अखण्ड बिखंड श्रीखण्ड हरुले बुझ्नु पर्ने कुरा के भने, थरुहट मा तिम्रो घर जग्गा खोस्ने काम हुँदैन, तिम्रो जीविकोपार्जन कायम रहन्छ, सरकारी कामकाज तिम्रो भाषा मा हुने कायम रहन्छ, तर अब सरकारी कामकाज को भाषा थारु पनि हुने भो थरुहट मा। तिमीलाई समस्या के पर्यो? तिमीले पाएको कुरा हामीले पनि पाउँदा तिमी त्यति सारहो नाखुश? सुहाएन।
त्यस थरुहट प्रदेश को मुख्य मंत्री बन्न थारु हुनुपर्छ भन्ने छैन। लोकतंत्र हो। जसले वोट बटुल्छ उ मुख्य मंत्री बन्छ।
फेरि सिङ्गै केंद्र सरकार छ। थरुहट बाट जितेर केंद्र सरकारमा जाने पनि हुन्छ। केंद्र सरकार कै थरुहट प्रदेश भित्र प्रयाप्त उपस्थिति हुन्छ। संघीय नेपाल मा पनि केंद्र सरकार निकै बलियो रहन्छ।
कमैया प्रथा का दिन गए। अब एक अर्का लाई आदर गर्दै मिलेर बस्ने दिन आए।
कैलाली कंचनपुर थरुहट हो। चितवन थरुहट हो। नेवार को काठमाण्डु र थारुको चितवन, उस्तै उस्तै हो।
प्रधानमन्त्रीज्यू, के भारदहका मधेसीहरु बिहारी हुन् ? (घरघरमा गएर गोली र अश्रुग्याँस प्रहार)
धम्की कि रियालिटी : भोलीदेखि काठमाडौंलाई ‘गुडबाई’ गर्दै राजेन्द्र महतो
सद्भावनापथमा जाला अन्य मधेशी दल ?
‘थारू श्रीपेच विनाका राजाहरूको दास बन्न तयार छैनन्’
त्यस थरुहट प्रदेश को मुख्य मंत्री बन्न थारु हुनुपर्छ भन्ने छैन। लोकतंत्र हो। जसले वोट बटुल्छ उ मुख्य मंत्री बन्छ।
फेरि सिङ्गै केंद्र सरकार छ। थरुहट बाट जितेर केंद्र सरकारमा जाने पनि हुन्छ। केंद्र सरकार कै थरुहट प्रदेश भित्र प्रयाप्त उपस्थिति हुन्छ। संघीय नेपाल मा पनि केंद्र सरकार निकै बलियो रहन्छ।
कमैया प्रथा का दिन गए। अब एक अर्का लाई आदर गर्दै मिलेर बस्ने दिन आए।
कैलाली कंचनपुर थरुहट हो। चितवन थरुहट हो। नेवार को काठमाण्डु र थारुको चितवन, उस्तै उस्तै हो।
प्रधानमन्त्रीज्यू, के भारदहका मधेसीहरु बिहारी हुन् ? (घरघरमा गएर गोली र अश्रुग्याँस प्रहार)
धम्की कि रियालिटी : भोलीदेखि काठमाडौंलाई ‘गुडबाई’ गर्दै राजेन्द्र महतो
सद्भावनापथमा जाला अन्य मधेशी दल ?
सद्भावना पार्टीले संविधानसभाबाट राजीनामा दिने घोषणा गरे लगत्तै मधेशमा नयाँ तरंगको सृजना भएको छ ।
पटक–पटक संविधानसभाबाट राजीनामा दिने चेतावनी दिँदै आएका पार्टीका अध्यक्ष राजेन्द्र महतोले मंगलबार साँझ उक्त चेतावनीलाई सत्यतामा परिणत गरिदिए । महतो अब भोलीदेखि काठमाडौंलाई गुडवाई गर्दै मधेश केन्द्रीत आन्दोलनमा लाग्ने भएका छन् । .....
