयो तर सो आन्दोलन विना सम्झौता टुंगियो । तर माग पुरा हुन सकेन भनेर अहिलेसम्म पनि सरकारलाई दवाव दिइरहेका छन् । .......... एमालेको भाषामा परमादेशी भनिने देउवाको नेतृत्वमा गठन भएको सरकारमा उपेन्द्र यादवको जसपा सहभागी भयो । तर त्यो सरकारमा मधेसको माग र मुद्दाको बारेमा केही कुरा उठेन । ....... सरकारसँग कुरा गरी साझा न्यूनतम कार्यक्रममा नागरिकता समस्यालगायतका केही माग राख्न लगाएका छन् । ........वर्तमान सरकारले मधेसकेन्द्रीत दललाई भाउ नै दिएको छैन
........ मधेस आन्दोलनबाट आधारभूत कुराहरु कार्यान्वयनमा आएपनि मुख्य मागहरु पुरा भएको छैन । संघीयता, समावेशी, राज्यपुनःसंरचना, नागरिकतालगायतका मागहरु अझै पुरा भएको छैन ......... अहिलेका सरकारले त आफूहरुसँग कुरासमेत गर्न नमानेको अध्यक्ष यादवको आरोप छ । भन्छन्, ‘मधेसलगायत विभिन्न ठाउँमा अझै संघर्षको आवश्यकता छ ।’ ........ ‘मधेस आन्दोलनको क्रममा पक्राउ परेकाहरु अझै थुनामै छन् । थुप्रैमाथि अझै पनि मुद्दा कायमै छ, कतिबेला समातिने हुन्। त्यसको त्रास अझै कायमै छ ।’ ठाकुरको बुझाइमा यो राज्यले देशमा मधेस र मधेसी छन् भने कुरा मान्न तयार छैन, पहिलाभन्दा अहिले झन् विभेद बढेको छ । ........ ‘पहिलो मधेस आन्दोलनपछि गठन भएको संविधानसभाको समयमा मधेसवादी दल कुर्सीको चक्करमा यसरी फँसे कि मधेसको माग र मुद्दासमेत विर्सिए । त्यसको नतिजा संविधानसभा विघटन भयो, संविधान निर्माण भएन । यदि त्यो बेला उनीहरु सत्ताको चक्करमा नलागेको भए पहिलो संविधानसभामै सोचे अनुसारको संविधान बन्थ्यो ।’ ........... दोस्रो संविधानसभापछि मधेसवादी दल सरकारमा गएन र एउटा शक्ति निर्माण गरेर तेस्रो मधेस आन्दोलन जवर्जस्त रुपमा गर्न सफल भएको विश्लेषक कर्णको बुझाई छ । तर तेस्रो मधेस आन्दोलन के का लागि, किन भयो ? त्यसको निष्कर्ष निकाल्न मधेसवादी दल नसकेको ठहर पनि छ उनको । ......... यदि त्यतिबेलै सबै दलका नेताहरुले चुनाव वहिष्कार गरेको भए राज्यमाथि एउटा दवाव पथ्र्यो र संविधान संशोधन हुने अवस्था हुन्थ्यो । तर सांसद बन्ने लोभमा आन्दोलनको मर्मलाई त्याग्दै मधेसवादी दलका नेताहरु चुनावमा होमिए । .......... २०७९ को चुनावबाट जसपा र लोसपा दुवैको साइज कम भएको छ । मधेस आन्दोलनको नेतृत्व गरेका जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका नेता राजेन्द्र महतो चुनाव हारेका छन् । ........... यस अवस्थामा पनि वर्तमान सरकारमा जान जसपा, लोसपा तयार थिए । तर सत्ता साझेदार दलले भाउ दिएन । जनमत पार्टी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । तर आफूले दावी गरेको मन्त्रालय नपाउँदा चित्त बुझेको छैन । अर्को मन्त्रालय नदिइ सरकारबाट फिर्ता हुने धम्की पनि दिइरहेको छ । यसरी मधेस आन्दोलन सुरु भएको १६ वर्षसम्म सरकारको लोभमै र्याल चुहाइरहेका छन् मधेसी दलहरु ।Wednesday, January 18, 2023
18: Madhesh
प्रधानमन्त्रीसँग भेटे खानेपानीमन्त्री खान, यथास्थितिमा कार्यभार नसम्हाल्ने अडान
प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्षबीच भेटवार्ता
‘एजेण्डा मिल्ने दलहरुको बीचमा सहकार्य आवश्यक’ सबैले कर्तव्यबोध गरेको स्थितिमा एक हिसावले राष्ट्रिय सहमतिकै सरकार भयो । यसले दिएको सन्देश के हो भने सरकारमा रहेका नेता वा पार्टीहरुलाई अब कुनै किसिमको खेलाँची गर्ने छुट छैन । नेपालको सन्दर्भमा यो एकखालको अभूतपूर्व प्रयोग हो । नेपालको लागि यो नौलो प्रयोग पनि छ र लोकतन्त्रका लागि पनि एउटा नयाँ प्रयोग हो । ....... प्रधानमन्त्री प्रचण्डको सरकारले संसदबाट करिब–करिब ९९ प्रतिशत नै बहुमत प्राप्त ग¥यो .....
२०४६ सालदेखि विभिन्न परिवर्तनहरु भए । यी सबै परिवर्तन हुँदा पनि गाउँको झोपडी अहिले पनि झोपडी नै छन् । आमजनताले तात्विक परिवर्तन केही पनि पाएका छैनन् । उसको जनजीविकामा कुनै परिवर्तन भएको छैन । व्यवस्था, नेता, नेताको जीवनशैली परिवर्तन भएको होला तर आमजनताको जीवनशैली परिवर्तन भएको छैन ।
....... संसदमा जुन नयाँ–नयाँ पार्टी र युवा नेताहरु आएका छन्, तिनीहरुमाथि अत्यन्त विश्वास गरेर पठाएका छन् । उनीहरु पनि असफल भए भने जनताले के गर्ने त ?Can Sadhguru, my favorite YouTuber, Please Contact Me? I am Bramha is human incarnation. Bhagavan Vishnu (Kalki) also is here. We want to talk. @SadhguruJV @ishafoundation
— Paramendra Kumar Bhagat (@paramendra) January 18, 2023
‘हामी जनता राज ल्याउँछौं’
प्रधामन्त्रीद्वारा मन्त्री परिषद विस्तार, यस्ता छन नयाँ मन्त्रीहरु राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।
माओवादीलाई समर्थन र सहजता, एमालेलाई चुनौती, के हो कांग्रेस निति ? प्रचण्डको पाइलाले कांग्रेस प्रचण्डले जे पनि गर्न सक्छ भन्ने निश्कर्षमा यसपालि पुगेको भने देखिन्छ ...... नेपाल सरकारमा मात्र होइन त्यसपछि कांग्रेसले माओवादीको नेतृत्वमा बनेको बागमती र कर्णाली प्रदेशको सरकारलाई पनि समर्थन गरेको छ । यति मात्र होइन मधेशमा प्रभावशाली मानिएको उपेन्द्र यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई समेत कांग्रेसले भावनात्मक परिधि भित्र कैद गरेको छ । मधेशमा एमालेको भागमा परेको सभामुख पदमा उम्मेदवारी दिएको कांग्रेस जसपाको मुख्यमन्त्री पदमा बिना सर्त समर्थन गरेको छ । ...... माओवादीलाई कांग्रेसले गरेको सर्मथनले सरकारको हरेक गतिविधीमा कांग्रेस संगको परामर्श, छलफल र सुझावको बाटो खुल्ला भएको छ भन्ने प्रचण्डसंगको उठवस स्वभाविक भएर पुनः यस अघिको सम्बन्धले गति लिने बिश्वास कांग्रेसको छ । यद्यपि सभामुख र राष्ट्रपतिको निर्वाचनमा फरक नतिजा आए वतर्मान सत्ता गठबन्धन धवस्त हुने आंकलन गरिन थालिएको छ ।
मधेशका मुख्यमन्त्री यादवको विपक्षमा परेन एक मत पनि, भए सर्वसम्मत उनलाई संसदको सबै दश दल र स्वतन्त्र सांसदले पनि बिश्वासको मत दिएका छन् । ...... एमाले दलका नेता सरोज कुमार यादव, कांग्रेस दलका नेता कृष्ण प्रसाद यादव, जसपाका तर्फबाट लालबाबु राउत, जनमतका दलका नेता महेश प्रसाद यादव
मधेस प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिता कुमारी निर्वाचित राउतलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, राप्रपाका १ र ५ जना स्वतन्त्र प्रदेशसभा सदस्यले मतदान गरेका हुन् । ...... यसअघि मंगलबार दिउँसो बसेको प्रदेशसभाको बैठकले सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डललाई निर्वाचित गरेको थियो ।
मधेसको बीचबाट ६ लेन सडक निर्माण गर्न भरत साहको सुझाव भरत साहले मधेस प्रदेशको बीचबाट पूर्व–पश्चिम ६ लेनको सडक निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । ....... राजा महेन्द्रले निर्माण गरेको पूर्व–पश्चिम राजमार्ग उत्तरी क्षेत्रमा रहेकाले मधेसको ठुलो जनसंख्या लाभान्वित हुन नसकेको बताए । ....... ‘हामी वडा अध्यक्ष हो र ? दुईसय तीनसय मिटर ढलान बाटो बनाउने ?’ उनले भने, ‘६ लेन बाटो मधेसको बीचबाट बनाउन आँट गरौं ।’ ...... सप्तरीदेखि पर्सासम्म मधेसको बीच भागबाट पूर्व–पश्चिम ६ लेनको सडक निर्माण गरे प्रदेश समृद्ध हुने उनको भनाइ छ ।
