पृथ्वी नारायण शाह बारे बहस गर्न मिल्छ। पृथ्वी नारायण शाह को प्रशंसा गर्न पाइन्छ। आलोचना पनि गर्न पाइन्छ। उच्चतम लोकतान्त्रिक संस्कार यही हो कि प्रशंसा गर्ने ले आलोचना गर्ने को कुरा सुन्ने र बुझ्ने प्रयास गर्नुपर्यो, आलोचना गर्ने ले प्रशंसा गर्ने को कुरा सुन्ने र बुझ्ने प्रयास गर्नुपर्यो।
पृथ्वी नारायण शाह एक ऐतिहासिक व्यक्तित्व हुन। नेपाल को भौगोलिक एकीकरण उनको प्रोजेक्ट थियो। सानो राज्य लाई ठुलो राज्य बनाउने अभिलाषा त्यति बेला को प्रत्येक राजा को थियो होला शायद। पृथ्वी सफल भए। प्रशंसा गर्ने हरु ले भन्ने गरेको कुरा त्यति हो।
अब आलोचना गरौं।
पृथ्वी नारायण शाह अगाडि मल्ल काल र त्यो अगाडि लिच्छवी काल मा नेपाल मा सभ्यता थियो। पृथ्वी नारायण को आगमन सँगै त्यो सभ्यता समाप्त भएको हो। अहिलेसम्म समाप्त अवस्था मैं छ। काटमार बाहेक केही नजान्ने मान्छे हरु उपत्यका पसे। त्यसैले त लिच्छवी काल लाई आजसम्म नेपाल को स्वर्ण काल मानिन्छ।
पृथ्वी नारायण शाह ले नेपाल अर्जेको हो। जमीन्दार ले जग्गा अर्जे जस्तो। पृथ्वी नारायण शाह को नेपाल का मानिस नागरिक थिएनन।
पृथ्वी नारायण शाह को सट्टा काठमाण्डु को कुनै मल्ल राजा ले नेपाल एकीकरण गरेको भए अथवा लिच्छवी शासन समाप्त नभएको भए के अवस्था फरक हुन्थ्यो? लिच्छवी ले पनि नेपाल एकीकरण गरेका हुन। पृथ्वी ले भन्दा पहिला गरेका हुन। तर त्यस सत्य लाई ढाकछोप गरिन्छ किन भने लिच्छवी मधेसी थिए।
त्योभन्दा अगाडि हजारौं वर्ष अगाडि राजा जनक को मिथिला हिमाल देखि गंगा कोशी देखि गण्डकी सम्म थियो। त्यो एकीकरण होइन? नेपाल को नाम मिथिला किन नराख्ने? रामायण को अनुवाद गर्ने भानु को गुणगान तर रामायण का प्रमुख पात्र को नाम नै मटियामेट?
पृथ्वी नारायण शाह लाई नेपाल एकीकरण गर्ने मान्छे भन्नु पंचायती प्रोपगंडा हो। क्रिस्टोफर कोलंबस ले अमेरिका पत्ता लगाए जस्तो। जुन अमेरिका मा १०,००० वर्ष देखि मानव बसोबास छ त्यो अमेरिका कोलंबस ले कसरी पत्ता लगाए? पत्ता लगाए भने पृथ्वी नारायण शाह ले पनि नेपाल एकीकरण गरे।
आज को नेपाल को एक तिहाई मात्र पृथ्वी ले कब्ज़ा गरेका हुन। पृथ्वी ले छल गरेर पुर्वी पहाड़ नलिएको भए सिक्किम भन्दा ठुलो देश सिक्किम पश्चिम हुँदो हो। लिम्बुवान।
कीर्तिपुर ले दुई पटक हराएको भनिन्छ तर मधेसी तिरहुतिया सेना ले पृथ्वी लाई एक पटक होइन प्रत्येक पटक हराएको कुरा ओझल पारिन्छ। मधेसी लाई आफ्नो सेना मा नलिनु भनेको पृथ्वी ले मधेसी कायर भएर होइन, आफु भन्दा बढ़ी कुशल भएको ले भनेको। तर त्यो त उहिले भनेको। अहिले त्यो कुरा सुन्ने काम किन गरिन्छ? अहिले त गणतंत्र होइन र? अहिले त सार्वभौमसत्ता जनता मा होइन र?
नेपाल आज को एक तिहाई मात्र भएको भए पनि नेपाल नै हुन्थ्यो, तीन गुणा ठुलो भएको भए पनि नेपाल नै हुन्थ्यो। ठुलो बनाउन सकिन्छ पनि। फ्रांस र जर्मनी ठुलो बन्न चाहिरहेका छन। आज। तर आज मारकाट गरेर होइन। सार्वभौमसत्ता जनता मा रहेको फ्रांस, सार्वभौमसत्ता जनता मा रहेको जर्मनी: स्वेच्छा ले एकीकरण गर्ने हो। प्रयासरत छन, गर्न सकेका छैनन। प्रयास तर जारी छ। विश्व शक्ति बन्ने अर्को बाटो देखिराखेका छैनन।
किरात हरु काठमाण्डु पस्नु अगाडि पुर्वी पहाड़ पुरै एक राखेर बसेका थिए। त्यो पनि एक किसिम को एकीकरण नै हो। भने पछि एकीकरण त प्रत्येक कालखंड मा भएको देखियो। सजिलो भएर पो हो कि? मल्ल हरु पनि काठमाण्डु मा खुम्चिएर बसेका थिएनन।
हामी पंचायती प्रोपगंडा बाट उम्किने प्रयास गरौं अलिकति। हाम्रो आजको जातीय विभेद को चश्मा ले आफ्नै इतिहास गलत बुझ्ने प्रयास नगरौं।
यदि राजतन्त्र र गणतंत्र दुबै राम्रै हो भने त ठीकै छ। होइन यदि गणतंत्र एक मात्र ठीक व्यवस्था हो भने तरबार बोकेको जमीन्दार पृथ्वी लाई सही स्थान दिउँ। वेद प्रकाश शर्मा को उपन्यास पढ़े जसरी कम्युनिस्ट ग्रन्थ पढेका नेपाली कम्युनिस्ट हरु पृनाशा को गुणगान गाउन सबैभन्दा अगाडि हुन्छन्।
बीपी को समय मा सागरमाथा को उत्तरी दक्षिणी दुबै अनुहार नेपाल को। जमीन्दार पुत्र महेंद्र ले उत्तरी अनुहार माओ लाई टक्र्याए। त्यो महेन्द्र राष्ट्रवादी। किनभने पंचायती प्रोपगंडा ले त्यही भन्छ। दिव्योपदेश पृनाशा ले लेखेको होइन। स्याउ न्युटन को टाउको मा खसेको होइन। दिव्योपदेश पंचायती प्रोपगंडा हो।
गुलामी बड़ो गजब को चीज हो। आज नेपाली दुनिया को कुना कुना पुगेर नोकर काम गर्छ। त्यो मानसिक दासता को उपज हो। त्यो मानसिक दासता आयो कहाँ बाट? जंगे हीरो भनेर। पृथ्वी हीरो भनेर। पृथ्वी नागरिक लाई प्रजा बनाएर राखेको मान्छे हो। जंगे दुनिया मा ब्रिटिश को गुलामी गर्न मा नम्बर वन। गोविंदा को फिल्म छ एउटा बीवी नंबर वन। जंगे गुलाम नम्बर वन। स्वाभाविक छ गुलाम लाई हीरो मानने मान्छे आफु पनि गुलाम नै हुन्छ।