‘संविधानसभा त केवल म रोएजस्तो तिमी कुटेजस्तो गर्छु भन्ने मात्र भयो ।
संविधानसभामा जति नारा लगाए पनि जति जुलुस लगाए पनि शीर्ष दलहरुले गणितको अहंकारलाई न त्याग्ने देखियो । हाम्रो लागि त संविधानसभाको औचित्य नै समाप्त भएपछि संविधानसभा छाड्ने निर्णय गर्यौं ।’ महतोले यो निर्णय अकास्मात नभएर पार्टीले लामो समय छलफल गरेपछि लिएको बताए । ....... ‘हामी भत्ता र सत्ताको लागि किन संविधानसभामा बस्ने ? जनताले जे कारणले हामीलाई भोट दियो, त्यो कुरा नै संविधानसभाबाट प्राप्त नभएपछि त्यहाँ किन बसिराख्ने ?,’ महतोले भने, ‘हामीले मधेशको नाममा होइन, मधेशका लागि राजनीति गरेका हौं ।’ उनले मधेश आन्दोलनको माग, थारुहटको माग र अन्तरिम संविधानका उपलब्धि संकटमा परेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको जिकिर गरे । ...... यसो त मधेशी दलहरुलाई संविधानसभाबाट राजिनामा दिनका लागि ती पार्टीको भातृसंगठनहरुले निकै दबाब दिइरहेका छन् । विद्यार्थीदेखि जिल्ला कमिटीहरुबाट राजिनामा दिनुपर्ने मागसहितको ज्ञापनपत्र आउने गरेको महतो स्वीकार गर्छन् । ...... ‘सद्भावनाले राजिनामा दिएपछि अन्य मधेशी दलमा पनि दबाब बढेको छ । तर आजसम्मको क्रियाकलाप हेर्दा वहाँहरु राजिनामा गर्ने पक्षमा देखिनु भएको छैन । वहाँहरु बोल्ड डिजिसन लिन खै किन हो डराईरहनु भएको छ । हामीले त वहाँहरुले निरन्तररुपमा संविधानसभाबाट अब मधेशको माग पूरा हुनसक्दैन । आन्दोलन मात्र एक विकल्प हो भनेर भन्दै आइरहेका छौं ।’
‘थारू श्रीपेच विनाका राजाहरूको दास बन्न तयार छैनन्’
२०६९ जनगणना अनुसार यो समुदायको जनसंख्या
१७ लाख ३७ हजार ४ सय ७०
छ। पूर्वी चितवनदेखि कञ्चनपुरसम्मको भू-भागलाई थरूहट बनाउनुपर्ने लगायतको माग उनीहरूको छ। ...... आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी ..... ‘नेताहरूको यस्तो मनसाय पूर्वराजा ज्ञानेन्द्र, वीरेन्द्र र राणा शासनका श्री ३ हरूको जस्तो हो ।’ .... चार दलका मुख्य नेता श्रीपेच विनाका राजा बन्न खोज्दैछन्, यी श्रीपेच विनाका राजाका बन्दी भएर हामी बस्दैनौँ । .....