सत्तारुढ दलले मधेसकेन्द्रीत दललाई किन दिएनन् महत्त्व ? जनमत पार्टीका अब्दुल खानले लिन मानेनन् खानेपानी मन्त्रीको शपथ आफ्नो पार्टीबाट सरकारले समर्थन तथा विश्वासको मत लिएको तर जिम्मेवारी बाँडफाँटमा आफ्नो दलसँग बेइमानी गरेको बताए । यो सरकार गठन गर्न जसपाले सुरुदेखि भूमिका खेल्यो तर सरकारको नेतृत्वमा रहेको मुख्य दलले सरकारबाट बाहिर राख्न षड्यन्त्र गरेको उनको आरोप छ । ....... लोसपा पनि सरकारमा सहभागी हुने तयारी अवस्थामा थियो तर सत्ता साझेदार प्रमुख दलले कुनै सोधखोजै गरेनन् । लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले सरकारमा जाने विषयमा सत्ताधारी दल र आफूहरुको बीचमा कुनै संवाद नभएको कारण सरकारमा सहभागी नभएको बताए । ...... तर, उताबाट कुनै खोजखबरै नभएपछि सरकारमा जाने कुरै नहुने भण्डारीले बताए । ....... केही दिन पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएर सरकारको विषयमा छलफल गरेका थिए । सरकारमा जान लोसपा अध्यक्ष ठाकुर सहमत भएका थिए तर कुन र कतिवटा मन्त्रालय दिने त्यस विषयमा कुनै छलफल भएको थिएन । ........ मधेसकेन्द्रीत दलहरुलाई सोधखोज पनि नगरिएको उनको भनाइ छ । यो घटनाले मधेसकेन्द्रीत सबै दललाई एक ठाउँमा आउने अवसर दिएको पनि उनले धारणा राखे । ........ सीके राउत नेतृत्वको जनमत पार्टीले सुरुमै एकजना मन्त्री सरकारमा पठाइसकेको छ । सो पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति थियो । तर अहिले खानेपानी मन्त्रालय दिइएको छ । मन्त्रालयमा चित्त नबुझेर अब्दुल खान मंगलबार शपथका साथै मन्त्रालयमासमेत गएनन् । ....... जबकि जनमत पार्टीले खान उद्योग मन्त्री रहेको भनी प्रचार पनि गरेको थियो । उद्योग मन्त्रीको रुपमा अब्दुल खानलाई सबैतिरबाट शुभकामना तथा बधाई पनि आए । तर विना विभागीय मन्त्रीको रुपमा शपथ खाएका अब्दुल खानले मन्त्रालय बाँडफाँट हुँदा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । ........ जनमत पार्टीका उपाध्यक्ष तथा प्रवक्ता समेत रहेका मन्त्री खानले वर्तमान सरकारले मधेसीलाई अपमान गरेको आरोप लगाए । उनले भने, ‘मधेसी शक्तिलाई सरकार बाहिर राख्ने षड्यन्त्र भएको छ ।’ सरकारको नेतृत्व गरेको दलले जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिनेमा सहमति जनाएको थियो । तर आज जिम्मेवारी दिने समयमा खानेपानी मन्त्रालयलाई दिएर आफूहरुसँग धोका भएको उनको भनाइ छ । सरकारको यो निर्णय त्रुटीपूर्ण भएको भन्दै उनले गल्ती नसच्याएसम्म पदभार नसम्हाल्ने उनले बताए ।
उपेन्द्रले मागे देउवासँग विश्वासको मत
अशोक राईका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट रोकियो जसपा अध्यक्ष यादवले सत्ता साझेदार दलको बैठकमा सबै पदमा प्याकेजमै सहमति गरेर बाँडफाँट गर्नुपर्ने धारणा राखेका थिए । तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतमा सहमति भइसकेको भन्दै थप छलफल गर्न नसकिने बताएका थिए । ....... यस्तै मन्त्रालयका भागबण्डा पनि भइसकेकाले जसपालाई दुई वटा दिन सकिने बताएका थिए । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष अोलीले बसेर सबै टुग्यांइसकेपछि अन्य दललाई साक्षीको रुपमा मात्र सत्ता साझेदार दलको बैठकमा बोलाएको रहेको कुरा अध्यक्ष यादवले पार्टीको बैठकमा राखेका थिए । ...... यादवले बैठकमा आफ्नो कुराको कुनै सुनुवाइ नभएको पनि बताएका थिए ।
अन्य दलको सहयोगमा कांग्रेसले सभामुखमा उम्मेदवारी दिने
मन्त्रालय भागबण्डा टुंगियो, मंगलबार १ बजे शपथ ग्रहण
मन्त्रालय बाँडफाँटमा जसपाको असहमति
यस्तो छ मन्त्रालयको भागबण्डा
जसपाले सरकारमा सहभागी हुन सर्त अघि सार्यो
At least 68 people have been killed in a Yeti Airlines crash, making it Nepal's deadliest aviation disaster in 30 years. pic.twitter.com/iG9MDK89Wh
— South China Morning Post (@SCMPNews) January 16, 2023
Yeti Airlines Flight 691
— MOHD AMIRUL AIZAD (@MOHDAMIRUL3899) January 16, 2023
Aviation accident and incident
At least 68 dead in Nepal plane crash pic.twitter.com/7MuVgkoPUR
Reuters: Canada's Transportation Safety Board will help investigate Nepal's worst plane accident in 30 years. The aircraft's engines were made by Pratt & Whitney Canada.
— Aarti Pole आरती (@aartipole) January 16, 2023
The Yeti Airlines plane, carrying 72 people, went down Sunday, killing at least 70 people.
NEW: France's NTSB counterpart (@BEA_Aero) will help investigate the Yeti Airlines crash. Four investigators arrive in Nepal tomorrow. pic.twitter.com/ZfXPh88Jdd
— Pete Muntean (@petemuntean) January 16, 2023
- 70 bodies retrieved from Yeti Airlines crash site
— Kantipur TV HD (@KantipurTVHD) January 16, 2023
- Cabinet equation determined.. New Ministers to take oath at 1 pm tomorrow
- Revenue collections improve in mid January
- Province 1 defeats Lumbini while Sudur Paschim thump Gandaki by 9 wickets#KantipurNews #Headlines pic.twitter.com/wsVHlfkV1L
Rescuers had recovered 68 bodies out of the 72 people on board the Yeti Airlines plane that crashed in Nepal's Pokhara on Sunday https://t.co/QpbOEntIrG pic.twitter.com/qoydX0JuDL
— Al Jazeera English (@AJEnglish) January 16, 2023
Pilots say Nepal can be a challenging place to fly, but conditions at the time of the crash were good, with low wind, clear skies and temperatures well above freezing.
— TIME (@TIME) January 16, 2023
So what might have caused the crash of the ATR 72 aircraft? https://t.co/t8R6VFTtdI
Old aircrafts in operations has always been a debatable issue in Nepal. Blame mountains?geography?pilot?weather? But don't blame the airline company! There's a reason why Nepalese airlines has been banned in EU. Nepal Government your next move? #YetiAirlines #planecrash #Nepal pic.twitter.com/ohExPsj5Ce
— Paras Shrestha (@Paras156) January 16, 2023
13 accidents in 24 years, 6 fatal with 97 casualties. One common name in all these: "Yeti Airlines". Time to ground the company and run a thorough public audit on their decision making process. pic.twitter.com/ryNg6bIb89
— Apil Gurung (@apligrg) January 15, 2023
Video shows Yeti Airlines ATR 72 seconds before crash in Nepal - AeroTime https://t.co/M0Lfv9jMZq
— ✈Monica-مونيكا✈️ (@vargasmoni) January 16, 2023
Nepalese authorities find black boxes that should yield clues on why the Yeti Airlines flight crashed seconds before landing https://t.co/zfMrJF87Wj
— Bloomberg (@business) January 16, 2023
Sunday, December 04, 2022
मधेसी मोर्चा ब्युंतने संभावना
— Paramendra Kumar Bhagat (@paramendra) December 4, 2022
JaSaPa 12
Janamat 6
LoSaPa 4
Nagrik Unmukti 3
Amresh Singh 1
Mahendra Raya Yadav 1
Prabhu Sah 1
Madhesi Morcha 28 MPs
Maoist 31
Unified Socialist 10
RaSwaPa 21
RaPraPa 14
मधेसी मोर्चा को निर्माण। रेशम को मुक्ति। सीके राउत उप प्रम। महंथ सभामुख। उपेन्द्र राष्ट्रपति। लगत्तै पार्टी एकीकरण गरेर सीके संसदीय दलको नेता।
एमालेसँग सहकार्यको ‘सन्देश’ले कांग्रेसमा हलचल, २४ घण्टा नबित्दै माओवादी यूटर्न !
माओवादी बैठकमा प्रचण्डले भने–गठबन्धन दायाँबायाँ हुँदैन
मधेस प्रदेशमा जसपाभन्दा जनमत लोकप्रिय कसको मत कति ? ..... मधेस प्रदेशमा मधेसी दलमध्ये सबभन्दा लोकप्रिय पार्टी सिके राउत नेतृत्वको जनमत पार्टी भएको छ । ....... जनमत पार्टीले तीन लाख २९ हजार १७७ मत ल्याएको छ । त्यहीं जसपा नेपालका दुई लाख ९८ हजार ७७४ मत मात्र आएका छ । जनमतले जसपाभन्दा ३० हजार ४०३ मत बढी ल्याएको छ । ....... यसअघिको चुनावमा मधेसमा लोकप्रिय रहेको जसपा र लोसपाले सो लोकप्रियता यसपटक गुमाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १३ हजार ३६४ मत मात्र ल्याएको छ । ...... नेपाल संघीय समाजवादी पार्टीले ५० हजार १८८, नागरिक उन्मुक्ति पार्टी ४९ हजार ७०५, बहुजन एकता पार्टी नेपाल २० हजार ३२४, नेपाल लोकतान्त्रिक पार्टी आठ हजार २८७, पिछडावर्ग निषाद दलित जनजाति पार्टी सात हजार १०४, बुहजन शक्ति पार्टी छ हजार ६८६, नेपाल जनता पार्टी पाँच हजार ४६१, तराई मधेस लोकतान्त्रिक पार्टी पाँच हजार ३६७, जनता प्रगतिशिल पार्टी, नेपाल पाँच हजार ३४०, नेपाल सद्भावना पार्टी चार हजार ८१७, नेपाली जनता दल तीन हजार ६७९ मत ल्याएका छन् । ....... मधेस प्रदेशको समानुपातितर्फत जनमत पार्टीले सबभन्दा बढी मत सप्तरीमा नै ल्याएको छ । ....... मधेस प्रदेशको समानपातिकतर्फ जनमतले सप्तरीबाट ८६ हजार ७०७, सिरहाबाट ५४ हजार ६५४, सर्लाहीबाट ४४ हजार ४९९, धनुषाबाट ४३ हजार ५२६, महोत्तरीबाट ३७ हजार १९३, रौतहटबाट ३० हजार ९९०, बाराबाट २४ हजार ३१३ र पर्साबाट सात हजार २५४ मत ल्याएको छ ।
संसदमा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौं : सीके राउत (अन्तर्वार्ता) अहिले खुला राजनीतिमा आएपछि जनतामाझ जान र कुरा बुझ्न पाइन्छ । निर्वाचनमार्फत जनमत पनि परीक्षण गर्न पाएका छौँ । त्यो एउटा व्यापक फरक अनुभूति हामीले गरेका छौँ । राज्य र संविधानले दिएको अधिकारको पूर्ण उपभोग गरेका छौँ । ........ यसअघिका राजनीतिक दलले लोकतन्त्र, सङ्घीयता र गणतन्त्रजस्ता जति पनि एजेन्डा ल्याए, ती विशुद्ध राजनीतिक एजेन्डा मात्र थिए । यस बीचमा शिक्षा, स्वास्थ्य, रोजगारीका विषयलाई कसैले पनि प्राथमिकता दिएनन् । हामीले सेवा प्रवाहका अतिरिक्त भ्रष्टाचार न्यूनीकरण, सुशासन र किसानका मुद्दालाई उठायौँ, त्यसलाई जनताले सकारात्मक रुपमा ग्रहण गरेको अवस्था छ । यी मुद्दालाई अरूले नउठाएका कारण पनि जनमत पार्टी नै ठीक हो भनी जनताले विश्वास गरेका हुन् । ....... निर्वाचन कम भड्किलो, संयमित र विश्वसनीय रहेको तथा आचारसंहिता पालनामा पनि प्रगति भएको भनी पर्यवेक्षकहरुले प्रतिवेदन बुझाएको अवस्था छ । जनताले हामीलाई जुन मत दिएका छन् त्यसलाई म परिवर्तनका लागि दिएको मान्दछु । त्यो जनमतलाई हामी खेर जान दिन्नौँ । ....... अझै पनि धेरै बालबालिकाले आधारभूत शिक्षा पाउन सकेका छैनन् भने किसानले मलबिउ नपाएको अवस्था छ । त्यसैले बालबालिका लागि राष्ट्रिय साक्षरता कार्यक्रम तथा किसानका लागि मलखादका विषय संसद्मा आवाज उठाउने र त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न सकिन्छ । ......... दुई तिहाइ आउँदैमा त्यो स्थिर हुन्छ भन्ने पनि रहेन । बहुमत आउँदैमा र सरकार बन्दैमा राजनीति स्थिर हुन्छ भन्नै पनि छैन । अहिले कसैको पनि स्पष्ट बहुमत नआएको अवस्था छ । त्यसको पनि एउटा सकारात्मक पक्ष छ, यसले पार्टी विशेषलाई अह्म पाल्न दिँदैन । ........ जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या निर्णायक छ । सरकार गठनका लागि संसदमा बहुमत पुर्याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ । प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार बन्नसक्ने अवस्था रहन्न । हामी नजाँदा सरकार नै बन्दैन ....... हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो, हामी दिन्छौं । जसले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारीका माग र मुद्दालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् उसलाई नै हामी पनि समर्थन गर्छौ । ....... संसद र सरकारमा प्रवेश गरेपछि सेवा प्रवाहमा हाम्रो ध्यान केन्द्रित हुन्छ । अहिलेको अवस्थामा बेरोजगारी प्रमुख समस्या हो । लाखौँ युवा विदेशिन बाध्य भएका छन् । रोजगारी देशभित्रै सिर्जना गरिनुपर्छ । साक्षरता दर बढाउने, स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय तुल्याउने, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने, सेवा प्रवाहमा ढिलासुस्ती हटाउनेजस्ता एजेण्डा नै हाम्रा प्राथमिकताहरु हुन् । ........ सहकार्य जोसँग पनि हुनसक्छ, हामीले पाएको जनमत एक्लै निर्णायक छैन । कसै न कसैसँग सहकार्य गरेरै सरकार बनाउनुपर्ने हुन्छ । त्यसकारण सहकार्य गर्ने सम्भावना जोसँग पनि हुन्छ ।
Friday, December 02, 2022
गठबन्धन को स्थिरता संघीयता का कारण
Magic Number: 138
Wednesday, November 30, 2022
जसपा + जपा + नागरिक उन्मुक्ति + लोसपा = १२ लाख भोट
मधेसी थारू एक ढिक्का भए माओवादी र स्वतंत्र पार्टी भन्दा पनि ठुलो बन्ने रहेछन। निर्णायक शक्ति।
प्रदेशमा फेरि पनि मिलीजुली सरकार, कस्तो हुन्छ समीकरण? चारवटा प्रदेशमा गठबन्धनलाई बहुमत, प्रदेश १ मा एमालेसहितको गठबन्धनलाई बहुमत, मधेस र लुम्बिनीमा नयाँ पार्टीको भर .
कांग्रेससँग सहकार्य गर्न सिके राउत तयार
दुई सातापछि काठमाडौंमा मेलम्चीको पानी
नेपालमा ८८ प्रतिशत महिला पत्रकारमाथि हुन्छ हिंसा
समानुपातिकमा एमालेलाई २७ लाख मत, एकीकृत समाजवादी 'थ्रेसहाेल्ड'नजिक मधेशमा कांग्रेसले तीन लाख ८६ हजार दुई सय ९३, एमालेले तीन लाख ४३ हजार सात सय २८, जनमत पार्टीले तीन लाख सात हजार तीन सय ५०, जसपा नेपालले दुई लाख ८७ हजार आठ सय ४६, माओवादी केन्द्रले एक लाख ७८ हजार नौ सय ३६, एकीकृत समाजवादीले एक लाख १२ हजार र लोसपा नेपालले एक लाख १० हजार आठ सय ५२ मत प्राप्त गरेको छ।
सरकार गठनमा एमालेको पनि गृहकार्य माओवादीलाई सत्तागठबन्धनबाट निकाल्न सके बहुमत जुटाउन सहज
Thursday, November 24, 2022
चार पार्टी को एकीकरण को मैंडेट?