हामी २० औँ हजारको वलिदान दिएर आन्दोलन गर्न तयार छौँ ।
सबै खाले अतिवादी र अधिनायकवादी विचारलाई परास्त गर्न तयार छौँ । ..... दुई दशकअघिदेखि हामी अधिकारका निम्ति सडकमा छौँ । ...... सवाल समानुपातिक समावेशीताको हो । अब सिंहदरबार मोडेलको शासन प्रशासनले यो मुलुक चल्दैन । एउटा प्रधानमन्त्रीको ठाउँमा ६ वटा प्रदेश बनाएर ६ वटा मुख्य मन्त्रीको कुर्सी आविष्कार गरेर देश बन्दैन । ६ वटा नेतालाई मुख्यमन्त्रीको सुविधा दिन हामीले बलिदान गरेका हौँ र ? ..... राज्यको सबै अंगमा हाम्रो प्रतिनिधित्व जनसंख्याको आधारमा हुनुपर्छ । हाम्रो भाषा उपेक्षित भयो । हाम्रो संस्कृतिलाई तिरस्कार गरियो ।
हामीलाई पाँचौँ/छैठौँ दर्जाको नागरिकको रूपमा राज्यले व्यवहार गर्यो ।
राज्यका सबै अंगले पनि त्यही व्यवहार गरे । त्यो सबै विभेदको अन्त्य हामीले नयाँ संविधानमा चाहेका छौँ । ...... जति पनि नेपालका निकाय छन् । अब बन्ने जति पनि निकाय हुन्छन् ती सबै ठाउँमा पुनर्संरचना गरिनुपर्छ । हरेक राज्यको अंग र निकायमा गाउँघरका जनताको पहुँच पुग्नुपर्छ ।
काठमाडौँले पाउने सेवा सुविधा गाउँघर आँगनसम्मै पुग्नुपर्छ ।
...... ‘यदि तपाईंहरूलाई अखण्ड शब्द मन पर्छ भने तपाईंहरू खुलेर भन्नुहोस् हामी राजा महेन्द्रका समर्थक हौँ । उनका अनुयायी हौँ । श्री ३ हरूका अनुयायी हौँ । श्री ५ महाराजाधिराजका अनुयायी हौँ । उनीहरूका समर्थक हौँ । त्यसकारण हामी फेरी पञ्चायती शासन चाहन्छौँ । हामी फेरी राणाशासन चाहन्छौँ ।’ ...... शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्ट, रमेश लेखक जस्ता मान्छेहरू मुखले संघीयताको कुरा गर्छन् । व्यवहारमा संघीयताको घाँटी निमोठ्ने काम गरिराखेका छन् । लोकतन्त्र र गणतन्त्रको कुरा गर्ने अनि व्यवहार अर्कै प्रस्तुत किन हुँदैछ ? यो दहीच्यूरे कुरा भयो । ..... यो आन्दोलन माटोको आन्दोलन हो । यो माटोमा हामी जन्मियौँ, तर जन्मिदै विभेदमा पर्यौँ । मैले बोल्ने भाषा, मैले लाउने पोशाक, मैले खेल्ने हाँस्ने संस्कृति यो सबै उपेक्षित भयो र विभेदमा पर्यो । ...... यो कसैको इशाराको आन्दोलन होइन यो आन्दोलन माटोको उपज हो । जसले हाम्रो आन्दोलनलााई कसैको इशारामा भन्दैछन्, उनीहरूलाई मेरो प्रश्न छ, के हामी दिल्ली वार्तामा गएका छौँ ? दिल्ली अथवा बेइजिङ वा वासिंटनबाट को—को सञ्चालित छन् भन्ने कुरा जनताका बीचमा घाम जत्तिकै छर्लंग छ । ......यो देशका नेता नालायक मात्र म भन्दिनँ, यी नेताहरू नालायक भन्न पनि लायक भएनन् ।
यी चार नेता कठपुतली हुन् । त्यसैले यिनीहरू आफ्नो विवेकले काम गर्दैनन् । ......नेपालको आदिवासी जनजाति आन्दोलनलाई मूलधारको आन्दोलन बनाउनु पर्छ । मूलधारको आन्दोलन नबनाउँदासम्म नेपालको समग्र आदिवासी जनजातिको आन्दोलनले सफलता प्राप्त गर्न सक्दैन ।