प्रचण्डलाई ओली र देउवाको फोन : दुवैकाे मिलेर जाने प्रस्ताव
ओलीले प्रचण्डलाई फोन गरेपछि बामदेवले भने–‘दूरदृष्टि’
‘मतको नतिजाको आधारमा गठबन्धन तोड्नुहुन्न, काँग्रेसले तोड्दैन’
सिके राउतको उदय : संशय एकातिर, जनमत बढ्दै जाने आधार अर्कोतिर ११ वर्षअघि (सन् २०११ मा) स्वदेश फर्केका उनी सुरुमा मधेसको अवस्था बुझ्नतिर लागे । मधेस घुमेर उनले बनाएको डकुमेन्ट्री फिल्म ‘ब्लाक बुद्धज्’मा मधेसको संक्षिप्त इतिहाससँगै मधेसी निम्न वर्गको वर्तमान देखाइएको छ । ....... वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा जनमत पार्टीले सप्तरीमा दुई पालिकामा नेतृत्व पाएको छ । यसपालि देशभरबाट ५४ प्रतिनिधिसभा सदस्यका लाागि उम्मेदवार उठाएको यस पार्टीले एक स्थानमा निर्वाचित भइसकेको भने तराई मधेसका अधिकांश क्षेत्रमा राम्रो उपस्थिति देखाएको छ । ....... सप्तरी २ मा उम्मेदवार रहेका राउतले यसपालि मधेसका चर्चित नेता उपेन्द्र यादवलाई भारी (१८०६३) मतान्तरले पराजित हराए, योसँगै उनको चर्चा चुलिएको छ । ....... ‘हिजो उनी राजनीतिक रिङभन्दा बाहिर थिए, अब उनी रिङभित्र छिरे । उनले डेलिभरी कति दिन्छन्, यसैमा उनको राजनीतिक भविष्य निर्धारित हुन्छ ।’ ...... ‘राउतले मधेसका निम्न वर्ग र दलित समुदायलाई आफ्नो टार्गेट बनाए,’ साह भन्छन्, ‘उमेरका हिसाबले १५ देखि ३० वर्षका युवालाई उनले आफ्नो कार्यकर्ता बनाउँदै लगे । यस पार्टीको सबैभन्दा मजबुत संगठन प्रवासमा छ । अहिलेको मधेस प्रदेशबाट लाखौँ मानिस खाडी लगायत देशमा रोजगारीका लागि गएका छन् ।’
थर्काएर चिनाव नजितिने रहेछ!
— Madhu Raman Acharya (@MadhuRamanACH) November 24, 2022
बिहानैको खबरले फुराएको ज्ञान!!
Oh hi lol
— Elon Musk (@elonmusk) November 23, 2022
Good pic.twitter.com/5cKvwNNjhU
— Paul Massaro (@apmassaro3) November 23, 2022
मंगल प्रभात । यो तस्वीरले एउटा कथा भन्दैछ ! pic.twitter.com/4fLXNpcQLi
— Chandrakishore चन्द्रकिशोर (@Kishore_chandra) November 24, 2022
There are 4,950,000,000 internet-connected people waiting to get better at a number of different things.
— Justin Welsh (@thejustinwelsh) November 23, 2022
Can you find 4 each day that will pay you $70 to learn one of those skills?
If so, you have a $100k+ business.
Not easy, but also not as daunting as you might think.
Wednesday, November 23, 2022
23: Janamat + Unmukti = Threshold
संसद्मा नयाँ शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी निर्णायक बन्न सक्ने
....... तीन नयाँ दलको सशक्त उपस्थितिले उनीहरूलाई बहुमत पुर्याउन कठिन भएको छ । नयाँ दलहरूका कारण संसद्मा पनि दुवै गठबन्धनमाथि दबाब पर्ने देखिन्छ । ....... सत्तागठबन्धनले प्रत्यक्षमा ९३ क्षेत्रमा जित्ने देखिन्छ .... समानुपातिकतर्फ बुधबार राति १२ बजेसम्मको गणनामा कांग्रेसलाई २४.२१, माओवादीलाई ११.६०, एकीकृत समाजवादीलाई १.६३ प्रतिशत मत परेको छ । सत्तागठबन्धनका अन्य घटकको समानुपातिक मत न्यून छ । यही औसतमा मत पाए समानुपातिकतर्फ कांग्रेसले २७, माओवादीले १३ सिट हासिल गर्न सक्छ । ....... एमाले नेतृत्वको गठबन्धनले करिब ५३ क्षेत्र जित्ने देखिन्छ । ....... एमालेलाई २६.३२ प्रतिशत मत परेको छ । यही औसतमा मत पाए समानुपातिकतर्फ २९ सिट हासिल हुन सक्छ । यस्तै राप्रपाले ७.४५ र जसपाले ३.३० प्रतिशत मत पाएका छन् । यही औसतमा मत परे राप्रपाले समानुपातिकमा आठ सिट पाउन सक्छ । जसपाले चार सिट पाउन सक्छ । ...... कांग्रेसको मत माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चामा अपेक्षाकृत ‘ट्रान्सफर’ नभएका कारण सत्तारुढ गठबन्धनलाई बहुमत पुर्याउन सकस भएको छ । विपक्षी गठबन्धनमा पनि एमालेका मत राप्रपालगायत दलमा ट्रान्सफर कम भएको देखिएको छ । ....... नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको एक स्वतन्त्रसमेत गरी दुई क्षेत्र जितिसकेको छ । अन्य एक क्षेत्रमा उसको अग्रता छ । जनमत पार्टीले एक क्षेत्र जितेको छ भने अन्य एक क्षेत्रमा अग्रता कायम राखेको छ । ........ राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३.८८ प्रतिशत मत ल्याएको छ । यही अनुपातमा मत पाए उसले समानुपातिकमा १५ सिट पाउन सक्छ । ....... समानुपातिकतर्फ १४ लाख ७९ हजार ०१२ मत गणना हुँदा थ्रेसहोल्ड कटाउने दल ६ मात्र छन् । ......... दुई–तीन सिट कम हुँदा नागरिक उन्मुक्ति पार्टी वा जनमत पार्टीको सहयोगमा पनि सरकार बनाउन सक्छ । राष्ट्रिय स्वतन्त्र पार्टी वा राप्रपाको समर्थन जुटाउन सके थप सहज हुन सक्छ । ........ विपक्षी गठबन्धनलाई बहुमतका लागि ४४ सिट अपुग हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पाउन सक्ने सम्भावित २४ सिट जोड्दा पनि विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन २० सिट अपुग हुन्छ । ........ एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र जनमत पार्टीसँग सहकार्य गर्दा पनि यो गठबन्धनलाई बहुमत जुटाउन कठीन देखिन्छ । यस्तो अवस्थामा विपक्षी गठबन्धनले अहिले सत्तागठबन्धनमा रहेको माओवादीसँग सहकार्य गरेर सरकार बनाउन सक्छ ।बहुमतको टुंगो छैन, कांग्रेसमा प्रधानमन्त्रीका ६ आकांक्षी सत्ता गठबन्धनमा गडबड र नयाँ समीकरण बने ओलीलाई प्रधानमन्त्री बन्ने विकल्प खुला हुनेछ । .
राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीको क्लस्टरअनुसार ‘टप थ्री’मा को–को छन् ? देश र विदेशमा रहेका करिब ४० हजार शुभेच्छुकको मतदानबाट ११० जनाको सूची तयार पारेका थियौं । ति ४० हजार नै समानुपातिक मत बढाउनका लागि लागिपरेका थिए । अहिले देखिएको परिणाम यही मिहेनतका कारण हो ।’ ....... ०७४ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३१ लाख ७३ हजार ४९४ र कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत ल्याएको थियो ।
पछि परे मधेशका प्रभावशाली नेता महन्थ, राजेन्द्र र उपेन्द्र
इतिहासकै निराशाजनक निर्वाचन निर्वाचनप्रति आमजनतामा कुनै उत्साह थिएन । चुनावमा खटिएका राजनीतिक दल, अझ विशेष गरी सिद्धान्तहीन गठबन्धनका कारण दलका कार्यकर्तामा समेत कुनै उत्साह थिएन । पार्टी अनुशासन र नैतिकताका कारण आफ्नो पार्टीको चुनाव चिह्न नभए पनि पार्टीको कार्यकर्ता हुनुको नाताले मन लागीनलागी निर्वाचनमा सरिक थिए उनीहरू, तर मनैदेखि चुनाव अभियानमा सक्रिय थिएनन् ।
स्वतन्त्र पार्टीसहित केही नयाँ दल र स्वतन्त्र उम्मेदवारका पक्षमा खटिनेहरूमा भने चर्को उत्साह देखिन्थ्यो ।
....... यो निर्वाचनले मधेसकेन्द्रित दललाई सबैभन्दा नराम्रो धक्का दिएको छ । ..... यो निर्वाचनका माध्यमबाट आमजनताले कांग्रेससहितका सत्तारूढ दलको सिद्धान्तहीन चुनावी गठबन्धनलाई जोरलात्ती हानेको प्रस्ट देखियो । सत्तारूढ दलका नेताहरूले बारम्बार जनतासँग गठबन्धनमा रहेका दललाई मतदान गर्न आह्वान गरे पनि जनताले त्यसअनुरूप भोट हालेनन् र एकअर्का पार्टीको भोट एकअर्कामा ट्रान्सफर पनि भएन । जनताले गठबन्धनको आदेशलाई अवज्ञा गरेकै कारण राप्रपा, स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारलाई राजनीतिक लाभ भयो, त्यसैको परिणाम स्वतन्त्रसहित नयाँ एवं साना दलहरूको संसद्मा उल्लेख्य उपस्थिति हुने भयो । ....... कांग्रेससँग चुनावी गठबन्धन गरेर सानदार ढंगले संसद्मा तेस्रो या चौथो दलका रूपमा उपस्थितिको सपना देखेका माओवादी केन्द्रले गठबन्धन गरेर पनि चुनावमा धोका पाएको प्रस्ट देखिएको छ । उनीहरू उठेको ठाउँमा कांग्रेसको परम्परागत मत उनीहरूको पक्षमा खसेको देखिएन । ....... राजनीतिक रूपमा भर्खर गठन भई पहिलोपटक चुनावमा डेब्यु गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको सफलतालाई अभूतपूर्व मान्नुपर्छ । मेरो दृष्टिकोणमा यो निर्वाचनमा एमालेले पाएको सफलता पनि कम्ता होइन । निर्वाचनको परिणामले यो पार्टी अरूभन्दा बलियो र संगठित देखियो । ...... निर्वाचनमा मतदाताले मत दिन नजानु, कम मत खस्नु, ठूला दलको विकल्प खोज्नु, यो निर्वाचनका माध्यमबाट नेपाली जनताले गरेको एकप्रकारको सौम्य (सफ्ट) विद्रोह हो । ....... आगामी संसद्ले स्थिर सरकार गठन गरेन, भ्रष्टाचार र बेथितिको नियन्त्रण गरेन, जनतालाई थप निराश बनायो भने सफ्ट विद्रोह मात्र होइन, सडकबाट कडा विद्रोह गर्ने दिन आउन सक्छ ।मधेसी थारू लाई अझै पनि पार्टी एकीकरण कै चटारो
Monday, November 21, 2022
Dr. CK Raut In Saptari 2
चुनावपछिका दाउपेच
सेतोपाटी प्रक्षेपण: भारी मतान्तरसहित गगन थापा चुनिने छन् तेस्रोपटक सांसद काठमाडौं- ४ को समानुपातिकमा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो ........ हामीले कुराकानी गरेका ८५९ मतदातामध्ये ५०७ जनाले कांग्रेस उम्मेदवार गगन थापालाई भोट दिएको बताएका छन्। यो हामीले कुराकानी गरेका मतदाताको ५९ प्रतिशत हो। ....... हामीले कुराकानी गरेका ८५९ मतदातामध्ये १९६ जनाले समानुपातिक भोट नेपाली कांग्रेसलाई दिएको बताएका छन्। यो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा एमालेलाई पछि पार्दै दोस्रो धेरै भोट ल्याउने देखिन्छ। हामीले कुराकानी गरेकामध्ये १७९ जनाले आफ्नो समानुपातिक भोट घन्टीलाई दिएको बताए। ...... विभिन्न मतदान केन्द्र घुम्दा हामीले एक जना यस्तो मतदाता पनि भेट्यौं जसले आफू समानुपातिकमा घन्टीलाई भोट हाल्न मात्र आएको बताए।
पुराना दलको घन्टी बजाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय घन्टीको उदयले कसलाई हानि? ल्याउला गठबन्धनले बहुमत? कस्तो होला एमालेको परिणाम? ....... २०७९ सालको संसदीय निर्वाचनको सबभन्दा ठूलो स्टोरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय हो। निर्वाचन आउनु केही महिनाअघि मात्र खुलेको यो पार्टीले जसरी मुलुकभर लाखौं मतदातालाई उत्साही र उद्वेलित पार्दै मतदान केन्द्रमा पुर्याएको छ, जसरी चुनाव क्रममा मुख्य दलका उम्मेदवारलाई कतिपय ठाउँमा हायलकायल पारेको छ, त्यसले नेपाली राजनीतिको जमेको पोखरी तरंगित बनाएको छ। ....... रास्वपा पहिलो चुनावमै राष्ट्रिय पार्टी बन्छ भन्ने लगभग धेरैले अनुमान लगाइसकेका छन्। तर कति प्रतिशत मत ल्याउला भन्नेमा फरकफरक अड्कल छन्। धेरै मानिस ५ देखि २० प्रतिशतसम्म मत ल्याउला भन्ने अनुमान गर्छन्। ....... निर्णय गरिसकेकामध्ये ५२९ जनाले रास्वपालाई समानुपातिकमा मत दिने बताए। यो भनेको हामीले कुराकानी गरेका मतदाताको १४.७ प्रतिशत हो। ....... रास्वपाको घन्टी चुनाव चिह्नलाई मत दिने मतदाता मुख्यगरी ठूला सहर र पूर्व-पश्चिम राजमार्ग वरिपरिका सहरमा रहेको हामीले पायौं। ....... यस्ता सहरमा बसाइँसराइ गरेर आएको जनसंख्याको हिस्सा ठूलो हुन्छ। ऊ परिवर्तन गर्न र जोखिम मोल्न अरूभन्दा अगाडि हुन्छ। जसले आफ्नो थाजवाज नै परिवर्तन गरेर नयाँ ठाउँमा आएको छ, नयाँ अवसर खोजेको छ, सायद उसलाई आफूले मत दिने दल परिवर्तन गर्नु धेरै ठूलो कुरा हुन्न, जति अरूलाई हुन्छ। ........ काठमाडौंका चारवटा निर्वाचन क्षेत्रमा रास्वपाको समानुपातिक मत औसत २४ प्रतिशत छ। त्यस्तै चितवनका दुई निर्वाचन क्षेत्र र मकवानपुरको एकसहित तीन निर्वाचन क्षेत्रमा रास्वपाको औसत मत २९ प्रतिशत छ। .......... सुनसरी- ३ मा हामी मतदातासँग कुरा गर्न जाँदा इटहरीमा घन्टीको राम्रै मत देखियो। केही दक्षिण, दुहबी पुग्नेबित्तिकै त्यो मत धेरै कम भयो। .......
ठूला र पुराना दलहरूको मत काट्न त्यहाँ यसपालि मधेसकै नयाँ र विद्रोही पार्टी अघि आएको छ- सिके राउत नेतृत्वको जनमत पार्टी। ..... मधेस र लुम्बिनी प्रदेशमा ठूला र पुराना मधेसवादी दलहरूसँग असन्तुष्ट मतको ठूलो हिस्सा जनमत पार्टीले लैजाने छ। ..... बर्दिया, कैलाली, कञ्चनपुरमा विद्रोही रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले असन्तुष्ट मत लैजान्छ।
....... घन्टी चुनाव चिह्न जसरी यसपालि मुलुकभरि विद्रोही मतको प्रतीकजस्तो बनेको छ र रवि लामिछानेप्रति मुलुकभर जुन चासो र आकर्षण देखिएको छ, त्यसले रास्वपाको कुनै उपस्थिति नभएको दूरदराजका निर्वाचन क्षेत्रबाट पनि उसलाई केही मत आउन सक्छ। ....... हामीलाई लाग्छ रास्वपाले समानुपातिकमा ७ देखि १२ प्रतिशत मत ल्याउन सक्छ। ....... चितवन- २ मा उक्त पार्टीका रवि लामिछाने र काठमाडौं- ६ मा शिशिर खनाल विजयी हुनेछन् भन्ने हामीलाई लाग्छ। काठमाडौं- २ मा सोबिता गौतम र चितवन-१ मा हरि ढकाल पनि बलियो प्रतिस्पर्धामा छन्। ....... ललितपुर- ३ मा तोसिमा कार्की र काठमाडौं- ८ मा बिराजभक्त श्रेष्ठ पनि बलियो प्रतिस्पर्धामा छन् ........ रास्वपाले प्रत्यक्षमा ५ सिटको वरिपरि जित्यो भने त्यो स्वाभाविक नै हुनेछ। ....... रास्वपालाई जाने मतको सबभन्दा ठूलो हिस्सा हिजो नेकपा एमाले र नेपाली कांग्रेसलाई मत दिएका मतदाता छन्। देशका २१ निर्वाचन क्षेत्रमा रास्वपालाई मत दिन्छु भन्ने ५९२ जना मतदातामध्ये ४३४ जनाले (७३ प्रतिशत) पहिले एमाले र कांग्रेसलाई मत दिएको बताए। त्यसमध्ये एमालेलाई दिएका ४० प्रतिशत र कांग्रेसलाई दिएका ३३ प्रतिशत छन्। ......... हामीले भेटेका अधिकांश नयाँ मतदाताले रास्वपालाई मत दिन्छु भने। एमाले र कांग्रेसका 'फ्रेस' वा युवा उम्मेदवार नभएका क्षेत्रमा त यी दललाई मत दिन्छु भन्ने नयाँ मतदाता लगभग शून्य छन्। १८-२४ वर्ष समूहका यी मतदाताको 'फस्ट लभ' रास्वपा बनेको छ। .......... रास्वपाको उदय यो निर्वाचनको सबभन्दा ठूलो स्टोरी हो। तर यसको उदय २०६४ सालमा माओवादीको उदयजस्तो सबभन्दा ठूलो दलका रूपमा हुने छैन। साथै, जत्रो दल बने पनि सबै दललाई जाने मत काटेर रास्वपा नयाँ दलका रूपमा उदाउने हो। त्यसैले यसले गठबन्धनलाई मात्र क्षति गर्दैन। ........ सबभन्दा धेरै निराश र अन्यौलमा एमालेकै मतदाता पायौं। ........ नयाँ उदाउँदै गरेको रास्वपालाई मत दिनेमा एमालेलाई मत दिँदै आएका मतदाता नै बढी छन्। ........ यसपालि घन्टीले पाउने मतमध्ये ४० प्रतिशत अघिल्लोपटक एमालेलाई र ३२ प्रतिशत कांग्रेसलाई गएको मत हो। ...... गठबन्धनको बहुमत सजिलैसँग पुग्छ भन्ने हाम्रो विश्लेषण छ। ........ माओवादी नेताहरू समानुपातिकतर्फको आफ्नो मत लगभग स्थिर रहेको दाबी गर्ने गर्छन्। २०७०, २०७४ र गएको स्थानीय निर्वाचनको परिणाम हेर्दा माओवादीको मत धेरै फरक परेको छैन। तर फेरि २०७० को दाँजोमा २०७४ र २०७४ को दाँजोमा २०७९ को स्थानीय निर्वाचनमा थोरै-थोरै भए पनि माओवादीको मत घट्दै गएको देखिन्छ। यसपालि पनि केही मत पक्कै घट्नसक्छ। ......... सबै पुराना राजनीतिक दलका नेतृत्वमा उही अनुहार रहेका बेला राप्रपामा नेतृत्व फेरिएपछि धेरै मतदाताका लागि राप्रपा पनि नयाँ दलजस्तो बनेको छ। ....... कतिपय मतदाताले हामीसँग 'पुराना दललाई नदिने, यसपालि नयाँलाई दिने- राप्रपालाई दिने' भने। ........ काठमाडौंमा रास्वपालाई समानुपातिकमा मत दिन्छु भन्ने ३ प्रतिशतले पाँच वर्षअघि राप्रपालाई मत दिएको बताए। ...... गएको स्थानीय चुनावमै कांग्रेस मधेसमा ४६ स्थानीय पालिका जितेर सबभन्दा ठूलो दल भएको थियो भने जसपा २५ र लोसपा १४ पालिकामा खुम्चिएका थिए। ........ यादव स्वयं राउतबाट आफ्नो सांसद सिट जोगाउन संघर्षरत छन्। ........हाम्रो विश्लेषणमा राउतले यादवलाई सप्तरी- २ बाट हराउने छन्।
मधेस प्रदेशभरि नै जसपा र लोसपाले पनि यसपालि आफ्नो समानुपातिक मत जोगाउन जनमत पार्टीसँग संघर्ष गर्नुपर्ने छ। लोसपाको समानुपातिक मत यसअघिको स्थानीय निर्वाचनमै धेरै घटेर करिब २.२ प्रतिशतमा सीमित भएको छ। त्यही ट्रेन्ड जारी रहे लोसपा यसपालि राष्ट्रिय पार्टी बन्दैन। तर सत्ता गठबन्धनका कारण लोसपाले प्रत्यक्षतर्फ केही सिट जित्नेछ। जसपाले भने प्रत्यक्षतर्फ पहिले जितेका सिट आफूसँग राख्न पनि कठिन संघर्ष गर्नुपर्ने छ। ......... जसपा ३ निर्वाचन क्षेत्रमा मात्र अघि छ। एमाले र जसपाको भोट मिलाउँदा पनि मधेसमा एमाले ३ र जसपा ३ निर्वाचन क्षेत्रमा अघि छन्। ........ मुख्य दल र त्यसमाथि पनि 'बूढा नेता' सँगको दिक्दारी। हामीले कुरा गरेका धेरै मतदाताले 'अब बूढा नेताहरूले केही गर्दैनन्, युवा आउनुपर्छ' भने। ....... 'पुराना दलले केही गरेनन्' भन्ने ठूलो गुनासो छ। ......... लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला सँगै बसेका प्रधामन्त्री शेरबहादुर देउवाले र्याल चुहाएर उँगेको भिडिओ हेरेपछि उनको कांग्रेससँग मन मरेको हो। ........ 'कांग्रेसका लागि भनेर दिनरात कुदियो। कतिपटक भात नखाई कुदियो। तर नेताहरू सत्तामा पुगेपछि काम पनि गर्न नसक्ने, मर्ने बेलासम्म टाँसिइरहने,' ढकालले भने, 'नयाँहरूलाई मौका नै नदिने भए, पार्टी र देश बर्बाद पार्ने भए।' ........ काठमाडौंको बुढानिलकण्ठ- ७ का शैलेन्द्र थेवेलाई एमालेसँग दिक्दार लागेको छ। 'मैले र मेरा बुवाले आजसम्म एमालेका उम्मेदवारलाई भोट दियौं। अहिले फर्केर हेर्दा व्यर्थै दिएछौं भन्ने लाग्छ,' उनले भने। ......... इटहरी उपमहानगरपालिका-८ का ४९ वर्षीय राजन पौडेलले राजनीतिक दलहरूले एउटै उम्मेदवार बारम्बार उठाएर वाक्क लगाएको बताए। उनको निर्वाचन क्षेत्रमा विजय गच्छदार कांग्रेसबाट सातौंपटक चुनाव लड्दै छन्। ......... 'प्रचण्ड प्रधानमन्त्री हुँदा म खाडीमा थिएँ। अब देशमा शान्ति छाउँछ, विकास हुन्छ अनि स्वदेशमै रोजगारी पाइन्छ भनेर हामीले खसी काटेर खाएको हो,' उनले भने, 'तर केही परिवर्तन भएन। कसैले केही गर्न सकेन। त्यही भएर यसपटक घन्टीलाई भोट दिने हो।' ........ 'कति नाच्दै हिँडिएको थियो त्यो बेला। यसपालि पनि बोलाइरहेका छन्, गइन्न,' उनले भने, 'म अर्कै दलमा पोइला गएँ भन्दिनू।' उनले दिक्दार भएर यसपालि घन्टी चिह्नमा मत दिने बताए। ........ बालेन शाह र हर्क साम्पाङले स्थानीय निर्वाचनमा मुख्य दलका उम्मेदवारहरूलाई हराएपछि धेरैलाई मुख्य दललाई हराउन सकिँदो रहेछ भन्ने पर्यो। 'आफ्नो मत अब खेर नजाने रहेछ' भन्ने परेपछि यसपालि धेरै मतदाता मत बदल्न तयार भए।बालेन र हर्कले राम्रो काम गरेको भन्दै धेरै मतदाता नयाँ दल र स्वतन्त्रलाई मौका दिन तयार भएको बताउँछन्।
.......... पार्टी बोकेर आउँछ, लौरो बोकेर आए पो मत दिन हुन्थ्यो।' ........ मतदाताको यो रूझानले ठूला दलभित्र परिवर्तन खोज्ने युवाहरूलाई ठूलो बल पुग्नेछ। आउने दिनमा नेपाली राजनीतिको तलाउ अब हिजोको जस्तो जमेर बस्न सम्भव छैन। यसमा तरंग उत्पन्न भइसकेको छ।दलहरूको अभूतपूर्व संकट संसारका ११० मुलुकले राजनीतिक दललाई नियमित दिन्छन् पैसा ....... .