यो कुरा गर्दै गर्दा मलाई कतिपय साथीहरू फरक धारको कुरा गर्यो भन्छन् । .......... राजकुमार लेखी नै आदिवासी जनजाति महासंघमा पुग्नै पर्ने अनि थारू नेतृत्वमा पुगेपछि मात्र थारूका कुरा बोल्नु पर्ने ? पहाडका जनजाति नेताहरूले कमैया र कमलरीका बारेमा किन बोल्न सकेनन् ? थारूको बारेमा किन बोल्न सकेनन् ? अनि थारूलाई जबरजस्ती मधेसीको पहिचान भिराउँदा र मधेसीको पहिचान थोपर्दा यो देशका ती नेताहरूको कान कहाँ थियो ? ...... पहाडे आदिवासी जनजातिराई, गुरूङ, मगर
समुदायका जो आफूलाई सिंगो आदिवासी जनजाति महासंघको मसिहा मान्छन्, तिनीहरूको पनि सामन्ती र गलत चिन्तनको म सधैँ विरोध गर्दै आएको छु । पद्मरत्न तुलाधरको आन्दोलन सुरू भयो । त्यहाँ थारू आन्दोलनको माग बुँदा कहाँ समेटिएको छ ? ........ हामी उहाँहरूबाट ठूलो आश छैन, तर कुनै न कुनै रूपमा अधिकांश थारू सभासद्हरूको आन्दोलनमा समर्थन छ । उहाँहरूको बाध्यता होला, पार्टीको आदेश होला । त्यसकारण हामीले सरकारी जागिर खाने अनि राज्यको सुविधा र भत्ता खाने मान्छेसँग धेरै अपेक्षा गर्नु कमजोरी हुन्छ । ........ सडकमा र मैदानमा उहाँहरूबाट हामीले धेरै अपेक्षा गर्नु हुँदैन र गरेका पनि छैनौँ । ....... राणा शासन त जनताले फाले अनि चार नेता जो श्रीपेचविनाका राजा बन्न खोज्दै छन्, यो मूर्खता हो । ...... अहिंसात्मक आन्दोलनमा त्यो तागत हुन्छ, जुन आन्दोलनले हतियार, सेना, बन्दुक, गोला बारूद सबैलाई परास्त गर्न सक्छ । हामीसँग त्यो तागत छ । थारू समुदाय सँग त्यो तागत छ । ......हामी सीमाङ्कनको मात्र कुरा गरिराखेका छैनौँ । नामाङ्कन सीमाङ्कन, समावेशिकरण, धर्म निरपेक्षता, संघीयता, राज्यको सिंगो पुनर्संरचना । राज्यको पुनर्संरचना भनेको प्रदेशको नाम बनाएर मात्र हुन्छ र ?
...... सोच्दै नसोचेको ६ प्रदेश आयो । यही माओवादी होइन १४ प्रदेश र १२ प्रदेशको कुरा गर्ने ? यही कांग्रेस र एमाले होइन ८ र १० प्रदेशको कुरा गर्ने ? ..... देश बनाउन हामीलाई दिए हुन्छ । विश्वास गरेर दिनुहोस् । २० वर्षमा देशलाई कायापलट गरीदिन सक्छौँ । ६ प्रदेश मात्रै होइन, हामी २५ प्रदेश बनाएर चलाइदिन सक्छौँ । ..............के हिजो यी दलहरू जुन ऐजेन्डा बोकेर जनताको बीचमा भोट माग्न गएका थिए, के त्यो अनुसार संविधान बनाउँदै छन् त ? कदापी छैन ।
हिजो भोट माग्दा अर्को कुरा गरे, अहिले अर्को नै संविधान बनाउँदैछन् । जनतालाई ढाट्दैछन् । जनतालाई बेवकुफ बनाउन खोज्दैछन् । ...... जहाँसम्म संख्याको कुरा छ, हिजो माओवादी कति थिए ? कांग्रेस एमाले कति थिए ? जतिबेला नेपाली कांग्रेस यो देशमा परिवर्तनका लागि आयो, त्यतिबेला कांग्रेस कति थिए ? जम्मा एक दुई दर्जन नेता मात्र थिए । कम्युनिस्ट पार्टीको जन्म हुँदा पनि एक दुई दर्जन मात्र मान्छे थिए । माओवादी जनयुद्ध हुँदा कति जना मान्छे थिए ? यही रत्नपार्कमा यही बागबजारमा त्यही २५ जनाको जुलुस हुन्थ्यो । भीडको कुरा होइन एजेन्डाको कुरा हो । अधिकारको कुरा हो । ............ अहिंसात्मक हुन्छ र कसैले हामीलाई चुनौती दिन खोज्यो भने इँटको जवाफ पत्थरले दिन्छ । ... यी चार नेता अर्थात् चार दल प्राइभेट लिमिटेडले हाम्रा माग पुरा नगरी धर पाउँदैनन् । .......सात दशक बढी लामो संघर्ष र बलिदानाट आएको उपलब्धिलाई त्यसै खेर जान दिदैनौँ ।