Wednesday, November 16, 2022
16: CK Raut
जी २० सम्मेलनमा सी जिनपिङ र जस्टिन ट्रुडोबीच भनाभन भएको भिडियो भाइरल
जसपाद्वारा सिके राउत नेतृत्वको जनमतलाई कारबाहीको माग
सत्ता गठबन्धनका उम्मेदवार महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवारको चुनौती लोसपासहितको पाँच दलीय गठबन्धनले सो क्षेत्रको पालिकाका वडाअध्यक्षहरुले २९ हजार ५४३ मत ल्याएका छन् भने जसपा–एमाले गठबन्धनका वडाअध्यक्षहरुले २५ हजार १७७ मत ल्याएका छन् । ...... एमालेमा रहेका रामआधार कापड स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । ...... कांग्रेसको महोत्तरी जिल्ला सभापति र केन्द्रीय सदस्य भइसकेका कापड सो पार्टी छाडेर विजयकुमार गच्छदारको तत्कालीन फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । उनी त्यहाँ पनि धेरै समय बस्न सकेनन् । त्यसपछि उनी माओवादी केन्द्रमा प्रवेश गरे । त्यहाँबाट उनी एमालेमा प्रवेश गरेका थिए तर टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका छन् । स्थानीय चुनाव २०७९ मा उनी जलेश्वर नगरपालिकाको मेयरमा उठेका थिए तर उनी पराजित भए । ....... यो उमेरमा उहाँले चुनाव नलड्दा नै राम्रो हुन्थ्यो, उमेरलाई लिएर पनि उहाँको टिका टिप्पणी भइरहेको छ ।’ ....... कापडले एनजीओमार्फत काम गरेका कारण उनको आधार बनेको र उनको प्रचार शैली पनि आक्रमक रहेको उनको भनाइ छ । त्यसले गर्दा अध्यक्ष ठाकुरसँगको प्रतिस्पर्धामा उनी नै रहेको पत्रकार झाको विश्लेषण छ । ....... तर अहिले नै को अगाडि को पछाडि भन्न नसक्ने अवस्था नरहेको बताउँदै उनले एकरातमा पनि मत उलटफेर हुने गरेको बताए । ....... पार्टीको केन्द्रीय सदस्य हुँदै कोषाध्यक्षसम्म बन्न सफल उनी पार्टीमा महामन्त्री बन्न चाहन्थे तर तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई महामन्त्री नदिएर डा.रामवरण यादवलाई दिएपछि कांग्रेस छाडेर मधेस राजनीतिमा आएको जानकारहरु बताउँछन् ।
उपेन्द्र यादवले जोगाउलान् गजेन्द्रनारायण सिंहको विरासत? मधेस प्रदेशमा सबभन्दा बढी चर्चाको क्षेत्र हो सप्तरी–२ । त्यहाँ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । ....... सप्तरी–२ स्व.गजेन्द्रनारायण सिंहको क्षेत्र हो । त्यो रामराजा प्रसाद सिंहको क्षेत्र पनि हो । त्यो ठाउँ कांग्रेसका रामेश्वर प्रसाद सिंह र सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइतको पनि हो । सो क्षेत्रबाट यसअघि पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए । ........ गजेन्द्र सिंह २०३८ (जनमत संग्रह), २०४३ (राष्ट्रिय पञ्चायत), २०४८ (संसदीय चुनाव) र २०५१ (मध्यावधी) मा लगातार त्यहाँबाट चुनाव जितेका हुन् । २०५६ को चुनावमा उनी त्यहाँबाट चुनाव हारेका थिए र कांग्रेसका रामकुमार चौधरी १७ भोटले जितेका थिए । त्यतिबेला गजेन्द्रनारायण सिंहसँग काम गरेका शैलेश चौधरी भन्छन्, ‘गजेन्द्रनारायण सिंहलाई त्यतिबेला बडो षड्यन्त्रपूर्वक हराइएको थियो, उहाँको विरुद्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति पनि लागेका थिए । तै पनि १७ भोटले मात्र हारेका थिए ।’ ....... २०५६ को चुनावमा जसरी गजेन्द्रनारायण सिंह चुनाव हारेका थिए, त्यस्तै अवस्था दोहोरिने हो कि भन्ने आशंका सप्तरीमा भइरहेको छ । ........ सुरुमा मधेस अलग गर्ने भनि आन्दोलन गरेर चर्चामा आएका सीके राउत जेल परेपछि हतास मनस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जेलमै वार्ता गरेर तत्कालीन सरकारसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि उनी कहिले भ्रष्टाचारको मुद्दा, त कहिले मल, बिउको मुद्दा, त कहिले नागरिकताको मुद्दा उठाएर सडक संघर्षमा रहे तर हालसम्म कुनैमा अडिग रहेनन् । उनले सुरुदेखि नै अन्योलको राजनीति गरेको बताउँदै दिलिप सिंहले सीके राउत र उपेन्द्र यादवको तुलना गर्न नसकिने बताए ।
‘सीके राउत मूलधारको राजनीतिमा आइसक्यो, तराई विभाजनको एजेन्डा छैन’ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ........ ‘एमाले मधेस विरोधी हो, मधेसलाई हेप्ने पार्टी हो’ भन्दै प्रचारप्रसार गरेको जसपाले अहिले उसैलाई काँधमा बोकेर आएपछि उनीहरुको पत्तासाफ हुने जनमत पार्टीका अध्यक्ष सीके राउत दाबी गर्छन् । ........ जितेपछि यो स्थानमा फर्किएर हेर्न समेत नआएको हुनाले उहाँहरुलाई यसपाली जनताले हराउनेछन् र मलाई मौका दिन्छन् । घरदैलोमा सबै मतदाताले यो भनिरहेका छन् । ....... गठबन्धन कोसँग गरेर आएका छन् त ? जसले यो क्षेत्रमा ओलीलाई छिर्न दिनुहुँदैन भनेर ५ जनालाई शहादत दिलाए । आज त्यही ओलीलाई काँधमा बोकेर यहाँ पाएपछि त हार उसको सुचिश्चित हुने भयो । ........ सत्ता गठबन्धनका उम्मेदवार त राजनीतिक पात्र नै हुनुहुन्न । उहाँले जनताको बीचमा कतै समाजसेवा गरेको, कतै भाषण, राजनीतिक कुरा गरेको सुन्न पाइएको छैन । उहाँलाई एउटा मूर्ति जस्तै गठबन्धनले उचालेको हो । ....... यो सप्तरी जिल्ला कुनै बेला एकदमै शिक्षित जिल्लाको रुपमा प्रख्यात थियो । एकसे एक विद्वानहरु यहाँबाट निस्किए । विडम्वना अहिले ६३ वटा जिल्ला साक्षर घोषणा हुँदासम्म सप्तरी साक्षर जिल्ला घोषणा हुन सकेको छैन । यसको साक्षरता दर एकदमै कम छ । दुर्गम जिल्ला भन्दापनि कम साक्षरता दर यहाँको छ । ....... स्वास्थ्यको क्षेत्रमा हेर्नुहुन्छ भने ८९ प्रतिसत घरपरिवारसँग शौचालय नै छैन । बच्चाहरु कुपोषणको सिकार छन् । महिलाहरु रक्तअल्पताको सिकार छन् । राजविराजको अस्पतालमा जानुभयो भने तुरुन्तै धरान वा बिराटनगरको अस्पताल लैजानुस् यहाँ केही हुँदैन भन्छन् । ........ रोजगारीका लागि हामी यहाँ दुई तीनवटा पालिका मिलाएर कृषि औद्योगिक क्षेत्र र निर्मलीबाट रोडलाइन गाईघाटसम्म तानेर स्पेसल इकोनोमिक जोन बनाएर त्यहाँ मल्टिनेशनल कम्पनी बोलाएर यहीकाले घर घर रोजगारी पाउन सकुन् भन्ने स्थिति सिर्जना गर्ने अहिलेको प्रमुख एजेन्डा हो । ........ औद्योगिकीकरणका कुरा ब्यक्तिगत तर्फबाट पनि सम्भव हुन्छ । तपाईं वल्र्ड बैंक, एडिबी बैंकसँग कुरा गर्न सक्नुहुन्छ । परियोजना ल्याउन सक्नुहुन्छ । त्यो क्षमता भएको नेता चयन गर्न सक्नुपर्यो । मेरो फिल्ड पनि आइटी हो । यहाँ मल्टिनेशनल कम्पनीलाई निम्त्याउन सकिन्छ । ....... यहाँ कल सेन्टर स्थापना गरियो भने हजार जनालाई रोजगारी दिन सकिन्थ्यो । यो कुरो दश वर्ष अगाडि सम्भव थिएन । अहिले अप्टिकल फाइबर गाउँ गाउँसम्म पनि पुगेको अवस्था भएकोले त्यो यहाँ गर्न सकिन्छ । ...... सीके राउत भनेको पछिल्लो दश वर्षसम्म यही माटोमा बसेर ज्यान दिइरहेको ब्यक्ति हो । कुनै पद वा पैसाका लागि राजनीतिमा आएको होइन । यो बिषय यहाँको घर घर, बच्चा बच्चालाई थाहा छ । हामी कुनै पदको राजनीति गर्न आएका होइनौ । ज्यानै दिने राजनीति गरिरहेका थियौ । त्यसैले सबै मतदाताले निस्वार्थ भावले जनताको सेवा गर्न आएको भनेर मौका दिनुहुन्छ । यहाँ सम्म कि जो मेरा विरोधी छन्, तिनले पनि एक मौका दिनुपर्यो भनेर भनिरहेका छन् । मलाई भोट दिन्छन् । ......... रामराजा जीको गणतन्त्र ल्याउने, गज्जु बाबुको प्रजातन्त्र ल्याउने र उपेन्द्रजीले संघीयता ल्याउने आन्दोलन गर्नुभयो । उहाँहरुलाई म धन्यवाद दिन्छु । ........ तर जनताले शिक्षा पाए कि पाएनन्, रोजगारी पाए कि पाएनन्, स्वास्थ्यसेवा छ कि छैन ? यो एजेन्डा यस अगाडिको कुनैपनि राजनीतिक आन्दोलनमा थिएन । त्यही भएर जनमत पार्टी आएको हो । जसरी भारतमा आम आदमी पार्टी कुनै राजनीतिक एजेन्डा बोकेर आएन, सेवा प्रवाहको एजेन्डा बोकेर आयो । त्यसरी नै यहाँ जनमत पार्टी आएको सेवा प्रवाहका लागि हो । .
Friday, August 12, 2022
12: Mahantha Thakur
देश चरम राजनीतिक अवस्थामा जेलियो- रवि लामिछाने
सरकार र थारु कल्याणकारिणीसभाका पदाधिकारीबीच छलफल
पाँच दलीय गठबन्धनको विकल्पमा बाबुरामले रोज्न सक्छन् माओवादीलाई?
२०७४ मा बढारिएको काँग्रेस गठबन्धनको बलमा ‘कम ब्याक’ खोज्दै पाँच वर्षअघि काँग्रेसले झेलेको नियति अब एमालेले झेल्नुपर्ने खतरा
‘मधेस मुक्तिका लागि लोसपा र जसपाबीच एकता आवश्यक छ’ महन्थ ठाकुर नेतृत्वको लोसपासँग एकताका लागि पटक पटक प्रस्ताव गर्दै आएका जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले पनि सो पार्टीसँग एकता हुनेमा विश्वस्त छन् । विगतका तितामीठा कुरा छाडेर एकता गरौँ भनी अध्यक्ष यादवको प्रस्ताव छ । ...... तर लोसपा भने काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा जाने प्रयास गरिरहेको छ । ...... विभिन्न ठाउँमा गठबन्धनका लागि कुद्नुभन्दा तराई मधेसमा लोसपा र जसपा गठबन्धन गर्दा सबैभन्दा बेटर हुन्छ । लोसपालाई हेर्छु कहिले काँग्रेस, कहिले एमालेसँग त कहिले कोसँग गठबन्धनकै लागि कुराकानी गरेको छ । तर मेरो विचारमा लोसपा र जसपाकै बीच गठबन्धन हुनुपर्छ । ........ अहिले पनि केही बिग्रेको छैन । राजनीतिमा यो सब भइरहन्छ । तलमाथि भइरहन्छ । तर मुख्य मिसन मधेसको मुक्ति हो । त्यसका लागि पनि दुवै दल एक ठाउँमा आउनुपर्छ । विगतमा कसले के बोले, कसले के भने, कसले के गरे, त्यो छाडौँ । ....... समीक्षाका लागि त संवादको सुरुवात हुनुपर्यो नि । जसपा हरेक समीक्षा गर्न तयार छ । ........ मधेसको आवश्यकता र चाहना हो, समयको माग हो एकता । दुई दल मिल्न सकेनन् भने मधेसको माग कहिले पुरा हुँदैन । मधेस मुक्तिका लागि भएपनि जसपा र लोसपाबीच एकता हुनुपर्छ भन्ने मेरा चाहना हो । .... लोसपा पनि यही गठबन्धनमा आउन चाहेको छ । त्यसका लागि प्रयास गरिरहेको छ । दुई पार्टीबीच एकता भयो भने गठबन्धन र सरकारमा त्यतिकै सहभागी हुने कुरा पनि हुन जान्छ । यदि हामीले गठबन्धन र सरकार छाड्ने कुरा हो भने त्यसका लागि पनि संवाद र छलफल हुनुपर्छ । .
‘जसपा र लोसपाबीच एकता सम्भव छ, तर पहिला समीक्षा हुनुपर्छ’ लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि गठबन्धनका लागि विभिन्न दलसँग कुराकानी सुरु गरेका छन् । एमाले र पाँच दलीय गठबन्धनको साथै सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग पनि उनले वार्ता थालेका छन् । तर अहिलेसम्म ठोस निर्णय भएको छैन । ........ लोसपा एकता वा गठबन्धनका लागि तयार छ । लोसपाले आफू लोकतान्त्रिक गठबन्धनको पक्षमा छ भन्ने कुरा भन्दै आएको छ । यति भनिसकेपछि त कुरा अगाडि बढ्नुपर्ने होइन र ? ....... विगतमा हामी किन एक भएका थियौँ, फेरि किन अलग भयौँ ? त्यसको समीक्षा हुनुपर्छ । अनि फेरि नयाँ ढंगबाट अगाडि बढ्न सजिलो हुन्छ । समीक्षा नै नगरीकन फेरि एक साथ हिँड्यौँ भने यात्रामा एक अर्कालाई शंकाको दृष्टिले हेर्ने काम हुन्छ । .........
जसपासँग लोसपाको एकता वा गठबन्धन हुनुपर्छ भन्ने पक्षमा म मात्र होइन, सारा मधेस नै रहेको छ ।
मधेसका जनताको चाहना नै यी दुवै दल मिल्नुपर्छ भन्ने छ । मधेसी जनताले पटक पटक यो मौका दिएकै हो । तर मधेसी जनतालाई त हामीबाटै धोका भएको हो नि, होइन र ? ....... एकता वा गठबन्धनकै कुरा छ भने बसौं छलफल गरौं, विगतका समीक्षा गरौं । आआफ्नो कुरा राखौं, जहाँ जहाँ मतभेद छ, त्यसलाई स्पष्ट पार्दै अगाडि बढौँ भन्ने हाम्रो चाहना हो । ....... काँग्रेसले गठबन्धनमा आउनका लागि प्रस्ताव गरेको छ । कुराकानी भइरहेको छ तर सहमति भएको छैन । ....... हाम्रा विभिन्न माग छन् । ती माग पुरा भएपछि मात्र अन्य कुरामा सहमति हुन्छ । नागरिकताको समस्या समाधान हुनुपर्छ । आन्दोलनको क्रममा लगाइएको झुटा मुद्दा फिर्ता लिनुपर्छ । झुटा मुद्दा लगाएर माननीय रेशम चौधरीलगायत कतिपयलाई जेलमा थुनिएको छ, उनको रिहाइ हुनुपर्छ । आन्दोलनका क्रममा थुप्रै घाइते, अपाङ्ग भएका छन् । तिनको भरण पोषणको ग्यारेन्टी लिनुपर्छ । यस्ता विभिन्न माग छन्, जसमध्ये अहिलेसम्म कुनै पुरा भएका छैन । ........ नागरिकता विधेयक दुवै सदनबाट पारित भए पनि राष्ट्रपति कार्यालयमा गएर थन्केको छ । त्यहाँबाट लालमोहर नलागेसम्म हुँदैन । अनि हामीले त्यसलाई पारित भएको कसरी मान्ने ? नागरिकताको ऐनमा व्यवस्था भएर त्यहीअनुसार जनताले नागरिकता पाउन थालेपछि मात्र हामी ढुक्क हुने अवस्था हुन्छ । नागरिकता जनताको लागि जीवन मरणको सवाल भएको छ । नागरिकता नदिनुको मतलब यो देशले हामीलाई पहिचान दिन चाहँदैन, देशको नागरिक मान्दैन । हामी पनि यही देशका नागरिक हौँ भनी बुझाउनका लागि हाम्रो यत्रो सङ्घर्ष भइरहेको छ । .ह्वाइट हाउसमा चट्याङ पर्दा ३ को मृत्यु, १ गम्भीर घाइते : किन बढिरहेछन् यस्ता घटना?
मधेशमा सजिलो छैन शक्ति परिक्षण, भोली कस्तो होला रवि लामिछानेको मधेश भेला?